Tuesday, October 4, 2011

कलाकारको दशै ..........................

नेपालीहरुको महान चाड बडादशैंले सवैको घर आगनमा पाईला टेकीसकेको छ । यसैले, पनि यो पर्वलाई सवैजना आ-आफ्नै तवरवाट मनाउने तयारीमा रहेका छन् । विजयादशमीको अवसरमा नेपाली कलाकारहरु पनि आ आफ्नै किसीमको तयारी गरिरहेका छन् । वर्षभरी नै गीत, संगीत र चलचित्रमा व्यस्त हुने कलाकारहरुका लागि दशैं साच्चै नै फुर्सद पाउने राम्रो अबसर बन्छ । यो दशैंमा कलाकारहरुले के कस्तो प्लान वनाईरहेका छन् र को कसरी मनाउने तयारीमा होलान् त ? यसपटकको दशैं बिशेषमा अनलाइनखवरले केही नाम चलेका कलाकारसँग उनीहरुको दशैं योजना, स्मृति र अनुभुतीबारे सोधेका छौं ।
लुकी-लुकी बेलुन फुक्छु - रेखा थापा (नायीका)

यसपालीको दशैमा म निक्कै चपेटामा परेको छु । कारण, नेपाली सिनेमाका तीन हस्तीहरुले तयार पारेको चलचित्र अन्दाज देशभरका हलमा प्रदर्शनमा आउदैछ । यसमा मैले पनि अभिनय गरेकाले म यो चलचित्रको पव्लिसिटीमै व्यस्त हुनेछु । तर, दशैको ५ दिन भने मैले मेरो आमाको लागी छुट्टाएको हुन्छु, हरेक वर्ष । यसवर्ष पनि म घर जानेछु । टिका लगाउने,रमाईलो गर्ने त आफ्नो ठाउँमा छदै छ । दशैमा विशेषगरी म, खसि काट्दाको सुरुको क्षणलाई सधै नै सम्झने गर्छु । खसि काट्नु अघि गरिने विभिन्न क्रियाकलाप सम्झदा मलाई रमाईलो लाग्छ । मलाई दशैको पाँचै दिन निक्कै रमाईलो लाग्छ । दशैमा मैले याद गर्ने अर्को क्षण हो, वेलुन उडाएको । सानोमा वेलनु फुकेर खुवै उडाउथ्यौं । तर, अव त ठूलो भईयो, यसकारण पनि वेलुन फुक्न र उडाउन लाज लाग्छ । तर, दाईको छोराले वेलुन फुकेको वेलामा म पनि घरको छतमा जान्छु र कसैले नदेख्ने गरी वेलुन फुक्छु र रमाईलो गर्छु ।

बहिनी र बाल्यकाललाई मिस गर्छु आर्यन सिग्देल (नायक)


मेरो घर नै थानकोट भएकाले म हरेक वर्षको जस्तै यो वषै पनि दशैमा यतै हुन्छु । घरमा ममि, ड्याडिसँग वसेर मनाउँछु । वहिनीहरु सवै वाहिर भएकाले खासै धेरै रमाईलो लाग्दैन । हरेक दशैमा उनीहरुलाई मिस गर्छु । मासु खानेकुरामा म निक्कै अगाडि छु । कति खान्छु भनेर जोखेको त छैन, तर धित मरुन्जेल खान्छु । ठूलावडाको आर्शीवाद लिंदा रमाईलो लाग्छ । दशैमा मैले सवैभन्दा धेरै याद गर्ने क्षण भनेको वाल्यकाल नै हो । जतिवेला वहिनीहरु सवै थिए । टिका लगाउने वेलमा पनि एकै ठाउँमा जमघट भईन्थ्यो । त्यो पललाई आजको दिनमा धेरै मिस गरिरहेको छु ।


फरक फरक कपडा ल्याइदिए खुब झगडा गर्थ्यौ - स्वरुपराज आचार्य (गायक)


यसपटकको दशैको टिकाको दिनमा सम्भवत म विदेशमा कार्यक्रम गरिरहेको हुन्छु होला । घरमा टिका लगाएपछि वाहिर अन्त कतै जान भ्याउँदिन, किनकी त्यही दिन नै म विदेश उड्दैछु । नेपालभरका विभिन्न ठाउँमा सांकृतिक कार्यक्रममा गईन्छ होला । यो वाहेक साथीभाईसँग रमाईलो गर्यो, यसरी नै वित्छ दशैँ । दशैंमा मलाई सवैभन्द वढि याद आउने कुरा नयाँ लुगा हो । सानोमा लुगा किन्ने वेलामा सत्यलाई एउटा अनि मलाई अर्को लुगा ल्याईदिए, हामी खुवै झगडा गथ्र्यौ । सत्यलाई जे ल्याईदिनुभएको छ मलाई पनि त्यही नै चाहिन्थ्यो । यसैले, बा-आमाले जुत्ता,कपडा लगायतका लुगाफाटो किनिदिंदा उही रङको उस्तै ल्याइदिनुहुन्थ्यो हरेक पटक । यसरी, एउटै कपडा लगाएर हिंड्दा हामीलाई सवैले ट्विन्स व्रदर भनेर चिन्थे ।
आचार्यको प्रोमसनमै दशैं - सत्यराज आचार्य (गायक)

यो दशैमा मेरो पहिलो प्राथमीकता भनेको आचार्यको प्रमोशनमा लाग्नु हो । यो चलचित्र अझै केही ठाउँमा चल्न वाँकी रहेकाले प्रमोशनको वाकी काम छ । यो वाहेक मेरो दशै विशेषगरी, साथीभाई र परिवारसँग नै वित्छ । हुन त, देशभित्र र वाहिर बिभिन्न कार्यक्रमका लागि कुरा भईरहेका छन्, यदि कार्यक्रममा गईयो भने विदेशतिर नै भईन्छ होला । यदि गईएन भने उही हो, साथीभाईसँग वस्यो, रमाईलो गर्यो । म यो दशै निक्कै रमाईलोसँग विताउन चाहन्छु । मलाई पनि दशैंमा कपडा को नै याद आउँछ । जुन कुरा स्वरुपले भनिसक्यो ।


जेल पर्दाको क्षणले नरमाइलो बनाउँछ - रोज राणा (निर्माता एवं नायक )


म यसभन्दा अघिको दशैमा जेल परेको थिएँ । तर, यसपटक भने जेल वाहिर छु । यसैले पनि केही फरक अनुभुती गरिरहेको छु । तिहारको भाईटिकाको दिनवाट मैले वनाएको चलचित्र ‘म छु नि तिम्रो’ प्रदर्शनमा आउन लागेकाले पनि यो वर्षको दशैं यही चलचित्रको प्रचारप्रसारमा नै वित्नेछ । दशैमा सवैभन्दा वढि मलाई याद आउने भनेको गतवर्ष जेल पर्दाको क्षण हो । जेल पर्दा जेलभित्र पनि रमाईलोसँग नै मनाईएको थियो । तर, मलाई अदालतले क्लिन चिट दिएर निर्दोष भनिसकेको छ । यसैले, निर्दोष भएर पनि जेल पर्दाको क्षण सम्झन्छु दशैमा । अनि कता कता नरमाईलो लाग्छ ।

१५ बर्ष भयो नेपालमा दशैं मनाउन नपाएको-धिरज राई (गायक)हरेक वर्षको दशैंमा विभिन्न कार्यक्रममा विदेशमा रहेकाले पनि मलाई दशैं पर्व नेपालमा मनाउन पाउँदा नमज्जा लाग्छ । विगत १५ वर्षदेखि मैले नेपालमा बसेर दशैं मनाउन पाएको छैन् । यो पटक पनि म टिकाको दिनमै, दुवई र कतारमा सांकृतिक कार्यक्रमका लागि जानुपर्ने भएको छ । नेपालमा आफ्नै दाजुभाईसँग भेट्नका लागि पनि दशैलाई नै कुर्नुपर्ने हुन्छ । यसकारण, पनि यो पर्व नेपालीहरुका लागि विशेष रहेको छ । यसै त कहिले नेभेटिने आफन्त साथीभाईलाई भेटने पर्व दशैंमा म नेपाल नहुँदा दशैंको रमाइलो छुट्ने गर्छ । तर, विदेशमा जुनसुकै समय पनि कार्यक्रम गर्नका लागि जाँदा त्यहाँका नेपालीहरुले आफ्नै जस्तै गर्नुहुन्छ, बिदेशीएका नेपाली दाजुभाईसँग बसेर दशैं मनाउन पाउँदा त्यहाँ अर्कैखाले उल्लास हुन्छ । आफ्नो घरबाट टाढा भएपनि बिदेशीएका नेपाली दाजुभाईहरुले दिने न्यानो स्नेह मलाई एकदमै याद आउँछ ।
जुवातास खेल्दिन -सुरेश अधिकारी (संगीतकार)

हामी वर्षभरी निक्कै व्यस्त रहन्छौ, आफ्नो कामका लागि । तर, दशै यस्तो चाड हो जसले हामीलाई केही दिन भएपनि फुर्सद दिन्छ । यो वर्षको दशै पनि मेरो केटाकेटी र घरपरिवारसँग नै वित्छ । म जुवा तास खेल्दिन र अरुलाई पनि त्यसरी नखेल्न आग्रह गर्छु । तर, परिवारसँग वसेर रमाईलोको लागी त खेलिन्छ नै । मलाई विशेषगरी दशैमा सवैसँग भेटघाट हुने, रमाईलो गर्ने पल याद आउँछ अहिले पनि ।

कन्सर्टमै बित्ने भो दशैं -आस्था वि (गायिका)

आफूभन्दा ठूलावडाको हातावाट आर्शिवाद लिन पाउँदा रमाईलो लाग्छ । यसैले, पनि दशै पर्व मेरा लागि बिशेष छ । यो वर्षको दशैमा विशेषगरी म कन्र्सटमा व्यस्त हुनेछु । सवैभन्दा पहिला धरान, ईलाम, झापालगायतका ठाउँमा कार्यक्रम गर्दैछु । यसपछि, काठमाण्डौमा पनि एउटा कार्यक्रम आयोजना हुँदैछ, जहाँ म सहभागी हुने छु । यसैले, मलाई लाग्छ मेरो दशै कार्यक्रममा नै व्यस्त भएर वित्छ होला । यसपालीको दशैं दर्शक स्रोतासँगै मनाउने छु ।

No comments:

Post a Comment