रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई फेरि राष्ट्रपति बनाउन नांगिन तयार भएको बताउँछन् तरुनीहरू
रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन अर्काे वर्ष हुने राष्ट्रपति चुनावमा उठ्ने वा नउठ्ने निश्चित भएको छैन । तर, अहिलेदेखि नै पुटिनलाई राष्ट्रपति बनाउन युवतीको जमात लागेको छ । 'पुटिनन्स आर्मी' नाम दिइएको सुन्दरीहरूको समूहले भ्लादिमिर पुटिनलाई फेरि राष्ट्रपति बनाउन अहिलेदेखि नै अनलाइन क्याम्पेनिङ सुरु गरेका छन् । पुटिनलाई राष्ट्रपति बनाउनका लागि आफू नांगिन तयार रहेको उनीहरूले बताएका छन् । यी सुन्दरीले 'आइ विल टियर माई क्लोथ्स् अफ फर पुटिन' अथवा 'म पुटिनका लागि नांगिन तयार छु' प्रतिस्पर्धा सञ्चालन गर्दै आएका छन् । अत्यन्त आकर्षक तथा कामुक भिडियोमा देखिने सुन्दरीहरूले अन्य युवतीलाई पनि यस अभियानमा सहभागी भएर आइपड जित्न आग्रह गर्दै छन् ।
सत्तारुढ युनाइटेड रसियन पार्टीका संसद क्रिल स्चिजटोभको ब्लगमा अपलोड भएका स्याम्पल भिडियोमा कालो सुट र हाई हिलमा सजिएकी डायना मस्कोको सडकमा हिडिरहेको दृश्य छ । उनी भन्छिन्, 'हाम्रो देशमा आमूल परिवर्तन गर्ने पुरुषप्रति म आशक्त छु । उनी महान् नेता, अभूतपूर्व पुरुष भ्लादिमिर पुटिन हुन् ।
'लाखौँ मानिसका पि्रय छन् पुटिन । तर, केही कमजोर, डाडेले भने उनलाई हिलो छ्याप्ने प्रयास गर्छन् किनभने उनीहरू पुटिनको स्थान कहिल्यै लिन सक्दैनन् उनी थप्छिन् ।
भिडियोको अन्ततिर, डायनाले बगरमा घाम तापिरहेका अन्य दुई सुन्दरी युवतीलाई भेट्छिन् । उनीहरू तीनैजना टिसर्टमा रातो लिपिस्टिकले 'आइ विल टियर फर पुटिन' रुसी भाषामा लेख्छन् । यसैगरी, उनीहरूले 'जवान, स्मार्ट र सुन्दर युवतीहरूलाई पनि पुटिनका लागि वस्त्र उतारेको अनलाई भिडियो पोस्ट गर्न आग्रह गरेका छन् ।
रुसी सोसल नेटवर्किङ साइटमा खोलिएको 'द पुटिन आर्मी'को होमपेजमा पुटिनको ठूलो तस्बिर राखिएको छ । पुटिनले अहिलेसम्म अर्काे वर्ष हुने राष्ट्रपति चुनावमा उठ्ने औपचारिक घोषणा गरेका छैनन् । रुसी संविधानमा एकैपटक दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने भएकाले पुटिनले २००८ मा राष्ट्रपति पद छाडेका थिए ।
No comments:
Post a Comment