रोमानियामा एक दश बर्षीय बालिका आमा बनेकी छन् । उनले यसैहप्ता स्पेनमा छोरी जन्माएकी हुन् । स्पेनका सामाजिक मामलामन्त्री मिकाएला नैवेरोले यसको पुस्टि समेत गरेका छन् ।
स्पेनका सन्चारमाध्यमहरुले जनाए अनुसार आमा बनेकी १० बालिकाका पति १३ बर्षका छन् । उनी हाल रोमानियामै रहेको जनाईएको छ । मन्त्री किकाएला नैवेरोले आमा बनेकी उनी अझै बालिका रहेकोले आमा र बच्चा दुबैको ठिक तरिकाले संरक्षरण हुन जरुरी छ ।
आमा बनेकी बालिकाको परिवारले घरमै पाल्न सक्ने स्थिति भए उनलाई घरमै पठाउन सकिने मन्त्री नैबेरोको भनाई छ । स्नेपनका पत्रपत्रीकाले १० बर्षिया आमा र उनकी छोरीको तस्विर पनि छापेका छन् ।
बालिका आमा तीन हप्ता पहिले रोमानियाबाट स्पेन आएकी थिईन । रोमानियामा बाल विवाह हुनु नौलो नभएको जनाईएको छ । एक तथ्याड्क अनुसार सन २००८ मा स्पेनमा १ सय ७७ जना बालिका १५ बर्ष भन्दा कम उमेरमा आमा बनेका थिए ।

No comments:
Post a Comment