यदि तपाईकी केटी साथीले इमोशनल ब्ल्याकमेल गर्नका लागि आँसु बगाउछिन् भने यसबाट तपाईको सेक्स लाइफ अन्त्य हुन सक्दछ।
एउटा नयाँ अध्ययनबाट यो आश्चर्यजनक नतिजाको खुलासा भएको हो । अध्ययनकर्ताहरुका अनुसार आँसुमा हुने रसायनले सेक्स लाइफ अन्त्य गरिदिने गर्दछ।
इजरायलको विंजमान संस्थानका अनुसन्धानकर्ताहरुले महिलाहरुको आँसुमा यस्तो रसायन पाए जसले पुरुषको कामोत्तजनासँग सम्बन्धित हर्मोन ‘टेस्टोसटेरोन’लाई कम गर्दछ र पुरुषको मष्तिष्कमा यौनप्रति अरुची पैदा गर्ने गरेको पाए ।
शोधकर्ताहरुले अध्ययनका लागि इमोशनल फिल्म हेरिरहेका महिलाहरुको आँसु जम्मा गरेका थिए । यसपटि २४ पुरुषको एउटा समूहलाई यस्को गन्ध सुघाइयो । साथै पुरुषहरुलाई नक्कली आँसुको गन्ध पनि सुघाइयो ।
अनुसन्धानकर्ताहरुले पाए कि पुरुषहरुमा असली आँसुको वासनाबाट टेस्टोसटेरोन’ हर्मोनको स्तर १३ प्रतिशतसम्म कम भयो । यो अध्ययनबाट यो प्रमाणित हुन्छ कि हरेक मानिस एकअर्कालाई केही संकेत दिने गर्दछ जसको आधारमा अर्को व्यक्तिको व्यवहार तय हुने गर्दछ।

No comments:
Post a Comment