विश्वप्रसिद्ध साहित्यकार खलिल जिब्रानको यस भनाइसँग आधुनिक किन्नरीहरू सहमत छैनन् । उनीहरू यसलाई खालि भावनात्मक अभिव्यक्ति ठान्छन् । यथार्थतः सुन्दरता बाहिर देखिने कुरा हो । भौतिक कुरा हो । मन अदृश्य छ । अभौतिक छ । मनको सौन्दर्यलाई मापन गर्न पनि सजिलो छैन । जिब्रान जीवितै भए सायद अरू तर्क गर्थे होलान् । यद्यपि, आजको पुस्तालाई तर्कको पछि लाग्ने फुर्सद छैन । नमुनाका रूपमा नेपाल सुन्दरीको ताजसमेत भिरसिकेकी उषा खड्गीलाई नै लिऊँ । उनलाई जिब्रानको भनाइ थाहा छैन । आधुनिक पुस्ताकी प्रतिनिधि सुन्दरी खड्गीलाई थाहा भएको एउटै कुरा हो, "राम्री हुनुभन्दा राम्री देखिनु जरुरी छ ।"
खड्गीको भनाइले सुन्दरताको आधुनिक व्याख्याको मात्रै प्रतिनिधित्व गर्दैन, सुन्दर हुने र देखिने कुराबीचको अन्तरलाई पनि प्रस्ट्याउँछ । "राम्री हुनु भनेको स्मार्ट हुनु हो," खड्गीको प्रस्टोक्ति छ, "आत्मविश्वासी हुनु हो र हेर्नेका आँखालाई शीतलता दिलाउनु हो ।" ईशापूर्व चार हजार वर्षतिर इजिप्टबाट सुरु भएको सुन्दरताको परभिाषा र अर्थ नेपालसम्म आइपुग्दा बदलिएको मात्रै छैन, थप फराकिलोसमेत भएको छ । नयाँनयाँ आयाम भेटेको छ । विधि र प्रविधि पाएको छ । जसलाई आधुनिक नारीले आफ्नो जीवनशैलीको एक हिस्सा बनाएका छन् ।
सहरीकरणले निम्त्याएको आधुनिकता र बढ्दो बाह्य सम्पर्कले नेपाली नारीहरूका निम्ति सुन्दरता पहिलो प्राथमिकताको विषय बनिसकेको छ, जसलाई कतिपयले प्रकृतिप्रदत्त अधिकार ठान्छन् । जस्तो ः एक गैरसरकारी संस्थामा काम गर्ने चाबहिलकी मानुषी भण्डारी, २९, आफ्नो सुन्दरताको विषयमा कुनै सम्झौता नगर्ने बताउँछिन् । भन्छिन्, "सुन्दर देखिनु भनेकै सफल हुनु हो ।" मानुषीजस्ता आधुनिक किशोरीहरू, जो आफूलाई सुन्दरताको दौडमा सधैँ प्रथम राख्न चाहन्छन् ।
राजधानीमा बढ्दो ब्युटीपार्लरहरूको संख्याले सुन्दर बन्न चाहनेहरूको संख्यात्मक विस्तारलाई मात्रै प्रतिनिधित्व गर्दैन, कोरीबाटी गरेर मात्रै सुन्दर भइन्छ भन्ने परम्परागत मान्यता भत्किन लागेको समेत संकेत गर्छ । नेपाल सौन्दर्य कला व्यवसायी संघका अनुसार देशभर ३० हजार ब्युटीपार्लर खुलेका छन् । ५० जिल्लामा शाखा विस्तार गरसिकेको संघका पाँच हजार सदस्य छन् । संघकी अध्यक्ष कमला श्रेष्ठ भन्छिन्, "अब घरमै बसेर सुन्दर हुनेभन्दा पनि ब्युटीपार्लर नगई सुन्दर होइन्न भन्ने मान्यतासमेत स्थापित हुँदैछ ।"
