आज कलेजको क्यान्टिनमा चुरोट खाँदा झण्डै नेपाली सरले देख्या ।' झट्ट हर्ेदा १७ वर्षी देखिने किशोरीले भनिन् । ' हेरन कस्तो रिस्की क्यान्टिन , गोप्य नै छैन ।’ अरु २ साथी चुरोट तानातान गर्दै थिए । 'थ्री इडियट्स’ साह्रै रोमान्टिक फिल्म रै छ नी’ चुरोटको एक सर्को तान्दै अर्कि किशोरीले थपिन् । उनैको छेउमा आँखा चिम्सा भएकी अर्की साथी पनि सहमत भइन् । अमिर खानको रोल त राम्रो थियो नि, कस्तो जोक्स र बास्तबिकता ,’ उनले भनिन्-मेरो त बिन्दास पाराले टाइम पास भयो’ । शिखर चुरोटको बट्टाबाट सबैलाई एक-एक खिल्ली चुरोट बाँड्दै अर्को साथीले हस्तक्षेप गरिन् । 'तिमीहरु त कस्तो हौ, के हेरिसकेको फिल्मको कुरा गरेको’, गुलावि कोमल ओठले चुरोट च्याप्दै उनले भनिन् भोली 'माइ नेम इज खान’ हेर्न जाउँ ।
यो बुनिएको कुराकानी होइन । होटलको भित्री कोठामा चियाको चुस्कीसँग चुरोटको धूवाँ फुकी रहेका किशोरीहरु बीच भएको कुराकानीको एउटा सानो अंश हो । त्यही समूहमा अरु तीनजना केटा पनि चुरोटमा रम्दै थिए । हेर्दा २०/२१ का लाग्ने यी केटाहरु पनि चुरोटमा रम्दै कुराकानीमा मग्न थिए । कहिले कलेजका त कहिले ग्याङ फाइटका गफमा र कुनै बेला त 'नन भेज’ कुराकानी पनि हुन्थे । एउटा केटाले लामो सर्को तान्दै आधा चुरोट सँगै बसेकी केटी साथीलाई दिए । उनले पनि एक २ सर्को गरी सबै साथीलाई त्यसरी नै बाडे । चिया र चुरोटमा यी केटा र केटीको जमात धेरै बेरसम्म रमेको थियो ।
चिया गफ गर्दा गर्दै उनीहरुले निकै बेरसम्म चुरोटको धूँवा फुकिरहे ।
हेर्दा तामाङ समुदायका जस्ता देखिने यिनीहरु क्याम्पस ड्रेसमा थिए । चिया चुरोटमा रम्ने यस्ता जमातका केटा र केटी बराबरी नै हुन्छन् । काभ्रेका विभिन्न क्याम्पसमा पढने यी किशोर किशोरीहरुले आफ्नो चुरोटको लत बारे खुलेर कुरा गरे । तर फोटो भने खिच्न नपाईने र्सत राखे । 'घरमा बुबाले चुरोट खानुहुन्छ, देखेर रहर लाग्थ्यो र यी लुकेर ..........।’ त्यही समूहकी कबिताले भनिन् । 'चुरोट खाँदा भित्रबाट आन्नद लाग्छ, त्यसैले पनि होला अहिले त बानी परिसक्यो’ उनले थपिन् । 'सधै केटाहरुले खाएको मात्र स्विकार्ने - कस्तो समाज हाम्रो................... ⁄ हाम्रो पनि त मनै त हो, चुरोट नखाए त के नपुगेको जस्तो हुन्छ ।’ सम्झनाले खुलेर भनिन् । 'म त यी साथीहरु सँग घुलमिल हुन पनि खान थाले, अब त बानी पर्यो ।’ दीपा खतिवडाले दिक्क मान्दै सुनाईन् । 'खै फेशन बन्यो, चुरोट नखाए त केटाहरुले साथी नमान्ने ।’ त्यही समूहका केटा दिपेन्द्र लामा भन्दै थिए । यी केटा केटीले भने ठूलाबाट सिकेर र साथीहरुसँग घुलमिल हुनकै लागि चुरोट पिएको बताए ।
