Monday, June 27, 2011

उनीहरू पोथी हात्तीलाई रिजाउन प्रतिस्पर्धामा उत्रन्छन्् ..........


भाले हात्तीको आपसमा बहस पनि हुने गर्छ अनि उनीहरू पोथी हात्तीलाई रिजाउन प्रतिस्पर्धामा उत्रन्छन्


ज्यान हुँदैमा बुद्धिमान हँुदैन भन्ने कथनलाई बल दिन हाम्रो समाजमा एउटा भनाइ छ, 'हात्तीजत्रो ज्यान भएर के गर्नु, बुद्धि छैन ।' तर अब हात्ती पनि बुद्धिमान हुन्छन् भन्ने तथ्य खुलेको छ । हात्तीले मानिसको जस्तै बहस गर्ने हात्ती संरक्षणकर्मीले बताएका छन् । भाले हात्तीको आपसमा बहस पनि हुने गर्छ अनि उनीहरू पोथी हात्तीलाई रिजाउन प्रतिस्पर्धामा उत्रन्छन्् । कुनै विषयमा बहस गर्नु हात्तीको सामाजिक चरित्र हो । केन्याको उम्बोसेली नेसनल पार्कमा गरिएको ४० वर्षे अध्ययनले हात्ती कुन बाटो हिँड्ने भन्ने कुरामा बढी बहस गर्छन् । हात्तीले आफ्नो कुरा राख्न निकै जटिल सांकेतिक भाषा प्रयोग गर्ने गरेको उनीहरूले बताएका छन् । उनीहरूले संवादका लागि विशेष आवाज निकाल्ने गरेको पनि अनुसन्धानकर्ताले बताएका छन् । एक अर्कासँग भेटिएपछि काँध रगड्ने सुँडो जोड्नेजस्ता हाउभाउ हात्तीले गर्ने गरेको उनीहरूले

बताए । यही माध्यमबाट उनीहरू खेल्न एकअकर्ाेलाई आमन्त्रण पनि गर्छन् । उनीहरूले कुनै ठाउँमा पुग्नुअगाडि बाटो सही छ कि छैन भन्ने विषयमा बढी बहस गर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

मन्दिरमा लुगा लगाएर आऊ


बुङ्गा गोरा युवायुवतीको आतंकले एएटा मन्दिरले सूचना जारी गरी लुगा लगाउन आदेश दिएको छ

मन्दिरमा कोही विनालुगा आउँछ भने भक्तालुको अवस्था के होला ? भारतमा यस्तै भएको छ । बुङ्गा गोरा युवायुवतीको आतंकले एएटा मन्दिरले सूचना जारी गरी लुगा लगाउन आदेश दिएको छ । गोवालाई भारतको सबैभन्दा खुला स्थान मानिन्छ । त्यहाँ टु पिसमा युवतीहरू निर्धक्क घुमेका भेटिन्छन् । मन्दिरले आदेश दिएको छ - मदिर परिसरमा घुम्न परे भारतीय कपडा लगाएर आउनुहोस् । ४५० वर्ष पुरानो महालसा नारायणी मन्दिरका प्रवक्ताले निकै कम लुगामा विदेशी आइदिनाले अप्ठ्यारो भएको बताएका छन् । यो क्षेत्रमा अधिकांश हिप्पी आउने र उनीहरूले मन्दिरवरपर आउने भक्तालुका लागि अप्ठ्रो महसुस भएकाले उक्त निर्णय लिइएको बताएका छन् ।

समुन्द्री तटमा रहेको यो मन्दिरमा टु पिसमा रमाउने युवती र वानमा पिसमा रम्ने युवकका लागि यो निर्णयले पक्कै धक्का पुगेको छ ।

नांगो मान्छेले प्लेन रोक्यो


प्लेनमा चढ्दा लुगासहित चढेको त्यो मानिसले प्लेन उडेपछि भने सबै मानिसको अगाडि एकाएक लुगा फुकालेर नांगै भयो
प्लेन रोकिन कुनै आपत्तिको सामना गर्नुपर्दैन । एउटा मान्छेको पागलपनले सयौ यत्रु चढेको जहाजलाई पुनः ल्यान्ड गराउन सकिन्छ । स्पेनमा यस्तै अचम्म भएको छ । म्याडि्रड सहरबाट बिहान ७ः४५ मा उडेको जहाज एकैछिनमा फेरि एयरपोर्ट फर्कियो । कारण थियो एकजना नांगो मानिस । प्लेनमा चढ्दा लुगासहित चढेको त्यो मानिसले प्लेन उडेपछि भने सबै मानिसको अगाडि एकाएक लुगा फुकालेर नांगै भयो । त्यतिसम्म त्यो प्लेनका यात्रु र कर्मचारीले सहन गरे । उसले अफूलाई तत्काल बाथरुममा बन्द गरेपछि भने यात्रुमा भय भरियो उसले आत्महत्या गर्नसक्ने डरमा ।

उनीहरुले उसलाई त्यहाँबाट निकाल्न कोसिस गरे । तर केही चलेन । प्लेनलाई फिर्ता एयरपोर्ट लगियो र पुलिसको मद्दतले त्यसलाई बाहिर ल्याइयो । कयौँपटक जड्याहाको कारणले फ्ल्याइट रोकिएको घटना आउने गरेका थिए तर नांगो मानिसका कारण रोकिएको भने यो पहिलोपटक हो ।

४३ औँले बालक


एक भारतीय ३४ आँैले बालक अक्षतले गिनिज बुक अफ वल्र्डमा नयाँ रेकर्ड कायम गरेका छन् । उत्तर प्रदेशको बरेली अस्पतालमा जन्मेका अक्षतको सर्जरीबाट थप आँला पत्ता लाग्ोको हो । अल इन्डिया मेडिकल इन्स्िटच्युट एम्समा डाक्टर यसै साता उनको अप्रेसन हात, खुट्टाको अप्रेसन गरेर ३४ वटा आँैला शरीरबाहिर निकाल्न सफल भए ।

एम्सका आर्थोडिक डिपार्टमेन्ट प्रमुख डा.पिपी कोतवालले अक्षतको एक्सरेका साथै अन्य परीक्षणबाट अतिरिक्त औँला निकालेको बताए । नरम तन्तुले बनेका अतिरिक्त औँला अप्रेसन गरेर हड्डीबाट अलग गरिएको थियो ।

अप्रेसनपछि अक्षत खाने पिउने र अरू काम पनि आफैँ गर्छन् । आमाबुबाका अनुसार जन्मदेखि नै हात र खुट्टाका बाहेक थप १४ औँला थिए ।

काम सद्दे, नाम बौलाहा


सज्जन मानिसहरूको समूह तर नाम भने बौलाहा जमात। हो, खोटाङ जिल्लाको सुङ्देल गाविसमा यस्तै जमातको गठन भएको छ। गाउँमा परविर्तनको काम र कुरा गर्दा बुज्रुकहरूले बौलाहाको संज्ञा दिएपछि आफूहरूले समूहको नाम नै बौलाहा जमात राखेको बताउँछन्, जमातका अगुवा तेजकुमार कोयी राई।

"मैले घरमा खसी तथा बाख्रा पाल्न थालेपछि मानिसहरूले मलाई बौलाहा भन्न थाले। कोदो तथा धान फल्ने जग्गामा तरकारी खेती र माछापालन सुरुवात गरेँ, त्यस्तै उपाधि पाएँ। त्यसैले गाउँलेहरूकै शब्दमा बौलाहा जमात भन्ने नाम राखेका हौँ," उनी भन्छन्। कोयी राईहरूमा खसी-बोका पालेमा देउता रिसाउँछन् भन्ने परम्परागत मान्यता छ।

राईका अनुसार परविर्तनको पक्षमा आवाज उठाउने र नयाँ सोच र विचार भएका व्यक्ति मात्र यस जमातका सदस्य हुन पाउँछन्। हालसम्म बौलाहा जमातमा छ जना मात्र सदस्य छन्। जी फाउन्डेसन नेपाल नामक गैरसरकारी संस्थाको सामाजिक परचिालकको जागिर छाडेर राई यस अभियानमा लागेका हुन्।

अचम्मको कुरा के भने बौलाहा जमातको बैठक कहिल्यै घरमा हुँदैन। उनीहरू बारीको कान्ला वा पाखोबारी वा खोलाको किनारामा बैठक बस्ने गर्छन्। बैठक स्थानलाई कति समयभित्र कस्तो बनाउने भन्ने निर्णय पनि सोही दिन हुन्छ र तोकिएको अवधिभित्र परविर्तन गराउन जुट्छन् जमातका सदस्य।

बैठकको अध्यक्षता पालैपालो गर्ने हुनाले उनीहरूको अध्यक्ष छैन। उनीहरूको भेट्दा र छुट्दा गरनिे अभिवादनको शैली छुट्टै छ। भेट्ने बेलामा मुट्ठी कसेर बूढीऔँला जोड्ने गर्छन् र छुट्टनिे बेलामा सोही प्रक्रिया दोहोर्‍याई ढाडमा धाप मार्ने गर्छन्।

Sunday, June 26, 2011

मूर्खको औषधी प्रेम हो..............


करिब दुई वर्षअघि कीर्तिपुरको चोभारमा एक युवकले प्रेमिकाले अर्कैसँग विवाह गरेको निहुँमा प्रेमिकालाई गोली हानेर आफ्नै पनि कञ्चटमा गोली हानेर आत्महत्या गरे।

मकवानपुरका सिपाही राजकुमार न्यौपानेले प्रेम अस्विकार गरेको निहुँमा एक युवतीको छुरा प्रहार गरी हत्या गरे र तिनै युवतीको कोठामा आत्महत्या गरे।

गुल्मीमा एक युवकले आफ्नी प्रेमिकालाई गोली हाने पछि आफूलाई पनि गोली हाने तर संयोगले कुनै अप्रिय दुर्घटना भएन।

यी त प्रतिनिधि घटना मात्र हुन् जसले प्रेममा पागल भएको मान्छे प्रेम असफल भएपछि कस्तो बाटोमा लाग्छ भन्ने देखाउँछ। एकतर्फी प्रेममा फसेकाहरू आफूले मनपराएको मानिसलाई आफ्नो कुरा भन्नै नपाइ उसले अर्कै बाटो लाग्दा वा अस्वीकार गर्दा अथवा कुनै कारणले दुईतर्फी प्रेममा समेत खटपट आउँदा प्राणत्यागसम्मको बाटो रोज्छन्। प्रेममा असन्तुष्ट भएर वा प्रेमी प्रेमीकाबीच मनमुटाव वा अपरिपक्कताका कारणसमेत सम्बन्ध टुट्ने गरेको छ। प्रेमको असफलता कहिलेकाहीँ सामान्य रूपमा साम्य हुन्छ भने कहिलेकाहीँ त्यसले निकै भयानक परिणाम ल्याउँछ।

प्रेम किन असफल हुन्छ ?

