Sunday, July 31, 2011

यौनसम्पर्कबिनै गर्भधारण


यौन समागमबिना पनि प्राणीले गर्भधारण गर्न सक्छ भन्ने कुरा पत्यार लाग्ने कुरा होइन। तर, हालै वैज्ञानिकहरूले तिममा नामको कीराले यौनसम्पर्कबिना प्रजनन गर्ने तथ्य पत्ता लगाएका छन्। अमेरिकाको पश्चिमी तटको झाडीमा पाइएको उक्त कीराले अलैँगिक प्रजनन गर्छ। क्यानाडाको सिमोन फ्रेजर युनिभर्सिटीका वैज्ञानिकहरूले यो नयाँ तथ्यको उजागर गरेका हुन्। उनीहरूका अनुसार उक्त कीराले एक्लै प्रजनन गर्ने क्षमता राख्छ।
अग्लाहरूलाई क्यान्सरको खतराअग्लो मानिसलाई क्यान्सर रोग लाग्ने सम्भावना बढी हुने एक अध्ययनले निष्कर्ष निकालेको छ। अक्सफोर्ड युनिभर्सिटीले गरेको एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। अध्ययनका अनुसार प्रतिचार इन्च उचाइमा क्यान्सरको खतरा १६ प्रतिशतले बढी हुन्छ। पाँच वर्षको अवधिमा १० लाख महिलामा गरिएको अध्ययनपछि यस्तो निष्कर्षमा अध्ययन टोली पुगेको हो। अध्ययनका अनुसार उचाइ बढाउने रसायनका कारण त्यस्तो हुन्छ। अध्ययनका अनुसार ५ दशमलव ९ फिट उचाइ हुने मानिसमा ५ फिटभन्दा कम उचाइ हुने मानिसको तुलनामा क्यान्सर हुने सम्भावना ३७ प्रतिशतले बढी हुन्छ।

बच्चालाई असर

आफूभन्दा ठूला मानिसले मदिरा पिएको देखेर अधिकांश बच्चा डराउने गरेको अध्ययनले देखाएको छ। बि्रटेनमा १० देखि १४ वर्ष उमेर समूहका १ हजार २ सय बालबालिकामाझ गरिएको अध्ययन अनुसार ५० प्रतिशत बालबालिका आफ्ना अभिभावकले मदिरा पिएर रसिाएको देख्दा डराउँछन्। अध्ययनले निरन्तरको यस्तो प्रक्रियाका कारण बच्चाहरूमा पनि मदिरा पिउने बानी बस्न सक्ने संकेत गरेको छ। अध्ययनमा सामेल ५० प्रतिशत बच्चाले आफू ठूलो भएपछि मदिरा पिउने इच्छा राखेको बताएका थिए।

मानिस किन घुर्छ ?


घुर्नु आम समस्या हो । घुर्नु समस्या कुनै न कुनै समय वा उमेरमा जो-कसैलाई पनि हुने गर्छ ।
कहिलेकाहीँ घुर्नु गम्भीर समस्या होइन । तर, मोटा मान्छेमा यो समस्या बढि हुनेगर्छ । ४५ प्रतिशत वयस्क कहिलेकाहीँ घुर्ने गर्छन् । तर २५ प्रतिशतमा नियमित घुर्ने समस्या रहेको अध्ययनले देखाएको छ ।
घुर्ने समस्या ठूलो वा गम्भीर प्रकृतिको समस्या नभए पनि सँगै सुतेकालाई त्यसले ठूलै समस्या हुन्छ । तर, नियमित घुर्नेले आफूसँगै सुत्नेलाई मात्र डिस्टर्ब गर्दैन, उ आफैँले पनि राम्ररी न्रि्रा पाएको हुँदैन । सुतेर उठ्दा उ लखतरान देखिन्छ । आराम गरेर उठेको मानिस स्फूर्ति हुनुपर्नेमा लखतरान हुनु स्वास्थ्यको दृष्टिले पनि राम्रो होइन । त्यस्ता समस्या भए चिकित्सकलाई देखाएर उपचार गराउनुपर्छ ।
मानिस किन घुर्छ ?
स्वास-प्रस्वासमा अवरोध हुँदा मान्छे घुर्ने गर्छ । मुख तथा नाकबाट स्वास लिँदा तथा बाहिर फाल्दा अवरोध भएर मानिस घुर्छ । स्वास फेर्दा सहज तरिकाबाट स्वास लिन र छाड्न नसक्दा घाँटीका भित्तामा कम्पन हुन्छ र घुर्ने समस्याले सताउँछ ।
स्वास-प्रस्वासमा अवरोध गराउने केहि तत्व हुन्छन्
नाकको प्वालमा अवरोध यदि, नाकको प्वाल वा त्यसको नलीमा केहि वस्तु अड्किएर अवरोध पुर्‍यायो भने सुतिरहेको बेला स्वास फेर्न अतिरिक्त कोसिस गर्नुपर्ने हुन्छ । यसले घाँटीको अति कमलो र अडिग रुपमा नबस्ने तन्तुलाई एकै ठाउँमा खिच्छ वा तिनलाई ध्वस्त पार्छ अनि मानिसले घुर्ने गर्छ ।
पिनासको सङ्क्रमण भएका मानिस एलर्जी हुने याममा मात्रै घुर्छन् । एक नासिकाबाट अर्को नासिकालाई छुट्याउने भित्ताको संरचना बिग्रन गएमा वा नासिकाको पोलिप्सले पनि अवरोध उत्पन्न गर्न सक्छ र न्रि्रामा समस्या आउन सक्छ । जिब्रो तथा घाँटीका मांशपेसीको खराब ध्वनिकन्ठ तथा जिब्रोका मांशपेसी धेरै लचिला भए भने या ती नासिने या वायुनलीतिर फर्किने सम्भावना हुन्छ ।
गहिरो निन्द्रा, रक्सीको नसा वा न्रि्रा लाग्ने औँषधि खाएका कारण यस्तो हुनसक्छ । सामान्य बुढ्यौलीमा पनि यस्ता मांसपेशी खुकुला बन्छन् र घुराइको कारण बन्न सक्छन् । घाँटीका तन्तु मोटा भएमा बढि वजन हुने व्यक्तिको घाँटीका तन्तु मोटा हुन्छन् । ठूला टन्सिल भएका वा नाकका पोरा ठूला भएका बालबालिका प्रायःजसो घुर्छन् ।
नरम तालु वा किलकिले लामो भएमा
लामा नरम तालु वा किलकिले लामो भएमा त्यसले नाकदेखि मुखसम्म जाने नलीलाई साँघुरो बनाइदिन्छ । निदाएको बेला यी संरचनामा कम्पन उत्पन्न हुँदा वा एक-अर्कोमा ठक्करखाँदा वायुनलीमा अवरोध उत्पन्न भएपछि मानिस घुर्नथाल्छ ।
खतरा के हुन्छ ? घुर्ने बानी परेका व्यक्तिको स्वास्थ्य गम्भीर खतरामा हुन सक्छ । सुताइमा अवरोध खडा हुनु एकप्रकारको बिरामी हुनु हो र यो प्रायःजसो विकृत घुराइसँग सम्बन्धित हुन्छ । यस्तो अवस्थाले कैयौँ समस्या खडा गर्छ ।
जस्तैः निदाएको बेला १० सेकेन्ड भन्दा बढि समयसम्म स्वास फेराइमा लामो अवरोध भएमा स्वासनलीमा आङ्शिक वा पूर्णअवरोध आउन सक्छ । यस्तो गम्भीर अवरोध रातभरिमा सयौँचोटि पनि हुन सक्छ । आफूलाई थाहा नभए पनि निन्द्राबाट बारबार ब्युँतने समस्या हुन सक्छ ।
अवरोध उत्पन्न भई निन्द्रामा घुर्नेहरू हलुका मात्र सुत्न सक्छन् किनभने तिनलाई निरन्तर वायुप्रवाहका लागि आफ्नो घाँटीका मांशपेसी तन्काइराख्नु आवश्यक हुन्छ । धेरैजसो, रगतमा अक्सिजनको मात्रा कम हुन्छ । यसले गर्दा मुटु बेस्सरी चल्नुपर्ने हुन्छ र रक्तचाप बढ्न जान्छ । यसले छटपटी हुनुका साथै न्रि्रा पनि लाग्दैन । दिनभरि आलस्य हुन्छ र व्यक्तिको जीवनको गुणस्तरमा नकारात्मक असर पार्छ । लामो समयम्म यस्तो अवरोध रहिरह्यो भने रक्तचाप बढ्दै जान्छ अनि मुटुको आकार ठूलो हुन सक्छ र हृदयाघात हुने एकदमै खतरा हुन्छ ।

Wednesday, July 27, 2011

निद्रा खलबलिएमा स्मरणशक्ति प्रभावित

sleepमुसामा गरिएको एक अध्ययनअनुसार निद्रा खलबलिएमा स्मरणशक्ति प्रभावित हुन सक्दछ । अमेरिकाको स्टेनफोर्ड विश्वविद्यालयमा भएको शोधका अनुसार ठिकसँग निंद नआएका कारण जनावरहरुमा परिचित वस्तु पहिचानमा पनि समस्या आउने गर्दछ ।
बेलायतका एक निद्रा विशेषज्ञका अनुसार मष्तिस्कले गहिरो निंदका क्रममा दिनभरका घटनााहरुको समीक्षा गर्दछ र यो तय गर्दछ कि कुन सञ्चय गर्ने कुनलाई नगर्ने । यो अध्ययनमा आप्टोजेटेटिक्स नामको प्रविधिको प्रयोग गरिएको थियो । जसमा केही विशिष्ठ कोशिकाहरु जीन सम्बद्र्धनबाट तयार गरिन्छ । किनकि प्रकाशबाट नियन्त्रित गर्न सकियोस् ।
शोधकर्ताहरुले मुसाको मष्तिस्कका ती कोशिकाहरुमा प्रकाशको तरङ्ग पठाए जुन सुत्ने र ब्युझने स्थितिबीच महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसको अर्थ उनीरुले मुसाको निंदको समयावधिलाई प्रभावित नगरीकन त्यसमा व्यवधान उत्पन्न गराए । यसपछि त्यसलाई एउटा डिब्बामा राखियो जहाँ दुई प्रकारको वस्तु राखिएको थियो, जसमध्ये एउटा मुसाले पहिला नै देखेको थियो । सामान्यतः मुसा नयाँ वस्तुलाई हेरिरहन्छन् । जुन मुसाको निंदमा कुनै खलल पुराइएको थिएन उ नयाँ वस्तु हेर्ने र चिन्ने  प्रयासमा लागे तर जुन मुसाको निद्रा बिथोलिएको थियो उ दुवै वस्तु हेर्ने प्रयासमा लाग्यो  ।यसको अर्थ खलबलिएको निंदका कारणबाट उसले पहिला देखेको वस्तु याद गर्न सकेन ।
शोधको नेतृत्व गरेका डा. लुई डी लेसियाका अनुसार कयौ प्रयोगात्मक स्थितिहरुमा जसमा स्मरणशक्ति प्रभावित हुन्छ जस्तो अल्जाइमर्स, ठिकसँग निद्रा आउँदैन । अलबलिएको निद्राले मानिसलाई पनि प्रभावित गर्दछ । जसमा रक्सीको लत हुन्छ या उनीहरुमा स्लीप एपनियाको शिकार हुन्छन् । उनीहरुको गला सुतेका बेला सुख्खा हुन्छ जसबाट पुरा अक्सिजन भित्र पुग्न सक्दैन र रोगीको निद्रा खुल्ने गर्दछ । डा. लेसियाले भनिन्, हामीले यो निष्कर्ष निकालेका छौ कि यसबाट कुनै फरक पर्दैन कि को कति समयसम्म सुत्यो वा कति गहिरो निद्रा निदायो । तर राम्रो स्मरणशक्तिका लागि बिना व्यवधान निद्रा अत्यन्त आवश्यक छ । ब्रिटिश स्लीप सोसाइटीका पूर्व अध्यक्ष तथा निद्रा विशेषज्ञ डा. नील स्टेन्ली भन्छन्, दिनभरमा हामी सयौ यादहरु संकलन गर्दछौ, त्यसैले कुनै न कुनै समय त्यसको प्रशोधन गर्नु आवश्यक छ। केही वस्तु यस्ता हुन्छन् जसलाई स्थायी स्मृतिमा बन्द गर्नु पर्दछ । यो प्रक्रिया गहिरो निद्राको समय मै हुन्छ, त्यसैले यदि निद्रामा व्यवधान हुने हो भने यो प्रक्रियामा त्यसको असर पर्दछ ।
डा. स्टेन्लीका अनुसार यो कुराको प्रमाण स्लीप एपनोइयाबाट पीडित मानिसहरुमा स्मृतिहरु कैद गर्नुमा देखिने समस्या हो । निद्रामा व्यवधानका कारण दिनमा मानिस निकै थकान महशुस गर्दछ र स्मरणशक्ति गुमाउन लाग्दछ ।

Monday, July 25, 2011

उमेर पत्ता लगाउने केहि गोप्य सुत्रहरु

हत्तपत्त प्रायः कोहि पनि आफ्नो उमेर बताउन चाहदैनन् । युवतीहरु यसमा अग्र पङ्तिमा पर्दछन् । त्यसो भए उमेर ढल्केको कसरी थाहा पाउने ? यो धेरैको मनमा लागेको जिज्ञासा हुनसक्छ । धन्दा नमान्नोस् । कसैको उमेर पत्ता लगाउने केहि गोप्य सुत्रहरु छन् ।
कपाल झरेर तक्लु हुनु र कानको आकार बढ्नु भनेको उक्त ब्यक्तिले ५० वर्ष पुरा गरेको प्रमाण हो । १६ देखि ६५ वर्ष उमेर समूहका सहभागीहरुमा हालै गरिएको एक सर्वेक्षणले यस्तो नतिजा देखाएको हो ।
कसैको उमेरबारे सहि निक्योल गर्न बुढ्यौलीको अन्य निशानाहरु पनि हेर्न सकिने सर्वेक्षणले देखाएको छ । जसमा पर्दछ टेलिभिजन हेर्दाहेर्दै निदाउनु, रुघाखोकी लागेको सुरुमै स्वेटर लगाउनु, कारको साचो भुल्नु, यातायातको साधन ढिलो चलाउनु, अन्य मानिसहरुको नाम बिर्सनु तथा याद गर्न मुस्किल हुनु आदि । के तपाईमा पनि माथि भनिएका समस्याहरु छन् त ? हो भने चाहि तपाइको पनि जवानीले डाँडाँ काटिसकेको बुझ्नु होस् 

