Friday, January 28, 2011

एक ब्राजिलियालीले पत्नीलाई १६ वर्षसम्म घरमा थुनेर राखे

ब्राजिलमा एक व्यक्तिले आफू बसेकै घरमा अर्की महिलासँग बसेर आफ्नी पत्नीलाई भने १६ वर्षसम्म थुनेर राखेको प्रहरीले बिहीबार जनाएको छ ।
ती ६४ वर्षीय व्यक्ति जोआओ वाटिस्टा ग्रोप्पोलाई प्रहरीले उनकै साओ पाउलो प्रान्तको सोरोकावास्थित घरमा अज्ञात स्रोतबाट सुराकी सूचना पाएपछि पक्राउ गरेको छ ।
उनकी सोही उमेरकी पत्नी सेवास्तियाना अपारेसिदा ग्रोप्पो सोही घरको भूइँतलाको एक कोठामा थुनिएकी थिइन् जहाँ हावा पनि नछिर्ने, बिजुली बत्ती नभएको, ढुसी गन्हाउने र साङ्लाले भरिएको थियो ।
प्रहरी प्रमुख ज्याकलिन कोटिन्होले बताए “मैले २१ वर्षे सेवाअवधिमा त्यस्तो कारुणिक थुनाईको स्थिति कहिल्यै पनि देखेको थिइन ।”
वाटिस्टा ग्रोप्पोकी वर्तमान पत्नी मारिया अपारेसिदा फक्विर्मलाई पनि सो थुनाको आरोपमा पक्राउ गरिएको छ । दोषी प्रमाणित भए दुवैलाई आठ वर्षको जेल सजाय हुन सक्छ ।

No comments:

Post a Comment