बनेपाका होटलहरुमा साँझ परेपछि प्राय यस्ता दुष्य सजिलै देखिन्छन् । काठमाण्डौ युनिभर्सिटीका चोकमा त दिउँसै केटा र केटी नै चुरोट पिईरहेका भेटिन्छन् । शीर मेमोरियल हस्पिटल र अपाङ्ग हस्पिटल भन्दा तलको खोला छेउमा कलिला किशोरीले चुरोट तान्छन् भन्दा आर्श्चर्य मान्नु पर्दैन । बनेपा चारदोबाटो नजिकै एक होटल सञ्चालक दिनहँु कलेज ड्रेसमै १/२ समूह केटीहरु चुरोट पिउन आउने बताउँछन् । क्याम्पस जीवनमा चुरोट हुँदै नशाको कुलतमा थुप्रै यूवाहरु फस्ने गरेका छन् । चुरोटको बानी स्कुले विद्यार्थीहरुको लागि सामान्य बन्दै आएको छ । पर्राईभेट कलेज नजिकका क्याफेहरुमा यस्ता दृष्य अब सामान्य बन्दै छन् ।
साँझ परेपछि विभिन्न वहानामा घुम्न निस्कने र होटलका टेबलहरुमा चियासँगै चुरोट पिउने धेरै युवतीहरुको दिन चर्या नै बनिसकेको छ । किशोर किशोरीहरु अभिभावकबाट लुकेर गोप्य ठाउँको खोजीमा चुरोट पिउन निस्कन्छन् । समसाँझ बनेपाका पोलीटेक्नीक इन्ष्िटच्युट, धनेश्वर मार्ग , नगरपालीकाको पछाडीमा रहेका उनीहरुकालीगी गोप्य लाग्ने ठाँउमा नसामा झुम्मिन युवा/युवतिको ठुलो भिड लाग्छ । काठमाण्डौ विश्वविद्यालयको आसपासको भु-भागले गाँजा व्यापारको महत्वपर्ूण्ा ठाँउको रुपमा परिचय कमाएको छ । हरेक दिन घाम नडुब्दै पनि केही किशोर किशोरीहरु चुरोट पिउन होटल र क्याफेहरुमा जम्मा भएका हुन्छन् । क्याफे र डान्स पाटीहरुमा बढी स्वतन्त्र अनुभव गर्ने र खुल्न रुचाउने युवतीहरु अब चुरोट पिउनुलाई आधुनिक संस्कृति ठानेर पनि यो कुलतमा फस्ने गरेको पाईएको छ । डान्स पाटीहरुले शहरी युवतीहरुलाई चुरोटदेखि लिएर रक्सी र हृविर्स्कीको पनि स्वाद चखाउँन थालेको छ । क्याम्पसहरुमा भने बढी साथीहरु जम्मा हुने हुनाले पनि क्याम्पस नजिकका होटलहरुमा बढी युवतीहरुका चुरोट पिउने भिड देखिन्छन् ।
'यहाँ दिनहुँ जसो चुरोट पिउन आउने केटा केटीहरुको भीड हुन्छ ।’ मिलिनीयम क्याम्पस नजिक की एक होटल सञ्चालकले भने ।समय फेरियो, विचार फेरिए, केटा केटीहरु पहिलेकै जस्तो बुवा आमाको कब्जामा बस्न रुचाउँदैनन् । स्वतन्त्रताको चाहनाले उनीहरुलाई चुरोट पिउने हदसम्म पुर्याईदियो ।’ एटुजेट साइबरका केपी घिमिरे भन्छन् । उनको विचारमा शुरुमा छोरा-छोरी बवा-आमाको अंकुशमा रहेका कारण पनि अहिले चुरोटको लतमा फसेका छन् ।