बि्रटेनका पुरुष फोहोरी, असभ्य

सँगै अफिसमा काम गर्ने मेरो साथी अन्य महिला सहकर्मीको अगाडि नै गुप्तांग कन्याउँछ । मिटिङमा नङ मात्र टोक्छ ।'

बि्रटेनको अन्य कुराले आकषिर्त गरे पनि रुसी युवतीलाई बि्रटिस युवाले भने आकर्षण गर्न सकेका छैनन् । त्यसैले होला, रुसी युवतीले ब्लग तथा अन्य इन्टरनेट फोरममा बि्रटेनका पुरुष फोहोरी, असभ्य भएको लेखेका छन् । बि्रटिस युवाहरूको कमजोरीका बारेमा उनीहरूले ब्लग तथा इन्टरनेट फोरममा लगातार आफ्ना विचार पोस्ट गर्ने गरेका छन् । 
लन्डनको ल र्फममा कार्यरत टाटियाना लेख्छिन्, 'सँगै अफिसमा काम गर्ने मेरो साथी अन्य महिला सहकर्मीको अगाडि नै गुप्तांग कन्याउँछ । मिटिङमा नङ मात्र टोक्छ ।'
बि्रटिस पुरुषका नराम्रा बानी यहीँ सकिएका छैनन् । टाटियाना थप लेख्छिन्, 'मुख नै नछोपी अफिस निर्देशकले हाछ्युँ गर्‍यो । हाछ्युँ गरेकोमा कमसेकमा 'सरी' त भन्नुपर्छ त्यो पनि भनेन । अर्काे मेरो बोस नाम चलेकै वकिल हो । तर, ऊ कुर्सीमा खाटमा सुतेजस्तै गरेर बस्छ अनि गुप्तांग कन्याउँछ । एकपटक त उसले सर्टभित्र हात हालेर भुँडी कन्यायो, अनि मैलाजस्तो फोहोर हातका औंलाले बाहिर फाल्यो ।'
टाटियानालाई बि्रटिस हाकिमले हात नधोई डेस्कमा बसेर खाने तथा हात चाट्ने गरेको पटक्कै मन पर्दैन रहेछ । राम्रो संस्कारमा हुर्किएका मानिसले यस्तो असभ्य बानी नदेखाउनुुपर्ने उनी बताउँछिन् । डब्लुडब्लुडब्लु डट डोम अन्डरस्कोर युके डट ओआरजी वेबसाइटमा रहेको 'हवाई आर इंग्लिस पिपुल स्लोभेन्ली एन्ड डर्टी क्रियचर ?' फोरममा दुई सय ८० भन्दा बढी पोस्ट गरिएका छन् । फोरममा पोस्ट गर्नेमध्येकी एकाटेरिना भन्छिन्, 'हो, साँच्चै बि्रटिस साह्रै फोहोरी जीव हुन् ।' अर्काे पोस्टमा 'अंग्रेज साँच्चै सुँगुर हुन्' कमेन्ट गरिएको छ । 
बि्रटिस पुरुषको बारेमा कमेन्ट गर्नर् अर्काे छुट्टै फोरम नै बनाइएको छ । यस फोरममा बि्रटिस पुरुषकी रुसी श्रीमतीले आफ्नो श्रीमान्को बानीदेखि हैरानी भएको लेखेकी छिन् । 'मेरो श्रीमान् बैंकमा काम गर्छन् । उनी अफिसमा हाम्रो यौनजीवनका बारेमा खुलेआम कुरा गर्छन् । मैले केही दिनअघि नयाँ भित्री लुगा किनेकी छु । मेरो श्रीमान्ले यो सबै अफिसमा लगेर सुनाउन भ्याइसके होला,' उनले लेखेकी छिन् ।
अंग्रेजी भाषा पढिरहेकी २२ वषर्ीया अन्ना स्लाखेतेन्कोलाई पनि बि्रटिस पुरुषको बानी-व्यहोरादेखि दिक्क लाग्छ रे । उनी भन्छिन्, 'अर्काे मानिस टेबलमा खाना खाँदै गर्दा शिक्षित बि्रटिस पुरुषलाई टेबलमाथि निर्धक्क खुट्टा राखेको देख्दा म छक्क परेँ ।' 
रुसीका लागि यो राम्रो व्यवहार नभएको बताइन् उनले । बि्रटिस पुरुषका धेरै कुरा मन नपरे पनि बाटो काटिरहँदा गाडी रोकिदिने बानी भने मन पर्छ रे रुसी युवतीलाई । रुसमा बाटो काट्दै गरेको देखे पनि कैयौँ चालकले गाडी रोक्ने नगरेको गुनासो गर्छन् रुसी सुन्दरी ।

सडकबीचमै आफ्नो पहिरन उतारेर विरोधको नयाँ शैली

संसारभर विरोधका विभिन्न शैली र तरिकाहरु अपनाइएको पाइन्छ । सिटीजुलुस, प्रभात फेरी, र्‍याली, धर्ना, प्रर्दशन, चक्काजाम, भोक हडताल, घेराउ आदि । यस्ता प्रर्दशनहरु अब पुराना भैसके । थाईल्यान्डको राजधानी बैंककमा हालै आयोजित एक बिरोध कार्यक्रमले यस कुराको प्रमाणित गरेको छ ।
बैङ्कक सडकबीचमै आफ्नो पहिरन उतारेर प्रर्दशनमा सहभागी महिलाहरुले विरोधको नयाँ शैली पेस गरेका छन् । वातावरण संरक्षणमा सक्रियरुपमा लागेका ग्रीनपिसका महिला कार्यकर्ताहरु आफ्नो माग पुरा गर्न यस्तो विरोध प्रर्दशनी आयोजना गरेका थिए ।
स्पोर्टवयर उत्पादक एडिडस र फुटवियर उत्पादक नाइक कम्पनीहरुले गरेको अनाधिकृत बिषालु रसायन प्रयोगविरुद्व विरोध आयोजना गरिएको एक सहभागीले बताइन् ।

यस किसिमको विरोध शैली पहिलो भने होइन । यसअघि पनि एक बलिउड मोडेलले आफ्नो नाङ्गो ढाडमा बाघको तस्वीर राखी बाघ बचाउ अभियानमा समर्थन गरेकी थिइन् । सबै प्राणीको साझा घर पृथ्वीको वातावरण बिग्रदै गएको अवस्थामा यस्तो प्रदर्शनी त राम्रै हो । तर वातावरण संरक्षणको नाममा अस्लिलता चाहि रोक्ने हो कि ।

Sunday, July 24, 2011

२४ वषिर्य तरुनी प्याटि्रस च्याम्बर्सलाई माया गरेर जीवनमा ठूलो गल्ती गरे

मित्रता, प्रेम र बिबाह तीन फरक कुरा हो । गहिरो मित्रता हुदैं बसेको प्रेमपछि बिहे हुनै पर्छ भन्ने छैन । त्यसो त प्रेम गर्ने जोडीको बिबाह पनि सुखद र दिर्घकालिन हुन्छ भनेर कुनै ग्यारेन्टी गर्न सकिदैन । प्रेममा अन्धो बनेका लण्डनका एक जोडीको बिहेपछि घरबार भएको केबल २० मिनेमै सम्बन्ध टुटेको छ । इन्टरनेटमा भएको च्याटिङबाट विस्तारै उनीहरुबीच प्रेम सम्बन्ध विकसित भएको थियो ।

लण्डनका च्यारिटी वर्कर जोनी (५७) ले २४ वषिर्य तरुनी प्याटि्रस च्याम्बर्सलाई माया गरेर जीवनमा ठूलो गल्ती गरे । ३३ वर्षको अन्तर र ७ हजार २ सय ८५ किलोमिटरको दूरीले पनि उनीहरुलाई प्रेम गर्न बाधा गरेन । सुरुका दिनहरु निकै रमाइलो बित्यो जोनी र प्याटि्रसको । अन्ततः उनीहरुले बिहे पनि गरे । बुढेसकालमा कलकलाउदी युवतीको मायामा चुर्लुम्म डुबेका जोनीले बिबाह लगत्तै स्कटल्याण्डको पर्थमा नयाँ बंगला पनि किने । तर जोनीलाई थाहै थिएन कि उनको भाग्यमा पेटि्रसको नाम लेखिएको थिएन भनेर ।
जोनीलाई झडका तब लाग्यो जब उनी प्याटि्रससँग हनिमुन मनाउन नयाँ घर पुगे । घरभित्र छिर्ने बित्तिकै दुलहीले जोनीलाई बाहिर पठाइ दिइन् । आफ्नो सबै सामान झोलामा प्याक गरी सकेपछि प्याटि्रसले ट्याक्सी बोलाई घर सधैको लागि छोडेर हिडिन् । सायद उनी ब्वाइफ्रेण्डलाई भेटन गएको हुनु पर्ने जोनीको अनुमान छ । के गर्ने ? प्रेम गर्नेले पीडा पनि सहनै पर्‍यो नि !

श्रीमान्ले तीन वर्षदेखि आफ्नो रगत पिउँदै आएको भन्दै प्रहरीसमक्ष उजुरी

फिल्ममा रगत पिएर शक्ति प्राप्त हुने दृश्य देख्दा जो कोहीको आङ सिरिङ्ग हुन्छ । तर, भारतमा फिल्ममा होइन वास्तविक जीवनमै एकजना पुरुषले नियमित श्रीमतीको रगत पिउने गरेका छन् ।
मध्यप्रदेश दमोह निवासी एक व्यक्तिले आफ्नै श्रीमतीको रगत पिउने गरेको उजुरी श्रीमतीले नै गरेकी छिन् । दमोह जिल्ला निवासी २२ वर्षे दीपा अविहारका श्रीमान्ले तीन वर्षदेखि आफ्नो रगत पिउँदै आएको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी हुन् । दीपाका श्रीमान् महेशले प्रत्येक बेलुका सिरिन्जले रगत निकाल्छन् र गिलासमा हालेर पिउाछन् । तीन वर्षादेखि उनी लगातार यो कार्य गर्दै आएका छन् । दीपाका अनुसार पतिले यो कुरा कतै बताएमा ज्यानमाथि नै खतरा हुने नभेर धम्क्याउाछन् । दीपाको सन् २००७ मा खेती मजदुर महेशसाग बिहे भएको थियो ।
विवाह भएको केही दिनदेखि नै उनले रगत पिउन थालेको श्रीमतीको भनाइ छ । रगत पिउने काम उनले श्रीमती गर्भवती हुँदा पनि छाडेनन् । सात महिनाअघि छोरो जन्मेपछि दीपाले विरोध गर्न थालिन् । तर, श्रीमानले वास्ता गरेनन् । रगत निकालेपछि कमजोरी महसुस भएको उनले प्रहरीसमक्ष बताइन् । पुलिसलाई जानकारी दिादा श्रीमानले पिट्ने गर्छन् । दीपाले अन्य महिलावादीको सहयोगमा प्रहरीसमक्ष उजुरी गरेकी हुन् ।

पुटिनका लागि ‘च्यातेर फलिदेउ’

आर्कषक बस्त्रबिहीन जीउमा समुद्री किनारमा देखिएपछि रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनप्रति फिदा हुने युवतीहरुको संख्या ह्वात्तै बढेको छ । यसै मेसोमा रुसमा रहेका युवतीहरुले उनको समर्थनमा एक सेनाको निर्माण गरि पुटिनका लागि कपडा च्यातेर नाङ्गै हुन आह्वान गरेको छन् ।
‘पुटिन आर्मी’ अर्थात पुटिनको सेना नाम गरेको सो संगठनले प्रधानमन्त्री भ्यादिमिर पुटिनको समर्थनमा आउन र आफ्नो कपडा च्यात्न अहृवान गरको छ । पुटिन आर्मीको अनलाइन विज्ञापन निकै लोकपि्रय भएको छ अहिले ।
संगठनले शुक्रबार देशको राजधानी मस्कोमा आफ्नो पहिलो सार्वजनिक अभियान थालेको छ । पुटिन आर्मीको नारा ‘रिप इट आँन्फ’ अर्थात पुटिनका लागि ‘च्यातेर फलिदेउ’ रहेको छ । यस प्रकारको संगठन यसअघि मस्कोमा कहिलै देखिएको/सुनिएको थिएन ।
शुक्रबारको कार्यक्रममा पुटिनको तस्विर भएको टिसर्ट लगाएका करीब दुई दर्जन महिलाले संगठनको झण्डासहित मस्कोको पुस्किन चोकमा परेड खेले । पुटिनको यस फौजको सेनापति मारिया कुर्तिना रहेकी छन् । सेनाका एक सदस्यले पुटिनलाई प्रधानमन्त्रीका रुपमा पाउनु ठूलो सौभाग्य भएको टिप्पणी गरिन ।
युवाहरुमाझ लोकपि्रय पुटिनको समर्थनमा यसअघि महिलाहरु यसरी भने प्रस्तुत भएका थिएनन । गतवर्ष मस्को विश्वविद्यालयमा करीव एक दर्जन युवतीहरुले पुटिनलाई जन्मदिनको उपहार दिन बनाएको क्यालेण्डरका लागि अर्धनग्न तस्वीर खिचाएका थिए ।

Friday, July 22, 2011

नक्कली लिङ्ग प्रयोग गरी अमिसासँग २ पटकसम्म यौन सम्पर्क....

