
घुर्नु आम समस्या हो । घुर्नु समस्या कुनै न कुनै समय वा उमेरमा जो-कसैलाई पनि हुने गर्छ ।
कहिलेकाहीँ घुर्नु गम्भीर समस्या होइन । तर, मोटा मान्छेमा यो समस्या बढि हुनेगर्छ । ४५ प्रतिशत वयस्क कहिलेकाहीँ घुर्ने गर्छन् । तर २५ प्रतिशतमा नियमित घुर्ने समस्या रहेको अध्ययनले देखाएको छ ।
घुर्ने समस्या ठूलो वा गम्भीर प्रकृतिको समस्या नभए पनि सँगै सुतेकालाई त्यसले ठूलै समस्या हुन्छ । तर, नियमित घुर्नेले आफूसँगै सुत्नेलाई मात्र डिस्टर्ब गर्दैन, उ आफैँले पनि राम्ररी न्रि्रा पाएको हुँदैन । सुतेर उठ्दा उ लखतरान देखिन्छ । आराम गरेर उठेको मानिस स्फूर्ति हुनुपर्नेमा लखतरान हुनु स्वास्थ्यको दृष्टिले पनि राम्रो होइन । त्यस्ता समस्या भए चिकित्सकलाई देखाएर उपचार गराउनुपर्छ ।
मानिस किन घुर्छ ?
स्वास-प्रस्वासमा अवरोध हुँदा मान्छे घुर्ने गर्छ । मुख तथा नाकबाट स्वास लिँदा तथा बाहिर फाल्दा अवरोध भएर मानिस घुर्छ । स्वास फेर्दा सहज तरिकाबाट स्वास लिन र छाड्न नसक्दा घाँटीका भित्तामा कम्पन हुन्छ र घुर्ने समस्याले सताउँछ ।
स्वास-प्रस्वासमा अवरोध गराउने केहि तत्व हुन्छन्
नाकको प्वालमा अवरोध यदि, नाकको प्वाल वा त्यसको नलीमा केहि वस्तु अड्किएर अवरोध पुर्यायो भने सुतिरहेको बेला स्वास फेर्न अतिरिक्त कोसिस गर्नुपर्ने हुन्छ । यसले घाँटीको अति कमलो र अडिग रुपमा नबस्ने तन्तुलाई एकै ठाउँमा खिच्छ वा तिनलाई ध्वस्त पार्छ अनि मानिसले घुर्ने गर्छ ।
पिनासको सङ्क्रमण भएका मानिस एलर्जी हुने याममा मात्रै घुर्छन् । एक नासिकाबाट अर्को नासिकालाई छुट्याउने भित्ताको संरचना बिग्रन गएमा वा नासिकाको पोलिप्सले पनि अवरोध उत्पन्न गर्न सक्छ र न्रि्रामा समस्या आउन सक्छ । जिब्रो तथा घाँटीका मांशपेसीको खराब ध्वनिकन्ठ तथा जिब्रोका मांशपेसी धेरै लचिला भए भने या ती नासिने या वायुनलीतिर फर्किने सम्भावना हुन्छ ।
गहिरो निन्द्रा, रक्सीको नसा वा न्रि्रा लाग्ने औँषधि खाएका कारण यस्तो हुनसक्छ । सामान्य बुढ्यौलीमा पनि यस्ता मांसपेशी खुकुला बन्छन् र घुराइको कारण बन्न सक्छन् । घाँटीका तन्तु मोटा भएमा बढि वजन हुने व्यक्तिको घाँटीका तन्तु मोटा हुन्छन् । ठूला टन्सिल भएका वा नाकका पोरा ठूला भएका बालबालिका प्रायःजसो घुर्छन् ।
नरम तालु वा किलकिले लामो भएमा
लामा नरम तालु वा किलकिले लामो भएमा त्यसले नाकदेखि मुखसम्म जाने नलीलाई साँघुरो बनाइदिन्छ । निदाएको बेला यी संरचनामा कम्पन उत्पन्न हुँदा वा एक-अर्कोमा ठक्करखाँदा वायुनलीमा अवरोध उत्पन्न भएपछि मानिस घुर्नथाल्छ ।
खतरा के हुन्छ ? घुर्ने बानी परेका व्यक्तिको स्वास्थ्य गम्भीर खतरामा हुन सक्छ । सुताइमा अवरोध खडा हुनु एकप्रकारको बिरामी हुनु हो र यो प्रायःजसो विकृत घुराइसँग सम्बन्धित हुन्छ । यस्तो अवस्थाले कैयौँ समस्या खडा गर्छ ।
जस्तैः निदाएको बेला १० सेकेन्ड भन्दा बढि समयसम्म स्वास फेराइमा लामो अवरोध भएमा स्वासनलीमा आङ्शिक वा पूर्णअवरोध आउन सक्छ । यस्तो गम्भीर अवरोध रातभरिमा सयौँचोटि पनि हुन सक्छ । आफूलाई थाहा नभए पनि निन्द्राबाट बारबार ब्युँतने समस्या हुन सक्छ ।
अवरोध उत्पन्न भई निन्द्रामा घुर्नेहरू हलुका मात्र सुत्न सक्छन् किनभने तिनलाई निरन्तर वायुप्रवाहका लागि आफ्नो घाँटीका मांशपेसी तन्काइराख्नु आवश्यक हुन्छ । धेरैजसो, रगतमा अक्सिजनको मात्रा कम हुन्छ । यसले गर्दा मुटु बेस्सरी चल्नुपर्ने हुन्छ र रक्तचाप बढ्न जान्छ । यसले छटपटी हुनुका साथै न्रि्रा पनि लाग्दैन । दिनभरि आलस्य हुन्छ र व्यक्तिको जीवनको गुणस्तरमा नकारात्मक असर पार्छ । लामो समयम्म यस्तो अवरोध रहिरह्यो भने रक्तचाप बढ्दै जान्छ अनि मुटुको आकार ठूलो हुन सक्छ र हृदयाघात हुने एकदमै खतरा हुन्छ ।
No comments:
Post a Comment