महात्मा गान्धीले भनेका छन्, मूर्खको औषधी प्रेम हो। प्रेममा परिवर्तनको क्षमता हुन्छ। भौतिक होइन आत्मिक अनुभव हो प्रेम। प्रेमको न कुनै सीमा हुन्छ न समय र भूगोल। प्रेम जुनसुकै बेला जोसँग पनि हुनसक्छ। प्रेम कसैसँग चाहना गरेर हुदैन मानिसको आनिबानी व्यक्तित्व आदिले कसैलाई मोहित गरेर वा भावनामा डुबेर प्रेम हुन्छ। मानिसलाई यो धर्तीमा शान्ति र अहम बिनानै बाँच्न र सुन्दर जीवनको कल्पना गर्न प्रेमले नै सिकाउँछ। प्रेममा त्यस्तो शक्ति हुन्छ जसले जीवन निर्वाहका लागि अमृतको काम गर्छ। एक अर्काबीचमा विश्वास अनि भावनात्मक सम्बन्ध रह्यो भने प्रेम सफल हुन्छ। कसैको बाहिरी बनावटले आकर्षण गरेर प्रेम भयो भन्नु मुर्खता सिवाए केही होइन। मस्तिष्कको अनुरोध अनि मनको चाहनाबाट उत्पन्न भावना नै प्रेम हो।

कसैको यौवन वा जवानीको मोहमा परेर उसको यौन तृष्णा मेटाउन गरिने केही दिनको काल्पनिक नाटकलाई प्रेम भन्न मिल्दैन। पछिल्लो समयमा युवा पुस्ताको प्रमुख समस्या भनेको प्रेम असफल हुनु हो। कलेज जीवनमा व्बाइफ्रेन्ड र गलफ्रेन्ड भएन भने असहज मान्नेहरूको जमात बढ्दो छ। शारीरिक आकर्षकलाई केन्द्रमा राखेर देखासिखि मानसिकताले उत्प्रेरित भएर प्रेम गर्ने हो भने त्यो प्रेम सफल हुँदैन। युवा- युवतीबीचको शारीरिक आकर्षकले केही दिन सम्बन्ध सुमधुर भए पनि बिस्तारै खटपट उत्पन्न हुन थाल्छ।

प्रेम असफल हुनुको अर्को कारण एक अर्कामा वैचारिक मतभेद हुनु हो। घरपरिवार आफन्त र समाजको रितिरिवाज मर्यादा एवं संस्कारको ख्याल नगरी गरिएको प्रेम असफल हुन्छ। कुनै समयमा प्रेम सार्वजनिक भएपछि समाजले स्वीकार नगर्ने अवस्थामा प्रेमबाट अलग हुन सक्ने गरी सम्बन्ध बढाउनुनै उचित हुन्छ। प्रेमी-प्रेमिकाले एक अर्कालाई गुमाउँदा कुनै अप्रिय दुर्घटना नहुने गरी प्रेम गर्नुपर्छ। प्रेम दुवै जनाको मनैदे खि उत्पन्न हुनुपर्छ तब मात्र प्रेमी र प्रेमीकाको सम्बन्ध सुमधुर हुन्छ।

एकतर्फी प्रेमले दुवै जनाको सम्बन्ध सुमधुर हुन्छ भन्न सकिँदैन। आत्मादेखि नै गरिएको चाहना नै प्रेम हो। मनदेखि नै गरिएको आत्मिक अनुभव बिनाको प्रेमले जटिल समस्या निम्ताउन सक्छ। एक अर्काबीचको दूरी बढेर बिछोड हुँदा उत्पन्न हुने आवेगलाई कावुमा राख्न नसकी आत्महत्या, लागू पदार्थ दुव्र्यसनतर्फ धकेल्ने युवा पुस्ताको प्रमुख समस्या बन्दै गएको छ।

आफूले रोजेको मानिससँग सम्बन्ध बिग्रिए पछि, मनको कुरा खोल्न नपाई अर्कोबाटो रोजेका कारण वा प्रेममा असन्तुष्ट भएर प्रेमी वा प्रेमीकाले आत्महत्या वा दुव्र्यसनको बाटो समात्छन्। प्रेमका कारण बीचैमा पढाइ छाड्नेहरू पनि उत्तिकै छन्। भनिन्छ- प्रेम सञ्जीवनी बुटी हो जसलाई चिन्न र ग्रहण गर्नसके यसले जीवनलाई सुन्दर बनाउनुका साथै जीवन-निर्वाहमा अमृतको काम गर्छ, तसर्थ प्रेमी-प्रेमीकाले प्रेमबाट धेरै अपेक्षा नराखी सम्बन्ध बढाउनु नै उपयुक्त हुन्छ।

अनुहारभन्दा नाक ठूलो


पहिलोपटक उदयपुरको रामपुर गाविसको पानीट्यांकी पुग्ने जोकोहीलाई स्थानीय छविमाया बस्नेतलाई हेर्ने मन हुन्छ। कारण, उनको अनुहारभन्दा नाकको आकार ठूलो हुनु। उनको नाक देखेर मानिसहरू अचम्मित हुने गरेका छन्। सामान्यतया मानिसको नाक अनुहारभन्दा सानै हुन्छ। तर, ६० वषर्ीया बस्नेतको नाक भने अनुहारभन्दा ठूलो भएपछि उनलाई देख्ने जोकोही पनि अचम्मित हुने गरेका छन्।

जिल्लाको पूर्वी गाविस रामपुर-२ की बस्नेत आफ्नो नाक अनुहारभन्दा ठूलो भएपछि यताउता हिँड्नसमेत समस्या हुने गरेको बताउँछिन्। तर, उनको यो नाक भने जन्मजात होइन, २० वर्षको उमेर हुँदा सुन्निएर यस्तो भएको हो। उपचारका लागि विभिन्न ठाउँ गए पनि बस्नेतको नाकको आकार घट्नु त परै जाओस्, उल्टै दिन-प्रतिदिन बढ्ने गरेको छ।

आइफोन-४ को लागी म आफ्नो भर्जिनिटी बेच्न तयार छु............


सेक्सले विश्वभर नै उद्योगको रुप लिएको छ । कोहि बिहान र साँझ हातमुख जोर्न यसमा लागेका छन् त कोहि आनन्द र विलासी जीवन जिउन । सेक्स ब्यवसायमा पुरुषको तुलनामा कैयौ गुना बढी युवतीहरुको संलग्नता रहेको विभिन्न अध्ययनबाट पत्ता लागेको छ । केहि युवतीको लागि त यो फेसन बनेको छ । हालै जलिंगझाउ नामकी एक चीनिया युवतीले केवल आइफोन-४ को लागि आफ्नो शरिरको अफर गरेर इन्टरनेटमा सनसनी मच्चाएकी छिन् । आइफोन किनिदिन गरेको अनुरोधलाई बुबाले अस्विकार गरेपछि यी युवतीले चीनिया टि्वटर वबसाइट वेइबोमा आफ्नो शरिरको अफर गरेकी हुन् ।
आफ्नो तस्वीरको साथमा प्रोफाइल पनि राखेकी जलिंगझाउले टि्वटरमा लेखेकी छिन्- आइफोन-४ को लागी म आफ्नो भर्जिनिटी बेच्न तयार छु । उनको यस्तो पोस्टमा धेरैले गालीगलौज गरेका छन् । यद्यपी उनीलाई यसबारे कुनै गुनासो छैन ।
यसअघि अपि्रलमा एक चीनिया युवाले आइपोड किन्नैको लागि आफ्नो मृगौला बेचेका थिए । यसरी नयाँ फेसनेवल सामानले चीनियाँ युवापुस्ता ल्याएको बढ्दो विकृतिले समाजका बैज्ञानिकहरुसामू गम्भिर प्रश्न खडा गरि दिएको छ

मनले खाने श्रीमती को ???????


बुढापाकाले भन्थे-मर्दको बाहृ श्रीमती । अहिलेको जवानामा यो पनि धेरै थोरै भैसकेको छ । नाइजेरियाका बेलो मसाबा नामका एक पुरुषले यसअघि नै नब्बे श्रीमती भित्राइ सकेका छन् । खै के पुगेन, उनी सन्तुष्ट भने छैनन् । अझै दश श्रीमतीलाई घर भित्राउने धोको रहेको उनले बताएका छन् । क्रिकेटको भाषामा भन्ने हो भने उनलाई सय वटी श्रीमती ल्याई सतक बनाउने भूत लागेको छ ।

आफूले अल्लाह (भगवान) को निर्देशनमा यति धेरै श्रीमतीसाग बिहे गरेको ८७ वषिर्य मसाबाले बताए । उनको यो योजनामा नाइजेरियाको कानूनले पनि साथ दिएको देखिन्छ । बहु-विवाहमा प्रतिवन्ध एवं यति नै श्रीमती ल्याउन पाउने भनी नाइजेरियाको संविधानमा कुनै उल्लेख गरिएको छैन । केहि श्रीमतीले मर्द हुनको लागि कैयौं बिहे गरी अल्लाहबाट पुरस्कार हुनु पर्ने बताएपछि त मसाबा झन हौसिएका छन् । मन तन्नेरी भएपछि तन कहाँ बुढो हुदो रहेछ र !


पहिले युवती/महिलाहरुसँग कुरा गर्न तथा नजिक जान निकै डर लाग्ने मसाबाले बीबीसी संवाददातासँगको कुराकानीमा खुलासा गरे । त्यसैले सुरुमा दुई श्रीमतीभन्दा बढी ल्याउन नसक्ने आभास हुने गरेको उनले आफ्नो भित्री मनोभावना खोले । अब त उनी निकै खप्पिस भैसकेका छन् । ‘म महिलाको पछि लाग्दिन । उनीहरु आफै मसामू आउछन्,’ मसाबाले भने, ‘अनि अल्लाहले बताएबमोजिम म उनीहरुलाई श्रीमती बनाउछु ।’

मनले खाने श्रीमती को ? भन्ने प्रश्नको जवाफमा श्रीमती नम्बर ३, ४ र २४ ले आफ्नो खुब प्रसंसा गर्ने भएकोले उनीहरुको सबैभन्दा बढी मनपर्ने उनले बताए । अचम्मको कुरा के छ भने अधिकांश श्रीमतीहरु एकअर्कासँग कुनै रिस राग नरहेको बताउछन् । हालसम्म ११ श्रीमतीले मात्र सम्बन्ध तोडेका छन् । जवरजस्ती गरिएको कुरा अल्लाहलाई मन नपर्ने भएकोले सायद आफनो २ सय बच्चाबच्चीहरुमध्ये ५५ को मृत्यु भएको हुनसक्ने उनको विश्वास छ ।

कलगर्लका लागि सेक्स ब्यवसाय गर्न फेसबुक बरदान


फेसबुकको प्रयोग पछिल्लो समय हृवात्तै बढेको छ । युवादेखि बृद्वसम्मको प्रिय साथी बनेको छ यो सोसल नेटवर्किङ साइट । नयाँ साथी बनाउने, मोडेल तथा नायिका छान्नेदेखि लिएर समाचार स्रोतको रुपमा समेत फेसबुकको प्रयोग हुन थालेको छ । हुँदाहुँदा अब कलगर्लहरुले (सेक्सवर्क) फेसबुकलाई आफ्नो ग्राहक खोज्ने माध्याम बनाएको खुलासा भएको छ । हालै गरिएको एक सर्वेक्षणअनुसार कलगर्लहरुले आफ्नो नग्न तथा अर्धनग्न तस्विरद्वारा धनाढ्य ग्राहकलाई आकषिर्त गर्ने गरेका छन् ।


८३ प्रतिसत कलगर्लहरुको आफ्नो फेसबुक अकाउन्ट रहेको सर्वेक्षणबाट पत्ता लागेको छ । अस्लिल तस्वीरको अलवा यस्तो मेसेज लेखिएको पाइन्छ कि जोकोहिले उनीहरुको भित्री मनसाय एक सेकेन्डमै बुझ्छन् । कलगर्लका लागि सेक्स ब्यवसाय गर्न फेसबुक बरदान नै सावित भएको छ ।

यस्ता कलगर्ललाई फेसबुकबाट ग्राहक मात्र मिलेको छैन, प्रहरीबाट पक्राउ हुने डर पनि टरेको छ । साथै ग्राहक खोजीदिने मध्यस्तकर्तालाई पैसा दिनु पर्ने टेन्सन पनि हटेको छ । ग्राहकले तिर्नु पर्ने रकम र सम्पर्क गर्नु पर्ने स्थानलगायतका सूचनाहरु फेसबुकबाट तय गर्दछन् उनीहरु । वाह ! चोरका दाउ अनेक ।