सुन्दा अचम्म लाग्न सक्ला, तर सङ्खुवासभामा एक युवतीले नक्कली केटा बनेर युवतीसँगै यौनसम्पर्क गरेकी छिन् ।
मत्स्यपोखरी–४ की २४ वर्षीय लाक्पा शेर्पाले नक्कली लिंगको प्रयोग गरी मकालु–७ की १७ वर्षीय अमिसा राईसँग यौन सम्पर्क गरेको खुलासा भएको हो । फागुन २२ गते विवाह गरेका ती जोडीबीच सो अघि दुई पटक यौन सम्पर्क भयो । तर सुहागरात मनाउने समयमा ती केटीको चोरी समातियो । हाल उनी विरुद्ध अर्कीका परिवारले कारवाहीको माग गरेका छन् ।
शेर्पा र राईबीच मोवाइलमा आपसी सम्बन्ध बनेपछि शेर्पाले नक्कली केटा बनेर विवाह गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विवाह मात्र नभएर शेर्पाले नक्कली लिङ्ग प्रयोग गरी अमिसासँग २ पटकसम्म यौन सम्पर्क गरेकी थिइन् । नक्कली लिङ्ग काठको बनाएको र त्यसमा कण्डम लगाइएको बताइएको छ ।
प्रहरीले लिएको बयानअनुसार शेर्पाले राईलालाई विवाहको प्रस्ताव गरेपछि भगाएर आफ्नो मामाको घरमा लगेर राखेकी थिइन् । भगाएर लगेको दिन शेर्पाले मामाको घरमा शारीरिक सम्बन्ध गाँस्ने क्रममा राईला 12; शङ्का लागेपछि जाँच गर्ने क्रममा शेर्पा केटी भएको थाहा पाएकी थिइन् ।
यता आफूले केटा भनेर विवाह गरेको मानिस समान लिंगकै भएको थाहा पाएपछि राई भने हैरान भएकी छिन् । उनले आफुहरुबीच ३ महिनासम्म मोवाइलमा सम्पर्क भएको र भेट हुँदा पनि केटा नै जस्तो लागेकोले मन परेरै विवाह गरेको बताएकी छिन् ।
यता शेर्पा पनि तेस्रोलिङ्गी नभइ केटी नै भएको उनको पारिवारिक स्रोतले जनाएको छ । केटी भएको थाहा पाएपछि राईले शेर्पालाई कारवाहीको माग गदै खाँदबारी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । शेर्पालाई प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा राखेको छ ।

मोबाइल सेक्सले झण्डै सत्यानाश !

मिठो स्वरमा कुनै राम्री केटीले फोन गरिन् भने पुरुषहरु के गर्छन् ? अवश्य पनि कुरा गर्छन् र पछि कल ब्याक गर्छन् । अनि बारम्बार फोन । मायामा अडिएको यो संसारमा माया पाउने इच्छा सबै पुरुषमा हुन्छ । त्यसैले फोनमा मिठो मिठो गफ हुन्छ र सम्बन्ध जति गाढा हुदै जान्छ, त्यती नै खुला रुपमा कुरा हुन्छ । तर सावधान, त्यही मोबाइलमा गरिएको गफ तपाइको आजसम्मको मानसम्मानको अचानो समेत बन्न सक्छ ।

समाजमा युवतीमाथि शोषण हुन्छ, न कि युवकमाथि । महिलाहरु हिंसा र यौन शोषणको शिकार हुन्छन् । तर पुरुषहरु पनि महिलाको शोषणमा पर्छन् भन्ने सत्यतालाई स्वीकारीँदैन । नेपालको कानुन नै यस विषयमा मौन छ । जसको फाइदा केही आपराधिक मनोवृत्तीका व्यक्तिहरुले उठाउन थालेका छन् ।
सुनसरीको इटहरीमा यो साता यस्तै घटना घटेको छ । इटहरीस्थित एक क्याम्पस पढाउने एकजना शिक्षक विगत केही हप्तादेखि मानसिक तनाव भोगिरहेका छन् । ट्युसनमा विद्यार्थीले फोनकललाई आधार बनाएर वार्गेनिङ गर्न थालेपछि उनको होस हवास उडेको छ ।
संखुवासभाबाट इटहरी आएर कोठा डेरा लिएर बस्ने गरेकी एक विद्यार्थीले ट्युसन पढाउने क्रममा नजिकिएका एक शिक्षकसँग निरन्तर फोन सम्पर्क गरिन् । शिक्षकको पनि मन त हो, उनी पनि विन्दास कुरा गर्न थाले । विवाहित ती शिक्षकको त्यतीखेर होस हवास उड्यो, जतिखेर मोबाइलमा रेकर्ड गरिएको गफलाई सार्वजनिक गरिदिने धम्की दिँदै दुई लाख रुपैयाको माग गरियो ।
आफूमाथि शिक्षकले यौन शोषण गर्न खोजेको र अश्लिल कुरा बोलेको आरोप लगाउँदै पोल खोलिदिने भन्दै दुई लाख रुपैयाको माग गरीन् । यता शिक्षक पनि हैरान भए । पैसा दिउँ त यौटा गफको त्यती धेरै मूल्य चुकाउनुपर्ला भनेर उनले सोचेकै थिएनन् । नदिउँ भने आजका दिनसम्म कमाएको मानप्रतिष्ठा र पारिवारिक माहौल नै बिग्रिने चिन्ता ।
युवतीले ती शिक्षकलाई करिब एक हप्तासम्म मानसिक तनाव दिइन् । युवतीले वार्गेनिङ गरेर पाउने दुई लाख रुपैयाको भागवण्डामा केही युवा र उनलाई ढाडस दिने उनकै महिला मित्रहरु सहभागि थिए ।
पुर्वाञ्चलको एक टेलिभिजनमा प्रशारण हुन थालेको एक टेलिसिरियलमा अभिनय गरी फिल्मी दुनियामा समेत प्रवेश गरेकी ती युवती पुरुष सहकर्मीहरुलाई साथमा लिएर रकम वार्गेनिङमा उत्रिएपछि पिडित शिक्षक स्थनिय नेताहुँदै प्रहरीको शरण लिन बाध्य भए । प्रहरीकै पहलमा इलाका प्रहरी कार्यालयमा सबै पक्षलाई बसाएर छलफल थालियो ।
गत शनिबार भएको छलफलमा पहिला त प्रहरीले पनि ती युवतीको पक्ष लिएर वकालत गर्दै थिए । ‘यदि शिक्षकले ती युवतीलाई यौनको लागि फोनबाट बाध्य बनाउन खोजिएको भए मुद्धा चलाउने विचार थियो ।’ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेन्द्र श्रेष्ठले भने । तर छलफलमा भइदियो उल्टो । छलफलकै बिचमा ती युवतीले अश्लिल शब्द प्रयोग गर्दै शिक्षकलाई गाली गरेपछि विवाद मिलाउन उपस्थित सबै झस्के । आफ्नो संवेदनशील अंगमा इशारा गर्दै ‘तैले यसैको लागि यत्रो गरेको होइन ?’ भनेर भनेपछि छलफलमा उपस्थित सबैमा भागाभाग भयो । यसपछि छलफलको माहौल नै अर्कै भयो । ‘छलफलकै क्रममा ती युवतीले अश्लिल शब्दमा शिक्षकलाई गाली गर्न थालेपछि म पनि सोच्न बाध्य भएँ ।’ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेन्द्र श्रेष्ठले भने । अस्वभाविक व्यवहार देखाएपछि शिक्षकलाई माफि माग्न लगाएर सहमती गरियो ।
पहिला फोनमा जस्तो सुकै संवादको लागि बाध्य बनाउने र कुरा गरिसकेपछि त्यही फोन संवादलाई आधार बनाएर रकम वार्गेनिङ गरेको घटना प्रकाशमा आएको पहिलो घटना हो । तर यस्तो अपराधले संस्थागत रुप नलियोस् । 

चाँडो प्रेम प्रस्ताव राख्ने पुरुष भरोसायोग्य हुन्नन्

सामान्यतः पुरुषहरु आफ्नो प्रेम व्यक्त गर्ने मामिलामा सुस्त हुन्छन् । आफूले मन पराएको महिलासँग भेट भएपछि पनि ९७.३ दिनपछि मात्र उनीहरु आफ्नो प्रेम प्रस्ताव व्यक्त गर्न सक्छन्।
अमेरिकाको मासाच्युसेट्स इन्ष्टीच्युट अफ टेक्नोलजी -एमआइटी)ले गराएको शोधमा उक्त कुरा उल्लेख गरिएको छ। शोधमा जुन व्यक्ति हतारमा आफ्नो प्रेम प्रकट गर्दछ, उनीहरुलाई विश्वास गर्न सकिन्न । उनीहरु फर्ल्ट गर्नेहरु हुन्छन् ।
यही महिलाहरुको मामिलामा शोधकर्ताहरुको विचार भिन्न छ। उनीहरुका अनुसार सामान्यतः महिलाहरु तिनै पुरुषबाट प्रेम व्यक्त भएको हेर्न रुचाउछन्, जो आफ्नो सम्बन्धलाई लिएर गम्भीर हुन्छन् । पुरुष पनि महिलाबाट आइलभयु भनेको सुन्न मन पराउछन् ।  तर, यदि महिलाले आफ्नो सम्बन्धको सुरुवाती चरणमै कयौ पटक उनलाई ‘आइ लभ यु’ भनिन् भने त्यसको नकारात्मक अर्थ निकालिन्छ ।
यसको उल्टो यदि कुनै महिला निकै गम्भीर सोचविचारका साथ आफूले मन पराएको पुरुषलाई ‘आइ लभ यु’ भन्छन् भने यसको पनि गलत अर्थ निकाल्ने गरिन्छ । पुरुष ठान्छन् कि यस्ता महिलाहरु आफ्नो सम्बन्धलाई लिएर गम्भीर छैनन् ।

सोसल मिडियाले अनसोसल बनाउछ

सोसल मिडियासँग जोडिएपछि यदि आफू पनि सोसल भएँ भन्ने लागेको छ भने त्यो ठुलो भुल हुनेछ। युएस युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार फेसबुक, ट्वीटर र अन्य सामाजिक सञ्जाल साइटले स्ट्रेसलाई बढाउछ र पर्सनल रिलेसनसीपलाई कमजोर बनाउछ। यसका कारण अधिका्रश युवा इनसोमेनियाजस्ता रोगको शिकार भइरहेका छन्।
शोधकर्ताहरुले यसको साइड इफेक्ट जान्नका लागि ८०० विद्यार्थीमा अध्ययन गरेका थिए । विद्यार्थीहरुका अनुसार फेसबुक र ट्वीटर उनीहरुको जीवनमा हावी भएको छ। समाजिक सञ्जाल साइटहरु  एउटा नशाजस्तै भइसकेको छ। कयौ विद्यार्थी फेसबुकमा दिनमा १८ देखि २० घण्टा समय बिताउछन् । उनीहरु मुस्किलले दिनमा ४ देखि ५ घण्टा निदाउछन् ।
जब कुनैबेला उनीहरुलाई फेसबुक छिर्ने अवसर प्राप्त हुँदैन त यसले नाशाको काम गर्दछ। उनीहरुको सामाजिक जीवन छैन बराबर हुन्छ। किनभने उनीहरु मानिसहरुसँग भेटघाट गर्नेभन्दा बढी समय वेभसाइटमा समय बिताउन मन पराउछन् ।

Wednesday, July 20, 2011

बिहे गर्न खर्च नहुनेह

पैसा नहुनेहरुको लागि विहे साँच्चै नै ठुलो चिन्ताको विषय बन्ने गरेको छ । तर अब यसको कुनै टेन्सन छैन । हालै बजारमा आएको एउटा अनौठो मेसिनले बिहे गर्न खर्च नहुनेहरुको समस्या सधैको लागि सावधान गरि दिएको छ । बिहेको मन्त्र पढ्ने ‘ओटोभाड’ नामक यो मेसिनको सहायताले कुनै पनि जोडी विना पण्डित नै एक डलरमा बिहे गर्न सक्नेछन् । विवाह समारोहमा धार्मिक मन्त्र पढ्ने पण्डितलाई दिने पैसा नहुनेहरुका लागि यो मेसिन वरदार नै सावित भएको छ ।
विवाह खर्च बढ्दै गएको अहिलेको यो परिप्रेक्ष्यमा धेरै गरिब जोडीलाई राहत दिने मेसिन उत्पादक बेलायती कम्पनीको दाबी छ । ८ फिट अग्लो यो मेसिनमा साँचो दबाई बिहे सम्पन्न गर्न सकिन्छ । बन्टन दबाएलगत्तै मेसिनबाट साङ्गितिक धुन र आवाज मात्र हैन, प्लास्टिकको औठी पनि बाहिर निस्कन्छ । अब अरु के चाहियो र ?
सामाजिक जनजिवनमा अति नै उपयोगी हुने यो मेसिन डि्रटोइट मार्विन्स मार्वेल्स म्युजियमको लागि बनाइएको कम्पनीले जनाएको छ । अहिले रुस, ब्राजिललगायतका देशबाट मेसिनको उल्लेख्य माग आएको छ । यस मेसिनको प्रयोगले न्यून आम्दानी भएका जोडीलाई त राम्रै होला तर पण्डित्याई गरेर जीवन गुजारा गर्ने पण्डितले भने अर्कै जागिर खोज्नु पर्ने बेला आएको छ ।

१० लाख अश्लील तस्वीर

लण्डन पुलिसले ५७ बर्षीया रोबर्ट जेम्मर बैरोको घरबाट बच्चाका १० लाख अश्लील तस्वीर दबामद गरेको छ । प्लेसटोस्थित रोबर्टको घरमा छापा मार्दा कम्युटरमा राखिएको १० लाख अश्लील तस्वीर भएको हो ।
पुलिसका अनुसार लण्डनमा यति ठूलो मात्रमा बच्चाको अश्लील तस्वीर भेटिएको यो नै पहिलो घटना हो । भेटिएका तस्वीरहरु मध्ये केही गम्भीर प्रकृतिका अपराधको श्रेणीमा पर्छन । उनलाई सेप्टेम्बरमा सजाय सुनाइने छ । रोबर्टले लाखौं बच्चालाई यौन सिकार बनाएर अश्लील तस्वीरहरु खिचेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ । रोबर्टले करिव १५ वर्षको अन्तरालमा बच्चाहरुको अश्लील तस्वीर जम्मा गरेको अनुमान गरिएको छ । हाल प्रहरी नियन्त्रणमा रहेका रोबर्टले आफ्नो गल्ती स्वीकार गरेको बीबीसीले जनाएको छ ।