परम्पराको जस्केलोबाट निस्केर नेपाली समाजले आधुनिक संसार चियाउने अवसर पाएपछि सौन्दर्यसम्बन्धी नयाँनयाँ मान्यतासँगै विधि र प्रविधिहरूसमेत नौलानौला भित्र्याउँदै छ । कसरी र के गरी राम्री भइन्छ भन्नेको बढ्दो जमातले सुन्दरता एउटा अघोषित प्रतिस्पर्धाजस्तो भएको छ । सिटी सेन्टरस्िथत बटरफ्लाई युनिक्स ब्युटी सैलुनकी सुदिना खड्गी भन्छिन्, "फाउन्डेसन, आँखामा गाजल, आई स्याडो, लिप स्याडो, ग्लास लगाउनु त सुन्दरताको प्राथमिक सिद्धान्त हो ।"
एक दशकअघिसम्म कपाल छोट्याउनु नारी सौन्दर्यको पाटो थिएन । लामो र कालो कपाललाई मात्रै राम्रो मानिन्थ्यो । कपालको सौन्दर्य बिहेका बेला पार्ने जुरोमा खुम्चिएको थियो । अहिले अनेक रंग र ढंगमा काटेर, बाटेर, घुँघुँर्याएर, छरेर, आइरन गरेर, चम्काएर कपाललाई 'स्टाइलिस' बनाइन्छ । अनि, त्यसैलाई भनिन्छ, क्या राम्रो ! रंगीविरंगी, स्टेट गरेको, घुमारेको कपाल अब नेपाली चेलीका निम्ति सुन्दरताको एउटा पाटो भइसकेको छ । तर, अहिले 'हेयरस्टाइल' सुन्दरताको पहिलो सर्त भएको छ ।
ब्युटीसियन खड्गीका अनुसार आधुनिक 'टिनएजर'हरूको पहिलो रोजाइ नै बाहिरी सुन्दरता बनेको छ । पहिले बाक्लो गाजल, बाक्लो लिपिस्िटक र बाक्लै क्रिम, पाउडर लगाए राम्री भइन्छ भन्ने थियो । अहिले त्यस्तो छैन । "मेकअप पनि गर्ने तर अरूले थाहा नपाउने किसिमले गर्ने चलन बढेको छ," पूर्वमिस नेपाल खड्गी भन्छिन्, "सुन्दरता आजका नारीका निम्ति सामाजिक प्रतिष्ठा बनेको ।"
उमेरले झन्डै ७० टेकेकी इन्दु शाहलाई आफ्ना बेलाको सुन्दरता र अहिलेको सुन्दरता देखेर अचम्म लाग्छ । उनको यौवनकालमा सुन्दर हुनु र चिरच्ियाट्ट पर्नेलाई नक्कली भनेर जिस्क्याउँथे । कुपण्डोलको सिमोन ब्युटीपार्लरमा भेटिएकी शाह पछिल्ला ३० वर्षदेखि नियमित पार्लर धाइरहेकी छन् । भन्छिन्, "सुन्दर हुनु भनेको स्वस्थ हुनु पनि त हो नि !"
आधुनिक सुन्दरताको परभिाषामा युवतीहरू आँखा र त्यसपछि अनुहारलाई प्राथमिकतामा राख्छन् । आँखा सुन्दर पार्न बजारमा जति सौन्दर्य विधिहरू छन्, उति नै धेरै सौन्दर्य प्रसाधन पनि । आई स्याडो, आई लाइनर, परेलाको प्रत्यारोपण, कृत्रिम भृकुटीको निर्माण, भृकुटीको काँटछाँटसम्मका कुराहरू यस अन्तर्गत पर्छन् । आँखाको डार्क सर्कल हटाउने, चिम्सो आँखालाई सर्जरी गरेर ठूलो बनाउनेसम्मका विधि पनि आँखाकै सुन्दरताका निम्ति गरन्िछ ।
आँखापछि नाकलाई सुन्दर बनाउने युवतीको संख्या बढी छ । त्यसपछि स्तन र स्तनको मुन्टो आकर्षक पार्नेतिर लाग्छन् । छातीको व्यायाम गरेर भन्दा आधुनिक मल्हमको प्रयोग गरेर स्तन उचित आकारको र कडा बनाउने युवतीहरू पनि प्रशस्त भेटिन्छन् । त्यस्तै कतिपयले आफ्नो ठूला र झोल्लिएका स्तनको सर्जरी गरेर समेत चिटिक्क पार्छन् । .
