Friday, January 28, 2011

रानी मन्त्रीसँग भेटिएपछि -----

राजालाई आफ्नी श्रीमती अर्थात रानी अर्कै पुरुषसँग भेटिएपछि कतिको रिस उठ्ला ?  यस्तै  अबस्थामा भेटिएपछि एक मन्त्रीले आफ्नो पदनै गुमाउनुपर्यो । आफ्नी कान्छी श्रीमती नोथान्डो आफ्नै मन्त्री मन्डलका मन्त्रीसँग भेटिएपछि राजा म्स्वातीको कन्छिरी तातेको खबर छ ।
स्वाजिल्यान्डकी २२ वर्षीया रानी नोथान्डो डुबेसँग एउटै पलङमा बसेर मोजमज्जा गरिराखेका न्यायमन्त्री न्डुमिसो नाम्बालाई राजा म्स्वाती (तृतीय) ले बर्खास्त गरे । पूर्व मिस स्वाजिल्यान्ड नोथान्डो म्स्वातिकी बाह्रौँ रानी र दुई सन्तानकी आमा हुन् ।
चौधवटी रानी भएका म्स्वातिका दुईवटी रानीमाथि पनि परपुरुषसँग सम्बन्ध राखेको आरोप लागेपछि उनीहरू सन् २००४ मा देशै छाडेर भागेका थिए । नाम्बा र नोथान्डो दुवैलाई आपत्तिजनक अवस्थामा दरबारका कर्मचारीले भेट्टाएका थिए ।

No comments:

Post a Comment