५५ वर्ष पुगेका मानिसहरु डेटिङ्गका लागि सबैभन्दा बढी सक्रिय

सामान्यतः मान्ने गरिएको छ कि डेटिङ्ग सबैभन्दा बढी युवा गर्दछन् । तर, एउटा नयाँ शोधलाई हेर्ने हो भने रिटायरमेन्ट नजिक पुगेका मानिसहरु यो मामिलामा युवाहरुभन्दा निकै अगाडि देखिएका छन् । अध्ययनका अनुसार औषतः ५५ वर्ष पुगेका मानिसहरु डेटिङ्गका लागि सबैभन्दा बढी सक्रिय हुन्छन् ।
उनीहरु डेटिङ्गमा चुस्त रहन अनेक प्रकारका प्रयोगहरु गर्छन् । उनीहरु इन्टरनेटमा पार्टनर खोजीको चस्का लाग्छ । म्याच मेकिङ्ग क्लब र एक्लै कुनै पार्टीमा सहभागी हुने अवसरको खोजीमा रहन्छन् । स्टेला पत्रिकाका लागि गरिएको यो सर्भेमा २००० व्यक्तिसँग डेटिङ्गसँग सम्बन्धित प्रश्न सोधिएको थियो ।
सर्भेका अनुसार जहाँ १८ देखि २४ वर्षका व्यक्ति मात्र २१ प्रतिशतले डेटिङ्गका लागि इन्टरनेट वा अन्य स्थान खोजेका थिए, यही ६२ प्रतिशतसम्म ५५ वर्ष वरपरका व्यक्तिहरु डेटिङ्गका लागि सबै उपलव्ध चिजहरुमा खोजी गरेका थिए । यति मात्र होइन, अनलाइन सम्बन्ध स्थापित गर्ने मामिलामा पनि उनीहरु अगाडि हुन्छन् । यस्ता पाका व्यक्तिहरु कुनै पनि उमेरका व्यक्तिसँग बढी अनलाइन सेक्स्युअल साथी राख्न निकै अगाडि हुन्छन् ।

नांगिन तयार सुन्दरीहरू

image


रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई फेरि राष्ट्रपति बनाउन नांगिन तयार भएको बताउँछन् तरुनीहरू

रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन अर्काे वर्ष हुने राष्ट्रपति चुनावमा उठ्ने वा नउठ्ने निश्चित भएको छैन । तर, अहिलेदेखि नै पुटिनलाई राष्ट्रपति बनाउन युवतीको जमात लागेको छ । 'पुटिनन्स आर्मी' नाम दिइएको सुन्दरीहरूको समूहले भ्लादिमिर पुटिनलाई फेरि राष्ट्रपति बनाउन अहिलेदेखि नै अनलाइन क्याम्पेनिङ सुरु गरेका छन् । पुटिनलाई राष्ट्रपति बनाउनका लागि आफू नांगिन तयार रहेको उनीहरूले बताएका छन् । यी सुन्दरीले 'आइ विल टियर माई क्लोथ्स् अफ फर पुटिन' अथवा 'म पुटिनका लागि नांगिन तयार छु' प्रतिस्पर्धा सञ्चालन गर्दै आएका छन् । अत्यन्त आकर्षक तथा कामुक भिडियोमा देखिने सुन्दरीहरूले अन्य युवतीलाई पनि यस अभियानमा सहभागी भएर आइपड जित्न आग्रह गर्दै छन् । 
सत्तारुढ युनाइटेड रसियन पार्टीका संसद क्रिल स्चिजटोभको ब्लगमा अपलोड भएका स्याम्पल भिडियोमा कालो सुट  र हाई हिलमा सजिएकी डायना मस्कोको सडकमा हिडिरहेको दृश्य छ । उनी भन्छिन्, 'हाम्रो देशमा आमूल परिवर्तन गर्ने पुरुषप्रति म आशक्त छु । उनी महान् नेता, अभूतपूर्व पुरुष भ्लादिमिर पुटिन हुन् ।
'लाखौँ मानिसका पि्रय छन् पुटिन । तर, केही कमजोर, डाडेले भने उनलाई हिलो छ्याप्ने प्रयास गर्छन् किनभने उनीहरू पुटिनको स्थान कहिल्यै लिन सक्दैनन् उनी थप्छिन् । 
भिडियोको अन्ततिर, डायनाले  बगरमा घाम तापिरहेका अन्य दुई सुन्दरी युवतीलाई भेट्छिन् । उनीहरू तीनैजना  टिसर्टमा रातो लिपिस्टिकले 'आइ विल टियर फर पुटिन' रुसी भाषामा लेख्छन् । यसैगरी, उनीहरूले 'जवान, स्मार्ट र सुन्दर युवतीहरूलाई पनि पुटिनका लागि वस्त्र उतारेको अनलाई भिडियो पोस्ट गर्न आग्रह गरेका छन् । 
रुसी सोसल नेटवर्किङ साइटमा खोलिएको 'द पुटिन आर्मी'को होमपेजमा पुटिनको ठूलो तस्बिर राखिएको छ । पुटिनले अहिलेसम्म अर्काे वर्ष हुने राष्ट्रपति चुनावमा उठ्ने औपचारिक घोषणा गरेका छैनन् । रुसी संविधानमा एकैपटक दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने भएकाले पुटिनले २००८ मा राष्ट्रपति पद छाडेका थिए ।
 

Monday, July 18, 2011

प्रेमपत्र ५३ वर्षपछि मात्र


प्रेमिकाले पठाएको चिट्ठी पढ्न सबैलाई आतुर हुन्छ । तर, अमेरिकाका एक प्रेमजोडीको प्रेमपत्र ५३ वर्षपछि मात्र आइपुगेको छ । १९५८ मा लेखिएको सो प्रेमपत्र पेन्सिलभेनिया विश्वविद्यालयको पत्र विभागमा १० दिनअघि आइपुगेको हो । क्लार्क सी मोरको नाममा प्रेषित यो प्रेमपत्र उनकी प्रेमिका भोनीले लेखेकी हुन् । क्लार्क सी मोर र भोनी विश्वविद्यालयकालका प्रेमी-प्रेमिका थिए । पेन्सिलभेनिया विश्वविद्यालयमा पढ्दा क्लार्क र भोनीको जोडीले प्रेमभावना पत्रमार्फत आदान-प्रदान गर्थे । २१ वर्षे लक्का जवान प्रेमी क्लार्कलाई लेखिएको प्रेमपत्र अहिले ७४ वर्षे वृद्धा क्लार्कले पाउने भएका छन् । 
दुई पृष्ठ लामो प्रेमपत्रको खामबाहिर 'लभ यु फरहेभर' वा 'तिमीलाई सधैं प्रेम गर्छु' लेखेर प्रेमिका भोनीले हस्ताक्ष्ार गरेकी छिन् । क्लार्कले नाम परिवर्तन गरेर मोहम्मद सिद्दिक राखेकाले उनको हालको ठेगाना पत्ता लगाउन विश्वविद्यालयमा हम्मे परेको थियो । टेलिभिजन कार्यक्रममा क्लार्कको प्रेमपत्र सम्बन्ध कार्यक्रम हेरेपछि साथीले क्लार्कलाई प्रेमपत्रका बारेमा जानकारी दिए । 
सिद्दिक र भोनीको सम्बन्धविच्छेद भइसकेको छ । तर, त्यसवेलाको निश्चल, कोमल प्रेमको साक्षी प्रेमपत्र पढ्न आफू निकै हतारिएको रिटायर्ड शिक्षक सिद्दिकले बताए । क्लार्क र भोनीले प्रेमलाई बिहेमा परिणम गरे, ४ सन्तानका बाबुआमा पनि बने । तर, पछि उनीहरूको सम्बन्धविच्छेद भयो । अहिले एक्कासि सम्बन्धविच्छेद भइसकेपछि ५३ वर्षअघि प्रेम उत्कर्ष भएका वेला आएको प्रेमपत्रले सिद्दिकलाई भावुक बनाएको छ रे । 
'त्यसवेलाको प्रेम फरक थियो, कम्प्युटर थिएन । प्रेमी-प्रेमिकाले भावना साटासाट गर्ने माध्यम चिट्ठी मात्र थियो,' उनी भन्छन् । अहिलेको इमेलभन्दा चिट्ठी आदान-प्रदान निकै रोमान्टिक हुने गरेको अनुभव उनी सुनाउँछन् । पेन्सिलभेनिया विश्वविद्यालयले सिद्दिकलाई प्रेमपत्रसहित विश्वविद्यालयको टिसर्ट पनि पठाएको छ । 

Sunday, July 17, 2011

मानिसहरुले लाजसरम बिर्से

मानिसहरु कपडाका लागि कति आशक्त हुन सक्छन् त्यसको अनुमान यि तस्वीरहरुबाटै पनि लगाउन सकिन्छ ।
naked2
लण्डनको एउटा डिपार्टमेन्ट स्टोरले मानिसहरुलाई एउटा अफर दियो कि जो १०० मानिस हाम्रो स्टोरमा सबैभन्दा पहिला आउने छन् उनीहरुलाई सित्तैमा आफूले चाहेको कपडा लिन सक्नेछन्। यति के घोषणा भएको थियो स्टोरका अगाडि लामो लाइन लाग्यो । किनभने सबैले सित्तैमा मनपर्दो कपडा जो पाउनेवाला थिए । बस सर्त यति थियो कि जो आउछ उसले शरीरमा अण्डरगार्मेन्ट्सबाहेक अरु कुनै कपडा हुनुहुने छैन । मानिसहरुले लाजसरम बिर्से र के युवा के युवती सबै अर्धनग्न अवस्थामा स्टोरअगाडि लाइन बसे ।

सासुका विषयमा बनेका चुट्किला सुनाउन प्रतिबन्ध

joke21_f बेलायतको एक स्थानीय काउन्सिलले आफ्ना कर्मचारीहरुलाई सासुका विषयमा बनेका चुट्किला सुनाउन प्रतिबन्ध लगाएको छ।
डेली टेलिग्राफमा प्रकाशित समाचारअनुसार बार्नेटका काउन्सिलका अधिकारीहरुका अनुसार श्रीमतिले आमाका विषयमा चुट्किला सुनाउने कार्य स्वीकार्य छैन ।
यस आदेशलाई कल्चरल अवेयरनेस जनरल प्राब्लम्स नाम दिइएको छ। बार्नेटमा महिलाको संख्या पुरुषको तुलनामा बढी छ। यहाँ १७०,००० महिला छन् । जबकि पुरुषको संख्या १६१,५०० मात्र छ।
श्रीमतिकी आमा ज्वाईहरुका लागि सबै चुट्किलाको विषयमा बनिरहेको छ । सबैभन्दा प्राचीन चुट्किलाको साक्ष्य शताब्दी काल हो । त्यतिबेलाको चुट्किलामा भनिएको थियो-सासु जिवित छिन् भने सुखसाथ रहन असम्भव छ।

चुट्किला पढ्नाले मेमोरी तेज हुन्छ

womenचुट्किला पढेर मनमनै खिसिक्क मुस्काराउनुका लागि मात्र होइन, यसले स्वास्थ्यमा समेत सकारात्मक असर पार्ने गर्दछ ।
बेलायती बैज्ञानिकहरुका अनुसार चुट्किला पढ्नाले दिभागकोन्युरोनलाई सक्रिय बनाइदिन्छ । यसबाट मेमोरी तेज हुन्छ ।
शोधकर्ताहरुका अनुसार चुट्किला जति हाँस्यरसले भरपुर हुन्छ दिमागको न्युरोन पनि त्यति नै बढी सक्रिय हुन्छ ।
बैज्ञानिकहरुका अनुसार यो शोध निष्क्रिय अवस्थामा रहेका विरामीलाई स्वस्थ बनाउनसमेत महत्वपूर्ण छ ।
अध्ययनका लागि बैज्ञानिकहरुले मानिसको दिमागको स्क्यान गरे र त्यसको तुलना त्यो स्थितिस“ग गरे जुन उनीहरुलाई साधारण वाक्य र चुट्किला सुनाइएको थियो । उनीहरुले पाए, चुट्किलाका कारण दिमागको त्यो केन्द्र सक्रिय भयो जुसले आनन्दको अनुभूति गराउछ

Saturday, July 16, 2011

यसैगरी जाऊँ.........................

???????????????????

२० प्रतिशत मानिस हरपल सेक्स गर्दछन्

अमेरिकाको कुल जनसंख्यामध्ये २० प्रतिशत मानिस हरपल सेक्स गर्दछन् । र, यसमध्ये १९ प्रतिशत मानिस इन्टरनेट सेक्समा लिप्त रहन्छन् ।
अमेरिकामा हालै भएको ‘सेक्स सेन्सस’ बाट यो खुलासा भएको हो । यो सेक्स सेन्सस एउटा कण्डोम बनाउने कम्पनीले गराएको हो । यसमा देशभरबाट करिब २ हजार मानिसको सेक्स्युअल एक्टिभिटीलाई आधार बनाइएको थियो ।
सर्भेका अनुसार १० प्रतिशत मानिस अनलाइन सेक्सका लागि ट्वीटर र फेसबुकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दछन् । र, यसमाध्यमबाट उनीहरु सेक्सका बारेमा कुराकानी गर्दछन् । २० प्रतिशत मानिस यस्ता पाइए, जसले अनलाइन सम्पर्कपछि आफ्नो यौनसाथीसँग भेट गरे र उनीहरुले सेक्स गरे । यद्यपि सर्भेक्षणमा यो पनि पाइयो कि पुरुष महिलाको तुलनामा सोसल नेटवर्किङ्गमा सेक्सका विषयमा कुरा गर्न बढी मन पराउछन् ।
सर्भेका अनुसार अमेरिकाको नर्थ इष्ट क्षेत्रका मानिसले वर्षमा औषतः १३० पटक यौन सम्पर्क स्थापित गरे, जबकि दक्षिण क्षेत्रका मानिसले वर्षमा औषतः ११४ पटक सेक्स गरेका थिए । जहाँसम्म सुरक्षित यौन सम्पर्कको कुरा छ, नर्थ इष्ट क्षेत्रका मानिसले यो विषयमा बढी जागरुकता देखाए । यस क्षेत्रमा सबैभन्दा बढी कण्डोम खपत भएको रेकर्ड छ । लस एञ्जल्समा हरेक वर्ष एक जना व्यक्तिले औषतः १३५ पटक सेक्स गरेका थिए । जबकि न्युयोर्कमा यही तथ्याङ्क ११४ रहेको छ।

आफूभन्दा कम उमेरको पुरुषसँग यौन सम्बन्ध ,मृत्यु चाँडै हुने सम्भावना

सम्बन्धको मामिलामा आजभोलि उमेरको दूरीले कुनै अर्थ राख्दैन तर शोधले भने अवश्य अर्थ राख्छ । हालै गरिएको एउटा शोधका अनुसार जुन महिलाले आफूभन्दा कम उमेरको पुरुषसँग यौन सम्बन्ध कायम गर्छन् उनीहरुको मृत्यु चाँडै हुने सम्भावना हुन्छ ।
अध्ययनका अनुसार ती महिलाहरुको उमेर बढी हुँदैन जुन महिलाले आफूभन्दा कम उमेरका पुरुषसँग सम्बन्ध स्थापित गर्दछन् । शारीरिक सम्बन्धका क्रममा महिला र पुरुषका बीच उमेरको अन्तर जति बढी हुन्छ महिलाको औषत आयु त्यति नै कम हुने गर्दछ । अध्ययनका अनुसार यदि महिलाको सेक्स पार्टनर उनीभन्दा ७ वर्ष कम उमेरको छ भने महिलाको चाँडै मृत्यु हुने सम्भावना २० प्रतिशतसम्ब बढ्दछ । तर यो कुरा पुरुषमा लागु हुँदैन ।

हरेक महिलालाई सुत्केरी हुन डर लाग्छ

आठ महिनाकी गर्भवती नायिका सञ्चिता लुइँटेललाई डाक्टरले भदौ ४ गतेको 'डेट’ दिएको छ । नायक निखिल उप्रेतीकी यी कान्छी पत्नी 'गोरो बच्चा पाउन’ दूध-दही धेरै खाइरहेकी छिन् । तौल १२ किलो बढेर अहिले ५७ पुगेको छ । 'नेसनल जोग्राफी’ च्यानलबाट कुन महिनामा बच्चाको शारीरिक विकास कसरी हुन्छ भन्ने सिकिन् रे, उनले । भीमसेनगोलास्थित माइतीमा बस्दै आएकी यी नायिकाको गर्भानुभव यस्तो छ:
आमा बन्दै छु, मेरो पेटमा अर्का पनि शरीर छ भन्ने थाहा पाउँदा अनौठो अनुभव हुने रहेछ । गर्भवती भएको यकिन भएपछि हामी निकै खुसी भयौँ । हामी त्यतिवेला मुम्बईमा थियौँ । निखिलजीले त साथीहरूलाई मिठाई बाँड्नुभएको थियो ।
निखिलजी र मैले ०६५ साल फागुन २८ मा उहाँको घर, सर्लाहीमा बिहे गरेका हौँ । बिहे गरेको एक वर्ष जति मैले फिल्म खेलिरहेँ । मलाई बलिउडमा पनि काम गर्ने रहर थियो । त्यसकारण मैले बुबाआमा, सासूससुरा र निखिलजीसँग एक वर्ष जति मुम्बई गएर स्ट्रगल गर्ने सल्लाह गरेँ । उहाँहरूले सहमति जनाउनुभयो । यहाँ पनि धेरै फिल्मबाट अफर आइरहेको थियो । तर, मुम्बई जाने सोच आइसकेकाले स्विकारिनँ ।
घरसल्लाहले नै म मुम्बई गएँ । फ्ल्याट लिएँ । पहिला नै कहाँ-कहाँ गएर कसकसलाई भेट्ने भन्ने तय भएको थियो । त्यसैअनुसार मैले मुम्बईमा सिरियलका लागि मान्छे भेट्ने काम तीव्रताका साथ अघि बढाएँ । केही ठाउँमा अडिसन दिँदै गएँ । म यहाँबाट गएको १५ दिन जति पछि निखिलजीले पनि आफू मुम्बई आउन चाहेको बताउनुभयो । त्यतिवेला उहाँ यहाँ निकै व्यस्त हुनुहुन्थ्यो । मैले फिल्म नछाड्न भनेँ । तर, उहाँले बाँकी सुटिङ सकेर आउछु भन्नुभयो । पछि, उहाँ मुम्बई आउनुभयो ।
मैले एक्लै बस्ने भनेर फ्ल्याट लिएकी थिएँ । निखिलजी गएपछि त्यहाँको सामाजिक अदालतमा हामीले पतिपत्नी भएको नाता खुलायौँ र सँगै बस्न थाल्यौँ । उहाँ पहिला मुम्बई बसेको मान्छे, आफ्नो किसिमको सर्कल थियो । मेरो पनि चिनजानका धेरै मान्छे थिए । मैले अडिसन दिँदै गएँ । झन्डै सात महिनापछि कलर्स टेलिभिजनको 'नन्दिनी' नामक टेलिशंृखलामा छनोट भएँ । त्यो सिरियलको डमीमा पनि अभिनय गरेँ । कुलबिन्दर सिंह कास्टिङ डाइरेक्टर थिए, उनकै माध्यमबाट म छनोट भएकी थिएँ । कलर्सले आफ्नो टिभीको सिरियलमा छनोट भएका अभिनेत्रीलाई दुई वर्ष बच्चा जन्माउन नपाउने सम्झौत्ाा गर्दाे रहेछ । मेरो पनि त्यही सम्झौता भएको थियो । डमी त खेलेँ तर प्रसारण सुरु नहुन्जेल भर नै नहुने भएकाले मैले यो कुरालाई त्यति साह्रो महत्त्व दिइनँ । बीचमा म 'कोही मेरो' फिल्मको डबिङका लागि काठमाडौं आएँ ।
०००
यताको काम सकेर म फेरि मुम्बई फर्किएँ । मुम्बईमा मैले अवसर पाउँदै थिएँ । अन्य सिरियलबाट पनि कुरा आएको थियो । त्यही बीचमा म गर्भवती भएछु । गर्भवती भएको पहिला त थाहै भएन । दुई महिना जति पछि शंका लाग्यो र चेकअप गराउन गयौँ । चेकअप गरेपछि डक्टरले हामीलाई बधाई दिए । म गर्भवती भएको दुई महिना भइसकेको रहेछ । पेटमा बच्चा आएपछि आफूमा जिम्मेवारी बढेको महसुस भयो । निखिलजी र मैले चिनजानका सबै साथीलाई मिठाई खुवायौँ । हामी त्यतिवेला आर्थिक र मानसिक, दुवै रूपमा कमजोर थियौँ । त्यतिवेला मैले एउटा बुटिकमा पार्टटाइम काम गरिरहेकी थिएँ । एकातिर करिअरको चिन्ता, अर्काेतिर पारिवारिक तनाब, निकै गालेको थियो मलाई । औसतमा ४५ किलोकी म त्यतिवेला दुब्लाएर ३७ किलोमा झरेकी थिएँ ।
०००
गर्भवती भएपछि मेरो मुड चेन्ज भयो । करिअर, पारिवारिक, मानसिक सबै तनाबबाट एकाएक मुक्ति मिल्यो । कुनै कुरामा पनि तनाब लाग्न छाड्यो । मात्रै पेटको बच्चाको ख्याल आउन थाल्यो । गर्भवती भएपछि हामीले 'नन्दिनी' युनिटलाई जानकारी गरायौँ । त्यसपछि म काठमाडौं आएँ । गर्भावस्थामा धेरै कुराको केयर गर्नुपर्ने भएकाले मैले आफ्नो शरीरलाई मात्र ध्यान दिएकी छु । मैले पर्याप्त मात्रामा पौष्टिक तत्त्व खाइरहेकी छु । कुनै कुराको पनि कमी हुन दिएकी छैन । गर्भवती भएपछि कसैलाई निकै बान्ता हुने गर्दछ, तर मलाई अहिलेसम्म भएको छैन । पेटमा बच्चा आएदेखि मलाई आमाको महत्त्व महसुुस भएको छ । हरेक आमाले सन्तानलाई कति माया गर्छन् भन्ने कुरा अहिले थाहा पाउँदै छु ।
०००
म अचेल निकै खन्चुवा भएकी छु  । हरेक दुई घन्टामा सन्तुलित आहार खाने गरेकी छु । मलाई अचेल निकै भोक लाग्छ । कुन महिनामा बच्चाको शारीरिक विकास कसरी हुन्छ भन्ने मलाई थाहा छ । एकचोटि नेसनल जोग्राफीमा शिशुको विकासक्रम देखाएको थियो । त्यसअनुसार अहिले मेरो बच्चाको ब्याकबोन विकास हुँदै छ । त्यसकारण अचेल दिनहुँ क्याल्सियमयुक्त खाना धेरै खाने गरेकी छु । त्यसमा पनि भिजाएको बदाम निकै खान्छु । क्याल्सियम, आइरन चक्की अनि भिटामिन पनि नियमित खाइरहेकी छु । सकाहारी भएकाले फलफूल, दूध, दही पनिर, सासूले गाउँबाट पठाइदिनुभएको सातु खाने गरेकी छु । आठ महिना लागेपछि काँडा पानी पिउन सुरु गरेकी छु । गर्भवती भएका वेला व्यायाम, योगा गर्नु निकै जरुरी छ । कसैकसैले गर्भावस्थामा व्यायाम गर्नु हुन्न भन्छन् । त्यो भ्रम हो । मैले नियमित व्यायाम गर्दै आइरहेकी छु । ध्यान पनि नियमित गर्छु । हरेक दिन हिँड्नु फाइदाजनक हुने भएकाले घरमै तलमाथि गर्ने गर्छु ।
मैले हरेक १५-१५ दिनमा डा.ज्योति अग्रवालसँग स्वास्थ्य जाँच गराइरहेकी छु । डाक्टरले मेरो नर्मल डेलिभरी हुन्छ भन्नुभएको छ । कतिपयले मेरो पेटमा जुम्ल्याहा बच्चा भएको अनुमान लगाइरहेका छन् । तर, डाक्टरले केही भन्नुभएको छैन । मेरो चाहना छोरी जन्मियोस् भन्ने हो । पेटमा के छ, भगवान् जाने । छोरा-छोरी जे भए पनि म खुसी छु । 
हरेक महिलालाई सुत्केरी हुन डर लाग्छ । डाक्टरले मलाई भदौ ४ गतेको डेट दिनुभएको छ । जतिजति दिन नजिकिँदै छ, मलाई उतिउति डर लाग्दै छ । ६ महिनादेखि पेटमा बच्चा चल्न थालेको हो । बच्चा चल्दा निकै आनन्द महसुस हुन्छ । मैले खाने कुरा खाँदा भित्र मेरो बच्चाले पनि खायो होला भन्ने लाग्छ । 
मलाई स्वास्थ्यमा केही समस्या छैन । पाँच महिनाको हँुदा खुट्टा सुन्निएको थियो । डाक्टरलाई सोधेँ, सामान्य समस्या हो भन्नुभयो । मनतातो पानीले खुट्टा धुने र तेल लगाएर मालिस गर्दा ठीक भयो । अहिले आठ महिना लाग्दा घाँटी र छाती हल्काहल्का पोल्ने गर्छ । बच्चाको कपाल बन्ने प्रक्रिया सुरु हँुदा यस्तो हुन्छ रे । डक्टरलाई सोध्दा सामान्य समस्या भएको बताउनुभयो । पहिला मलाई निद्रा धेरै लाग्थ्यो । तर, अचेल निद्रा निकै कम लाग्छ । कसैकसैलाई यस्तो हुन्छ रे । 
०००
दूध, दही धेरै खाए गोरो बच्चा जन्मिन्छ भन्छन् । त्यसकारण मैले दूध, दही निकै खाइरहेकी छु । संसारमा मैले देखेकामध्ये सबैभन्दा असल पुरुष मेरो बुबा हो । त्यसपछि ससुरा । त्यसकारण मेरो बच्चाको स्वभाव पनि मेरो बुबा र सुसुराको जस्तो होस् भन्ने मेरो कामना छ । 

हरेक महिलालाई सुत्केरी हुन डर लाग्छ । जतिजति दिन नजिकिँदै छ, मलाई उतिउति डर लाग्दै छ । ६ महिनादेखि पेटमा बच्चा चल्न थालेको हो । बच्चा चल्दा निकै आनन्द महसुस हुन्छ । मैले खाने कुरा खाँदा भित्र मेरो बच्चाले पनि खायो होला भन्ने लाग्छ ।

अफगान राष्ट्रपति हमिद कर्जाईका भाइ तथा कान्दाहार प्रान्तीय परिषद्का प्रमुख अहमद अलि कर्जाईको हत्या गर्ने सुरक्षागार्ड मोहम्मद सरदारको शवलाई सार्वजनिक स्थानमा २० मिनेटसम्म झुन्ड्याइएको छ

अफगान राष्ट्रपति हमिद कर्जाईका भाइ तथा कान्दाहार प्रान्तीय परिषद्का प्रमुख अहमद अलि कर्जाईको हत्या गर्ने सुरक्षागार्ड मोहम्मद सरदारको शवलाई सार्वजनिक स्थानमा २० मिनेटसम्म झुन्ड्याइएको छ

राष्ट्रपति हमिद कर्जाईका भाइ अहमद कर्जाईको हत्या गर्ने मोहम्मद सरदारको शवलाई २० मिनेटसम्म सार्वजनिक स्थानमा झुन्ड्याइयो अफगान राष्ट्रपति हमिद कर्जाईका भाइ तथा कान्दाहार प्रान्तीय परिषद्का प्रमुख अहमद अलि कर्जाईको हत्या गर्ने सुरक्षागार्ड मोहम्मद सरदारको शवलाई सार्वजनिक स्थानमा २० मिनेटसम्म झुन्ड्याइएको छ । साधा पोसाकमा रहेका केही पुरुषले मोहम्मद सरदारको शवलाई कान्दाहारको घरको भित्तामा झुन्ड्याएका थिए । अफगानिस्तानका आदिवासी इलाकामा दोषीलाई सार्वजनिक स्थानमा झुन्ड्याएर सजाय दिने गरिन्छ अहमद अलि कर्जाईको हत्या मंगलबार भएको थियो । सात वर्ष सँगसँगै काम गरेका, उनीसँगै भ्रमणमा गएका सुरक्षागार्ड सरदारले अलि कर्जाईको हत्या गरेका हुन् । कर्जाईको हत्या गरेपछि सरदारले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए । प्रान्तीय गभर्नर अहमद अलि कर्जाई र सरदार एउटै क्षेत्र र समुदायको भएको पनि बताइएको छ । 
हत्याको जिम्मेवारी तालिवानले लिएको छ । अमेरिका, बि्रटेन, क्यानडा तथा अमेरिकी खुफिया संस्था सिआइएका लागि काम गरेको आरोपमा अहमद अलि कर्जाईको हत्या गरिएको आरोप तालिवानले लगाएको छ । तर, अफगान अधिकारीले अहमदको हत्या सुरक्षागार्ड र उनीबीचको आपसी रिसइवी वा तालिवानले गरेको पुष्टि भइनसकेको बताएको छ । 
यसैगरी, अलि कर्जाईको मस्जिदमा भइरहेको स्मृतिसभामा भएको बम विस्फोटमा चार व्यक्तिको मृत्यु भएको छ । यसैगरी, विस्फोटमा अन्य १३ जना घाइते भएको अफगान सरकारले जनाएको छ । सभामा थुप्रै केन्द्रीय मन्त्री सहभागी भएका थिए । 
आक्रमणमा कान्दाहार प्रान्तका धार्मिक परिषद्का प्रमुख हिकमातुल्लाह हिक्मतको पनि मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । कान्दाहारस्थित ठूलो मस्जिदमा स्मृतिसभा भइरहेको वेला एक कुनामा आत्मघाती बम विस्फोट भएको थियो । 
राष्ट्रपति हमिद कर्जाई भाइ अहमद कर्जाईको बुधबार भएको दाहसंस्कारमा सहभागी भए पनि बिहीबार भएको स्मृतिसभा कार्यक्रममा उपस्थित थिएनन् । 

Thursday, July 14, 2011

टीनेजर उमेरमा औषतः हरेक दुई घण्टामा सेक्सका विषयमा सोच्ने गर्दछन् .......

हाम्रो सेक्स्युअल आनीबानी उमेरसँगै लगातार परिवर्तन भइरहन्छ । सेक्स गुरु ट्रेसी खाक्सले आफ्नो बेस्ट सेलिङ पुस्तक ‘सेक्सटेसी’मा यो विषयमा उल्लेख गरिएको छ। २० वर्ष वरपर
खाक्सका अनुसार अधिकांश टीनेजर यो उमेरमा औषतः हरेक दुई घण्टामा सेक्सका विषयमा सोच्ने गर्दछन् । विशेषगरी युवतीहरु आफ्नो सेक्स्युअल इमेजिनेशन्सको विषयलाई लिएर निकै बोल्ड हुन्छन् । सन् २००६ मा २००० व्यक्तिमा गरिएको अध्ययनमा महिलाहरुका साथ सम्बन्ध स्थापित गर्ने महिलाहरुमध्ये ७६ प्रतिशत आंर्गैनिज्मसम्म पुगे । जबकी पुरुष साथीको मामिलामा यो ५० प्रतिशत मात्र थियो।
३० वर्षको वरपर
३० को उमेर एक्स्पेरिमेन्टको हुने गर्दछ ।बढीजसो घरबाहिरको सेक्सलाई तरजीह दिने गर्दछन् । टीनेजरको विपरीत अधिकांश मानिस घरबाहिर विच, पार्कजस्ता स्थानमा सम्बन्ध स्थापित गर्न मन पराउछन् । उनीहरु गे-पार्टनरझै आकर्षित हुने उमेर पनि हुन्छ । यो उमेरमा बच्चा पनि हुने गर्दछ । त्यसैले सेक्स ड्राइभ पनि प्राकृतिक रुपमा कम हुने गर्दछ ।
४० वरपर
४० को उमेरमा अधिकांश पुरुषहरुमा सेक्स चाहना कम हुन्छ । यो पुरुषहरु धोकेबाज हुने उमेर पनि मानिन्छ । सेक्स च्याट र पोर्नतिर उनीहरुको आकर्षण बढ्ने गर्दछ । अर्कातिर महिलाहरु सेक्स्युअल्ली निकै डिमाण्डिङ हुने गर्दछन् र युवाहरुतर्फ आकषिर्त हुने गर्दछन् ।

बेलायती राजकुमारी केटले मुस्किलले आफ्ना गोप्य अंगहरु .....

 भनिन्छ कपडा मौका र मौसम हेरेर लगाउनु पर्छ । तर यसलाई ध्यान नदिँदा बेलायती राजकुमारी केट मिडलटन सैनिकहरुको अगाडि लाजले रातोपिरो हुनु परेको छ ।
बेलायती शाही जोडी (केट र विलियम) एक कार्यक्रममा सहभागी हुन हालै विलियमसँगै क्याबि्रज पुगेका थिए । पहेंलो रंगको फ्रक लगाएकी केट हवाईजहाजबाट उत्रिदाँ तिब्र गतिमा हाबा चलिरहेको थियो ।
हावाले केटको फ्रक उडाउन सुरु गर्‍यो । सैनिकहरुकै अगाडि आफ्नो फ्रक उडाएपछि केटले मुस्किलले आफ्ना गोप्य अंगहरु ढाक्ने कोशिश गरिन् ।

लिंग फोहोर फाल्ने बाल्टीमा

image

अमेरिकाको क्यालिफोर्नियाकी ४८ वषर्ीया श्रीमतीले चक्कुले काटिदिइन् श्रीमान्को लिंग


क्यालिफोर्निया/ अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले श्रीमान्को लिंग काटिदिएकी छिन् ।
नशालु वस्तु हालेको खानेकुरा दिएर लठ्ठ बनाएपछि ती महिलाले चक्कुले श्रीमान्को लिंग काटिदिएकी हुन् । काटिएको लिंगलाई फोहोर फाल्ने बाल्टीमा फ्याँकेपछि ४८ वषर्ीया क्याथरिन किया बेकरले प्रहरीलाई फोन गरिन् ।  
श्रीमान्को लिंग काट्ने महिलालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ । श्रीमान्लाई खाटमा बाँधेर उनले लिंग काटेकी हुन् । 'नराम्रो बानी भएका श्रीमान्लाई सजाय दिन लिंग काटिनुपर्ने भएकाले नै यसो गरिएको  हो,' किया बताउँछिन् । घटनास्थलमा प्रहरी पुग्दा श्रीमान्को काटिएको लिंगबाट रगत बगिरहेको थियो । 
खानेकुरामा केही खराबी भएको आशंका गर्दै आराम गर्न बसेपछि बेहोस भएको ५१ वर्षे श्रीमान्ले बताएका छन् । होस खुल्दा श्रीमतीले भित्री लुगा फुकालेर चक्कुले लिंग काटिदिएको प्रहरीले बताएको छ । प्रहरीले पीडित श्रीमान्को नाम खुलाएको छैन । लिंग काटिएका श्रीमान्लाई प्रहरीले तत्काल अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उनको इमरजेन्सी अपरेसन भएको छ ।
अहिले उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको पनि प्रहरीले बताएको छ ।  केही समययता यी श्रीमान/श्रीमतीको सम्बन्ध नराम्रो भएको प्रहरीले बताएको छ । सँगै बसे पनि उनीहरू सम्बन्धविच्छेदको तयारी गर्दै गरेको प्रहरीले बताएको छ ।

Tuesday, July 12, 2011

चुम्बनप्रेमीहरुका लागि खुसीको खबर

चुम्बनप्रेमीहरुका लागि खुसीको खबर छ । अब उनीहरु चुम्बनमै लीन हुन पाउने भएका छन् । विज्ञानले दिनानुदिन नयाँ-नयाँ आविष्कार गरिरहेको छ । यसै क्रममा अस्टे्रलियाका वैज्ञानिकले चुम्बन मेसिन पनि बनाउन भ्याएका छन् । प्रकृतिलाई नै चुनौती दिने दाबी गरिएको यो मेसिन प्रयोग गर्नेले अनलाइनमार्फत नै आफ्नो प्रेमी-प्रेमीकालाई चुम्बन गरेको महसुस गर्न सक्छ । 
चुम्बन मेसिन इलेक्ट्रो कम्युनिकेसन्स युनिभसर्िटीको काजिमोतो ल्याब्रोटरीले लामो अनुसन्धानपछि तयार गरेको हो । चुम्बन मेसिनमा सन्दुकची नामको हार्डवेयर छ त्यसलाई मुखमा राख्नुपर्छ । त्यसपछि मेसिनको सफ्टवेयरले जिब्रोको गतिशीत भावलाई डिभाइसको माध्यमबाट साचालन गर्छ । यसले जिब्रोलाई वास्तविक चुम्बनकै आभास गराउँछ । 
सिड्नी मर्निङ हेराल्डमा प्रकाशित रिपोर्टअनुसार यो मेसिनले वास्तविक चुम्बनको महसुस गराउँछन् । चुम्बन मेसिन बजारमा आएपछि आफूभन्दा टाढा रहेका प्रेमीलाई पनि मेसिनको माध्यमले चुम्बन गर्न सकिन्छ । यो मेसिन कलाकारलाई अझ उपयोगी हुने बताइएको छ । फिल्म स्टारले 
आफ्ना फ्यानलाई चुम्बन मेसिनको माध्यमबाट माया साट्न सक्छन् । आफ्नो किस रेकर्ड गरेर अरुलाई पठाउन पनि मिल्ने बताइएको छ । 

डाको छोडी अनि घोप्टो परेर निकैबेर रोइरही .....................

बनेपा-१० काभ्रेका कुवेरकृष्ण कायस्थ भन्छन्, त्यतिखेर ६४ वर्ष उमेर पुगेका गिरिजाप्रसाद कोइरालाले ०४६ सालतिर बिहे गर्ने इच्छा गरे र कुवेरले केटी खोजे । ती केटीसँग गिरिजाप्रसादले कुरा पनि गरे । तर, संयोग या नियति, बिहे चाहिँ भएन । ती केटी अझै अविवाहित छिन् ।

गिरिजाबाबुलाई केटी खोज्दाकुवेरकृष्ण कायस्थ
गिरिजाप्रसादको मृत्यु भएको साँझ त्यो केटी मेरो घर आई । उसको अनुहार निकै मलिन थियो । 'कुवेरकृष्ण काका’ भन्दै उसले बिहेको कुरा गर्न गिरिजा बनेपा आएको दिनको सम्झना गरी । एउटा युगपुरुषको मृत्यु भयो भन्दै डाको छोडी अनि घोप्टो परेर निकैबेर रोइरही । बुढ्यौलीले छोप्दै गएको उसको अनुहारमा आँसुचाहिँ पटक्कै सुहाएको थिएन । 
रा ०२० सालको हो । भद्रगोल जेलबाट नख्खु जेलमा सरेको ६ महिनाजति भएको थियो । एकदेखि चारसम्मका जेलका छुट्टाछुट्टै भवनमध्ये तीन नम्बरमा छन् उनी । जेलभित्र सबैको समस्या बुझ्ने र समाधान गरिदिने नाइके बनेकाले उनलाई विशेष कोठाको व्यवस्था छ । एक रात २ बजेतिर एक हुल मान्छेलाई प्रहरीले फेरि जेलमा कोच्यो । 'तपाईं चार नम्बरतिर सर्नूस्,' भर्खर ल्याएका कैदीको नेल समाउँदै पुलिसले उनलाई भन्यो । 'म सर्दिनँ । यी चोर हुन् कि डाँका को हुन् ? मलाई थाहा छैन । यिनैलाई लग्नुस् चार नम्बरमा,' उनले यसो भनिदिए । उनको यो अटिलो बोल्ने शैलीले प्रहरीले ल्याएमध्येका एकजना अलि लामो नाक भएकालाई चस्स छोएछ क्यारे । ऊ बोलिहाल्यो, 'हामी यहीसँग बस्छौँ ।' त्यो मान्छेले उनको आँखामा आँखा मिलाएर यसो भन्यो । उनलाई के थाहा ? भर्खरै जेलमा ल्याइपुर्‍याइएका उनी त गिरिजाप्रसाद कोइराला पो रहेछन् ! पछि साथी नै बने । 
उनी हुन् कुवेरकृष्ण 
कायस्थ । घर बनेपा- १०, काभ्रे । उमेर सत्तरी । उनले १० वर्षको उमेरतिरै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा 'जिन्दावाद-मुर्दावाद' भन्न पाए । लामो समय प्रजातान्त्रिक आन्दोलनमा योगदान पनि दिए, कांग्रेसमा सक्रिय उनलाई पछिल्लो समय कांग्रेसको गुट-उपपुटको राजनीतिले चाहिँ दिक्क बनाएको रहेछ । उनलाई यो जिन्दावाद र मुर्दावाद शब्द सुन्दै अचम्म लाग्थ्यो रे त्यसवेला । 'यसको अर्थ के होला ?' भनेर सोच्दै आन्दोलनमा झन्डा लिएर उनी उचालिन्थे, कराउँथे, दौडन्थे । प्रत्येक घरका मान्छे आन्दोलनमा उत्रिएका थिए । कोही पनि प्रजातन्त्रको विपक्षमा देखिएन । उनीहरूलाई सबैभन्दा बढी डर थियो- राणाहरूको । साह्रै डरलाग्दो हुन्थ्यो राणाहरूको यातना । उनीहरूलाई 'सिआइडी'बाट जोगिनै मुस्किल थियो । 'प्रजातन्त्र प्राप्ति गणतन्त्र प्राप्तिजस्तो कहाँ सजिलो थियो र ? निकै कठिनका साथ आएको हो प्रजातन्त्र,' लामो सास फेर्दै कुवेरकृष्ण समयको लेखाजोखा गर्छन् । 
प्रजातन्त्र प्राप्त भए पनि राणाहरूको बिगबिगी उस्तै थियो । २००९ सालमा मातृका कोइराला राणाहरूकै मान्छे थिए । बनेपाको घोगेचौरमा उनीहरूले ठूलै कार्यक्रम गरे । त्यस कार्यक्रममा कुवेरकृष्ण कायस्थले साथीहरूसँग मिलेर मातृकाका मान्छेहरूलाई 'कालो झन्डा' देखाएका थिए । यही वर्षहरूको बीच 'आमचुनाव'को माहोल आयो । बनेपामा गोपालदास बादेलेे टिकट पाउने चर्चा चलिरहेको थियो । तर, टिकट पाए आशाकाजी वैद्यले । आशाकाजी र कुवेरकृष्णबीच राम्रो चिनजान थियो । कुवेरकृष्णले चुनाव प्रचार-प्रसारको जिम्मेवारी पाए । 'रातभरि हातले लेखेर पर्चा बनाउनुपथ्र्याे,' उनी त्यतिवेलाका दिन सम्झन्छन्, 'बत्तीको नाममा टुकी मात्र थियो । राति नै नाला, दाप्चालगायतका ठाउँमा पर्चा पुर्‍याइसक्नुपथ्र्याे । यो जाडो महिनाको कुरा हो । एक रात नालामा जाने क्रममा नालीमा फसियो । टाउको मात्र बाँकी रह्यो । जिउ पूरै डुब्यो,' निकैबेर हाँस्दै उनी भन्छन् । 
चुनाव प्रचार-प्रसारमा कुवेरकृष्णलाई कठिन भएको देखेर भक्तपुरबाट एक सहयोगी झिकाइएको थियो । धुलिखेलको गोप्य घरमा रातभरि पर्चा बनाउने काम हुन्थ्यो । भक्तपुरबाट झिकाइएको त्यस मान्छेले भने टन्न रक्सी खाएर आएछ । उसले हल्ला गर्छ भन्ने डर भयो । ऊ लर्बरिँदै-बर्बराउँदै चोटामा उक्लियो । कुवेरकृष्णको पालो 'च्याप्प' समातेर लात्तले भकुरे । ऊ भर्‍याङबाट एक तला खस्यो । उसलाई कोठामा रातभर थुनिदिए । भोलिपल्ट उसकै घरतिर लघारिदिए । त्यो मान्छे भक्तपुरकै 'डिएसपी'को भतिजो रहेछ । उसले कुवेरकृष्णलगायतका साथीहरूको सुराकी गर्‍यो । एक दिन उनको घरमा प्रहरी आइपुग्यो । तीनपटकसम्म खानतलासी गरेर पर्चा, झन्डा र किताबहरू कब्जा गर्‍यो । बनेपाको लायकु चोकमा ठाना थियो । त्यहाँ बयान लिन लगियो । ठानामा पुगेपछि उनी तिनछक परे । जसको कारणले उनले आन्दोलनमा होमिने प्रेरणा पाएका थिए उसैको भाइ राणाहरूको 'अराष्ट्रिय तत्त्व' खोज्ने अभियानको 'एजेन्ट' भएको रहेछ । 'उसले यो मान्छे पनि 
'अराष्ट्रिय तत्त्व हो' पो भन्दै थियो', कुवेर भन्छन् । तर, उसको नाम कुवेरले भन्न चाहेनन् । राणाको विरोधीलाई तत्कालीन भाषामा अराष्ट्रिय तत्त्व 'अत' भनिन्थ्यो । उनी भक्तपुर जेल चलान भए । यता आशाकाजी वैद्यले पनि चुनाव हारे । गोरखा दलबाट भरतशमशेरले जिते । भक्तपुर जेल उनका लागि रमाइलैसँग बित्यो । 'सबैजना भेट्न आउँथे । फलफूल र मीठा-मीठा खानेकुरा ल्याउँथे । आफू त हँसिलो मान्छे, हाँसिएकै छ, रमाइलो गरिएकै छ । म त मोटाएछु पो । नमोटाऊँ पनि कसरी ?' उनी आफैंलाई प्रश्न गर्दै भन्छन्, 'सबैलाई बूढाबूढी, छोराछोरीको चिन्ता छ । आफू त एक्लो मान्छे- निष्पिmक्री जिन्दगी ।' 
भक्तपुरबाट भद्रगोल जेल सरेपछि भने उनी बिरामी परे । उठेर हिँड्दासमेत लड्ने भए । एक दिन लड्नै खोज्दा महेन्द्र निधि -विमलेन्द्र निधिको बुबा)ले समाते । उनले उपचारका लागि पहल गरे र त्यहाँबाट नख्खुजेलमा सर्न सहयोग गरिदिए । नख्खुजेलमा आन्दोलनको पक्षका धेरै साथी थिए । जेलमा खानपान र अन्य व्यवस्थापनका लागि कुवेरकृष्ण नाइके नियुक्त भए । ६ महिनापछि गिरिजाप्रसाद कोइराला, श्रीभद्र शर्मा, रुद्रप्रसाद गिरी, तारणीदत्त कोइरालालगायतका मान्छे पनि आइपुगे । उनीहरूमध्ये गिरिजाप्रसाद कोइराला हाँसखेल, ठट्टा गर्ने साथी बने कुवेरकृष्णको । जेलमा साथीहरूको समस्या धेरै हुन्थ्यो । उनीहरूको समस्यालाई उनी जेलबाहिर बिपी कोइरालासम्म पुर्‍याउने काम चिट्ठी लेखेर गर्थेे । धेरैपटकको चिट्ठी आदानप्रदानपछि बिपीसँग पनि राम्रो सम्बन्ध बस्यो उनको । उनको घरमा खुल्ला आवत-जावतको अनुमति थियो । बिपीकी श्रीमती सुशीला कोइराला उनलाई धेरै माया गर्थिन् । पाँच वर्षपछि कुवेरकृष्ण जेलमुक्त भए । 
काभ्रेको धुलिखेलमा बिपी कोइराला पहिलोचोटि आमसभामा सहभागी हुन आएका थिए । गोरखा दलका मान्छेहरूले बिपीको घोर विरोध गरे, कालो झन्डा देखाए । बिपीले कुवेरकृष्ण कायस्थलाई 'सँगै बस' भनेका थिए । एउटा कोठामा बिपीलाई लुकाइएको थियो । 'हाम्रो विरोध मान्छेहरूसँग हो र ? किन उनीहरूले विरोध गरेका ? हाम्रो विरोध गलत नीति र नियमसँग पो हो,' बिपीले उनीसँग यस्तै कुरा गरेका थिए त्यस दिन । 

दोस्रो बिहे गर्ने मुडमा गिरिजा 
पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालासँग कुवेरकृष्णको निकै राम्रो सम्बन्ध थियो । वेला-वेला व्यक्तिगत भेटघाट गर्थे । जेलजीवनदेखि नै साथीको भावना बढेको थियो । कतिपय व्यक्तिगत कुरामा पनि उनीहरूबीच राम्रै छलफल हुन्थ्यो । ०४३ सालतिरको कुरा हो । कुवेरकृष्णले गिरिजालाई 'तपाईं कति एक्लो जीवन बिताउनुहुन्छ ? दिक्क लाग्दो हो । बरु, कोही 'आफ्नो' भइदिए तपाईंको स्वास्थ्यको पनि राम्रो हेरविचार हुन्थ्यो । राजनीतिक काममा पनि सहयोग हुन्थ्यो । बरू दोस्रो विवाह गर्नुस्,' भनेर उक्साए । गिरिजाले हाँसेरै 'म सोचौँला नि कुवेर' भने ।
र, एक दिन गिरिजाले कुरैकुरामा कुवेरकृष्णलाई 'केटी खोज्ने' जिम्मा दिए । विवाह नै गर्ने तर अरूको अगाडिचाहिँ दुलहीलाई 'स्वकीय सचिव' भनेर चिनाउने उनीहरूबीच गोप्य सहमति भएको थियो । कुवेरकृष्णले बनेपानिवासी एउटी पढेकी, राम्री केटीको खोजी गरे । र, गिरिजासँग भेट गराए । आफ्नी हुनेवाला दुलही भेट्न गिरिजा बनेपा नै आए- सुटुक्क । दुलही बन्नेवाला थिइन्- बनेपा, भोलाखाटोलकी 'श्रेष्ठ' थरकी एक युवती । त्यसवेला ती युवती थिइन् ३९ वर्षकी, काली-काली, हिस्सी परेकी । 
'यो उमेरसम्म किन बिहे नगरेकी ?' गिरिजाले सोधे, 'मलाई सानैदेखि विवाह संस्कार उत्ति मन पर्दैनथ्यो, त्यसैले नगरेकी,' उनले भनिन् । 
'अनि म बूढोसागचाहिा विवाह गछ्र्यौ त ?' 
'तपाईंजस्तो चर्चित, राजनीतिमा उपल्लो स्थान बनाइसकेको मान्छेसँग बिहेको कुरा आएपछि मैले आफूलाई भाग्यमानी सम्भिएँ । र, केही समय सोचविचार गरेपछि बिहे गर्ने निर्णयमा पुगेकी हुँ,' उनले भनिन् ।
गिरिजाप्रसाद पनि ती युवतीसँग प्रभावित भए । र, उनले कुवेरकृष्णसँग 'त्यस युवतीसँग' विवाह गर्ने सहमति पनि गरेका थिए । 'कुनै दिन बनेपा आएर सीमित र विश्वासिला मान्छेहरूबीच गोप्य विवाह गर्ने सहमति भएको थियो, गिरिजाप्रसादसँग,' कुवेरकृष्ण सम्झन्छन् । तर, पछि विवाहचाहिँ हुन सकेन । गिरिजा राजनीतिक आन्दोलनमा बढी सक्रिय हुन थाले । पञ्चायत शासनविरुद्धको आन्दोलनमा सक्रिय भए । 'केही समयपछि' भन्दाभन्दै ०४६ साल लाग्यो । आन्दोलनको अवधिबीच गिरिजाले 'आफ्नी हुनेवाला दुलहीबारे' सोच्ने फुर्सदै पाएनन् । र, वास्तै गर्न छोडे । त्यस युवतीले पछि विवाह गरिनँ । कुवेरकृष्णको शब्दमा 'बूढीकन्या' भएर बसिन् । 
जति कर गरे पनि त्यस युवतीको नामचाहिँ उनले भन्न चाहेनन् । 'त्यो केटीलाई साह्रै अप्ठ्यारो पर्छ । फेरि बिहे पनि नगरी बसेकी छे, नामचाहिँ भन्दिनँ,' कुवेरले यसो भने । कुवेरकृष्णका अनुसार गिरिजाप्रसादको मृत्यु भएको दिन त्यो युवती कुवेरकृष्णकहाँ आएर खुव रोएकी थिई रे । 'गिरिजाप्रसादको मृत्यु भएको साँझ ऊ मेरो घर 
आई । उसको अनुहार निकै मलिन थियो । 'कुवेरकृष्ण काका' भन्दै उसले बिहेको कुरा गर्न गिरिजा बनेपा आएको दिनको सम्झना गरी । एउटा युगपुरुषको मृत्यु भयो भन्दै डाको छोडी अनि घोप्टो परेर निकैबेर रोइरही । बुढ्यौलीले छोप्दै गएको उसको अनुहारमा आँसुचाहिँ पटक्कै सुहाएको थिएन । दुई/तीन घन्टापछि मात्रै ऊ सामान्य अवस्थामा फर्किएकी थिई', कुवेरकृष्ण सम्झन्छन्, 'त्यस रात उसले भात पनि खाइनछे । सायद पुराना कुराले उसलाई खुवै सताएको थियो ।' 
'गिरिजासँग बिहे नभएपछि पनि उसलाई माग्न केही केटा आएका थिए । तर, उसले कसैसँग पनि बिहे गर्न मानिनँ । गिरिजासँग बिहे हुने कुराले ऊ निकै खुसी भएकी थिई । फेरि त्यो खुसी त्यस केटीको अनुहारमा मैले भेट्न सकिनँ,' कुवेरकृष्णले यसो भन्दा उनको अनुहारको भाव बिगि्रएको थियो । 

दाँतको खराबीले महिलामा बाझोपन हुने

सामान्यतया मुखको दुर्गन्ध हटाउन र बलियो राख्न दाँतको सफाइ गरिन्छ । दाँतको हेरचाहले थोते हुनबाट मात्र हैन, महिलालाई चाडै गर्भवती हुन समेत मदत गर्ने हालैको एक अध्ययनले देखाएको छ । अनुसन्धानमा संलग्न डाक्टरहरुको अनुसार दाँतको खराबीले महिलामा बाझोपन हुने र गर्भधारण कम्तिमा पनि दुई महिनाले ढिलो हुने खतरा हुन्छ ।
प्रजननसम्बन्धि स्वीडेनमा भएको सम्मेलनमा गिजा समस्याबाट ग्रसित एक महिला पाँच महिनाको सट्टा सात महिनामा गर्भवती भएकोबारे छलफल भएको थियो । यसको मुख्य कारण महिलाको गिजा रोग रहेको सम्मेलनको निचोड छ । समयमै उपचार नगरिएको भए यसको असर शरिरमा समेत हुने जनाइएको छ । दाँत र गिजासम्बन्धि रोगले हृदय रोग, मधुमेह, गर्भपतन तथा पुरुषमा न्यून विर्य उत्पादन हुने पत्ता लागेको छ ।
दाँत तथा गिजा रोगको सम्बन्ध महिलाको गर्भधारणसँग हुन्छ भन्ने निष्कर्ष अहिलेसम्मकै पहिलो भएको अनुसन्धानका प्रमुख रोजर हार्टले बताए । त्यसैले आमा बन्न चाहने सबै महिलाहरुले नियमितरुपमा डेन्टिस्टको सेवा लिनु पर्ने सुझाब हार्टले दिएका छन् । यसैगरी, ३५ सय महिलाहरुमा गरिएको अष्ट्रेलियाको एक रिपोर्टअनुसार गिजा रोग भएका महिलाहरुमा रगतको मात्र उल्लेखनियरुपमा बढी भई शरिर सुन्निने गर्दछ ।
बेलायतका अर्का प्रजनन विशेषज्ञले भने आमा बन्नको लागि महिला पूर्णरुपले स्वस्थ हुनु पर्ने बताएका छन् ।

प्रोफेसरले गुरुदक्षिणा मागे सेक्स

विद्यार्थीका लागि शिक्षक अभिभावक समान मानिन्छ । यसैले होला हरेक आमाबुबा आफ्ना छोराछोरीले स्कुल, कलेज तथा विश्वविद्यालयमा असल बानी, सीप र ज्ञान आर्जन गर्नेमा ढुक्क हुन्छन् । तर केहि खराब आचरणका शिक्षकहरुले गर्दा शिक्षाको मन्दिर कलंकित बन्ने गरेको छ । छोरीचेलीमाथि गूरुहरुकै कुदृष्टि पर्न थालेपछि अभिभावकहरुलाई पर्नु चिन्ता परेको छ । भारतको राजस्थान विश्वविद्यालयको भौतिक शास्त्र विभागमा पीएचडीमा अध्ययनरत एक छात्रालाई उक्त शैक्षिक उपाधी दिलाए वापत दुई सहायक प्रोफेसरले सेक्स गूरुदक्षिणा माग गरेका छन् ।

सुरुमा छात्राले विश्वविद्यालय प्रशासनमा आफूमाथि भैरहेको सेक्सुअल हृयारेसमेन्टबारे लिखित उजुरी गरेकी थिइन् । तर यसमाथि कुनै छानबिन नै नभई घटनालाई लुकाउने प्रयास भयो । केहि नलागेपछि अन्ततः छात्राले गान्धीनगर प्रहरीमा उजुरी गरेकी थिइन् । यसपछि आरोपित प्राध्यापकहरु ऋषिकुमार सिंघल र एसएन डालियालाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालेको थियो ।
पीडित छात्राको अनुसार उनी गाइड सिंघल र को-गाइड डोलियाको मार्गनिर्देशनमा पीएचडी गरिरहेकी छिन् । फ्रब्रेवरीमा ल्याबमा जाादा आफू एक्लो भएको र सिंघलले अनुसन्धान पेपर प्रकासित भैसकेको भन्दै हात समाएर जवरजस्ती गर्न खोजेको छात्राको आरोप छ । चिच्याउदै सेक्सको लागि राजी नभएपछि सिंघलले पिएचडीको लागि जे गर्न पनि तयार हुनुपर्ने बताएको छात्राले प्रहरीलाई बताइन् । आफ्नो अनुहार पोर्न तस्वीरमा राखी साइटमा सार्वजनिक गरी सिंघलले बदनाम गरेको समेत छात्राले रुदै भनिन् ।
केहि समयसम्मको अनुसन्धानपछि प्रहरीले सिंघललाई दोषी ठहर्‍याई कानुनी कारबाही गर्ने भएको छ भने डोलियाको सम्बन्धमा भने कुनै निर्णय सार्वजनिक भैसकेको छैन ।

Monday, July 11, 2011

'बुबा जस्तो छोरा पनि उस्तै'



श्रीमती भिक्टोरिया बेकह्याम पनि श्रीमान् बेकह्यामलाई थप टाटु नखोपाउन आग्रह गर्थिन् । टाटुकै विषयलाई लिएर बेकह्याम जोडीको झगडासमेत हुने गरेको समाचार आउने गरेको पाइन्छ ।

हाम्रो समाजमा एउटा उखान निकै चर्चित छ, 'बुबा जस्तो छोरा पनि उस्तै' । प्रत्येक आमाबाबुले आफ्ना सन्तानहरू पनि आफू झैँ हुन् भन्ने चाहना राखेका हुन्छन् । कतिपयका सन्तानहरू आफ्नो अभिभावककै पदचिह्न पछ्याउन रुचाउँछन् भने कतिपय भने त्यो इच्छा राख्दैनन् । तर, इंग्लिस फुटबल इतिहासको रोलमोडलका रूपमा चिनिने डेभिड बेकह्याम भने निकै भाग्यमानी साबित भएका छन् । 
इंग्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वकप्तान बेकह्यामका जेठो छोरा रोमियोले पनि आफ्नो बुबाकै पथलाई पछ्याएका छन् । तर, रोमियोले फुटबललाई भने पछ्याएको होइन । त्यसो भए के गरे त रोमियोले ? रोमियोले भर्खरैमात्र आफ्नो बायाँ हातमा रंगिबिरंगी 'टाटु' खोपेका छन् । अमेरिकाको एलए ग्यालेक्सीबाट व्यावसायिक फुटबल खेल्ने बेकह्यामको शरीरभरि नै टाटु नै टाटु छ । बेकह्यामको टाटु संसारभर प्रसिद्ध छ पनि । 
बुबाको जस्तो आकर्षक तथा गहकिलो टाटु भने रोमियोले खोपाएका छैनन् । उनले बायाँ हातमा सामान्य तीन वटामात्र टाटु खोपाएका छन् । लस एन्जलेसको फुटबल मैदानमा फुटबल खेलिरहँदा रोमियोको सो टाटु देखियो । अघिल्लो सातासम्म पनि रोमियो हात खाली नै थियो । स्वयं रोमियोलाई बुबा बेकह्यामको टाटु मन लाग्दैन । कहिलेकाहीँ रोमियाले बेकह्यामलाई टाटु धेरै नखोपाउन भन्ने सल्लाह पनि दिने गर्दथे । यसका साथसाथै श्रीमती भिक्टोरिया बेकह्याम पनि श्रीमान् बेकह्यामलाई थप टाटु नखोपाउन आग्रह गर्थिन् । टाटुकै विषयलाई लिएर बेकह्याम जोडीको झगडासमेत हुने गरेको समाचार आउने गरेको पाइन्छ । 
'बुबा मलाई धेरै टाटु बनाएको मन पर्दैन, तपाईंको शरीर नराम्रो हुँदैछ,' केही महिनाअघि रोमियोले बुबा बेकह्यामलाई सम्झाउँदै भनेका थिए । बेकह्यामको शरीरमा २० वटा टाटु छन् । बेकह्यामको टाटुमा गाउडियन एन्जल्स टाटु निकै चर्चित छ । बेकह्यामले सो टाटु शरीरको पछाडितिर खोपाएका छन् । यसैगरी बेकह्यामले शरीरको गर्धनमा देवनागरी अक्षरमा 'भिक्टोरिया' टाटु पनि खोपाएका छन् । 
यसपटक छोरा रोमियो आफैंले टाटु खोपाउँदा बेकह्याम भने निकै दंग परेका छन् । यसको विपरीत आमा भिक्टोरिया भने चिन्तित भएकी छिन् । फुटबल मैदानमा रोमियोको टाटु देख्दा बेकह्याम एक समयका लागि अचम्मित नै भए । रोमियोले कुन वेला सो टाटु खोपाए भन्ने बेकह्याम परिवारलाई हेक्कासमेत छैन । 'यो निकै आश्चर्य हो, रोमियोले हामीलाई थाहा नै नदिइ टाटु खेापाउन भ्याइसकेका रहेछन्,' म्यानचेस्टर युनाइटेड तथा रियल म्याडि्रडका पूर्वस्टार खेलाडी बेकह्यामले भने, 'फुटबल मैदान खेलिरहँदा पहिलोपटक रोमियोको हातमा टाटु देखेको हुँ ।'
यसअघि रोमियोले टाटु देख्छ भनेर हात छोप्ने गरेका रहेछन् । रोमियोले टाटु खोपाउँदा आमाबुबाबाट गाली खाने डरले सो रणनीति जुक्ति अपनाएका हुन् । तर, फुटबल मैदानमा भने रोमियोको टाटुको रहस्य सार्वजनिक भयो । रोमियाले आफ्नो बायाँ हातमा खोपाइएका टाटु केसँग सम्बन्धित हो भन्ने स्पष्ट छैन । तर, उनले यो केवल अस्थायी रूपमा टाटु खोपाएको बताए । 'मेरो हातमा रहेको टाटु केही दिनका लागि मात्र हो, स्याथी रूपमा मैले टाटु खोपाएको छैन,' रोमियोले भने, 'बुबाको जस्तो टाटु खोपाउने इच्छा छैन ।'
यता, छोराले टाटु खोपाएपछि दंग परेका बेकह्यामले भने, 'निश्चय पनि प्रत्येक आमाबुवाको चाहना छोरा पनि आफू जस्तै हुन भन्न चाहन्छन् तर यो रूप भने सोचेकै थिइन् ।' बेकह्यामको मन मन भने छोराहरू फुटबलर हुन भन्ने इच्छा छ । बुबा बेकह्यामसँग रहेका वेला छोराहरू फुटबल खेल्छन् । तर, तीनजना छोरा भने बास्केटबलप्रति रुचि राख्छन् । अमेरिकाको एनबिए खेल उनीहरूका मन पर्ने खेल हुन् । 
यता, यसैसाता बेकह्याम ३८औँ जन्मोत्सव मनाउने तयारीमा छन् । आफ्नो जन्मदिन अगाडि छोरा रोमियोले उपहार स्वरूप टाटु खोपाएको उनी बताउँछन् । 'मेरो जन्मदिनको उपहार स्वरूप छोराले कल्पना नगरेको उपहार दियो,' बेकह्यामले भने, 'तर मेरा छोराहरू फुटबल खेलाडी नै हुनुपर्छ ।'  

Sunday, July 3, 2011

पाण्डाहरुलाई नीलो चलचित्र...


थाइल्याण्डको एक चिडियाघरका अधिकारीले आफ्नो चिडियाघरमा पाण्डाको संख्या बढाउन त्यहाँका चुआङ चुआङ र लिन हुइ नामका पाण्डाहरुलाई नीलो चलचित्र (ब्लु फिल्म) देखाएर उत्तेजित बनाउँदै तिनबाट गर्भाधान गराउने प्रयास केही महिना अघि गरेको थियो । तर त्यो प्रयास असफल भएपछि चिडियाघरका अधिकारीहरु अहिले पोथी पाण्डामा कृत्रिम गर्भाधान गराउने प्रयास गरेका छन् ।

लिन हुइलाई गर्भवती बनाउन यसअघि यही चिडियाखानाका अधिकारीहरुले दुबै भालेपोथीलाई पाण्डाहरुद्वारा नै यौन सम्पर्क राखेका अनेकन भिडियो देखाएर तिनलाई उत्तेजित बनाइएको थियो । तर चुआङ चुआङ यौन सम्पर्कका लागि अरुचि देखाइरहेको थियो ।

"त्यत्रो भिडियो देखाउँदा पनि चुआङले आफ्नी पोथीप्रति रुचि देखाएन", सोफोन डुमुइ, थाइ जु अर्गनाइजेशनका प्रबन्ध निर्देशक सोफोन दुमुइले ऎपी सम्वाददातासँग भने- "चुआङले आफ्नी पोथीप्रति कुनै रुचि नदेखाएको हामीले स्पष्टसँग चाल पायौँ ।" "यदि उनीहरुबीच प्राकृतिक यौन संर्सगको रुचि बढाएर गर्भाधान गराउन सकेनौँ भने कृत्रिम गर्भाधान गराउन हामी बाध्य छौँ", दुमुइको भनाइ थियो ।

छ वर्षको चुआङ चुआङ र पाँच वर्षकी लिन हुइलाई सन् २००३ मा चीनबाट १० वर्षका लागि दुइ लाख ५० हजार डलरमा भाडामा किनेर ल्याइएको थियो । यो ल्याइसकेपछि पर्यटकहरुबाट लाखौँ डलर कमाउने आशामा थिए । त्यसयता चुआङ चुआङ र उनकी पोथी साथीलाई यौन सम्पर्क गराउन चिडियाघरका अधिकारीले अनेक प्रयास गरिरहेका छन् । तिनले चुआङ चुआङलाई विशेष डाइट खुवाइरहेका थिए भने गर्भाधान गरुन् भनेर ठट्यौलो बिहेसमेत गरिदिएका थिए ।

बाँसको घाँसका प्रेमी यी जनावरमाथि थाईल्याण्डमा यस्तो प्रयोग गरिएको यो पहिलो पटक हो । तर चीनमा भने यस्ता अनेक सफल प्रयत्न गरिसकिएको छ । सन् २००६ मा मात्र चीनमा ३० वटा पाण्डाका सन्तानहरु सफलतापूवक कृत्रिम गर्भाधानबाट जन्माइसकिएका छन् । संसारबाट नै विलुप्तको खतरामा परेका यी जनावरको यो सफल प्रयोगबाट उत्साहित भएर अमेरिकाका चिडियाघरमा समेत यही प्रक्रिया अपनाइरहिएको छ ।

१ हजार पाँच सय ९० ज्युँदा पाण्डामध्ये अधिकांश सिचुआन र साङ्क्सी प्रान्तमा मात्र पाइन्छन् । जायन्ट पाण्डा भनेर चिनिने यी पाण्डाको गर्भाधारण दर निकै कम छ र यी यौनिक क्रियाकलापमा निकै कम चाख राख्ने गर्दछन् । पोथी पाण्डा वर्षको एक पटक मात्र गर्भवती हुने गर्छे र प्रायः दुइ वटा बच्चा मात्र जन्माउने गर्छे । त्यसो त विज्ञहरुका अनुसार थुनिएर राखिएका पाण्डाहरु प्राकृतिक रुपमा स्वच्छन्द पाण्डाभन्दा कम गर्भधारण गर्ने किसिमका हुन्छन् ।

कृत्रिम गर्भाधारण नेपालमा समेत कति लोकप्रिय छ भने पछिल्लो समयमा हात्ती र गैँडाको संख्या बढाउन नेपालले पनि यस्ता कृत्रिम गर्भाधान अपनाएका छन् । तर हात्ती या गैँडालाई यौन क्रियाका लागि उत्तेजित बनाउन कुनै 'त्यस्तो' फिल्म देखाइएको भन्ने अहिलेसम्म थाहा छैन ।

लजाउदै मुस्कुराउदै .................


लजाउदै मुस्कुराउदै आखा छोप्यौ अली कति
फर्की फर्की हर्दा खेरी ओठ टोक्यौ अली कति

पहिलो भेटमा आखा जुध्यो भयो नजर हानाहन
मेरो मन को बगैचामा फूल रोप्यौ अली कति
लजाउदै मुस्कुराउदै आखा छोप्यौ अली कति
फर्की फर्की हर्दा खेरी ओठ टोक्यौ अली कति

डेरा खोज्दै बास मांग्दै आइन मेरै घरमा उनी
तिम्रो छेउ पर्दाखेरी हात रोक्यौ अलिकती
लजाउदै मुस्कुराउदै आखा छोप्यौ अली कति
फर्की फर्की हर्दा खेरी ओठ टोक्यौ अली कति

हजारौमा खोजे अनि रोजे मात्र तिमीलाई
दुबै मिली बिवाह गर्ने कुरा सोचौ अलिकती
लजाउदै मुस्कुराउदै आखा छोप्यौ अली कति
फर्की फर्की हर्दा खेरी ओठ टोक्यौ अली कति
किशान अन्जान राइ
दमक -पाच (५) दुम्से झापा
साहित्यिक चौतारी