समाजशास्त्रका विद्यार्थी निर्मल त्रिपाठी भने यसलाई उमेरको विचलन भएको बताउँछन् । उनी भन्छन्-'यूवा यूवतीहरु समाज अनि संस्कृतिको बुझाईको कमीले ब्रि्रने गर्छन ।’ क्षितीज बोर्डिङ स्कुलमा पढाउने शिक्षक बाल कृष्ण तिमल्सेना निर्मल त्रिपाठी सहमत हुदै यो देखासिकी भएको स्विर्काछन् । यसलाई पश्चिमी संस्कृतिको प्रसारका रुपमा हर्ेछन् । भन्छन्-'यो शहरी समाजकै एउटा छाडा पनाको नमूना हो । यूवा यूवती रोमान्टिकमै बाँच्न चाहेका कारण पनि यस्तो भएको हो । नयाँ पिढीमा आएको व्यक्तिवादी सोचका कारण पनि यूवा यूवतीमा चुरोट संस्कृति हर्ुर्किएको हो ।’ 'खासगरी क्याम्पस पढनेहरुमा चुरोट पिएपछि साथी र्सकलमा आफू सुपेरियर भएको ठान्ने बानीले डेरा जमाएर यस्तो भएको हो ।’
पिपुल्स क्याम्पसमा शिक्षा संकायको प्रथम वर्षा उत्कृष्ठ श्रेणीमा उत्रिण हुने लक्षका साथ पढिरहेका नगेन्द्र अधिकारीको निष्कर्षयस्तो छ -'पूँजीवादीहरुले आफ्ना सामानको प्रचारको लागि यूवा यूवतीको प्रयोग गरेका छन् । साँस्कृतिक कारणले र पाश्चात्य संस्कृतिको आकर्षा वा मोह र नैतिक शिक्षाको पनि अभावले पनि यूवा यूवतीमा चुरोट खाने खराब बानी बसेको हो ।’ उनी थप्छन् -यूवाहरुमा अहिले सामाजिक मूल्यमान्यता भन्दा आफूलाई नै केन्द्रमा राखेर सोच्ने प्रवृत्ति बढेर गएको छ । यही कारण यो खराब चुरोट संस्कृति मौलाउँदै गएको छ ।’
यूवा युवतीमा 'ग्लोबल वर्ल्ड’ को अवधारणाले दह्रो डेरा जमाएको छ । उनीहरु अहिले चुरोट पिउनुलाईर् इज्जत ठान्दैछन् । साथीहरुको अगाडि 'शो’ गर्ने साधनको रुपमा चुरोटलाई लिने गरेको विज्ञहरुको भनाई छ । उनीहरुको पारिवारिक पृष्ठभूमि, साथी संगत, आर्थिक हैसियत, पाश्चात्य संस्कृतिको मोह बढेको कारण उनीहरुमा चुरोट संस्कृति बढेको विज्ञहरुको ठम्याई छ ।
काभ्रे बहुमुखि क्याप्सका एक प्राध्यापक यूवतीहरु प्रेम विछोडका कारण, साथीसंगीको लहैलहै, कमजोर मानसिकता र सोखका लागि पनि चुरोटको लतमा परेको बताउँछिन् । भन्छिन्-'अभिभावकको बेवास्ता, पाश्चात्य संस्कृतिको आकर्षाले सामाजिक मूल्य मान्यता विपरित चुरोट पिउने संस्कृति भित्रिएको छ । अभिभावकको निगरानी नपाउने विद्यार्थीका कारण अरुमा पनि यसको असर र्सर्ने गरेको छ ।’ चुरोट संस्कृतिले समाजलाई पतनको बाटो तर्फहिडाउने उनको ठम्याई छ । यसले यूवा यूवतीहरु ब्रि्रने र यसमा सबै वर्ग सचेत रहनु पर्ने उनको विचार छ ।
प्राइभेट कलेजमा वर्गीय हिसाबले सम्पन्न परिवारका छोराछोरी पढछन् । उनीहरुलाई पैसाको खाँचो हुँदैन । अनि अभिभावकहरु पनि फुर्सदमा नहुने कारण किशोर किशोरीहरु यो लतमा फसेका छन् । पैसाको दम र सरसंगतको कारण उनीहरु यस्तो भएको भन्न सकिन्छ ।