तीन हजार वर्षपहिले चिनियाँ महिला हात र खुट्टाको नङमा गुलाबी इनामेल पोत्थे । कतिसम्म भने इजिप्टमा महिलाको सामाजिक स्तर छुट्याउन नङमा रंगको प्रयोग गर्थे । माथिल्लो स्तरका महिलाले गाढा रंगको प्रयोग गर्थे भने तल्लो स्तरका महिलाले फिक्का । पहिलेजस्तो पालिस टल्काएर लगाएर नङ सुन्दर हुने समय अब रहेन । 'नेल आर्ट' छुट्टै विधा र व्यवसाय बनेको छ । सिंगापुरबाट एकमहिने नेल आर्टको तालिम लिएर फर्केका सुनीलजंग मल्लका अनुसार कृत्रिम नङ बनाउनेदेखि लिएर नङमा विभिन्न आकारका बुट्टा भर्ने चलन भित्रिएको छ । कतिसम्म भने पोसाकको रङसँग 'म्याच' गर्ने नङको रङ खोज्न थालिएको छ । यस्तो नेल आर्ट 'पर्मानेन्ट' -स्थायी) र 'टेम्पोररी' दुवै स्तरमा पाउन सकिन्छ । अझै पछिल्लो समय त थ्रीडी नङको समेत प्रचलन सुरु भइसकेको छ ।
सौन्दर्य विधिले पछिल्लो समयमा चिकित्सा विज्ञानसम्म पनि जोडिएको छ । खुम्चिएको छाला तन्काउने -बोटेक्स), चिम्सा आँखालाई ठूलो पार्न गरनिे सर्जरी, कपाल प्रत्यारोपण, परेला प्रत्यारोपण, कन्ट्याक्ट लेन्सको प्रयोगजस्ता प्रविधि राजधानीमै उपलब्ध छन् । सातामा एकपटक आई ब्रो मिलाउनुपर्छ भन्ने थाहा नपाउने महिला भेट्टाउन मुस्िकल पर्छ । डिम्पल सर्जरीका लागि दिल्ली र कोलकातासम्म धाउने महिलाहरूको पनि कमी छैन । शरीरका मृत कोषहरू निकाल्नका लागि फेस थेरापीलगायत अन्य थेरापी गर्ने चलन पनि सहरहरूमा बढ्दो छ । छालाको रंिकल -चाउरी) नियन्त्रण गर्न ओजोने मेसिनको प्रयोग नेपाली सौन्दर्य बजारमा हुन थालेको वर्षौं भइसक्यो ।
३५ वर्षअघि कमला श्रेष्ठले कुपण्डोलमा ब्युटीपार्लर सुरु गदर्ा मुस्िकलले सातामा दुई-चार ग्राहक आइपुग्थे । लाज मानीमानी लुकेर उनको पार्लरमा छिर्ने महिलाहरू सुन्दर भएर र्फकंदा झनै लजाउँथे । ब्युटीपार्लरको व्यावसायिक सुरुवात गरेको पहिलो महिना त श्रेष्ठले मुस्िकलले ८० रुपियाँ कमाएकी थिइन् । सरकारी जागिर खाएका, समाजका उच्च खान्दानी राणा र ठकुरी परविारका महिला उनका त्यतिखेरका नियमित ग्राहक थिए । तर, अहिले उनलाई भ्याइनभ्याइ छ । काठमाडौँमा मात्रै उनले चार ठाउँमा ब्युटीपार्लर खोलेकी छन् । उनको एउटै ब्युटीपार्लरमा दैनिक ३० देखि ४० ग्राहक आउँछन् । आज गाडी चढेर आउने उच्च घरानियाँ महिलादेखि पैदल आउने निम्न मध्यमवर्गीय महिलासम्म आ-आफ्नो गच्छे अनुसारका ब्युटीपार्लर धाउँछन् । अनुहार सुन्दर देखिए पुगिहाल्छ भन्ने परम्परागत मान्यता फेरएिको छ र सुन्दरतालाई स्वास्थ्यसँग जोडेर हेर्ने महिलाहरूको संख्या वृद्धि हुँदैछ ।
