सुन्दा अपत्यारलि लाग्न सक्छ तर यो वास्तविकता हो। नेपालको सबैभन्दा ठूलो मानिएको वीर अस्पतालमा बचाउने होइन, मार्ने अभियान चलेको हो। तर, चिन्ता मान्नु पर्दैन, अस्पतालले मान्छे होइन, मुसा माररिहेको छ। केही समययता मुसाको बिगबिगी बढेपछि अस्पताल प्रशासनले मुसा मार्ने अभियान नै थालेको छ।
गत दुई सातादेखि वीर अस्पतालमा मुसा मार्ने अभियान चालिएको अस्पतालका चिकित्सक सुदीप यादव बताउँछन्। उता बिरामी कुर्न बसेका कुरुवाहरू भने रातभर िमुसा धपाउनमै व्यस्त हुन् थालेका छन्। यसरी बिरामी भएर जँचाउन जाने स्थानमा मुसा आतंक फैलिन थालेपछि कुरुवादेखि बिरामीसम्म झनै बिरामी हुने अवस्था आएको छ।

No comments:
Post a Comment