Thursday, January 27, 2011

किन महिला स्वयमलाई दोषी ठान्छन् ?

स-साना गल्तीका लागि महिलाहरु स्वयमलाई दोषी मान्दछन् । त्यसैले समाजमा उनीहरुको छवि बनिसकेको छ कि उनीहरु सधैं गल्ती गर्दछन् ।
एक शोधमा पनि यो कुरा स्पष्ट भएको छ कि करिब ९६ प्रतिशत बढी महिला दिनमा कम्तीमा एक पटक स्वयम लज्जित हुने गर्दछन् । करिब ५० प्रतिशत महिला अलग अलग कारणका लागि एक दिनमा कम्तीमा चार पटकसम्म स्वयमलाई दोषी मान्दछन् ।
स्टाइलिस्ट म्यागजिनले गराएको सर्वेक्षणअनुसार आफ्नो बडी शेप, रिलेशनसीपका लागि उनीहरु स्वयमलाई दोषी मान्दछन् ।
साथै शोधअनुसार अपराधबोधका कारण ५० प्रतिशत महिला राति निदाउन सक्दैनन् । यस्तै ७५ प्रतिशत महिला जब आमा बनेका छन् स्वयमलाई बढी दोषी मान्दछन् । यसका साथै स्वयमलाई दोषी मान्ने अर्को महत्वपूर्ण कारण स्वस्थ खाना नखानु, आफ्नो पयिरवारलाई पर्याप्त समय दिन नसक्नु र रोजगारीलाई नजरअन्दाज गर्नु थियो ।
शोधअनुसार पुरुषहरु भने गल्तीका लागि अरुतर्फ औला ठड्याउने गर्दछन् । बेलायतको ग्लासगो कैलिडोनियन युनिभर्सिटीका साइकोलजी डिपार्टमेन्टका प्रमुख डा. सिन्थिया म्याकवे भन्छिन्-पुरुषको बांनी नै अर्कालाई दोष दिने हुन्छ।

No comments:

Post a Comment