कलेज पढने युवती मात्र होइन, रेष्टुरेन्टमा काम गर्ने यूवतीहरुमा पनि यो लत झाङ्गएिर गएको छ ।
धुलिखेलको एउटा रेष्टुराँकी रमिला नाम बताउने वेटर भन्छिन्-'मानसिक तनावको कारण पनि चुरोट पिउने गर्छु ।’ त्यही रेष्टुराँकी निशा पनि आफ्नो चुरोट पिउने लत साथीहरुको कारणले र ग्राहकको संगतले बढेको बताउँछिन् । भन्छिन्- 'ग्राहकसँग बस्दा बस्दै बानी पर्यो ।’
उनीहरु आधुनिक बन्ने होडमा भन्दा पनि मालिकको कमाइका लागि चुरोट र मदिराको लतमा फसेका छन् । आर्थिक अभाव अनि पारिवारिक वातावरण नपाउँदा यो पेशामा लागेका युवती पिडा बिर्सन चुरोट र रक्सी ग्राहकसँग बसेर पिउँछन् । होटलमा आएका ग्राहकलाई चुरोट पिउन अनुरोध गर्दा आफूले नपिईदिए ती ग्राहकहरु भड्किने डरले पनि उनीहरु चुरोट पिउने गर्छन् । ग्राहकहरुको सन्तुुष्टिका लागि भए पनि होटल र रेष्टुराँमा काम गर्ने युवतीहरु चुरोट संस्कृति हुर्काउन तर्फलागेका छन् ।
थुप्रै टेलिभिजन र रेडियोमा काम गर्ने आरजे, भिजेहरु मिडियाबाट अरुलाई चुरोट नखान सल्लाह दिन्छन् । र आफूहरु भने चुरोट पिइरहेका भेन्छिन् । मिडिया क्षेत्रमा लाग्ने मोडलिङ र सिनेमाका सेलिब्रिटीहरुले पनि चुरोट पिउने संस्कृतिको मलजल गरिरहेका छन् । टेलिभिजन र सिनेमाबाट चुरोट पिएको देखाएपछि जनतामा यसको सिधा असर पर्न जान्छ । मिडिया क्षेत्रका हस्तीहरुले यसबारे कहिल्यै गम्भीर भएर सोचेनन् । तर उनीहरु भने आफ्नो यस्तो लतको बारेमा कुरा गर्न चाहदैनन् । विद्युतीय सञ्चार माध्यमबाट टिन्एजर युवतीहरु प्रभावित भएर पनि चुरोट पिउँछन् । यसरी सेल्रि्रेटी हरुले खुलेआम चुरोट पिउँदा उनीहरुका प्रशंसकहरु पनि चुरोट पिउँछन् । युवतीहरुमा पनि विशेष गरी प्लस टु जेनेरेशन भने चुरोटतर्फबढी आकषिर्त भै रहेका छन् ।
अब नेपालीहरु परम्परा तोडिएको छ । पश्चिमाहरुको परम्परा यहाँका यूवा यूवतीले स्विकारेका छन् । अब उनीहरु आफ्ना अग्रजहरुलाई मान्दैनन् । बाबुआमालाई गन्दैनन् । कोही त बाबुआमाको अगाडि नै कुनै लाज सरम बिना चुरोट पिउँछन् । तर नेपालमा ठूला व्यक्ति सामू चुरोट या अरु कुनै मादक पदार्थ खाने चलन त थिएन । यूवा यूवतीहरुले यो चलन पनि अघि बढाए । अब शुरु भएको यो चलन युगौ युगसम्म रोकिने छैन । कलेज गएका छोराछोरीहरु चुरोट पिउँदैनन् भनेर कोही पनि बाबुआमाले विश्वास गर्न छोडिसके । अहिलेसम्म चुरोट संस्कृतिमा नफसेका यूवा यूवतीले त्यो चलन शुरु गर्नु पुर्व अझै एकपटक मनन् गर्ने हो की - यो फस्टाउँदो विकृतिले हाम्रो आफ्नो पहिचान, हाम्रो शान कता पुग्छ होला - अब यूवा यूवतीहरुले सोच्नै पर्छ ।

No comments:
Post a Comment