सामान्यतया मान्छे मरेको १३आँै दिन धार्मिक रीतिरविाज अनुसार गरुडपुराण पढ्ने र सुन्ने गरन्िछ। तर, गोरखा नगरपालिका-१० का गुणकान्त अर्यालको १३औँ तिथिमा आफन्तहरूले कविता वाचन गरेर शोकसभा गरे। गतसाता सबै काजकर्म सकेर उनका नातेदार र छरछिमेकी भेला भए। उनीहरूले अर्यालको व्यक्तित्वमा तयार पारेका कविता वाचन गरेर दिन बिताए। कुनै चोक वा चौतारोमा बसेर गरएिको जस्तै देखिने सभामा छोरा, नाति, भान्जालगायतले कविता वाचन गरेको अर्यालका माइला छोरा रामचन्द्र बताउँछन्।
"१३आँै दिनको तिथिमा भेला भएका आफन्तहरूमध्ये अधिकांश कविता लेख्न जान्ने परेछन्," रामचन्द्र भन्छन्, "धेरैले बुबाको विषयमा एकैछिनमा कविता तयार पारेर वाचन गरे।" मृतकका बारेमा गफ मात्रै गर्ने, रुने, शोकमा डुब्ने परम्पराका बीच फरक काम भएका स्थानीय अनिल कुँवर बताउँछन्। कुँवर भन्छन्, "कविता सुनेपछि स्वर्गीय अर्यालको व्यक्ति स्मरण भयो।"

No comments:
Post a Comment