कुनैबेला झीर तताएर कपाल घुम्य्राउँथे, नेपाली महिलाहरू । घरमै बनाएको गाजल आँखावरपिर िबाक्लो बनाएर लगाउँथे । नौनी घिउ लगाएर फुस्रो हटाउँथे । जीवनशैलीमा देखापरेको तीव्र परविर्तन र व्यस्तताले सुन्दरताका परम्परागत अर्थहरूसमेत बदलिदियो । कपाल स्टेट गर्नेदेखि लिएर स्थायी रूपमै राँै उखल्नेसम्मका काम अत्याधुनिक मेसिनबाट हुन थालेको छ ।
२४ वर्षपहिले कालीमाटीमा ब्युटीपार्लर सुरु गर्दाका दिन सम्झँदा लक्ष्मी श्रेष्ठलाई अहिले पनि अचम्म लाग्छ । उनका अनुभवमा त्यो समय सुन्दर बन्नका लागि ब्युटीपार्लर जानु भनेको चुल्हो र चौकोमा सीमित नारीका लागि सानो साहसको विषय थिएन । उनी भन्छिन्, "काठमाडौँमा एकाध पार्लरहरू थिए र पार्लर धाउने एकाध जागिरे महिला थिए । त्यही भएर उनको पार्लरमा महिनाभर आउने ग्राहकहरू पनि औँलामा गन्न सकिन्थ्यो ।"
इन्दु जोशी बैँसमा छँदा भारत र बेलायतबाट आउनेहरू सौन्दर्य प्रसाधनका सामान ल्याइदिन्थे । नेपालमै त्यस्ता सामान किन्ने प्रचलनको सुरुवात त ०४६ सालपछि मात्रै सुरु भएको उनको भनाइ छ । "दस वर्षपहिले मात्रै पनि राम्री हुनका लागि महिलाहरू घन्टाँै समय खर्च गर्थे," पूर्वमिस नेपाल खड्गी भन्छिन्, "भारतीय टीभी सिरयिल र फिल्मका हिरोइनहरूको कपी गर्थे । तर, अहिले लन्डन र पेरसिको बजारमा आएको नयाँ प्रसाधन नेपाल आइपुग्न दिन गन्नुपर्दैन ।"
पहिले सानो ओठ, होचो कद, लामो कपाल र ठूलो आँखा सुन्दरताका मानक थिए । अचेल मेकअपबाट नै चिम्सो आँखालाई अनुहार सुहाउँदो बनाउने, ओठको प्राकृतिक आकार परविर्तन गर्नेसम्मका विधिले महिलालाई सुन्दर देखाउन प्रोत्साहित गरेको छ । कुनै समय घरेलु गाजल लगाउने, ठूलो टीका लगाउने र चिटिक्क पारेर कपाल कोर्नु नै सुन्दरताको अभ्यास थियो । तर, अहिले यति गरेर मात्रै सुन्दर भइँदैन । 'जिरो फिगर'मा विश्वास गर्ने आधुनिक नारीहरू नियमित जिम जानु, आई ब्रोदेखि नङसम्मको सुन्दरतामा उत्तिकै ध्यान दिनु उनीहरूको दिनचर्या बनिसकेको छ ।
