Monday, June 27, 2011
नांगो मान्छेले प्लेन रोक्यो
प्लेनमा चढ्दा लुगासहित चढेको त्यो मानिसले प्लेन उडेपछि भने सबै मानिसको अगाडि एकाएक लुगा फुकालेर नांगै भयो
प्लेन रोकिन कुनै आपत्तिको सामना गर्नुपर्दैन । एउटा मान्छेको पागलपनले सयौ यत्रु चढेको जहाजलाई पुनः ल्यान्ड गराउन सकिन्छ । स्पेनमा यस्तै अचम्म भएको छ । म्याडि्रड सहरबाट बिहान ७ः४५ मा उडेको जहाज एकैछिनमा फेरि एयरपोर्ट फर्कियो । कारण थियो एकजना नांगो मानिस । प्लेनमा चढ्दा लुगासहित चढेको त्यो मानिसले प्लेन उडेपछि भने सबै मानिसको अगाडि एकाएक लुगा फुकालेर नांगै भयो । त्यतिसम्म त्यो प्लेनका यात्रु र कर्मचारीले सहन गरे । उसले अफूलाई तत्काल बाथरुममा बन्द गरेपछि भने यात्रुमा भय भरियो उसले आत्महत्या गर्नसक्ने डरमा ।
उनीहरुले उसलाई त्यहाँबाट निकाल्न कोसिस गरे । तर केही चलेन । प्लेनलाई फिर्ता एयरपोर्ट लगियो र पुलिसको मद्दतले त्यसलाई बाहिर ल्याइयो । कयौँपटक जड्याहाको कारणले फ्ल्याइट रोकिएको घटना आउने गरेका थिए तर नांगो मानिसका कारण रोकिएको भने यो पहिलोपटक हो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment