१ सय १५ वर्षका नरबहादुर बस्नेतलाई उनै पुराना कुरा याद आउँछन्
जीवनशैलीको आँखीझ्यालबाट चियाउँदा मल्पी, पनौतीका नरबहादुर बस्नेत सामान्य मान्छे हुन्। तर, उनको जीवन भोगाइको 'ग्राफ' भने सामान्य लाग्दैन। कतै कथाजस्तो, कतै इतिहासस्तो र कतै किंवदन्तीजस्तो।
झट्ट हेर्दा पत्याउनै मुस्किल हुन्छ, उनी १ सय १५ वर्षका भए भनेर। तर, उनको नागरकिताले त्यही भन्छ। अझ त्यसभन्दा बढी त उनका स्मृति, किस्सा र अनुभव-अनुभूति नै उनले छिचोलेको समय-शृंखलाका साक्षी छन्। बस्नेतले चन्द्रशमशेर भोगे, राजाहरू त्रिभुवन भोगे, महेन्द्र देखे, वीरेन्द्र र ज्ञानेन्द्रको त कुरै भएन। बीच-बीचमा परविर्तनका लागि भएका आन्दोलन, नाराबाजी र जनजागरण पनि देखे उनले। तर, शताब्दीका यी सेतुको जीवन अहिले पनि उही ग्रामीण लयमा चलिरहेको छ। समाज कहाँदेखि कहाँ पुगिसक्यो, उनीसँग छन्, केवल उनै पुराना र महत्त्वपूर्ण स्मृतिहरू। "अहिले के-के भयो, मलाई धेरै थाहा छैन," पावरवाला चस्मा मिलाउँदै बस्नेत भन्छन्, "उहिलेका कुरा मनमा आइरहन्छन्।"
चन्द्रशमशेरका पालामा बस्नेत किशोर थिए। भीमशमशेरको शासनकालमा उनले आफ्नो वयष्क जीवन भारतको असमस्थित कोइलाखानीमा बिताए। जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेरको शासनकालमा उनी पनौतीकै गाउँमा कुटो-कोदालो गर्दै थिए।
चन्द्रशमशेरको शासनकालमा उनले दुईपटकभन्दा बढी 'महाराज'को स्वस्ति गरे। उनकै शब्दमा त्यो असल प्रजाको कर्तव्य थियो। स्वस्ति गरेपछि दरबारले जागिर देला कि भन्ने आशा पनि हुन्थ्यो। उनी झन्डै २५ वर्षका थिए रे, चन्द्रशमशेरलाई स्वस्ति गर्न टौखेल-वासुडोलको बाटो हुँदै उनी भक्तपुर निस्किएर सिंहदरबार पुुगेका थिए। कुखुराको डाँक नबास्दै पनौतीबाट हिँडेका उनी मध्यदिनमा सिंहदरबार पुगेका थिए। त्यो दिन सम्भ“mदै बस्नेत भन्छन्, "बाफ रे बाफ, मान्छेहरूको ठूलोे भीड थियो। महाराजको जय होस्, महाराजको जय होस् भनेर मान्छेहरू ठूलो स्वरमा कराइरहेका थिए। धेरैबेरपछि कौसीबाट चन्द्रशमशेर झुल्किए, हात हल्लाए अनि एकैछिनमा भित्र छिरे।"
उनका अनुसार त्यतिखेर स्वस्ति गर्न जानेहरूले दरबारबाट दुई-चार पैसासमेत पाउँथे। चन्द्रशमशेरका मान्छेहरूले कौसीबाटै पैसा फ्याँकिदिन्थे। बल हुनेले धेरै सोहर्थे। निर्बलहरूको हातमा एक पैसो पनि पर्दैनथ्यो। हूलमूलमा बस्नेतको हातमा त्यतिबेला २५ पैसा हात परेको थियो। श्री ३ महाराजको दर्शन गर्न पाएको र हातमा पैसासमेत परेकामा उनी त्यतिबेला खुसीले गद्गद् भएका थिए। घर र्फकने बेला मध्यदिन भइसकेको थियो र साँगामा आएर उनले दही र चिउरा धीत मरुन्जेल खाएका थिए। कहीँकतै हराएजस्तै गरी घटना सम्भ“mदै उनी मुख मिठ्याउँदै भन्छन्, "कम्ताको मीठो हुँदैनथ्यो त्यतिबेलाको भक्तपुरे दही। अहिले त्यस्तो दही पाइँदैन। चिउरा पनि राम्रा छैनन् अहिले।" उनलाई यतिसम्म याद छ, चन्द्रशमशेर मरेपछि जनताले एकछाक नुन छाडेका थिए।
