Saturday, July 16, 2011

अफगान राष्ट्रपति हमिद कर्जाईका भाइ तथा कान्दाहार प्रान्तीय परिषद्का प्रमुख अहमद अलि कर्जाईको हत्या गर्ने सुरक्षागार्ड मोहम्मद सरदारको शवलाई सार्वजनिक स्थानमा २० मिनेटसम्म झुन्ड्याइएको छ

अफगान राष्ट्रपति हमिद कर्जाईका भाइ तथा कान्दाहार प्रान्तीय परिषद्का प्रमुख अहमद अलि कर्जाईको हत्या गर्ने सुरक्षागार्ड मोहम्मद सरदारको शवलाई सार्वजनिक स्थानमा २० मिनेटसम्म झुन्ड्याइएको छ

राष्ट्रपति हमिद कर्जाईका भाइ अहमद कर्जाईको हत्या गर्ने मोहम्मद सरदारको शवलाई २० मिनेटसम्म सार्वजनिक स्थानमा झुन्ड्याइयो अफगान राष्ट्रपति हमिद कर्जाईका भाइ तथा कान्दाहार प्रान्तीय परिषद्का प्रमुख अहमद अलि कर्जाईको हत्या गर्ने सुरक्षागार्ड मोहम्मद सरदारको शवलाई सार्वजनिक स्थानमा २० मिनेटसम्म झुन्ड्याइएको छ । साधा पोसाकमा रहेका केही पुरुषले मोहम्मद सरदारको शवलाई कान्दाहारको घरको भित्तामा झुन्ड्याएका थिए । अफगानिस्तानका आदिवासी इलाकामा दोषीलाई सार्वजनिक स्थानमा झुन्ड्याएर सजाय दिने गरिन्छ अहमद अलि कर्जाईको हत्या मंगलबार भएको थियो । सात वर्ष सँगसँगै काम गरेका, उनीसँगै भ्रमणमा गएका सुरक्षागार्ड सरदारले अलि कर्जाईको हत्या गरेका हुन् । कर्जाईको हत्या गरेपछि सरदारले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए । प्रान्तीय गभर्नर अहमद अलि कर्जाई र सरदार एउटै क्षेत्र र समुदायको भएको पनि बताइएको छ । 
हत्याको जिम्मेवारी तालिवानले लिएको छ । अमेरिका, बि्रटेन, क्यानडा तथा अमेरिकी खुफिया संस्था सिआइएका लागि काम गरेको आरोपमा अहमद अलि कर्जाईको हत्या गरिएको आरोप तालिवानले लगाएको छ । तर, अफगान अधिकारीले अहमदको हत्या सुरक्षागार्ड र उनीबीचको आपसी रिसइवी वा तालिवानले गरेको पुष्टि भइनसकेको बताएको छ । 
यसैगरी, अलि कर्जाईको मस्जिदमा भइरहेको स्मृतिसभामा भएको बम विस्फोटमा चार व्यक्तिको मृत्यु भएको छ । यसैगरी, विस्फोटमा अन्य १३ जना घाइते भएको अफगान सरकारले जनाएको छ । सभामा थुप्रै केन्द्रीय मन्त्री सहभागी भएका थिए । 
आक्रमणमा कान्दाहार प्रान्तका धार्मिक परिषद्का प्रमुख हिकमातुल्लाह हिक्मतको पनि मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । कान्दाहारस्थित ठूलो मस्जिदमा स्मृतिसभा भइरहेको वेला एक कुनामा आत्मघाती बम विस्फोट भएको थियो । 
राष्ट्रपति हमिद कर्जाई भाइ अहमद कर्जाईको बुधबार भएको दाहसंस्कारमा सहभागी भए पनि बिहीबार भएको स्मृतिसभा कार्यक्रममा उपस्थित थिएनन् । 

No comments:

Post a Comment