मुसामा गरिएको एक अध्ययनअनुसार निद्रा खलबलिएमा स्मरणशक्ति प्रभावित हुन सक्दछ । अमेरिकाको स्टेनफोर्ड विश्वविद्यालयमा भएको शोधका अनुसार ठिकसँग निंद नआएका कारण जनावरहरुमा परिचित वस्तु पहिचानमा पनि समस्या आउने गर्दछ ।बेलायतका एक निद्रा विशेषज्ञका अनुसार मष्तिस्कले गहिरो निंदका क्रममा दिनभरका घटनााहरुको समीक्षा गर्दछ र यो तय गर्दछ कि कुन सञ्चय गर्ने कुनलाई नगर्ने । यो अध्ययनमा आप्टोजेटेटिक्स नामको प्रविधिको प्रयोग गरिएको थियो । जसमा केही विशिष्ठ कोशिकाहरु जीन सम्बद्र्धनबाट तयार गरिन्छ । किनकि प्रकाशबाट नियन्त्रित गर्न सकियोस् ।
शोधकर्ताहरुले मुसाको मष्तिस्कका ती कोशिकाहरुमा प्रकाशको तरङ्ग पठाए जुन सुत्ने र ब्युझने स्थितिबीच महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसको अर्थ उनीरुले मुसाको निंदको समयावधिलाई प्रभावित नगरीकन त्यसमा व्यवधान उत्पन्न गराए । यसपछि त्यसलाई एउटा डिब्बामा राखियो जहाँ दुई प्रकारको वस्तु राखिएको थियो, जसमध्ये एउटा मुसाले पहिला नै देखेको थियो । सामान्यतः मुसा नयाँ वस्तुलाई हेरिरहन्छन् । जुन मुसाको निंदमा कुनै खलल पुराइएको थिएन उ नयाँ वस्तु हेर्ने र चिन्ने प्रयासमा लागे तर जुन मुसाको निद्रा बिथोलिएको थियो उ दुवै वस्तु हेर्ने प्रयासमा लाग्यो ।यसको अर्थ खलबलिएको निंदका कारणबाट उसले पहिला देखेको वस्तु याद गर्न सकेन ।
शोधको नेतृत्व गरेका डा. लुई डी लेसियाका अनुसार कयौ प्रयोगात्मक स्थितिहरुमा जसमा स्मरणशक्ति प्रभावित हुन्छ जस्तो अल्जाइमर्स, ठिकसँग निद्रा आउँदैन । अलबलिएको निद्राले मानिसलाई पनि प्रभावित गर्दछ । जसमा रक्सीको लत हुन्छ या उनीहरुमा स्लीप एपनियाको शिकार हुन्छन् । उनीहरुको गला सुतेका बेला सुख्खा हुन्छ जसबाट पुरा अक्सिजन भित्र पुग्न सक्दैन र रोगीको निद्रा खुल्ने गर्दछ । डा. लेसियाले भनिन्, हामीले यो निष्कर्ष निकालेका छौ कि यसबाट कुनै फरक पर्दैन कि को कति समयसम्म सुत्यो वा कति गहिरो निद्रा निदायो । तर राम्रो स्मरणशक्तिका लागि बिना व्यवधान निद्रा अत्यन्त आवश्यक छ । ब्रिटिश स्लीप सोसाइटीका पूर्व अध्यक्ष तथा निद्रा विशेषज्ञ डा. नील स्टेन्ली भन्छन्, दिनभरमा हामी सयौ यादहरु संकलन गर्दछौ, त्यसैले कुनै न कुनै समय त्यसको प्रशोधन गर्नु आवश्यक छ। केही वस्तु यस्ता हुन्छन् जसलाई स्थायी स्मृतिमा बन्द गर्नु पर्दछ । यो प्रक्रिया गहिरो निद्राको समय मै हुन्छ, त्यसैले यदि निद्रामा व्यवधान हुने हो भने यो प्रक्रियामा त्यसको असर पर्दछ ।
डा. स्टेन्लीका अनुसार यो कुराको प्रमाण स्लीप एपनोइयाबाट पीडित मानिसहरुमा स्मृतिहरु कैद गर्नुमा देखिने समस्या हो । निद्रामा व्यवधानका कारण दिनमा मानिस निकै थकान महशुस गर्दछ र स्मरणशक्ति गुमाउन लाग्दछ ।
No comments:
Post a Comment