Wednesday, June 22, 2011

अपराधिक झुण्डको राज्य हो यो ????????/

बिष्णुप्रसाद पोखरेल
अहिले हामि देशभरका पत्रकारहरु आफ्नो नियमित ड्युटी जस्तै आन्दोलनमा उत्रनु पर्ने बाध्यता बनेको छ ।sहाँकतिखेरकुन समचारको बिषयमा कसले के गर्ने हो पत्तो छैन ।भयरहित अवस्थामा कार्यक्षेत्रमा खटिनु पर्नेमा भयाभह अवस्थाको सिर्जना बन्दै गएको छ ।
हाे निश्चय पनि घटनाहरु हुने गर्छन र राज्यको कमजोरीका कारण तथा पत्रकार आँफैका कारण पनि कतिपय अवस्थामा असहजता आएको होला तर निश्पक्ष छानबिन गरी त्यसको सत्यतथ्य बाहिर ल्याएर किन कार्वाही गर्न सकिन्नयो एउटा ज्वलन्त प्रश्न हो ।
पत्रकारहरुले सडकमा आएर माग गरिरहेका छन् बिराटनगरका पत्रकार खिलनाथ ढकालमाथि ज्यानमार्नेगरि भएको हमलामा संलग्नहरुलाइ तत्काल कार्वाही गर भनेर । यो पत्रकारले भनिरहनु नपर्ने हो र राज्य र स्थानीय प्रशासनले आँफै गर्नू पर्ने हो तर पत्रकारहरुले सडकमा आएर अपराधीलाइ कार्वाही गर भन्दा पनि सरकार यसमा लाचार छ ।प्रशासन निकम्मा छ ।
सरकारको नेतृत्व जसले गरेको छ उसैको भातृसंगठनका कार्यकर्ताहरुले निर्मम रुपमा पत्रकारमाथि आक्रमण गरेको सत्य अब कुनै हालतमा पनि छिपाउन सकिनेवाला छैन ।तर पनि घटनालाइ मोडने प्रयास भइरहेको छ ।यो भन्दा दण्डहिनता अब राज्यमा के हुन सक्छ र
प्रधानमन्त्री झलनाथ खनाल जो नेकपा एमालेका अध्यक्ष पनि हुनुहुन्छ उहाँ यो कार्य अपराधीक भएको भन्दै दोषी उम्कन नसक्ने बताउनु हुन्छ ।तर उहाँ अध्यक्ष रहेको राजनैतिक दलका भातृसंगठन युथफोस्रका अध्यक्ष अपराधिक कार्यका योजनाकार भनिएका ब्याक्ति आफ्नै सम्पर्कमा रहेको र पक्राउ गरेर देखाउन चुनौती दिइरहेका छन् ।
यो कस्तो राज्य हो यो कस्तो कानुन हो अनि यो कस्तो राजनैतिक संस्कार हो हामिले बनाउन खोजेको ।sे पत्रकारहरुले अब राजनैतिक दलत्यसका भातृसंगठन र राजनैतिक दलको आबरणमा रहने अपराधिक झुण्डहरुको गुलाम गरेर पत्रकारीता गर्नु पर्ने हो
युथफोस्र स्थापना गर्दा जनताको सुरक्षाका लागि भनेर कुर्लने महेश बस्नेत आज पत्रकारलाइ मात्र होइन सिङ्गो सरकारलाइ एक जना ब्याक्ति पक्राउ गरेर देखाउन चुनौती दिन पछि परेका छैनन् ।उनको अगाडी प्रधानमन्त्री र गृहमन्त्री निरीह बनेका छन् भने अब भोली पत्रकार कहाँ र कसरी सुरक्षित बन्लान त
राजनैतिक संगठन र राजनैतिक संस्कार नसिकेका उदण्ड युवाहरुको जमात सिर्जना गरेर राजनैतिक गर्ने सोच दलहरुमा रहेको हो भने त्यो एउटा बेगल पाटो हो होइन भने कुनै दलको भातृसंगठन भनेर चिनिएको समुहका नाइकेले पत्रकारलाइ गरेको आक्रमण अपराधिक हो ।यो कार्य गर्ने जो कोहि पनि अपराधिक समुह अर्थात झुण्ड हो ।
उनिहरुमा यतिसम्म चेतना छैन की दुइ चारसय पत्रिका जलाउदैमा पत्रकारका बिचार र अपराधिक झुण्डलाइ कार्वाही गर्न माग गर्दै शुरु भएको आन्दोलनम रोकिन्छ ।यहि भएर हुन सक्छ दमकमा नागरिक पत्रिका नै जलाए ।एउटा अपराध लुकाउन अर्को कुचेष्टा हो यो ।
युथफोस्रका अध्यक्ष महेश बस्नेतले सरकारलाइ चुनौती दिँदै घटनाका योजनाकार भनिएका पर्शराम बस्नेत आफ्नै सम्पर्कमा रहेको चुनौती दिनको सट्टा प्रहरीमा बुझाएर अनुसन्धानका लागि सहज बनाउन किन सक्दैनन् के उनि निर्दोष छन् भने भोली उनले सफाइ पाउने छैनन् र के उनलाइ सरकारमाथि र कानुनी राज्यमाथि कुनै बिश्वास छैन
यसले नै स्पष्ट पार्छ यस घटनामा युथफोस्रको संलग्नता छ र यदि संगठनको होइन भने युथफोस्रको नाममा चलाइएको अपाराधिक झुण्डको सहभागीता यसमा रहेको हुनुपर्छ ।त्यस्ता अपाराधिक झुण्डलाइ कसैले छुट दिइनु हुन्न ।जब सम्म पत्रकारले निर्धक्कका साथ लेख्न पाउने अवस्था बन्न सक्दैन तबसम्म पत्रकारको आन्दोलन रोकिनु हुन्न ।
खिलनाथमात्र होइन यहाँ दर्जनौ पत्रकार कुटिएका छन् । पत्रकार मारिएका छन् र यसको बिरोधमा पत्रकार महासंघले आन्दालन पनि गर्दै आएको छ ।आन्दोलन अबधिमा सरकारको आश्वसनमा आन्दोलन रोकिएको पनि छ ।sिनकी पत्रकारले सरकारलाइ काम गर्न सहजहोस भन्ने चाहेका छन् ।पत्रकारहरु काँतर छैनन् ।पत्रकारहरुसंग पनि हतियार छ त्यो हतियार हो कलम र डायरी ।यसका अगाडी जुनसुकै र जस्तोसुकै हतियार पनि कमजोर हुनेछ यो इतिहासले देखाउछ र देखाउने पनि छ ।अब यो आन्दोलन रोकिनु हुन्न र यसमा सबैको साथ र समर्थन रहनु पर्छ ।
आखिर परिवर्तनका खातिर र स्वतन्त्रताका लागि पत्रकारले जन आन्दोलनमा कलम तथा डायरी लिएर सडकमा आएका होइनन् प्रहरीको कस्टडीमा बस्नु परेको छैनलोकतन्त्रका लागि यी दलहरुले चलाएको आन्दोलनलाइ सार्थक निष्कर्षमा पुर्याउन सहयोग गरेका होइनन् र
के यहि दिनका लागि हो यो देशमा कानुनी शासन छ भनेदेशमा दण्डहिनता छैन भने र यो मुलकमा सरकार छ भने तत्काल घटनामा आरोपीतहरु सबैलाइ पक्राउ गरेर सत्यतथ्य राज्यको तर्फबाट बाहिर ल्याउनु पर्छ ।यहि पर्शुराम निर्दोष छन् भने सरकारले यतिकारण निर्दोष छन् भन्नु पर्छ ।
अन्यथा यो देशमा यसरी नै गुण्डागर्दी र अपराधिक झुण्डहरुको नै राज चलिरहनेछ ।पत्रकारहरुले कुटाइ खाइरहनेछन ।पत्रकारहरु मरिरहनेछन् । किनकी उनिहरु लोकतन्त्रमा बिश्वास गर्छन र जनताको स्वतन्त्रताको लागि मर्न पनि तयार हुन्छन् ।sसैको गुलाम बन्नेछैनन् र यस्ता घटनाबाट डराएर पछि हटने पनि छैनन् ।

Monday, June 20, 2011

भर्ना हुँदा चल्ला 'उपहार'




बालबच्चालाई विद्यालयमा भर्ना गरेपछि किताब, कलम उपहार पाउने कुरा त पुरानै हो। धेरैले विद्यालय पोसाक पनि दिने गरेका छन् र अहिले आएर दुर्गमका विद्यालयमा पौष्टिक आहारका थैला पनि दिइन्छ। तर, रुकुममा एउटा यस्तो विद्यालय छ, जसले भर्ना भएका विद्यार्थीका अभिभावकलाई कुखुराका चल्ला उपहार दिन्छ। त्यो पनि पाल्नका लागि।

विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन रुकुमको मुरु-७ स्थित शारदा नमुना प्राथमिक विद्यालयले अभिभावकहरूलाई पाँच जोर चल्ला दिन्छ। ती चल्ला पालेर अभिभावकले प्राप्त हुने आयको आधा हिस्सा विद्यालयलाई दिनुपर्छ भने आधा आफँैले राख्न पाउँछन्। दुई वर्षदेखि यसरी नै सो विद्यालय चल्दै आएको छ। यो नयाँ जुक्तिका कारण उक्त विद्यालयलाई जिल्ला शिक्षा कार्यालयबाट यस वर्षको नमुना प्राथमिक विद्यालय पनि घोषित गरिएको छ।

प्रत्येक विद्यार्थीका घरमा १० वटा कुखुरा पाल्नुपर्ने र आम्दानीको आधा रकम विद्यालयमा जम्मा गर्नुपर्ने नियम बनाएपछि विद्यालय नमुना बनेको हो। दुई वर्षदेखि विद्यालयले भर्ना हुन आउने विद्यार्थीलाई कुखुरा वितरण गर्न थालेको छ।

विद्यालय चलाउन विद्यार्थीहरूका घरघरमा कुखुरा पालन थालिएपछि विद्यालय सञ्चालनमा कुनै समस्या नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलवीर पुन बताउँछन्। पुनका अनुसार कुखुरापालनबाट वाषिर्क एक लाख रुपियाँसम्म आम्दानी हुन्छ। विद्यालयको शैक्षिक सामग्री खर्च, चार जना शिक्षकलाई तलब तथा विद्यालय भवन निर्माणको काम कुखुरापालनबाटै आएको रकमले बेहोरिएको उनको दाबी छ। "विद्यालयले कुखुरापालन योजना थालेपछि अभिभावकलाई पनि राम्रो आम्दानी हुने गरेको छ," उनी भन्छन्।

गाईको दूध चुस्ने पाठी


गाईले आफ्ना बाच्छाबाच्छीलाई दूध खुवाउनु त सामान्य नै हो। तर, गाईले आफ्नो बाच्छीसँगै बाख्राको पाठीलाई पनि सँगसगै दूध खुवाउने गरेको दृश्य भने विरलै मात्र देख्न पाइन्छ। गोरखा जिल्लाको मनकामना गाविस-६, बनौतीका किसान रामबहादुर सिर्मलको गोठको गाईले बाच्छी र पाठी दुवैलाई एकैपटक दूध खुवाउँछ। १३औँ बेतमा तिम्ल्याहा पाएपछि आमाको दूधले नपुगेर बाख्राको पाठीले गाईको कल्चौँडोमै गएर दूध खाने गरेको सिर्मल बताउँछन्।

भर्खर दोस्रो बेत ब्याएको गाईले झन्झटै नमानी बाच्छी र पाठीलाई दूध खुवाउने गरेको छ। सिर्मल भन्छन्, "सुरुसुरुमा पाठापाठी बचाउन गाई दुहेर खुवाउने गरेँ तर पछि एउटा पाठी भने आफैँ कल्चौँडोमा नै गएर खान थाली।"

सालको पातको सोलीमा चार पैसाको एक डाडू घिउ पाइन्थ्यो...................