सुन्दर बन्न ब्युटीपार्लर धाउनेमा तन्नेरी युवती मात्रै छैनन् । ब्युटीसियन खड्गीकै पार्लरमा सुन्दर बन्न आउनेमा ६० वर्षभन्दा माथिको उमेर समूहसम्मका छन् । लक्ष्मीको पल्स ब्युटीपार्लरमा मासिक सयभन्दा बढी ६० वर्ष कटेका महिला सुन्दर बन्न आउँछन् । घरमै सेवा लिने महिलामध्ये अधिकांश ६० वर्षभन्दा माथिका छन्, जो शारीरकि अस्वस्थता र कमजोरीका कारण धेरै हिँडडुल गर्न सक्दैनन् तर चिटिक्क पर्न चाहन्छन् । ब्युटीसियन खड्गी भन्छिन्, "सुन्दर देखिने रहरलाई उमेरले छेक्दैन ।"
अर्थ शृङ्गारको
शृङ्गार शब्द संस्कृतको तत्सम् शृङ्ग र अर मिलेर बनेको हो । शृङ्गको अर्थ स्तनको टुप्पो भन्ने पनि हुन्छ । तर, यी दुई शब्दलाई समास गरेर अर्थ हुन्छ, रति स्थायी भाव, नायक-नायिका आलिङ्गन विभाव भएको स्िथति अर्थात् भाव या उद्बोधक तत्त्व भन्ने बुझिन्छ । समष्टिमा अथ्र्याउँदा नारी आकर्षणका कारण पुरुषमनभित्र कुनै भावना जगाइदिने, उत्थान गरििदने मानवीय वृत्ति । अर्थात्, कुनै नारीलाई हेरेर पुरुष मनमा काम-भावना अर्थात् यौनेच्छा जागृत गरििदने वस्तु नै शृङ्गार हो । प्राध्यापक सनतकुमार वस्ती भन्छन्, "मानिसको मनभित्र कामवासनाको तत्त्व सधैँ रही नै रहे पनि यो कतिपय अवस्थामा सुषुप्त रहन्छ । तर, यो नारीका विभिन्न अवयवहरू र तिनमाथिको शृङ्गारयुक्त भावबाट उत्पन्न हुन्छ ।" अर्थात् रति नाम गरेको स्थायी भावलाई पल्लवित, पुष्पित र प्रफुल्लित गराउने क्रिया नै शृङ्गार हो । साहित्यमा यसलाई नवरसमध्ये पहिलो रसमा लिइएको छ । साहित्य, अभिनय या नृत्य, जुनसुकै विधामा पनि यस रसको प्रयोग हुन्छ ।
सामान्य रूपमा देखिएकी नारी शृङ्गारले भरपिूर्ण भएपछि उसको सौन्दर्य नै झलझलाकार हुनपुग्छ । शरीरमा चिटिक्क मिलेका वस्त्र, त्यसमाथि पहिरएिका आभूषण र अनुहारमा गरएिको 'मेकअप'ले नारीलाई औधी नै आकर्षक बनाउँछ । आँखामा गाजल र ओठमा लिपिस्िटक लगाएकी नारी आफैँमा सुन्दरी लाग्छे ।
शास्त्रीय अर्थमा पनि नारी सौन्दर्य भनेको कामवासनासँग गाँसिएको छ । यही शृङ्गारले नारीले पुरुषलाई कामवासनाप्रति आमन्त्रित गर्छे । त्यसबेलाको सङ्कुचित समाजमा नारी-शृङ्गारलाई सृष्टिको माध्यमका रूपमा मात्र लिइए पनि आजको युगमा नारी आकर्षणप्रति पुरुष मनलाई उद्वेलित र आशक्त पार्ने माध्यम शृङ्गारयुक्त नारी हो । त्यसैले शृङ्गार र नारी एकअर्काका पूरक भएका छन् ।


No comments:
Post a Comment