Wednesday, June 22, 2011

अपराधिक झुण्डको राज्य हो यो ????????/

बिष्णुप्रसाद पोखरेल
अहिले हामि देशभरका पत्रकारहरु आफ्नो नियमित ड्युटी जस्तै आन्दोलनमा उत्रनु पर्ने बाध्यता बनेको छ ।sहाँकतिखेरकुन समचारको बिषयमा कसले के गर्ने हो पत्तो छैन ।भयरहित अवस्थामा कार्यक्षेत्रमा खटिनु पर्नेमा भयाभह अवस्थाको सिर्जना बन्दै गएको छ ।
हाे निश्चय पनि घटनाहरु हुने गर्छन र राज्यको कमजोरीका कारण तथा पत्रकार आँफैका कारण पनि कतिपय अवस्थामा असहजता आएको होला तर निश्पक्ष छानबिन गरी त्यसको सत्यतथ्य बाहिर ल्याएर किन कार्वाही गर्न सकिन्नयो एउटा ज्वलन्त प्रश्न हो ।
पत्रकारहरुले सडकमा आएर माग गरिरहेका छन् बिराटनगरका पत्रकार खिलनाथ ढकालमाथि ज्यानमार्नेगरि भएको हमलामा संलग्नहरुलाइ तत्काल कार्वाही गर भनेर । यो पत्रकारले भनिरहनु नपर्ने हो र राज्य र स्थानीय प्रशासनले आँफै गर्नू पर्ने हो तर पत्रकारहरुले सडकमा आएर अपराधीलाइ कार्वाही गर भन्दा पनि सरकार यसमा लाचार छ ।प्रशासन निकम्मा छ ।
सरकारको नेतृत्व जसले गरेको छ उसैको भातृसंगठनका कार्यकर्ताहरुले निर्मम रुपमा पत्रकारमाथि आक्रमण गरेको सत्य अब कुनै हालतमा पनि छिपाउन सकिनेवाला छैन ।तर पनि घटनालाइ मोडने प्रयास भइरहेको छ ।यो भन्दा दण्डहिनता अब राज्यमा के हुन सक्छ र
प्रधानमन्त्री झलनाथ खनाल जो नेकपा एमालेका अध्यक्ष पनि हुनुहुन्छ उहाँ यो कार्य अपराधीक भएको भन्दै दोषी उम्कन नसक्ने बताउनु हुन्छ ।तर उहाँ अध्यक्ष रहेको राजनैतिक दलका भातृसंगठन युथफोस्रका अध्यक्ष अपराधिक कार्यका योजनाकार भनिएका ब्याक्ति आफ्नै सम्पर्कमा रहेको र पक्राउ गरेर देखाउन चुनौती दिइरहेका छन् ।
यो कस्तो राज्य हो यो कस्तो कानुन हो अनि यो कस्तो राजनैतिक संस्कार हो हामिले बनाउन खोजेको ।sे पत्रकारहरुले अब राजनैतिक दलत्यसका भातृसंगठन र राजनैतिक दलको आबरणमा रहने अपराधिक झुण्डहरुको गुलाम गरेर पत्रकारीता गर्नु पर्ने हो
युथफोस्र स्थापना गर्दा जनताको सुरक्षाका लागि भनेर कुर्लने महेश बस्नेत आज पत्रकारलाइ मात्र होइन सिङ्गो सरकारलाइ एक जना ब्याक्ति पक्राउ गरेर देखाउन चुनौती दिन पछि परेका छैनन् ।उनको अगाडी प्रधानमन्त्री र गृहमन्त्री निरीह बनेका छन् भने अब भोली पत्रकार कहाँ र कसरी सुरक्षित बन्लान त
राजनैतिक संगठन र राजनैतिक संस्कार नसिकेका उदण्ड युवाहरुको जमात सिर्जना गरेर राजनैतिक गर्ने सोच दलहरुमा रहेको हो भने त्यो एउटा बेगल पाटो हो होइन भने कुनै दलको भातृसंगठन भनेर चिनिएको समुहका नाइकेले पत्रकारलाइ गरेको आक्रमण अपराधिक हो ।यो कार्य गर्ने जो कोहि पनि अपराधिक समुह अर्थात झुण्ड हो ।