१ सय १५ वर्षका नरबहादुर बस्नेतलाई उनै पुराना कुरा याद आउँछन्
 जीवनशैलीको आँखीझ्यालबाट चियाउँदा मल्पी, पनौतीका नरबहादुर बस्नेत सामान्य मान्छे हुन्। तर, उनको जीवन भोगाइको 'ग्राफ' भने सामान्य लाग्दैन। कतै कथाजस्तो, कतै इतिहासस्तो र कतै किंवदन्तीजस्तो।
 झट्ट हेर्दा पत्याउनै मुस्किल हुन्छ, उनी १ सय १५ वर्षका भए भनेर। तर, उनको नागरकिताले त्यही भन्छ। अझ त्यसभन्दा बढी त उनका स्मृति, किस्सा र अनुभव-अनुभूति नै उनले छिचोलेको समय-शृंखलाका साक्षी छन्। बस्नेतले चन्द्रशमशेर भोगे, राजाहरू त्रिभुवन भोगे, महेन्द्र देखे, वीरेन्द्र र ज्ञानेन्द्रको त कुरै भएन। बीच-बीचमा परविर्तनका लागि भएका आन्दोलन, नाराबाजी र जनजागरण पनि देखे उनले। तर, शताब्दीका यी सेतुको जीवन अहिले पनि उही ग्रामीण लयमा चलिरहेको छ। समाज कहाँदेखि कहाँ पुगिसक्यो, उनीसँग छन्, केवल उनै पुराना र महत्त्वपूर्ण स्मृतिहरू। "अहिले के-के भयो, मलाई धेरै थाहा छैन," पावरवाला चस्मा मिलाउँदै बस्नेत भन्छन्, "उहिलेका कुरा मनमा आइरहन्छन्।"
 चन्द्रशमशेरका पालामा बस्नेत किशोर थिए। भीमशमशेरको शासनकालमा उनले आफ्नो वयष्क जीवन भारतको असमस्थित कोइलाखानीमा बिताए। जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेरको शासनकालमा उनी पनौतीकै गाउँमा कुटो-कोदालो गर्दै थिए।
 चन्द्रशमशेरको शासनकालमा उनले दुईपटकभन्दा बढी 'महाराज'को स्वस्ति गरे। उनकै शब्दमा त्यो असल प्रजाको कर्तव्य थियो। स्वस्ति गरेपछि दरबारले जागिर देला कि भन्ने आशा पनि हुन्थ्यो। उनी झन्डै २५ वर्षका थिए रे, चन्द्रशमशेरलाई स्वस्ति गर्न टौखेल-वासुडोलको बाटो हुँदै उनी भक्तपुर निस्किएर सिंहदरबार पुुगेका थिए। कुखुराको डाँक नबास्दै पनौतीबाट हिँडेका उनी मध्यदिनमा सिंहदरबार पुगेका थिए। त्यो दिन सम्भ“mदै बस्नेत भन्छन्, "बाफ रे बाफ, मान्छेहरूको ठूलोे भीड थियो। महाराजको जय होस्, महाराजको जय होस् भनेर मान्छेहरू ठूलो स्वरमा कराइरहेका थिए। धेरैबेरपछि कौसीबाट चन्द्रशमशेर झुल्किए, हात हल्लाए अनि एकैछिनमा भित्र छिरे।"
 उनका अनुसार त्यतिखेर स्वस्ति गर्न जानेहरूले दरबारबाट दुई-चार पैसासमेत पाउँथे। चन्द्रशमशेरका मान्छेहरूले कौसीबाटै पैसा फ्याँकिदिन्थे। बल हुनेले धेरै सोहर्थे। निर्बलहरूको हातमा एक पैसो पनि पर्दैनथ्यो। हूलमूलमा बस्नेतको हातमा त्यतिबेला २५ पैसा हात परेको थियो। श्री ३ महाराजको दर्शन गर्न पाएको र हातमा पैसासमेत परेकामा उनी त्यतिबेला खुसीले गद्गद् भएका थिए। घर र्फकने बेला मध्यदिन भइसकेको थियो र साँगामा आएर उनले दही र चिउरा धीत मरुन्जेल खाएका थिए। कहीँकतै हराएजस्तै गरी घटना सम्भ“mदै उनी मुख मिठ्याउँदै भन्छन्, "कम्ताको मीठो हुँदैनथ्यो त्यतिबेलाको भक्तपुरे दही। अहिले त्यस्तो दही पाइँदैन। चिउरा पनि राम्रा छैनन् अहिले।" उनलाई यतिसम्म याद छ, चन्द्रशमशेर मरेपछि जनताले एकछाक नुन छाडेका थिए।
 सरकारी जागिर पाइन्छ कि भन्ने आशले उनले त्यतिबेला सिंहदरबारमा द्वारपालेको काम गर्ने भिनाजुलाई भेटेर बिन्ती बिसाएका थिए। महाराजको निरन्तर स्वस्ति गरेको आफ्नो योग्यता पनि उनले भिनाजुलाई त्यतिबेला सुनाउन भुलेनन्। भिनाजुले त्यतिबेलाका कप्तान चन्द्रसिंह गुरुङलाई भनेर भोलिपल्टै उनलाई द्वारपालेको काम मिलाइदिए। आफ्नो शासनसत्तामा कसैले दखल पुर्‍याउला कि भनेर हरदम चनाखो रहने चन्द्रशमशेरले मध्यरातमा हिँडडुल गर्न कसैलाई छुट दिएका थिएनन्। राती निश्चित समयमा तोप पड्काएपछि निषेधाज्ञा लाग्ने चलन थियो। त्यस्तो निषेधाज्ञा बिहानीपख अर्को तोप पड्काएपछि मात्रै खुल्थ्यो। मानिस हिँडडुल गर्लान् र निषेधाज्ञा तोड्लान् कि भनेर चारै दिशामा पालेहरू खटाइएको थियो। तिनै द्वारपालेहरूमध्येमा बस्नेत पनि एक थिए।
 हातमा लौरो बोकेर क्षेत्रपाटीमा रातभर रुँगेर बस्ने जिम्मेवारी पाएका बस्नेतलाई जागिरे यात्राको धेरै दिन नै फापेन। "साँझ पर्दा नपर्दै स्यालका बथान कानको जाली फाट्लाझैँ गरेर जोडसँग कराउँथे," उनी भन्छन्, "बेलाबखत दरबारमा सुरक्षाकर्मीहरू ड्युटीमा कसैले तलमाथि गरेको छ कि भनेर चेकजाँचका लागि आउँथे। म निन्द्राले यसो उँघेको मात्रै के थिएँ, एक हूल स्याल मेराअगाडि आए। मलाई चिथोर्नै लागे। म त सास फुस्केलाझैँ गरेर ज्यान जोगाएर लैनचौरतिर भागेँ।"
 अर्को जागिरको खोजीम्ाा उनी टेबहालमा भिनाजुसँगै बस्न थाले। महिनाको १५ मोहर डेराभाडा थियो। असनमा अहिलेजस्तो ग्यासका सिलिन्डरहरू बेच्न राख्दैनथे। धनी भनिएका एकाध घरमा चर्को आवाज दिने स्टोभ बल्थे। दाउरा बेच्नेहरूको ताँती हुन्थ्यो। चार पैसा मुठा पाइने दाउरा किनेपछि झन्डै एक साता काम चल्थ्यो। उनी सुनाउँछन्,  "एक पैसाको तरकारी किनेपछि बिहान बेलुकालाई पुगिहाल्थ्यो। सालको पातको सोलीमा चार पैसाको एक डाडू घिउ पाइन्थ्यो। त्यसको स्वाद अहिलेको जस्तो कहाँ हुन्थ्यो र π टाढैसम्म बासना आउने, तिख्खर।" इन्द्रचोकमा रहेको मारवाडीको कपडा पसलमा जागिर पाएपछि उनी दुई वर्षसम्म काठमाडौँमै बसे।
 उनले त्यतिखेर भोगेको बजारमूल्य वर्तमानको जिन्दगी बाँचेकाहरूका निम्ति किंवदन्तीजस्तो लाग्न सक्छ। तर, त्यही इतिहासका जिउँदाका साक्षी बस्नेतलाई ती सबै कुराहरू सामान्य लाग्छन्। चस्माको फ्रेम तलमाथि गर्दै उनी सम्झन्छन्, "छ पैसा माना चिउरा, आठ पैसाको एक कतारो दही पाइन्थ्यो।" त्यतिखेर अहिलेको काठमाडौँ थिएन, त्यो त 'नेपाल' थियो। अनि, उनले देखेको त्यो 'नेपाल' सिंहदरबार, डिल्लीबजार, असनभन्दा परसम्म फैलिएको थिएन। झिँगटीले छाएका झुप्रा घरहरू थिए। मानिसहरू आगो बालेर भात पकाउँथे। धूवाँले सबैजसो घरका धुरी कालाम्ये देखिन्थे। सबैतिर गोरेटाहरू थिए। धनीमानी र हुनेखानेमध्येका एकाध मान्छेहरू साइकलमा चढेको पनि देखे रे उनले त्यतिबेला।
 झन्डै ४० वर्षको उमेरमा उनले गाडी देखे। बस्नेतलाई अहिले अचम्म लाग्छ, जतासुकै गाडी छन्। गाउँघरका खेतबारीसमेत मोटरबाटोले उधिनिएका छन्। "धूवाँ फाल्दै दौड्ने गाडीलाई त्यतिखेर त भगवान् नै हो भन्थ्यौँ हामी," उनी भन्छन्, "एकपटक म गाडी चढ्ने रहर पूरा गर्नैका लागि एक बिहानको पैदल हिँडेर भादगाउँसम्म पुगेको थिएँ।"
 बनारसबाट आउने कपडा त्यतिबेला रक्सौल हुँदै 'नेपाल गभर्नमेन्ट रेलवे' चढेर भिक्षाखोरी अर्थात् अमलेखगन्जसम्म आइपुग्थ्यो। त्यहाँबाट भरयिाहरूले तत्कालीन मकवानपुरको सदरमुकाम भीमफेदीसम्म ल्याइपुर्‍याउँथे। भीमफेदीबाट मातातीर्थ आइपुगेको कपडा भरयिा खोजेर इन्द्रचोकसम्म ल्याइपुर्‍याउने जिम्मेवारी थियो, उनको। यो उनको पछिल्लो जागिर थियो। इन्द्रचोकसम्म कपडा बोकेको ज्याला पाँच मोहोर लिन्थे। त्यसबेलाको दरभाउ सुनाउँदै उनी भन्छन्, "तीन मोहरमा दौरा-सुरुवाल पाइन्थ्यो, ३२ हाते र ३० हाते कलकत्ते फरयिाको मूल्य पनि पाँच रुपियाँभन्दा बेसी थिएन।" महिनाको पाँच रुपियाँ तलब थाप्ने मनबहादुरलाई बिहान-बेलुकी नै चामल र दाल साहूजीले नै दिन्थे।
 काठमाडाँै बस्दै गर्दा उनले आफ्नो दाजुको बिहे पनि गराइदिए। छ बीस अर्थात् १ सय २० रुपियाँमा उनको दाजुको बिहे सकिएको थियो। भन्छन्, "ठूलो भोज नगरेको भए त्यति खर्च हुने थिएन। त्यसबेला ५० रुपियाँमा बिहे सक्नेहरू पनि हुन्थे धेरै।"
 पाँच रुपियाँको जागिरले मात्रै केही नहुने देखेपछि हिँडेरै उनी पनौतीबाट भीमफेदी हुँदै अमलेखगन्ज पुगे। उनीसँगै अरू चार दौतरी पनि थिए। अमलेखगन्जबाट रेल चढेर उनी वीरगन्ज पुगे। त्यहाँबाट उनी असम पुगे, कोइलाखानीमा काम गर्न। त्यतिबेला असमको कोइलाखानी नेपालीका लागि आकर्षक गन्तव्य थियो। उनका अनुसार झन्डै दुई सय नेपाली कोइलाखानीमा काम गर्थे। सुरुङभित्र पसेर कोइला निकाल्ने जोखिमयुक्त काम गर्दागर्दै कैयन् नेपाली च्यापिएर र निस्सासिएर मर्थे। त्यसरी मर्नेहरूको शवसमेत परिवारले पाउँदैनथे। दैनिक आठ घन्टा काम गरेबापत बस्नेतले दुई रुपियाँ भारु ज्याला थाप्थे। पाँच वर्ष असममा काम गरेर फर्केपछिका वर्षहरू उनले पनौतीमै खेतीकिसानी गरेर बिताए, बिताउँदैछन्।
 राजा त्रिभुवन भारतबाट फर्केपछि पनि उनी अरू मान्छेका पछि लागेर नारायणहिटी गए र त्रिभुवनलाई हूलमा भेटे। प्रजातन्त्र आएको बखत राजाले हात हल्लाएको सम्झना उनको धुमिल स्मृतिमा अझै छ।
 बस्नेतको बैँश पनि त्यत्तिकै रुमानी रहेछ। छवटी त बिहे मात्रै गरे। लाहुरे भएर फर्केपछि उनले बिहे गरेका कुनै पनि श्रीमती लामो समयसम्म बाँचेनन्। श्रीमतीहरू सम्झेर अहिले उनलाई नरमाइलो लाग्दैन रे! भन्छन्, "को-को आए, को-को गए, पत्तो छैन।" उतिखेर सामान्य रोग लागे पनि ओखतीमूलोको प्रबन्ध थिएन। रोग लाग्नेहरू मर्थे। लोग्ने मरेकाहरू विधवा हुन्थे र अपमान खेप्थे, स्वास्नी मरेका लोग्नेहरू तेह्र दिन नबित्दै बिहे गर्थे। धेरै बिहे गर्नेहरू 'पुरुषार्थी' लोग्नेमा दरन्िथे रे!
 आधा दर्जन बिहे गरे पनि धेरैपछि कान्छी श्रीमतीबाट जन्मेका एक छोरा र एक छोरी मात्रै छन्, अहिले उनीसँग। अघिल्ला श्रीमतीहरूबाट जन्मिएका उनका कुनै पनि सन्तान जीवित रहेनन्। जस्ताले छाएको पुरानो घरमा उनको बुढ्यौली बित्दैछ। अहिले पनि उनी हरेक दिन तीन किलोमिटरको दूरीमा रहेको पनौती बजार र्झछन्, इष्टमित्र भेट्छन् र दु:खसुखका कुरा गर्छन्। कान कम सुन्ने र आँखा कम देख्नेबाहेक उनलाई कुनै रोग छैन। भन्छन्, "अहिलेसम्म डाक्टरी ओखती खाएको छैन।"

