मन्त्रिपरिषद्मा दुई यस्ता मन्त्री छन्, जसका बीच धेरै समानताहरू छन्। दुवै नौ जना सभासद् रहेका पार्टीका अध्यक्ष हुन्। दुवैको गृहजिल्ला एउटै हो। दुवै जना एउटै निर्वाचन क्षेत्रका हुन्। दुवै एउटै भवनमा बसेर झन्डैझन्डै उस्तै प्रकृतिको काम गर्छन्। तर, दोस्रो र तेस्रो तलामा बस्ने मन्त्रीहरूबीच वषार्ंैदेखि बोलचाल छैन।
यी दुई मन्त्री हुन्, सद्भावना पार्टीका अध्यक्ष एवं वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो र हालै मात्र गठन भएको तराई-मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष तथा उद्योगमन्त्री महेन्द्र राय यादव। हरेकपल्ट सर्लाही जाँदा मन्त्री यादवले देशको जुनसुकै कुनाबाट उठे पनि महतोलाई आफूले हराउने दाबी गर्न चुक्दैनन्। यादवको यस्तै बानीका कारण दुई मन्त्रीबीच सम्बन्ध यति चिसिएको हो। दुई मन्त्री औपचारकि होस् वा अनौपचारकि जस्तोसुकै भेटघाटमा पनि बोल्दैनन्। चुनावी अभियानदेखि बिगि्रएको यी दुईको सम्बन्ध मन्त्री भएपछि झनै बिगि्रएको हो।
बोलचाल बन्द भएका मन्त्रीहरूले बेलाबखत एकले अर्काको काममाथि हस्तक्षेप पनि गर्न खोज्छन्। करबि एक महिनाअघि आयात निर्यातसम्बन्धी आपूर्ति मन्त्रालयको काममाथि यादवले गरेको हस्तक्षेप त्यस्तै एउटा उदाहरण हो। दुई मन्त्रीको बोलचाल बन्द भएकै कारण दुवै मन्त्रालयले संयुक्त रूपमा गर्नुपर्ने कतिपय कामहरूसमेत प्रभ्ाावित हुने गरेका छन्। मन्त्रालयका एक कर्मचारी भन्छन्, "एउटै भर्याङबाट सँगै ओर्लेका बेलामा पनि दुई मन्त्रीले एकले अर्कालाई नचिनेजस्तो गर्छन्।"

No comments:
Post a Comment