उनिहरुमा यतिसम्म चेतना छैन की दुइ चारसय पत्रिका जलाउदैमा पत्रकारका बिचार र अपराधिक झुण्डलाइ कार्वाही गर्न माग गर्दै शुरु भएको आन्दोलनम रोकिन्छ ।यहि भएर हुन सक्छ दमकमा नागरिक पत्रिका नै जलाए ।एउटा अपराध लुकाउन अर्को कुचेष्टा हो यो ।
युथफोस्रका अध्यक्ष महेश बस्नेतले सरकारलाइ चुनौती दिँदै घटनाका योजनाकार भनिएका पर्शराम बस्नेत आफ्नै सम्पर्कमा रहेको चुनौती दिनको सट्टा प्रहरीमा बुझाएर अनुसन्धानका लागि सहज बनाउन किन सक्दैनन् के उनि निर्दोष छन् भने भोली उनले सफाइ पाउने छैनन् र के उनलाइ सरकारमाथि र कानुनी राज्यमाथि कुनै बिश्वास छैन
यसले नै स्पष्ट पार्छ यस घटनामा युथफोस्रको संलग्नता छ र यदि संगठनको होइन भने युथफोस्रको नाममा चलाइएको अपाराधिक झुण्डको सहभागीता यसमा रहेको हुनुपर्छ ।त्यस्ता अपाराधिक झुण्डलाइ कसैले छुट दिइनु हुन्न ।जब सम्म पत्रकारले निर्धक्कका साथ लेख्न पाउने अवस्था बन्न सक्दैन तबसम्म पत्रकारको आन्दोलन रोकिनु हुन्न ।
खिलनाथमात्र होइन यहाँ दर्जनौ पत्रकार कुटिएका छन् । पत्रकार मारिएका छन् र यसको बिरोधमा पत्रकार महासंघले आन्दालन पनि गर्दै आएको छ ।आन्दोलन अबधिमा सरकारको आश्वसनमा आन्दोलन रोकिएको पनि छ ।sिनकी पत्रकारले सरकारलाइ काम गर्न सहजहोस भन्ने चाहेका छन् ।पत्रकारहरु काँतर छैनन् ।पत्रकारहरुसंग पनि हतियार छ त्यो हतियार हो कलम र डायरी ।यसका अगाडी जुनसुकै र जस्तोसुकै हतियार पनि कमजोर हुनेछ यो इतिहासले देखाउछ र देखाउने पनि छ ।अब यो आन्दोलन रोकिनु हुन्न र यसमा सबैको साथ र समर्थन रहनु पर्छ ।
आखिर परिवर्तनका खातिर र स्वतन्त्रताका लागि पत्रकारले जन आन्दोलनमा कलम तथा डायरी लिएर सडकमा आएका होइनन् प्रहरीको कस्टडीमा बस्नु परेको छैनलोकतन्त्रका लागि यी दलहरुले चलाएको आन्दोलनलाइ सार्थक निष्कर्षमा पुर्याउन सहयोग गरेका होइनन् र
के यहि दिनका लागि हो यो देशमा कानुनी शासन छ भनेदेशमा दण्डहिनता छैन भने र यो मुलकमा सरकार छ भने तत्काल घटनामा आरोपीतहरु सबैलाइ पक्राउ गरेर सत्यतथ्य राज्यको तर्फबाट बाहिर ल्याउनु पर्छ ।यहि पर्शुराम निर्दोष छन् भने सरकारले यतिकारण निर्दोष छन् भन्नु पर्छ ।
अन्यथा यो देशमा यसरी नै गुण्डागर्दी र अपराधिक झुण्डहरुको नै राज चलिरहनेछ ।पत्रकारहरुले कुटाइ खाइरहनेछन ।पत्रकारहरु मरिरहनेछन् । किनकी उनिहरु लोकतन्त्रमा बिश्वास गर्छन र जनताको स्वतन्त्रताको लागि मर्न पनि तयार हुन्छन् ।sसैको गुलाम बन्नेछैनन् र यस्ता घटनाबाट डराएर पछि हटने पनि छैनन् ।

No comments:

Post a Comment