Saturday, June 18, 2011

'शरीर बेचेर बाँच्नुभन्दा त मर्नु निको।'

केही दिन पहिले हामी सपरिवार टिभी हेर्दै थियौँ। टेलिभिजनमा ठमेलको कुनै डान्स रेष्टुराँको कथा देखाइएको थियो। 'हे भगवान् कस्तो जमाना आयो' हजुरआमा फत्फताउन थाल्नुभयो। ममीले थप्नुभयो 'यसरी भगवानको वरदान बेचेर ज्यान पाल्नुभन्दा त मरेकै भए हुन्थ्यो।' मैले प्रतिवादमा भने 'रहरले यस्तो काम गरेका हुन् र यिनले ' हजुरआमा र ममीले मेरो बीचै मलाई उछिन्नु भयो 'शरीर बेचेर बाँच्नुभन्दा त मर्नु निको।'

सोचेँ मसँगै कलेज पढ्ने उमेरका दौँतरीहरु देह व्यापारमा संलग्न छन्। यीमाथि नानाथरीका आरोप लगाइन्छ। हेर्ने दृष्टिकोण नै पूरै नकारात्मक हुन्छ। समाजबाटै बहिष्कार गरिन्छ। समाजमा अगुवाहरु भन्छन् यस्तो - घृणित र फोहोरी काममा लाग्नेलाई तिरस्कार गर्नुपर्छ। अच्चम्मको कुरा हाम्रै समाजमा त्यस्ता घृणित र फोहोरी काम गर्नेले आफ्नो व्यवयास कसरी चलाएका होलान् समाजका यिनै ठेकेदार राती लुकेर उनीहरुकोमा पुग्छन् अनि दिनमा देखिएर कुरा काट्छन्। यौनव्यवसायी महिला चाहिँ आफ्नै परिचय पनि लुकाएर हिँड्न बाध्य छन्।

सहरको महंगीमा बाँच्न 'सहरिया' हुनुपर्ने 'बाध्यता' अनि गरिबीको पीडाले दौँतरीसंगै पढ्न नपाउनुको 'चिन्ता'ले गाँजेका अधिकांश 'गाउँले' युवती मसाज सेन्टर तथा रेष्टुराँका 'पेड शरणार्थी' बन्न पुगेका हुन्छन्। त्यसो त कमिसनको लोभमा चेलिबेटी ओसार्ने 'दलाल'को प्रलोभन र सँगिनीको फजुल खर्चीबाट लोभिँदै कतिपय युवती यौन व्यवसायमा 'फस्नु पुग्छन्। अनि न माथि उक्सिनै सकिन्छ न त पेसालाई जीवनभर अगाल्न नै। 'रहरु अनि 'बाध्यता' का सिकार हुन पुगेका युवती अनिश्चित अध्याँरो भविष्य बोकेर 'पैसावालुको यौन सेवामा हाजिर हुन विवश हुन्छन्।

'पीडा लुकाएर कृत्रिम मुस्कान छर्दै ग्राहकलाई यौन सन्तुष्टि प्रदान गर्नु' उनीहरुको 'धर्म' मानिन्छ। यही धर्म पूरा गरे यिनको 'डिमान्ड' बढ्यो हैन भने 'नो डिमान्ड'। उमेरसँगै माग घट्दै जान्छ तर उपेक्षा र घृणा बढ्दै जान्छ।

देशभित्रकै यौनकेन्द्रमा शरणर्थी जीवन बिताइरहेका नारीको भित्री रहस्य र यथार्थ पहिल्याउने कोसिस नै गरिँदैन। यस पेसामा संलग्न गराउनेलाई कारबाही गर्ने मुख्य जिम्मेवारी बोकेको प्रहरी प्रशासनले नै मौन समर्थनको नीति अख्तियार गरिरहेको आभास हुन्छ। पहिले लुकेर र सिमित ठाउँमा त्यो पनि निश्चित दरभाउ बिना गरिने देह व्यापार अहिले खुलेर र 'रेट' नै तोकेर मुख्य सहरका केन्द्रहरुमा फैलिएको पाइनुले अब यौन व्यवसाय अपराध नभएर व्यापार मात्र भएको हो कि भन्ने सन्देह हुन्छ। लागू नगरिएपनि कानुनमा यौन व्यवयायमा बन्देज लगाइएको छ। यस विडम्बनाऌ यसमा संलग्न महिलाले सधैँ गैरकानुनी काम गरेको मानेर शोषण सहनु परेको छ।

विभिन्न अध्ययनहरुअनुसार यस व्यवसायमा संलग्न महिला प्रायः अशिक्षित पतिले छोडेका टुहुरा र सौतेनी आमाको कारण घरबाट बाहिरिएहरु नै छन्। हातमा सीप र पढाइको प्रमाणपत्र नभएपछि उपलब्ध सहज विकल्प बनेको छ यौन व्यवसाय।

भारतमा यौन व्यवसाय कानुनी छ। तर नेपालमा गैरकानुनी भएकाले लुकिछिपी गरिन्छ। यौन व्यवसाय बन्द गर्ने हल्ला र भाषण गर्ने नेताहरुले यौन व्यवसायीको मर्म र वाध्यता बुझेनन्। यौन व्यवसाय निर्मूल पारेपछि यौन कर्मी महिलाले कसरी बाँच्ने त सडकमा भिख मागेर खाने बालबच्चा भोकले मर्न लागेको टुलुटुलु हेरेर बस्ने हैन भने उनीहरुले बाँच्ने आधार केलाइ बनाउने

मैले यसो भनेर यौन व्यवसाय फैलियोस् भन्न खोजेकी हैन तर यौन व्यवसाय बन्द गरेपछि त्यसबाट गुजारा चलाइरहेकाहरुलाई वैकल्पिक रोजगारीको व्यवस्था हुनुपर्छ भन्ने यथार्थमा जोड दिएकी हुँ।

सरकारले अशिक्षित एकल र असहाय महिलालाई सीपमूलक तालिम दिने हो भने यौन व्यवसाय बन्द गर्न सरकार लाग्नै पर्दैन आफै कम हुन्छ। सामान्यतः कसैको पनि शरीर बेच्ने रहर हुँदैन। तर बाँच्ने अरु आधार नभएपछि के गर्नु

यौन व्यवसायमा संलग्न महिलाका पीडा महिला अधिकारकर्मीले गम्भीरतापूर्वक बुभुने प्रयास गरेको देखिएको छैन। अरु कुरामा सानो चित नबुझ्दा पनि सडक र सदन तात्छ। सडक टायरको धुँवाले रुमलिन्छ तर हामी महिलाको अवस्थाबारे किन सबै मौन बाँच्ने आधार नभएर देह व्यापारमा लाग्न विवश महिलालाई सीपमूलक तालिम र महिला िहंसा बन्द हुनुपर्ने माग किन अहिले सुन्न पाइदैन विवश महिलाका पक्षमा किन सडक तात्दैन

करिष्मा किष्ट कलेज काठमाण्डौमा बीबीए पढ्दैछिन्।

यौनसन्तुष्टि ..........................


यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री नै सेक्सटोयज हो, जुन ठ्याक्कै उही आकार र रंगमा उपलब्ध हुन्छ। यसका थुप्रै भेराइटिज छन्। आफैं सन्तुष्टि पाउनुका साथै अरूद्वारा सन्तुष्टि प्राप्त गर्न पनि यसको प्रयोग गरिन्छ। यौन खेलौनाका बारेमा थुप्रै गलत धारणा विद्यमान छन्। भनिन्छ, एक्लो र सेक्सुअल पार्टनर नभएका व्यक्ति, समलिंगी (गे अथवा लेस्बियन) हरूले यसको प्रयोग गर्छन् तर सत्य अर्कै छ। यसको प्रयोग सबै व्यक्तिले उत्तिकै गर्छन्। कोही एक्लो भएका बेला वा यौन मित्रसँगै यौन आनन्दका लागि यस्ता सेक्सटोयज प्रयोग गरिन्छ। सेक्सटोयज क्वालिटीयुक्त सफा एवं आकर्षक हुनुपर्छ । यसको प्रयोगबाट यौनजन्य सरुवा रोगबाट बच्न सकिन्छ। सेक्सटोयज मुख्यतः माड्ने, दल्ने र भाइब्रेटर हुन्छन् जुन यौनांग र मलद्वारमा यौनसम्पर्कका बेला प्रयोगमा ल्याइन्छ।

सहवासमा सेक्सटोयजको प्रयोग

कहिलेकाहीँ आफ्नो यौनप्यासका सम्बन्धमा आफ्नो सेक्स पार्टनरलाई भन्न गाह्रो हुन्छ। नयाँ खालको रमाइलो गर्ने कुरामा उनीहरू आफ्ना कुरा व्यक्त गर्न सक्दैनन्। कतिपयमा सेक्सटोयज प्रयोग गर्नु हुँदैन भन्ने मानसिकता हुन्छ। इमान्दारिता र खुला रूपमा आफ्नो सेक्स पार्टनरलाई यस विषयमा बताउनुपर्छ, जसले गर्दा यौन सम्पर्कका बेला यस्ता सेक्सटोयजको प्रयोगका सम्बन्धमा दुवैमा सकारात्मक धारणाको विकास भै पूर्ण यौनसन्तुष्टिको भागीदार हुन सकिन्छ। सेक्स पार्टनरलाई के गर्न मन लाग्छ ? उसले यौनलाई कसरी स्वीकार गर्छ भन्ने कुरादेखि लिएर सेक्सटोयज स्वस्थ हुनुपर्छ जस्ता कुराको ख्याल गरे यसले जीवनलाई आनन्ददायक बनाउने दाबी गरिन्छ।

सेक्सटोय किन्दा ध्यान दिनुपर्ने कुरा

कस्तो खालको सेक्सटोय छान्ने अथवा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा केही कुरा दिमागमा राख्नुपर्छ। यसको प्रयोग आनन्दायक र स्वास्थ्यका दृष्टिकोणले यौनजन्य संक्रमणरहित हुनुपर्छ।

सेक्सटोयजको प्रयोगअघि त्यसको क्वालिटी र अवस्थामा ध्यान पुर्‍याउनुपर्छ। नरमपन पनि जाँच्नु आवश्यक हुन्छ। सेक्सटोय च्यातिएको अथवा भाँचिएको पनि हुन सक्छ।

सेक्सटोयजको प्रयोगमा चिल्लो पदार्थको ठूलो भूमिका हुन्छ जसले सुरक्षित यौनआनन्द प्रदान गर्छ। यसका लागि आफ्नो यौन खेलौनाअनुरूपको उच्चस्तरीय चिल्लो पदार्थ (लुब्रिकेन्ट) बजारमा उपलब्ध हुन्छ।

सबै यौन खेलौना साटासाट गर्नु उपयुक्त हुँदैन। यस्ता सामग्री कसैलाई दिँदा यौन संक्रमण हुनसक्छ।

नधोइएको र कन्डम प्रयोग नगरिएको सेक्सटोय मुख र महिला यौनअंगमा लगाउनु हुँदैन, किनभने सेक्सटोयलाई गुदद्वारमा पनि प्रयोग गरिएको हुनसक्छ। बिना सावधानी प्रयोग भए यसबाट महिलाहरूको पिसाब नलीमा संक्रमण हुन सक्छ।