सरकारी जागिर पाइन्छ कि भन्ने आशले उनले त्यतिबेला सिंहदरबारमा द्वारपालेको काम गर्ने भिनाजुलाई भेटेर बिन्ती बिसाएका थिए। महाराजको निरन्तर स्वस्ति गरेको आफ्नो योग्यता पनि उनले भिनाजुलाई त्यतिबेला सुनाउन भुलेनन्। भिनाजुले त्यतिबेलाका कप्तान चन्द्रसिंह गुरुङलाई भनेर भोलिपल्टै उनलाई द्वारपालेको काम मिलाइदिए। आफ्नो शासनसत्तामा कसैले दखल पुर्याउला कि भनेर हरदम चनाखो रहने चन्द्रशमशेरले मध्यरातमा हिँडडुल गर्न कसैलाई छुट दिएका थिएनन्। राती निश्चित समयमा तोप पड्काएपछि निषेधाज्ञा लाग्ने चलन थियो। त्यस्तो निषेधाज्ञा बिहानीपख अर्को तोप पड्काएपछि मात्रै खुल्थ्यो। मानिस हिँडडुल गर्लान् र निषेधाज्ञा तोड्लान् कि भनेर चारै दिशामा पालेहरू खटाइएको थियो। तिनै द्वारपालेहरूमध्येमा बस्नेत पनि एक थिए।
हातमा लौरो बोकेर क्षेत्रपाटीमा रातभर रुँगेर बस्ने जिम्मेवारी पाएका बस्नेतलाई जागिरे यात्राको धेरै दिन नै फापेन। "साँझ पर्दा नपर्दै स्यालका बथान कानको जाली फाट्लाझैँ गरेर जोडसँग कराउँथे," उनी भन्छन्, "बेलाबखत दरबारमा सुरक्षाकर्मीहरू ड्युटीमा कसैले तलमाथि गरेको छ कि भनेर चेकजाँचका लागि आउँथे। म निन्द्राले यसो उँघेको मात्रै के थिएँ, एक हूल स्याल मेराअगाडि आए। मलाई चिथोर्नै लागे। म त सास फुस्केलाझैँ गरेर ज्यान जोगाएर लैनचौरतिर भागेँ।"
अर्को जागिरको खोजीम्ाा उनी टेबहालमा भिनाजुसँगै बस्न थाले। महिनाको १५ मोहर डेराभाडा थियो। असनमा अहिलेजस्तो ग्यासका सिलिन्डरहरू बेच्न राख्दैनथे। धनी भनिएका एकाध घरमा चर्को आवाज दिने स्टोभ बल्थे। दाउरा बेच्नेहरूको ताँती हुन्थ्यो। चार पैसा मुठा पाइने दाउरा किनेपछि झन्डै एक साता काम चल्थ्यो। उनी सुनाउँछन्, "एक पैसाको तरकारी किनेपछि बिहान बेलुकालाई पुगिहाल्थ्यो। सालको पातको सोलीमा चार पैसाको एक डाडू घिउ पाइन्थ्यो। त्यसको स्वाद अहिलेको जस्तो कहाँ हुन्थ्यो र π टाढैसम्म बासना आउने, तिख्खर।" इन्द्रचोकमा रहेको मारवाडीको कपडा पसलमा जागिर पाएपछि उनी दुई वर्षसम्म काठमाडौँमै बसे।
उनले त्यतिखेर भोगेको बजारमूल्य वर्तमानको जिन्दगी बाँचेकाहरूका निम्ति किंवदन्तीजस्तो लाग्न सक्छ। तर, त्यही इतिहासका जिउँदाका साक्षी बस्नेतलाई ती सबै कुराहरू सामान्य लाग्छन्। चस्माको फ्रेम तलमाथि गर्दै उनी सम्झन्छन्, "छ पैसा माना चिउरा, आठ पैसाको एक कतारो दही पाइन्थ्यो।" त्यतिखेर अहिलेको काठमाडौँ थिएन, त्यो त 'नेपाल' थियो। अनि, उनले देखेको त्यो 'नेपाल' सिंहदरबार, डिल्लीबजार, असनभन्दा परसम्म फैलिएको थिएन। झिँगटीले छाएका झुप्रा घरहरू थिए। मानिसहरू आगो बालेर भात पकाउँथे। धूवाँले सबैजसो घरका धुरी कालाम्ये देखिन्थे। सबैतिर गोरेटाहरू थिए। धनीमानी र हुनेखानेमध्येका एकाध मान्छेहरू साइकलमा चढेको पनि देखे रे उनले त्यतिबेला।
झन्डै ४० वर्षको उमेरमा उनले गाडी देखे। बस्नेतलाई अहिले अचम्म लाग्छ, जतासुकै गाडी छन्। गाउँघरका खेतबारीसमेत मोटरबाटोले उधिनिएका छन्। "धूवाँ फाल्दै दौड्ने गाडीलाई त्यतिखेर त भगवान् नै हो भन्थ्यौँ हामी," उनी भन्छन्, "एकपटक म गाडी चढ्ने रहर पूरा गर्नैका लागि एक बिहानको पैदल हिँडेर भादगाउँसम्म पुगेको थिएँ।"
