बि्रटेनको अन्य कुराले आकषिर्त गरे पनि रुसी युवतीलाई बि्रटिस युवाले भने आकर्षण गर्न सकेका छैनन् । त्यसैले होला, रुसी युवतीले ब्लग तथा अन्य इन्टरनेट फोरममा बि्रटेनका पुरुष फोहोरी, असभ्य भएको लेखेका छन् । बि्रटिस युवाहरूको कमजोरीका बारेमा उनीहरूले ब्लग तथा इन्टरनेट फोरममा लगातार आफ्ना विचार पोस्ट गर्ने गरेका छन् ।
लन्डनको ल र्फममा कार्यरत टाटियाना लेख्छिन्, 'सँगै अफिसमा काम गर्ने मेरो साथी अन्य महिला सहकर्मीको अगाडि नै गुप्तांग कन्याउँछ । मिटिङमा नङ मात्र टोक्छ ।'
बि्रटिस पुरुषका नराम्रा बानी यहीँ सकिएका छैनन् । टाटियाना थप लेख्छिन्, 'मुख नै नछोपी अफिस निर्देशकले हाछ्युँ गर्यो । हाछ्युँ गरेकोमा कमसेकमा 'सरी' त भन्नुपर्छ त्यो पनि भनेन । अर्काे मेरो बोस नाम चलेकै वकिल हो । तर, ऊ कुर्सीमा खाटमा सुतेजस्तै गरेर बस्छ अनि गुप्तांग कन्याउँछ । एकपटक त उसले सर्टभित्र हात हालेर भुँडी कन्यायो, अनि मैलाजस्तो फोहोर हातका औंलाले बाहिर फाल्यो ।'
टाटियानालाई बि्रटिस हाकिमले हात नधोई डेस्कमा बसेर खाने तथा हात चाट्ने गरेको पटक्कै मन पर्दैन रहेछ । राम्रो संस्कारमा हुर्किएका मानिसले यस्तो असभ्य बानी नदेखाउनुुपर्ने उनी बताउँछिन् । डब्लुडब्लुडब्लु डट डोम अन्डरस्कोर युके डट ओआरजी वेबसाइटमा रहेको 'हवाई आर इंग्लिस पिपुल स्लोभेन्ली एन्ड डर्टी क्रियचर ?' फोरममा दुई सय ८० भन्दा बढी पोस्ट गरिएका छन् । फोरममा पोस्ट गर्नेमध्येकी एकाटेरिना भन्छिन्, 'हो, साँच्चै बि्रटिस साह्रै फोहोरी जीव हुन् ।' अर्काे पोस्टमा 'अंग्रेज साँच्चै सुँगुर हुन्' कमेन्ट गरिएको छ ।
बि्रटिस पुरुषको बारेमा कमेन्ट गर्नर् अर्काे छुट्टै फोरम नै बनाइएको छ । यस फोरममा बि्रटिस पुरुषकी रुसी श्रीमतीले आफ्नो श्रीमान्को बानीदेखि हैरानी भएको लेखेकी छिन् । 'मेरो श्रीमान् बैंकमा काम गर्छन् । उनी अफिसमा हाम्रो यौनजीवनका बारेमा खुलेआम कुरा गर्छन् । मैले केही दिनअघि नयाँ भित्री लुगा किनेकी छु । मेरो श्रीमान्ले यो सबै अफिसमा लगेर सुनाउन भ्याइसके होला,' उनले लेखेकी छिन् ।
अंग्रेजी भाषा पढिरहेकी २२ वषर्ीया अन्ना स्लाखेतेन्कोलाई पनि बि्रटिस पुरुषको बानी-व्यहोरादेखि दिक्क लाग्छ रे । उनी भन्छिन्, 'अर्काे मानिस टेबलमा खाना खाँदै गर्दा शिक्षित बि्रटिस पुरुषलाई टेबलमाथि निर्धक्क खुट्टा राखेको देख्दा म छक्क परेँ ।'
रुसीका लागि यो राम्रो व्यवहार नभएको बताइन् उनले । बि्रटिस पुरुषका धेरै कुरा मन नपरे पनि बाटो काटिरहँदा गाडी रोकिदिने बानी भने मन पर्छ रे रुसी युवतीलाई । रुसमा बाटो काट्दै गरेको देखे पनि कैयौँ चालकले गाडी रोक्ने नगरेको गुनासो गर्छन् रुसी सुन्दरी ।

No comments:
Post a Comment