यदि सेक्सटोयको प्रयोगले पीडा भए तत्काल सम्भोगक्रिया रोक्नुपर्छ। आफ्नो पार्टनरसँग सेक्सटोय प्रयोग गर्दा एक-अर्कामा विश्वास आवश्यक हुन्छ। पुनः इच्छा भए केही बेर आराम गरेर सेक्स टोयमा थप चिल्लो पदार्थ लगाई काम सुरु गर्नु उपयुक्त हुन्छ।

सेक्सटोयको सफाइ

सेक्सटोय महँगो हुन्छ। यसको प्रयोग बारम्बार गरिन्छ। त्यसैले पनि यसलाई जोगाउन उत्तिकै ध्यान पुर्‍याउनुपर्छ। यौनजन्य संक्रमण र जीवाणु आक्रमणबाट बच्न पनि सेक्सटोयलाई राम्रोसँग सफा गर्नुपर्छ। केही रोगका जीवाणु सेक्सटोयमा लामो समयसम्म रहन सक्छन्। हेपाटाइटिस र स्क्याबिजजस्ता रोगका जीवाणु केही सातादेखि महिना दिनसम्म जीवित हुन सक्छन्। त्यसका लागि सेक्सटोयलाई कसरी सफा गर्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ।

कडा सेक्सटोय

कडा सेक्सटोय जुन सिसा, स्टिल, कडा प्लास्टिक वा सिलिकनले बनेका हुन्छन्। सिसालाई साबुन पानीले धुनुपर्छ। नरम सिसाबाट बनेका साधन साबुन-पानीले धुँदा सफा हुन्छन् भने यस्ता सेक्सटोयलाई तातो स्थानमा राख्नु हुँदैन। स्टिलबाट बनेका सेक्सटोयमा विद्युतीय मेसिन जोडिएको भए हल्का मनतातो साबुन पानि प्रयोग गर्नुपर्छ। यदि विद्युतीय मेसिन प्रयोग नभएको खण्डमा त्यसलाई ब्लिच र पानीको घोलमा १० मिनेट उमालेर सुकाउनुपर्छ। कडा प्लास्टिकबाट निर्मित सेक्सटोयलाई एन्टिब्याक्टेरियल साबुन-पानीले धुनुपर्छ भने यसलाई पानीमा उमाल्नु हुँदैन। सिलिकनबाट बनेका सेक्सटोयलाई पाँच मिनेट उमाल्नुपर्छ, त्यसपछि धुनुपर्छ। सिलिकन टोयलाई एन्टिब्याक्टेरियल साबुन र तातो पानीले धुनुपर्छ। सिलिकनबाट बनेका भाइब्रेटरलाई उमाल्नु हुँदैन, किनभने त्यसले भाइब्रेटरको आन्तरिक संरचना बिगार्न सक्छ।

नरम सेक्सटोय

नरम सेक्सटोयहरू रबर, रेक्जिन, नाइलन तथा छालाबाट बनेका हुन्छन्। रबरबाट बनेका सेक्सटोय पारदर्शी र नरम भएकाले सफा गर्न गाह्रो हुन्छ। यो विभिन्न केमिलकको मिश्रणबाट बन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। त्यस कारण यस्ता सेक्सटोयको प्रयोगमा कन्डम युज गर्नु उपयुक्त हुन्छ। रेक्जिनबाट बनेका सेक्सटोय एकदम नरम र धुन कठिन हुन्छन्। यसबाट धेरैजसो कृत्रिम लिंग बनेका हुन्छन्। यसलाई नरम तातो पानीले मात्र धुनुपर्छ। सुकाएपछि यसलाई सफा र चम्किलो साथै धूलो नटाँसिने बनाउन पाउडर लगाउनुपर्छ। नाइलनबाट निर्मित सेक्सटोयलाई एन्टिब्याक्टेरियल साबुन-पानीले धुन सकिन्छ। छालाबाट बनेका सेक्स्ाटोयहरू पनि धुन मिल्ने खालका हुन्छन्। यसलाई सफा गर्दा लेदर कन्डिसनर प्रयोग गर्नुपर्छ।



सेक्सटोय प्रयोगका फाइदा



विश्वका लाखौं व्यक्तिको यौनचाहनालाई यस्ता सेक्सटोय निर्माण कम्पनीले विभिन्न प्रकारको यौनसामग्री उत्पादन गरी पूरा गरिरहेका छन्। यस्ता सेक्सटोयबाट मानिसहरूले राम्रै फाइदा लिने गरेका छन्, अर्थात् सेक्सटोय पनि उनीहरूको यौन सन्तुष्टि पाउने माध्यम बनेको छ। यसको प्रयोगले थुप्रैलाई प्रत्यक्ष फाइदा पुयाएको छ।
सेक्सटोयले यौनव्यवहारमा विविधता ल्याउनुका साथै यसले यौनसम्बन्धमा पूर्ण सन्तुष्टि प्रदान गरेको दाबी गरिन्छ।
सेक्सटोयले मानिसको यौनआकांक्षा पूरा गर्छ। यसले यौन सम्बन्धलाई पनि सहयोग पुर्‍याउँछ।
यसले राम्रो यौनसम्बन्धलाई पनि मसालेदार बनाउन सहयोग गर्छ।
सेक्स पार्टनरबाट सन्तुष्टि नमिलेको अवस्थामा यसबाट आफ्नो इच्छानुसार यौनसन्तुष्टि लिन सकिन्छ।
सेक्स पार्टनर टाढा भएका बेला यसको प्रयोग गरी सन्तुष्टि लिन सकिन्छ।
सेक्सटोयको प्रयोगले पूर्ण यौनसन्तुष्टि दिनुका साथै तनावबाट पनि मुक्ति दिन्छ।
सेक्सटोयले यौन सक्रियता बढाउँछ।
पार्टनरलाई यौनचाहना नभए यसको प्रयोग गरी आफूले सन्तुष्टि लिन सकिन्छ।

एक १६ वर्षे युवतीलाई......................


जीवनमा सानोतिनो गल्ती त भइहाल्छ । कतिले यसलाई मनन गरी भावि दिनमा सुधार्छन् भने कोहि तुच्छ कुरा भन्दै वेवास्ता गर्छन । कहिलेकाही यहि सानो भूल ठूलो दुर्घटना निम्त्याउने कारण बन्न पुग्दछ । यस्तै भएको छ जर्मनीकी एक १६ वर्षे युवतीलाई । आफ्नो जन्म दिन धुमधामसाग मनाउने योजना बनाएकी थेसाले विश्वभर चर्चित सामाजिक सञ्जाल फेसबुकद्वारा साथीहरुलाई निमन्त्रणा पठाउने सोच बनाइन् । उनले फेसबुकमार्फत निमन्त्रणा त दिइन्, तर त्यसमा ‘प्राइभेट’ लेख्न भुलिन् । अब भएन बर्बाद ! निमन्त्रणा त संसारभरका लाखौ फेसबुक प्रयोगकर्ताहरु सबैलाई गएछ ।


थेसा दिन गन्दै थिइन आफ्नो जन्म दिनको प्रतिक्षामा । हानबर्गस्थित आफ्नै घरमा उनले पार्टीको आयोजना समेत गरेकी थिइन् । तर जब फूलको गुच्छा, वाइन, केक, पोष्टकार्डलगायत अन्य उपहार लिएर १५ सय भन्दा बढी आमन्त्रित नगरिएका पाहुनाहरुको लामालस्कर घरभित्र छिर्‍यो, थेसाको होसहवास उड्यो । परिस्थितीलाई नियन्त्रण गर्नु आफ्नो काबुबाहिर देखेपछि उनी पार्टी छोडी सुटुक्क घर बाहिर भागिन् । पछि स्थितीलाई काबुमा राख्न घर वरपर प्रहरी तैनाख गरिएको थियो ।

प्रहरी प्रवत्ता मिर्को स्ट्राइवरले बताएअनुसार भीड तितरवितर हुादा दर्जनौ युवतीहरुको खुट्टा मर्कियो भने सिसाका गिलास फुटी कैयौ रक्त्ताम्य भए । दुई ठाउामा आगलागी पनि भयो । जसलाई निभाउन अग्नि नियन्त्रकलाई बोलाउनु परेको थियो । दुःखी र आक्रोसित बनेका पाहुनाहरुले एक पोस्टरमा लेखेका थिए-’थेसा तिमी कहा छौ ? जन्म दिन मनाउनु कुनै गल्ती होइन ।’

फरार थेसा कहाँ गइन् भन्ने निकै हल्लाखल्ला भयो । पछि पो थाहा भयो- उनले टाढा बस्ने हजुरबुबा/आमासाग आफ्नो जन्म दिन रमाइलोसाग मनाएछिन् ।

मानिसको दिसाबाट मासु


खाद्यन्न संकट अहिले विश्व समूदायकै ठुलो चुनौती बनेको छ । बढ्दो जनसंख्या, मरुभूमिकरण र कृषि उत्पादनमा आएको ह्रासका कारण भोगमरीबाट ग्रसित हुने मानिसहरुको संख्या दिनानुदिन थपिदै छ । यसै परिप्रेक्ष्यमा खाद्यन्य उत्पादन र सुरक्षा विभिन्न देशका सरकारको उच्च चासोको विषय बनेको छ । खाद्यन्न समस्याको यस्तो विकराल परिस्थितीमा एक जापानी अनुसन्धानकर्ताले मानिसको दिसाबाट कृत्रिम मासु उत्पादन गरी प्रसंसनिय काम गरेका छन् ।


मानिसको ट्वाइलेट खेतीपाती तथा ग्याँस उत्पादनमा प्रयोग भएको त सुनेको, देखेकै हो । तर यस्तो घिनलाग्दो बस्तुबाट पनि खान योग्य चिज बनेको चाहि सायद विश्वमै पहिलो घटना हो । जापानमा ढलले लतपतिएको माटोमा उल्लेख्य मात्रामा पाइने प्रोटिनलाई प्रोसेसिङ गरी कृत्रिम मासु बनाइएको ओकायामा प्रयोगशालाका बैज्ञानिकले बताए । माटोमा रहेको ब्याक्टेरियाहरुमध्ये धेरै मानिसको दिसाबाट आउने उनले प्रष्ट पारे ।

उत्पादनका क्रममा ब्याक्टेरियाहरुलाई अधिकतम ताप दिइने हुदा स्वास्थ्यलाई नकरात्मक असर नगर्ने र यसको स्वाद गाइको मासु खाएजस्तो हुने उनले थपे । रातो फुड कलरले कृतिम मासुलाई प्राकृतिक रङ्ग दिएको छ । पौष्टिक तत्वको हिसाबले उक्त मासुमा ६३ प्रतिसत प्रोटिन, २५ प्रतिसत कार्बोहाइड्रेड, ९ प्रतिसत मिनरल र ३ प्रतिसत लिपिड रहेको दाबी गरिएको छ । यो कृत्रिम मासु खाद्यन्न संकटको राम्रो सामाधान हुने धेरैले अनुमान गरेका छन् । तर दुर्गन्धित दिसाजस्तो वस्तुबाट बनेको उत्पादन कतिले उपभोग गर्ने हुन्, यसमा भने शङ्का नै छ ।

प्रेममा प्रेमीहरु अन्धा......................