बनारसबाट आउने कपडा त्यतिबेला रक्सौल हुँदै 'नेपाल गभर्नमेन्ट रेलवे' चढेर भिक्षाखोरी अर्थात् अमलेखगन्जसम्म आइपुग्थ्यो। त्यहाँबाट भरयिाहरूले तत्कालीन मकवानपुरको सदरमुकाम भीमफेदीसम्म ल्याइपुर्याउँथे। भीमफेदीबाट मातातीर्थ आइपुगेको कपडा भरयिा खोजेर इन्द्रचोकसम्म ल्याइपुर्याउने जिम्मेवारी थियो, उनको। यो उनको पछिल्लो जागिर थियो। इन्द्रचोकसम्म कपडा बोकेको ज्याला पाँच मोहोर लिन्थे। त्यसबेलाको दरभाउ सुनाउँदै उनी भन्छन्, "तीन मोहरमा दौरा-सुरुवाल पाइन्थ्यो, ३२ हाते र ३० हाते कलकत्ते फरयिाको मूल्य पनि पाँच रुपियाँभन्दा बेसी थिएन।" महिनाको पाँच रुपियाँ तलब थाप्ने मनबहादुरलाई बिहान-बेलुकी नै चामल र दाल साहूजीले नै दिन्थे।
काठमाडाँै बस्दै गर्दा उनले आफ्नो दाजुको बिहे पनि गराइदिए। छ बीस अर्थात् १ सय २० रुपियाँमा उनको दाजुको बिहे सकिएको थियो। भन्छन्, "ठूलो भोज नगरेको भए त्यति खर्च हुने थिएन। त्यसबेला ५० रुपियाँमा बिहे सक्नेहरू पनि हुन्थे धेरै।"
पाँच रुपियाँको जागिरले मात्रै केही नहुने देखेपछि हिँडेरै उनी पनौतीबाट भीमफेदी हुँदै अमलेखगन्ज पुगे। उनीसँगै अरू चार दौतरी पनि थिए। अमलेखगन्जबाट रेल चढेर उनी वीरगन्ज पुगे। त्यहाँबाट उनी असम पुगे, कोइलाखानीमा काम गर्न। त्यतिबेला असमको कोइलाखानी नेपालीका लागि आकर्षक गन्तव्य थियो। उनका अनुसार झन्डै दुई सय नेपाली कोइलाखानीमा काम गर्थे। सुरुङभित्र पसेर कोइला निकाल्ने जोखिमयुक्त काम गर्दागर्दै कैयन् नेपाली च्यापिएर र निस्सासिएर मर्थे। त्यसरी मर्नेहरूको शवसमेत परिवारले पाउँदैनथे। दैनिक आठ घन्टा काम गरेबापत बस्नेतले दुई रुपियाँ भारु ज्याला थाप्थे। पाँच वर्ष असममा काम गरेर फर्केपछिका वर्षहरू उनले पनौतीमै खेतीकिसानी गरेर बिताए, बिताउँदैछन्।
राजा त्रिभुवन भारतबाट फर्केपछि पनि उनी अरू मान्छेका पछि लागेर नारायणहिटी गए र त्रिभुवनलाई हूलमा भेटे। प्रजातन्त्र आएको बखत राजाले हात हल्लाएको सम्झना उनको धुमिल स्मृतिमा अझै छ।
बस्नेतको बैँश पनि त्यत्तिकै रुमानी रहेछ। छवटी त बिहे मात्रै गरे। लाहुरे भएर फर्केपछि उनले बिहे गरेका कुनै पनि श्रीमती लामो समयसम्म बाँचेनन्। श्रीमतीहरू सम्झेर अहिले उनलाई नरमाइलो लाग्दैन रे! भन्छन्, "को-को आए, को-को गए, पत्तो छैन।" उतिखेर सामान्य रोग लागे पनि ओखतीमूलोको प्रबन्ध थिएन। रोग लाग्नेहरू मर्थे। लोग्ने मरेकाहरू विधवा हुन्थे र अपमान खेप्थे, स्वास्नी मरेका लोग्नेहरू तेह्र दिन नबित्दै बिहे गर्थे। धेरै बिहे गर्नेहरू 'पुरुषार्थी' लोग्नेमा दरन्िथे रे!
आधा दर्जन बिहे गरे पनि धेरैपछि कान्छी श्रीमतीबाट जन्मेका एक छोरा र एक छोरी मात्रै छन्, अहिले उनीसँग। अघिल्ला श्रीमतीहरूबाट जन्मिएका उनका कुनै पनि सन्तान जीवित रहेनन्। जस्ताले छाएको पुरानो घरमा उनको बुढ्यौली बित्दैछ। अहिले पनि उनी हरेक दिन तीन किलोमिटरको दूरीमा रहेको पनौती बजार र्झछन्, इष्टमित्र भेट्छन् र दु:खसुखका कुरा गर्छन्। कान कम सुन्ने र आँखा कम देख्नेबाहेक उनलाई कुनै रोग छैन। भन्छन्, "अहिलेसम्म डाक्टरी ओखती खाएको छैन।"
No comments:
Post a Comment