सामान्यतः पुरुषहरु आफ्नो प्रेम व्यक्त गर्ने मामिलामा सुस्त हुन्छन् । आफूले मन पराएको महिलासँग भेट भएपछि पनि ९७.३ दिनपछि मात्र उनीहरु आफ्नो प्रेम प्रस्ताव व्यक्त गर्न सक्छन्।
अमेरिकाको मासाच्युसेट्स इन्ष्टीच्युट अफ टेक्नोलजी -एमआइटी)ले गराएको शोधमा उक्त कुरा उल्लेख गरिएको छ। शोधमा जुन व्यक्ति हतारमा आफ्नो प्रेम प्रकट गर्दछ, उनीहरुलाई विश्वास गर्न सकिन्न । उनीहरु फर्ल्ट गर्नेहरु हुन्छन् ।
यही महिलाहरुको मामिलामा शोधकर्ताहरुको विचार भिन्न छ। उनीहरुका अनुसार सामान्यतः महिलाहरु तिनै पुरुषबाट प्रेम व्यक्त भएको हेर्न रुचाउछन्, जो आफ्नो सम्बन्धलाई लिएर गम्भीर हुन्छन् । पुरुष पनि महिलाबाट आइलभयु भनेको सुन्न मन पराउछन् । तर, यदि महिलाले आफ्नो सम्बन्धको सुरुवाती चरणमै कयौ पटक उनलाई ‘आइ लभ यु’ भनिन् भने त्यसको नकारात्मक अर्थ निकालिन्छ ।
यसको उल्टो यदि कुनै महिला निकै गम्भीर सोचविचारका साथ आफूले मन पराएको पुरुषलाई ‘आइ लभ यु’ भन्छन् भने यसको पनि गलत अर्थ निकाल्ने गरिन्छ । पुरुष ठान्छन् कि यस्ता महिलाहरु आफ्नो सम्बन्धलाई लिएर गम्भीर छैनन् ।

No comments:
Post a Comment