भनिन्छ प्रेममा प्रेमीहरु अन्धा हुन्छन् । उनीहरुलाई दुनियाको कुनै परवाह हुदैन । मतलब हुन्छ त केवल आफ्नो प्रेमी वा प्रेमिकाको । हरेक दिन नै भ्यालेन्टाइन डे हुने गर्दछ यस्ता पागल प्रेमीहरुको लागि । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपकडबीच सडकमै न्यानो अङ्गालोमा बाधिएर एक अर्कालाई किस गर्दै एक जोडीले यस कुराको प्रमाण दिएका छन् ।

यो घटनाले उक्त अपरिचित जोडीलाई इन्टरनेट सेलिबि्रटी बनाइ दिएको छ । क्यानाडाको एक शहरमा हालै सम्पन्न हकी प्रतियोगिताको फाइनलमा बोस्टन ब्रुइन्सबाट पराजित भएपछि भ्यान्कोभर टिमका फ्यानहरुले हुलदंगा मच्चाएका कारण स्थिती तनाबपुर्ण बनेको थियो । शपिङका लागि स्वर्ग मानिने शहर तोडफोड र आगजनीका कारण कुरुप बन्न पुग्यो । रक्सीले मातेका केहि जमातले पार्किङ गरिएका कारहरुलाई पल्टाई आगो समेत लगाइ दिएका थिए । बाध्य भई भीडलाई तितरबितर गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । यद्यपी प्रेममा मस्त त्यो युवा जोडीलाई भिडन्त, ढुङ्गामुढाको कुनै वास्ता थिएन् । उनीहरुलाई प्रेम गर्नबाट फुर्सद नै नमिलेजस्तो देखिन्थ्यो ।


यस जोडीको खुलेआम प्रेमक्रिडाले सनसनीमात्र हैन, विवाद पनि ल्याएको छ । एक प्रत्यक्षदर्शीका अनुसार चोटका कारण सडकमा ढलेकी युवतीलाई अर्का युवकले सहयता गरिरहेका थिए । ‘झडप हुदाँ सडकमा लडेकी युवतीमाथि उनका प्रेमी पनि ढलेका थिए,’ अर्का प्रत्यक्षदर्शीले भने, ‘उनी पीडामा चिच्याइरहेकी प्रष्ट देखिन्थ्यो तर दुई सुरक्षाकर्मीले उनीहरुलाई वेवास्ता गर्दै छोडेको थियो ।’ झडपमा घाइते भएका १ सय ५० प्रदशनकारीलाई स्थानिय अस्पतालमा भर्ना गरिएको छ । त्यस्तै, घटनामा ९ जना सुरक्षाकर्मी पनि घाइते भएको प्रहरी प्रमुख जिम चुले बताए । त्यसो भए वास्तविकता के त ? यो भने छानबिन आयोगको प्रतिवेदनले नै देखाउला ।

Tuesday, June 7, 2011

इन्टरनेटमा फैलिँदै गएका नेपाली यौन भिडियोहरु

इन्टरनेटको ब्यापक बिस्तारसँगै अहिले नेपाली समाजमा पनि ब्यक्तिगत यौन कृयाकलापका भिडियोहरु इन्टरनेटमा फैलाउने लहड फैलिएको छ। शहरी क्षेत्रमा इन्टरनेटको पहुँच घरघरमा फैलिएको छ र जसले जहाँबाट पनि यस्ता भिडियोहरु विभिन्न वेबसाइटहरुमा राख्न सक्छ्न्। यो विकृति र उद्दण्डता नै भएता पनि अब यो भेललाई कसैले अनुशासित राख्न र पकडमा लिन असम्भवप्राय: भएको छ। यो विषयले धेरै मुद्दाहरु उठ्न सक्छ जस्तो कि साइबर कानूनको कुरा, प्राइभेसीको कुरा, सामाजिक संरचना र दृष्टिकोणको कुरा, यौनको कुरामा मानिसको कौतुहलताको कुरा आदि। मैले यो विषय उठान गर्नुको कारण चाँही किन यस्तो लहड फैलिँदै छ र यसमा हाम्रो दायित्व के छ भन्ने विषयमा चर्चा गर्न मन लागेर हो।

तपाईंहरुलाई थाहा नै होला अहिले यौनजन्य विषयवस्तु हेर्ने सबभन्दा सजिलो माध्यम नै इन्टरनेट बनेको छ। मलाई आकँडा र प्रतिशतमा त जानकारी छैन तर यति चाँही भन्न सक्छु कि हामी मध्य सबैले पक्कै झुक्किएर अथवा जानाजानी यस्ता वेबसाइटहरु खोल्न पुगेका छौँ। त्यति मात्र कहाँ हो र इन्टरनेटको सहायताले कृत्रिम सम्भोग गरेर आनन्द लिनेहरुको छुट्टै वर्ग पनि छ। हुनत यस्ता प्राय: वेवसाइटहरुमा ‘वयस्कको लागि मात्र’ भनिने भए पनि त्यसको कुनै लेखाजोखा हुँदैन, झुक्किएर एउटा बच्चाले पनि खोल्न सक्ने भइसक्यो। अब यो ‘वयस्कको लागि मात्र’ भन्ने गरिएको दुनियाँमा नेपाली समाजमात्र अछुतो रहन कसरी सक्थ्यो र? अब त्यो दुनियाँमा कोही छिरोस् अथवा कोही त्यहाँबाट निस्कियोस् तर त्यो दुनियाँ फिजिएँको फिजिँयै छ। त्यसमाथि अहिलेका प्रत्येकजसो मोबाइल फोनमा समेत भिडियो खिच्न मिल्ने सुविधा हुन्छ। कतिले आफ्नै जोडीलाई झुक्याएर पनि खिचेका छन् त कसैले आपसी सहमतिमा खिचेका छन्। कसैले आफ्नै जोडीसँग झगडा भएर अपमान गर्न पनि इन्टरनेटमा फैलाएका छन्, कसैले ठीक ठाउँमा सुरक्षित तरिकाले राख्न नसक्दा अरुले फेला पारेर पनि फैलाइदिएका छन्।
पोखरा, रानीपौवाकी एउटी मासुपसले महिला र मासु सप्लायरबीच भएको यौनसम्पर्कलाई उनीहरूले मोबाइल फोनमा कैद गरे। पाँच मिनेट लामो उक्त यौन दृश्यको भिडियो क्लिप्स ती पुरुषका साथीले सार्वजनिक गरिदिएपछि महिलालाई छिमेकीहरूले प्रहरीसमक्ष बुझाइदिए। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख रमेशकुमार भट्टराईका अनुसार पछि उनका श्रीमानले नै त्यो दृश्य आफूसँगै खिचेको बताएर उनलाई बचाए। अहिले उनी आफ्नै पेशामा फर्किएकी छन्। सहमतिमा यौनसम्पर्क राख्ने र सीडी बनाई ब्ल्याकमेलिङ गर्ने शिक्षक जीवछ यादव र साथीकी श्रीमतीसँगको यौन दृश्य कैद गर्ने एक बेलायती लाहुरेलाई नेपाली समाजमा बढ्दै गएको खुला सेक्सका प्रतिनिधिपात्रको रूपमा बुझ्न सकिन्छ। २०६२ सालमा पहिलो छुट्टी लिएर काठमाडौँ विमानस्थल र्लिएका धरानका राई थरका एक लाहुरे घर नगई काठमाडौँबाटै बेलायत फर्किए। आफ्नी प्रेमिकासँग बेलायतको एक होटलमा खिचिएको ब्लू फिल्म देशभर फैलिएको जानकारी एक साथीबाट पाएपछि उनी चार दिन काठमाडौँ बसेर उतै फर्किएका थिए। त्यसयता उनी घर आएका छैनन्। घर पठाएको कम्प्युटर बिग्रिएपछि बनाउन दिँदा उक्त फिल्म सार्वजनिक भएको हो। विभिन्न आसन र अश्लील संवादसहित साथीको श्रीमतीसँग खिचिएको उक्त फिल्म एक घण्टाभन्दा लामो छ। आफ्नै छोरीलाई अर्को पुरुषसँग लहसिएको देखेपछि युवतीका बुबाले आत्महत्याको प्रयास समेत गरेका थिए। युवती पनि त्यसयता नेपाल आएकी छैनन्। (हिमाल, वर्ष १८, अङ्क ०७ बाट)
झुक्किएर होस् वा जानाजानी होस् यस्तो सम्वेदनशील कुरा इन्टरनेटमा पुगिसकेपछि यसको फैलावटलाई कसैले रोक्न सक्दैन। त्यसैले तपाईं पनि यस्ता ब्यक्तिगत कुराहरु भिडियोमा कैद गर्दै हुनुहुन्छ भने त्योभन्दा अगाडि राम्रोसँग बिचार गर्नुहोस् कि कुनै दिन संसारभरी त्यो भिडियो फैलियो भने त्यसले तपाईंको जीवनमा कस्तो हलचल अथवा उतार-चढाव ल्याउनेछ? यदि आफ्नो ब्यक्तिगत कुरा सबैसँग बाँडौ भनेर कसैले यस्तो गर्छ भने त केही भन्न नमिल्ला।
मानिस अथाह यौन कौतूहल भएको प्राणी हो। जति बुझ्दै गयो उति बुझ्न मन लाग्ने, अझ बढी थाहा पाउन मन लाग्ने, अझ बढी हेर्न र सुन्न मन लाग्ने, अझ बढी अनुभव गर्न मन लाग्ने। आफ्नो यौन चाहनालाई आफ्नो वशमा राख्न सक्ने केही त्यागीहरुलाई छोड्ने हो भने बाँकी संसार यसरी नै चलेको छ। यो संसार भरी हुने प्राकृतिक कुरा हो भन्ने थाहा हुँदाहुँदै पनि कुनै ब्यक्तिको यौन कृयाकलाप आफ्नै आँखाले देख्दा उसको मूल्य र ऊप्रतिको श्रद्धा किन आकाशबाट सिधै पातालमा झर्छ? हाम्रो समाजको कुरा गर्दा महिलाको हकमा अझ बढी यो लागू हुन्छ। हाम्रो त्यो ब्यक्तिलाई हेर्ने दृष्*टिकोण नै उल्टो भइदिन्छ। यदि गल्ती गरेको नै हो भने पनि के यस्तो भिडियो खिच्नु सबैभन्दा ठूलो अपराध हो? अझ गजबको कुरा त यो लाग्छ कि मानिसहरु आँफै खोजीखोजी जान्न, सुन्न र हेर्न चाहन्छन् अनि अन्त्यमा छि:छि: र दुरदुर गर्छन्। यो त खोजी खोजी गल्ती कोट्याउँदै गाली गर्ने प्रवृत्ति भएन र? यस्तो भिडियो खिच्नु अपराध हो भने यसलाई फैलाउनु अपराध हो कि होइन? यसलाई हेर्नु अपराध हो कि होइन?
मलाई लाग्छ समय र युगको परिवर्तनसँगै हामी सर्वसाधारणले यस्ता घटनालाई सामान्यरूपमा लिँदै बेवास्ता गर्नुमा नै सबको भलो छ। यो कुरा व्यबहारमा उतार्न समय लाग्छ। जसको आफ्नै भिडियो यसरी फैलिएको छ हाम्रो सामाजिक परिवेशमा शायद कोही यस्तो नहोला जसलाई आत्मग्लानी नहोस् , बाहिर देखिए पनि नदेखिए पनि। उसको लागि शायद आत्मग्लानी, पश्चाताप र अपराधबोध सबैभन्दा ठूलो सजायँ हो। आफ्नो सजायँ आँफै भोगिरहेको अवस्थामा सबैको छि:छि: र दुरदुरले कस्तो मानसिक तनाव देला? जसको परिवारमा यस्तो घटना घटेको छ उहाँहरुले त झन गाली र घृणा गर्नुको सट्टा माया र सदभाव दिनु अति आवश्यक छ, मानसिक तनावले कुनै अर्को दुर्घटना निम्त्याउनु भन्दा अगाडि नै। मैले कुनै दिन आफ्नै दिदीबहिनीको या दाजुभाइको भिडियो यसरी फैलिएको थाहा पाएँ भने त्यो दिन मैले गाली गर्नेछु कि उसको मानसिक पीडा बुझ्न खोज्नेछु त्यो दिनले मेरो कुरालाई म आफै ब्यहारमा उतार्न सकूँला कि नसकूँला देखाउनेछ तर त्यो दिन देख्न नपरेको नै राम्रो हो।
सभ्यताको विकासँगै मानिसले लुगा लगाएर लाज छोप्न सिक्यो, यौनजन्य कृयाकलाप लुकाएर गर्न थाल्यो। त्यो लुकेको नै सुन्दर देखिन्छ। खुल्दैमा र नाङ्गिदैमा विकसित हुने होइन।

Wednesday, June 1, 2011

महिला चाहन्छन्- पुरुषले हेरिदियोस्



औसत महिला के चाहन्छन् होला ? अनुमान लगाउनुहोस् त ? तपाईंले औसत महिला धन, सम्पत्ति, ओहोदा वा सुन्दर पति चाहन्छन् भन्ने अनुमानसहितको जवाफ दिनुभयो भने तपाईं गलत साबित हुनुहुनेछ । तपाईंलाई आश्चर्य लाग्ला, प्रायः महिलाहरू पुरुषले आफूलाई अर्थात् आˆनो रूप रङ्गलाई राम्ररी, ध्यानपूर्वक हेरिदियोस् भन्ने चाहन्छन् । अस्ट्रेलियाली मनोवैज्ञानिकको एक समूहद्वारा तीन वर्षभन्दा लामो समय खर्चिएर गरिएको एक अध्ययनको निष्कर्ष हो यो ।

अध्ययनअनुसार महिला लजालु स्वभावका भए पनि भित्रभित्र चाहिँ उनीहरू पुरुषले आफूलाई हेरिदियोस्, अझ प्रशंसा नै गरिदियोस् भन्ने चाहन्छन् । मनोवैज्ञानिकहरूले अध्ययनका क्रममा नरम स्वभावका र कडा तथा तथा आक्रामक स्वभावका महिलालाई छुट्याएर उनीहरूको चाहना, आकाङ्क्षाबारे अनुसन्धान गरेका थिए । यस सन्दर्भमा उनीहरूले थप कुरा पनि पत्ता लगाए । त्यो के भने कडा र आक्रामक स्वभावका कतिपय महिला त पतिले आˆनो नग्नता पनि ध्यानपूर्वक हेरिदियोस् भन्ने चाहना राख्दा रहेछन् । आˆनो त्यो चाहनालाई पतिले उपेक्षा गरिदियो भनो त्यस्ता महिला निकै क्रोधित हुँदा रहेछन् । कडा मिजासका महिला आˆनो शरीर हेरेर आफैँ दङ्ग पर्ने गर्दछन् रे Û पुरुषले हेरिदेऊन् र प्रशंसा गरिदेऊन् भन्ने चाहना पूरा भएन भने महिला मनोरोगी हुने खतरा पनि उत्तिकै रहेको अनुसन्धानकर्ताहरूले दाबीसमेत गरेका छन् ।


ढुङ्गा हिडन थालेपछि बैज्ञानिक पनि छक्क


ढुङ्गा निर्जीव हो भन्नेमा दुईमत छैन् । अब निर्जीव मानिएको यस्तो वस्तु आफै हिड्न थालेपछि भने सर्वसाधरण मात्र हैन, बैज्ञानिकहरु पनि हैरान भएका छन् । विषम वातावरणीय परिस्थितीका कारण मानिस नबस्ने अमेरिकाको ‘डेथ भ्याली’ मा यस्तै घसि्रएर आफै हिड्ने कैयौ ढुङ्गाहरु फेला परेका छन् । समथर भूमिमा ती ढुङ्गाहरुले बनाएको गोरेटो बाटोहरु पनि प्रष्ट देख्न सकिन्छ । ग्रीष्ममा सुख्खा अनि अलिअलि हिलो हुने र हिउँदमा हिँउले छोपिने उक्त उपत्यकाकोे अनुसन्धानका लागि भूगर्भशास्त्रीहरुको एक समूह त्यहाँ पुगिसकेको छ ।


विगत एक दशकदेखि भइरहेको ढुङ्गाको चालले प्रकृतिको अर्को रहस्य बाहिर ल्याएको बताउँछन् अनुसन्धानमा संलग्न भूगर्भशास्त्रीहरु । जसमध्ये केहि भन्छन्- ‘समथर भूभागमा माटो अलि नरम हुँदा र हल्का हिँउ परेपछि ढुङ्गा हिड्ने गर्छ ।’ तर अर्का थरी भूगर्भविदहरु भने यस्तो निष्कर्षमा सहमत छैनन् । ग्रीष्म याममा ढुङ्गा नै सुक्न तातो तापक्रममा ढुङ्गा घस्रने हुँदा हिलोले चिप्ल्याएको हुन सक्ने सम्भावनालाई उनीहरुले अस्विकार गरेका छन् । त्यसमाथि ढुङ्गाले सानो खाडल नै बनाएर अगाडि गतिशिल भएको भू-दृश्य यत्रतत्र देख्न सकिन्छ । अचम्म लाग्दो कुरा के छ भने ढुङ्गाहरु एक अर्कासँग समानान्तर भएर अघि बढेको पाइन्छ ।

वर्ष बित्दै जाँदा ती ढुङ्गाहरुले पनि आफ्नो बाटो परिवर्तन गर्ने गरेको भूगर्भशास्त्रीहरुले पत्ता लगाएका छन् । केहिले रेखीय र अन्यले अण्डाकार, बाङ्गोटिङ्गो ट्रयाकहरु बनाएको देखिन्छ । यद्यपी कसैले पनि अहिलेसम्म नाङ्गो आँखाले हिडेको नदेखेको र यसको गतिबारे थाहा नपाएको बताएका छन् ।

२ देखि ५ वर्षको अवधिमा केहि ढुङ्गाभन्दा अन्य ढुङ्गाले बढी नै दुरी तय गरेको भूगर्भशास्त्रीले बताएका छन् । ढुङ्गा कसरी हिड्यो अनि ट्रयाकहरु कसरी बने, यो अझै रहस्य नै छ ।

कर्मचारीको सम्मानमा ‘सेक्स पार्टी’




मेहनती, सिर्जनशील र वफादार कर्मचारीको सम्मानमा विभिन्न संघ/संगठनले आ—आफ्नै नीतिनियम बमोजिम पुरस्कार, बोनस तथा अन्य सेवा सुविधाको ब्यवस्था गरेका हुन्छन् । यसले राम्रा कर्मचारीलाई काम गर्न थप उर्जा थप्छ भने अल्छी प्रवृति भएकाहरुलाई साङ्केतिक झापडको काम गर्छ ।

जर्मनीको मुनिच री नामक एक इन्सुरेन्स कम्पनीले सफल सेल्स कर्मचारीको कार्यशैलीको कदर गर्दै उनीहरुको सम्मान गर्न नयाा शैली प्रस्तुत गरेको छ । एक रातको ‘सेक्स फ्री’ पार्टी दिई उक्त कम्पनीले कर्मचारीको मनोबल उच्च राख्ने नयाा तरिका अपनाएको हो ।


बुडापेस्ट स्पामा खाने, पिउनेलगायत परी झै राम्री सुन्दरीहरुसाग रात बिताउने अफर सेल्स प्रतिनिधीहरुलाई दिइएको नाम गोप्य राख्ने सर्तमा एक सहभागीले जर्मन पत्रिका हृयान्डेलस्ब्लाटलाई बताए । पार्टीमा सबैकुरा सुनियोजित ढङ्गबाट पहिले नै ब्यवस्थित पारिएको उनलेे अनुभव साटे । महिला यौनकर्मीहरुको पाखुरामा बााधिएको ब्याण्डमा रङ्गको साङ्केतिक कोड प्रयोग भएको र ग्राहकलाई सेवा दिएपछि स्टाम्प लगाइएको पनि उनले खुलासा गरे ।

‘युवतीको पाखुराको तल्लो भागमा स्टाम्प लगाइएको थियो, ताकि कति जना ग्राहकले सेवा पाए थाहा होस्,’ पत्रिकाले पार्टीमा सहभागी कम्पनीका अर्का कर्मचारीलाई उधृत गर्दै बताएको छ, ‘युवतीहरुले आफ्नो नारीमा रातो र पहेलो बाला लगाएका थिए । एक समूह परिचारिकाहरुको पनि थियो । उपस्थित पाहुनाको हरेक चाहना पूरा गरिएको थियो ।’

पार्टीमा सेतो बाला लगाएका सुन्दरीहरु पनि थिए । जो कम्पनीको बोर्ड सदस्यहरु र अन्य उत्कृष्ट कर्मचारीको सेवाको लागि तम्तयार थिए । बीबीसीसागको कुराकानीमा कम्पनीको एर्गो डिभिजनका प्रवक्ताले ‘सेक्स पार्टी’ आयोजना गरिएको स्विकारेका छन् ।

फूल दिने प्रेमी धोकेबाज


धेरै प्रेमी र प्रेमिकाबीच आफ्नो माया साँचो देखाउने होड नै चल्छ । यस क्रममा उनीहरु विभिन्न उपहारहरु आदनप्रदान गर्छन, ताकी आफ्नो ब्याइफ्रेन्ड वा गर्लफ्रेन्डमा खुसीको वर्षात होस् । तर कोहि प्रेमीले बारम्बार फूल उपहार दिने गरेको छ भने चाहिं युवतीहरु अलि चनाखो हुनु पर्ने बेला आएको छ । बेलायतमा हालै गरिएको एक सर्वेक्षणबाट प्रायः फूल उपहार दिने प्रेमी धोकेबाज हुन्छन भन्ने निष्र्कष निकालिएको छ । झण्डै ३ हजार महिलाहरुमा उक्त सर्वेक्षण गरिएको थियो ।


प्रेमको प्रतिक मानिने हरेक उपहारको विशेष अनि भिन्न अर्थ हुने सर्वेक्षणमा संलग्न अनुसन्धानकर्ता गे्रग्स वेकर्सको भनाइ छ । मनमा कुरा लुकाएर राख्ने प्रेमीले चक्लेट उपहार दिने उनले बताए । त्यस्तै, क्यान्डल लाइट डिनरमा निमन्त्रणा गरेमा प्रेमिकाले अझ सजक हुनु पर्नेछ किनभने यसको अर्थ हो-’इज्जतमै दाग लाग्ने केहि नराम्रो हुादैछ ।’

यसैगरी, वेकर्सले सर्वेक्षणको आधारमा के दाबी गरेका छन् भने अधिकांश श्रीमतीहरु ‘सरप्राइज गिफ्ट’ लिन मन पराउाछन् । ध्यान रहोस, यस्तो गिफ्टले सम्बन्ध पनि डामाडोल हुनसक्छ । के तपाई पनि आफ्नो प्रेमिकालाई कुनै गिफ्ट दिने बिचारमा हुनुहुन्छ ?

हृयाण्डब्यागमा सेक्सका सामान


हृयाण्ड ब्याग हातमा हल्लाउँदै ठाँटिएर हिड्नु आजकलका युवतीहरुको फेसन नै बनेको छ । कतै बाहिर जानुपर्‍यो भने उनीहरु आफूसँगै सानो ब्याग बोक्न विर्सदैनन् । युवतीहरुले विशेष महत्व दिने यस्तो ब्यागमा के हुन सक्छ ? तपाईलाई पक्कै लाग्ला कि मेकअपको सामान ! तर मेकअपको साथसाथमा आधुनिक युवतीहरु आफ्नो अति नै गोप्य ब्यागमा सेक्स सामान (टोयज), पेन्टी, पेचकस पनि बोक्छन् भन्ने कुरा थोरैको कल्पनामा मात्र आउला ।


अष्ट्रेलियामा भएको एक सर्वेक्षणले युवतीको हृयाण्ड ब्यागमा साँचो, टिस्यु पेपरको साथमा सेक्स टोयज, पोर्न सीडी, पेन्टी, कुकुरको खाना बिस्कुटलगायतको सामान हुने खुलासा गरेको छ । सर्वेक्षणका अनुसार एक युवतीको औषतमा ७ वटा ब्याग हुन्छन् । अनुसन्धानमा संलग्न १६ प्रतिशत युवतीहरुले ब्याग बोक्दा आफू सुरक्षित भएको अनुभव हुने बताएका थिए ।

सर्वेक्षणका क्रममा अन्य युवतीको ब्यागमा बच्चाको टुटेको दाँत, बुबाको घडी, पत्थर, हृिवस्कीलगायका बस्तुहरु भेटिएको थियो । झण्डै २ हजार महिलाहरुमा गरिएको सर्वेक्षणमा उनीहरुको हृयाण्ड ब्यागमा भेटिएको बस्तुहरु यस्तो थियोः

प्रायः भेटिने चिजहरुः साँचो, कलम, टिस्यु पेपर, औषधी, बिल, सानो ऐना, सनग्यास, चुइगम, ब्यान्डेज आदि ।

भेटिएका असामान्य चिजहरुः स्क्रुड्राइवर वा पेचकस, पोर्न डीभीडी, छोराको दाात, छोरीको पहिलो जोर पुरानो जुत्ता, सेक्स टोयज, कार्ड, एक्स्ट्रा पेन्टी आदि ।