Monday, June 27, 2011
काम सद्दे, नाम बौलाहा
सज्जन मानिसहरूको समूह तर नाम भने बौलाहा जमात। हो, खोटाङ जिल्लाको सुङ्देल गाविसमा यस्तै जमातको गठन भएको छ। गाउँमा परविर्तनको काम र कुरा गर्दा बुज्रुकहरूले बौलाहाको संज्ञा दिएपछि आफूहरूले समूहको नाम नै बौलाहा जमात राखेको बताउँछन्, जमातका अगुवा तेजकुमार कोयी राई।
"मैले घरमा खसी तथा बाख्रा पाल्न थालेपछि मानिसहरूले मलाई बौलाहा भन्न थाले। कोदो तथा धान फल्ने जग्गामा तरकारी खेती र माछापालन सुरुवात गरेँ, त्यस्तै उपाधि पाएँ। त्यसैले गाउँलेहरूकै शब्दमा बौलाहा जमात भन्ने नाम राखेका हौँ," उनी भन्छन्। कोयी राईहरूमा खसी-बोका पालेमा देउता रिसाउँछन् भन्ने परम्परागत मान्यता छ।
राईका अनुसार परविर्तनको पक्षमा आवाज उठाउने र नयाँ सोच र विचार भएका व्यक्ति मात्र यस जमातका सदस्य हुन पाउँछन्। हालसम्म बौलाहा जमातमा छ जना मात्र सदस्य छन्। जी फाउन्डेसन नेपाल नामक गैरसरकारी संस्थाको सामाजिक परचिालकको जागिर छाडेर राई यस अभियानमा लागेका हुन्।
अचम्मको कुरा के भने बौलाहा जमातको बैठक कहिल्यै घरमा हुँदैन। उनीहरू बारीको कान्ला वा पाखोबारी वा खोलाको किनारामा बैठक बस्ने गर्छन्। बैठक स्थानलाई कति समयभित्र कस्तो बनाउने भन्ने निर्णय पनि सोही दिन हुन्छ र तोकिएको अवधिभित्र परविर्तन गराउन जुट्छन् जमातका सदस्य।
बैठकको अध्यक्षता पालैपालो गर्ने हुनाले उनीहरूको अध्यक्ष छैन। उनीहरूको भेट्दा र छुट्दा गरनिे अभिवादनको शैली छुट्टै छ। भेट्ने बेलामा मुट्ठी कसेर बूढीऔँला जोड्ने गर्छन् र छुट्टनिे बेलामा सोही प्रक्रिया दोहोर्याई ढाडमा धाप मार्ने गर्छन्।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment