के तपाई सुखी र सफल दाम्पत्य जीवनको रहस्य जान्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने सुन्नुस्…यतिमात्रै हो कि हनिमुनसम्म सेक्सको प्रतिक्षा गर्नुस् । यो कुरा एक स्टडीबाट स्पष्ट भएको हो ।
शोधकर्ताहरुले आफ्नो अध्ययनका क्रममा जुन जोडीले पुरानो तरिकाले विवाह गर्दछन् अर्थात जसले हनिमुन मनाउँदैन उनीहरुको दाम्पत्य जीवन सुखी र सफल हुँदैन । यतिमात्र होइन उनीहरुको आपसी सम्बन्धसमेत राम्रो हुन्न । उनीहरुको यौन जीवन पनि राम्रो हुन्न ।
प्रमुख अध्ययनकर्ता बृघम विश्वविद्यालयका प्रो. डिन बस्बीका अनुसार यस विषयमा भएका अधिकांश शोध व्यक्ति विशेषको यौन अनुभवहरुका आधारित हुन्छन् न कि त्यसको समयमा । सम्बन्धहरुमा यौनक्रियाभन्दा अघि बढेर पनि केही कुरा हुन्छ र हामीले पायौ कि जुन व्यक्तिले अधिक समयसम्म प्रतिक्षा गरेको छ उसकोसम्बन्ध सुखी र सफल रह्यो।
अध्ययनका अनुसार हनिमुनसम्म यौन सम्बन्धको प्रतिक्षा गर्नेहरुको भनाइअनुसार उनीहरुको आपसी सम्बन्ध बढी स्थायी र सन्तोषजनक रहेको छ । जबकि विवाहभन्दा अघि नै यौन सम्बन्ध कायम गर्नेहरुबीच यो तत्व कम थियो ।
Friday, January 28, 2011
आँसुबाट प्रभावित हुन्छ सेक्स लाइफ
यदि तपाईकी केटी साथीले इमोशनल ब्ल्याकमेल गर्नका लागि आँसु बगाउछिन् भने यसबाट तपाईको सेक्स लाइफ अन्त्य हुन सक्दछ।
एउटा नयाँ अध्ययनबाट यो आश्चर्यजनक नतिजाको खुलासा भएको हो । अध्ययनकर्ताहरुका अनुसार आँसुमा हुने रसायनले सेक्स लाइफ अन्त्य गरिदिने गर्दछ।
इजरायलको विंजमान संस्थानका अनुसन्धानकर्ताहरुले महिलाहरुको आँसुमा यस्तो रसायन पाए जसले पुरुषको कामोत्तजनासँग सम्बन्धित हर्मोन ‘टेस्टोसटेरोन’लाई कम गर्दछ र पुरुषको मष्तिष्कमा यौनप्रति अरुची पैदा गर्ने गरेको पाए ।
शोधकर्ताहरुले अध्ययनका लागि इमोशनल फिल्म हेरिरहेका महिलाहरुको आँसु जम्मा गरेका थिए । यसपटि २४ पुरुषको एउटा समूहलाई यस्को गन्ध सुघाइयो । साथै पुरुषहरुलाई नक्कली आँसुको गन्ध पनि सुघाइयो ।
अनुसन्धानकर्ताहरुले पाए कि पुरुषहरुमा असली आँसुको वासनाबाट टेस्टोसटेरोन’ हर्मोनको स्तर १३ प्रतिशतसम्म कम भयो । यो अध्ययनबाट यो प्रमाणित हुन्छ कि हरेक मानिस एकअर्कालाई केही संकेत दिने गर्दछ जसको आधारमा अर्को व्यक्तिको व्यवहार तय हुने गर्दछ।

एक ब्राजिलियालीले पत्नीलाई १६ वर्षसम्म घरमा थुनेर राखे
ब्राजिलमा एक व्यक्तिले आफू बसेकै घरमा अर्की महिलासँग बसेर आफ्नी पत्नीलाई भने १६ वर्षसम्म थुनेर राखेको प्रहरीले बिहीबार जनाएको छ ।
ती ६४ वर्षीय व्यक्ति जोआओ वाटिस्टा ग्रोप्पोलाई प्रहरीले उनकै साओ पाउलो प्रान्तको सोरोकावास्थित घरमा अज्ञात स्रोतबाट सुराकी सूचना पाएपछि पक्राउ गरेको छ ।
उनकी सोही उमेरकी पत्नी सेवास्तियाना अपारेसिदा ग्रोप्पो सोही घरको भूइँतलाको एक कोठामा थुनिएकी थिइन् जहाँ हावा पनि नछिर्ने, बिजुली बत्ती नभएको, ढुसी गन्हाउने र साङ्लाले भरिएको थियो ।
प्रहरी प्रमुख ज्याकलिन कोटिन्होले बताए “मैले २१ वर्षे सेवाअवधिमा त्यस्तो कारुणिक थुनाईको स्थिति कहिल्यै पनि देखेको थिइन ।”
वाटिस्टा ग्रोप्पोकी वर्तमान पत्नी मारिया अपारेसिदा फक्विर्मलाई पनि सो थुनाको आरोपमा पक्राउ गरिएको छ । दोषी प्रमाणित भए दुवैलाई आठ वर्षको जेल सजाय हुन सक्छ ।

रानी मन्त्रीसँग भेटिएपछि -----
राजालाई आफ्नी श्रीमती अर्थात रानी अर्कै पुरुषसँग भेटिएपछि कतिको रिस उठ्ला ? यस्तै अबस्थामा भेटिएपछि एक मन्त्रीले आफ्नो पदनै गुमाउनुपर्यो । आफ्नी कान्छी श्रीमती नोथान्डो आफ्नै मन्त्री मन्डलका मन्त्रीसँग भेटिएपछि राजा म्स्वातीको कन्छिरी तातेको खबर छ ।
स्वाजिल्यान्डकी २२ वर्षीया रानी नोथान्डो डुबेसँग एउटै पलङमा बसेर मोजमज्जा गरिराखेका न्यायमन्त्री न्डुमिसो नाम्बालाई राजा म्स्वाती (तृतीय) ले बर्खास्त गरे । पूर्व मिस स्वाजिल्यान्ड नोथान्डो म्स्वातिकी बाह्रौँ रानी र दुई सन्तानकी आमा हुन् ।
चौधवटी रानी भएका म्स्वातिका दुईवटी रानीमाथि पनि परपुरुषसँग सम्बन्ध राखेको आरोप लागेपछि उनीहरू सन् २००४ मा देशै छाडेर भागेका थिए । नाम्बा र नोथान्डो दुवैलाई आपत्तिजनक अवस्थामा दरबारका कर्मचारीले भेट्टाएका थिए ।

दश बर्षिया बच्ची आमा बनिन्
रोमानियामा एक दश बर्षीय बालिका आमा बनेकी छन् । उनले यसैहप्ता स्पेनमा छोरी जन्माएकी हुन् । स्पेनका सामाजिक मामलामन्त्री मिकाएला नैवेरोले यसको पुस्टि समेत गरेका छन् ।
स्पेनका सन्चारमाध्यमहरुले जनाए अनुसार आमा बनेकी १० बालिकाका पति १३ बर्षका छन् । उनी हाल रोमानियामै रहेको जनाईएको छ । मन्त्री किकाएला नैवेरोले आमा बनेकी उनी अझै बालिका रहेकोले आमा र बच्चा दुबैको ठिक तरिकाले संरक्षरण हुन जरुरी छ ।
आमा बनेकी बालिकाको परिवारले घरमै पाल्न सक्ने स्थिति भए उनलाई घरमै पठाउन सकिने मन्त्री नैबेरोको भनाई छ । स्नेपनका पत्रपत्रीकाले १० बर्षिया आमा र उनकी छोरीको तस्विर पनि छापेका छन् ।
बालिका आमा तीन हप्ता पहिले रोमानियाबाट स्पेन आएकी थिईन । रोमानियामा बाल विवाह हुनु नौलो नभएको जनाईएको छ । एक तथ्याड्क अनुसार सन २००८ मा स्पेनमा १ सय ७७ जना बालिका १५ बर्ष भन्दा कम उमेरमा आमा बनेका थिए ।

यौन सम्पर्क राख्न सबैभन्दा राम्रो बिहीबार
यौन मानिसको आधारभूत चिज हो । बिश्वमा सबैभन्दा बढी चर्चा र खोज भएको छ भने यौनकै लागि भएका होलान् । मान्छेले सबैभन्दा चासो दिने पनि यसैमा रै'छ । यहाँले यो समाचारपनि यौनकै बिषयमा भएकाले पक्कै पढ्न हतारिनुभएको होला हगि ? हा--हा-- । कुरा महत्वपूर्ण छ । यौनसम्पर्कका लागि सबैभन्दा उत्तम बार कुन होला ? कहिले, कुन बेला र कुन दिन यौन सम्पर्क राख्दा सबैभन्दा बढी यौनसन्तुष्टी प्राप्त होला ? यस बिषयमा बिभिन्न समयमा बिभिन्न तथ्य, प्रतिवेदनहरु सार्वजनिक भएका छन् ।
यौनसम्पर्कका लागि बिहानी पखको समय सबैभन्दा उत्तम भएको तथ्य यसअघिनै सार्वजनिक भइसकेको छ ।
हालै यौन सम्पर्कका लागि बिहीबार सबैभन्दा राम्रो दिन भएको तथ्य सार्वजनिक भएको छ । लन्डन स्कूल अफ इकोनोमिक्सले हालै गरेको एक अध्ययनले यौनसम्पर्कका लागि सबैभन्दा उत्तम दिन बिहीबार रहेको तथ्य सार्वजनिक गरेको हो । अध्ययन अनुसार बिहीबारको दिनमा पुरुष र महिलाको सेक्स हर्मोन अरु बारको तुलनामा झन्डै पाँच गुना बढेको हुन्छ । जसका कारण पुरुष तथा महिलाले सो दिन यौन सम्पर्क राखेमा अरु बारेको तुलनामा पाँच गुना बढी आनन्द लिन सक्छन् । साताका प्रत्येक दिन कुनै खास कुराका लागि महत्वपूर्ण रहेका छन् । अध्ययन प्रतिवेदनमा भनिएको छ । तर अरु बारको तुलनामा मानव यौन जीवनका लागि सबैभन्दा र महत्वपूर्ण रहेको छ । यो दिन यौन सम्पर्क राख्ने जो कोहीले पनि चरम आनन्द प्राप्त गर्नेछन् ।
लन्डनकै हजारौँ व्यक्तिसित गरिएको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा आइतबार घरको भन्दा बाहिरको खाना खान राम्रो रहेको, सोमबारको दिन मानिसलाई मुटुसम्बन्धी रोग धेरै लाग्ने गरेको, मंगलबारको दिन कामका लागि सबैभन्दा उत्तम दिन रहेको, बुधबारको दिन माया, प्रेमका लागि उत्तम रहेको, बिहीबार यौनसम्पर्क गर्नेका लागि, शुक्रबार धुम्रपान गर्नेहरुलाई छाड्न उत्तम दिन रहेको, शनिबार बच्चा पाउन सबैभन्दा उत्तम दिन रहेको उल्लेख गरिएको छ ।

एक स्पर्श १ हजार शब्द बराबर
भनिन्छ कि एक स्पर्श १ हजार शब्द बराबर हुन्छ । कहिलेकाहीं एक स्पर्शले पनि मनका सबै कुरा बताउन सक्छ र दुई व्यक्तिबीच न बोल्नु आवश्यक पर्छ न कुनै इसाराको ।
उत्क्रान्तिका क्रममा हामीले स्पर्शको माध्यमबाट आफ्नो भावना व्यक्त गर्न सिकेका हौ। तर के स्पर्ष भाषाको विकल्प बन्न सक्छ त ? यही कुरा पत्ता लगाउनका लागि डिपाओ विश्वविद्यालयका प्रोफेसर मैथ्यु हस्टिर्स्टाइनको नेतृत्वमा एउटा प्रयोग गरायो।
यो टोलीले २४८ जना विद्यार्थी छान्यो । यि विद्यार्थीहरुले एक अर्कालाई छुनु थियो र स्पर्श गर्ने तथा स्पर्श महशुस गर्ने विद्यार्थी यस्ता थिए जो पहिले कहिल्यै परिचत थिएनन्। यो प्रयोगमा ४४ महिला र ३१ पुरुषले एक महिलालाई र २५ पुरुष र २४ महिलाले एक पुरुषलाई छोए ।
छुने व्यक्तिलाई आफ्नो स्पर्शको माध्यमबाट फरक फरक भावना, जस्तो कि डर, प्रेम, घृणा, क्रोध, दया, खुसी, दुःख, सहानुभूति र आभार आदिमध्ये कुनै पनि एक भावना व्यक्त गर्नु थियो । उनीहरुलाई दुई स्वयम सेवकको शरीरका भाग जस्तो टाउको, अनुहार, गर्धन, कांध, हात, अंगालो आदि छुन सक्ने बताइएको थियो।
यसपछि स्पर्श महशुस गर्ने व्यक्तिलाई एउटा कागज थिइयो । उसले त्यहां कुन प्रकारको भावना कतिपटक महशुस गरेकोबारे लेख्नु थियो । शोधको परिणाम ५० प्रतिशतदेखि ७५ प्रतिशतसम्म सही निस्क्यो। यो नतिजा यसकारण पनि महत्वपूर्ण थियो कि व्यक्तिको अनुहारको अनुहारको हावभावबाट प्रकट हुने भावनासंग सम्बन्धित शोधको नतिजा मात्र ११ प्रतिशत सफल दर देखाउछ।
स्पर्शको भाषा
स्पर्श एक पेकारको भाषाको काम गर्दछ। स्पर्शको माध्यमबाट हामी करिब करिब सबै प्रकारको भावना व्यक्त गर्न सक्छौ । हात मिलाएर, हात खेलाएर, कांधमा हल्का धाप मारेर, हात समातेर र समात्ने क्रममा दबाव बढाएर वा घटाएर, औलामा स्पर्श गेरर, औला चलाउने लगायतको क्रियाबाट हामी धेरै भावना व्यक्त गरिरहेका हुन्छौ या महशुस गर्दछौ । साथै कसैले यसमा ध्यान पनि दिदैन ।
प्रेम व्यक्त गर्न हात हलुका ढंगले समात्नु, डर व्यक्त गर्न हात जोडले समात्नु, खुसी महशुस गर्ने बेला आफूअगाडिको व्यक्तिको अनुहारमा हात राख्नु, सहानुभूति वा गर्व महशुस गर्ने बेला आफूअगाडिको व्यक्तिको कांधमा धाप मार्नु स्पर्श भाषाकै अंग हो।
स्पर्श र लिंगभेद
पुरुष र महिलाबीच स्पर्शको माध्यमबाट आफ्नो भावना प्रकट गर्ने सिद्धान्त फरक फरक हुन्छ । उदाहरणका लागि यस्तो अत्यन्त कम हुन्छ कि कुनै पुरुष आफूअगाडिको व्यक्तिको अनुहारमा हात लगाओस् तर महिलामा यस्तो अक्सर हुने गर्दछ ।
पुरुष कुनै अर्को पुरुषप्रति सहानुभूति व्यक्त गर्नका लागि स्पर्शको साहरा सामान्यतः लिदैनन् तर महिलाहरु यस्तो गर्दछन्। बैज्ञानिकहरुकाअनुसार उत्क्रान्तिताका महिला र पुरुषको विकास हुने समयमा दुवैमा भावना व्यक्त गर्ने फरक फरक तरिका विकास भएको हुनसक्छ ।
उक्त प्रयोग अमेरिकाका विद्यार्थीहरुमाथि गरिएको थियो । तर, नेपालजस्ता मुलुकमा यो प्रयोग गर्ने हो भने नतिजा फरक निस्कन पनि सक्छ । किनभने सामाजिक परिवर्तन र आम क्रियाकलापको असर स्पर्श भाषामा पनि पर्दछ ।

Thursday, January 27, 2011
तीन लाख अपराधीले भोग्नुपर्ने ८८ हजार ५ सय ५३ वर्ष सजाय भुक्तान हुन बाँकी
विभिन्न अपराधमा अदालतले दोषी ठहर गरे पनि कारबाही छल्दै आएका नेपालीको संख्या तीन लाख पुगेको छ । सर्वाच्च अदालतको तथ्यांकअनुसार ती सबै दोषी मिलेर भुक्तान गर्नुपर्ने ८८ हजार वर्ष जेल सजाय पनि कार्यान्वयन भएको छैन ।
सर्वोच्चले संकलन गरेको पछिल्लो तथ्यांकअनुसार सार्वजनिकदेखि जघन्य किसिमका करिब एक लाख मुद्दामा तीन लाखजनालाई विभिन्न अदालतले दोषी ठहर गरेका छन् । तर, अदालतले दोषी ठहर गरे पनि सरकारले पक्राउ गरी कारबाही गर्न सकेको छैन ।
निर्देशनालयले विक्रमसम्वत् १९९० देखि ०६७ असार मसान्तसम्मको फैसलाको तथ्यांक संकलन गरेको थियो । त्यस्तै, अदालतले फैसला गरेअनुसार ८८ हजार पाँच सय ५३ वर्ष जेलसजाय कार्यान्वयन भएको छैन । त्यस्तै, तीन अर्ब ९९ करोड नौ लाख ७४ हजार एक सय जरिवाना पनि उठाउन बाँकी छ । यसले अदालती न्याय कागजमै सीमित भएको पुष्टि हुन्छ ।
सर्वाेच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्रनाथ उपाध्याय भन्छन्, 'फैसला कार्यान्वयन हुन नसक्दा अदालतले दोषी ठहर गरेका तीन लाख व्यक्तिले उन्मुक्ति पाएका छन्, यसले कानुनी शासनलाई ठाडो चुनौती दिएको छ ।'
यसरी दण्डहीनताको अवस्था भयानक हुनुमा सरकार र प्रहरी जिम्मेवार रहेको अदालतका अधिकारीको भनाइ छ । फैसला कार्यान्वयनको काम न्यायपालिकाको नभई कार्यपालिकाको भएकाले कार्यपालिकासँग सम्बन्धित निकायले त्यसमा ध्यान दिन नसकेको अदालतका कर्मचारी बताउँछन् ।
सबैभन्दा धेरै कार्यान्वयन हुन बाँकी काठमाडौं जिल्ला अदालतका फैसला छन् । काठमाडौंमा १२ हजार ७३ वटा फैसला कार्यान्वयन हुन सकेका छैनन् । त्यसैगरी दोस्रोमा सप्तरीका १० हजार तीन सय ५५, तेस्रोमा पर्साका पाँच हजार ४७, चौथोमा रूपन्देहीका तीन हजार ६ सय ९१ र पाँचौँमा बाँकेका एक हजार नौ सय ५३ छन् ।
निर्देशनालयका उपसचिव राजेन्द्रराज आचार्यका अनुसार सजाय भुक्तान हुन बाँकीमध्ये धेरै ०४६ सालपछि भएका फैसला छन् । '०४६ सालपछि दण्डहीनता र अराजकता बढेको देखिन्छ,' आचार्यले बताए ।'अदालतले दोषी ठहर गरेका तीन लाख व्यक्ति खुल्लमखुल्ला हिँड्नाले राज्यमा दण्डहीनताको भयावह अवस्था देखाउँछ,' निर्देशनालयका उपसचिव आचार्यले नयाँ पत्रिकासँग भने, 'राज्यको नेतृत्वमा बसेका व्यक्तिहरूले आफू नै फसिन्छ भनेर यसलाई प्राथमिकतामा राख्न सकेका छैनन् ।'
अदालतको निर्णय पालना गराउने प्रमुख दायित्व प्रहरीको हो । निर्देशनालयका महानिर्देशक उपाध्यायका अनुसार प्रहरी र अदालतबीच समन्वय हुन सकेको छैन । भर्खरै मात्र प्रहरीसँग समन्वय सुरु भएको उनले बताए ।
अदालतले दोषी ठहर गरी सजाय भुक्तान नभएका व्यक्तिबारे प्रहरीसँग पनि तथ्यांक छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का निर्देशक डिआइजी राजेन्द्रसिंह भण्डारी भने अदालतसँग छलफल गरेर अदालतले दोषी कायम गरेका व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न विशेष टोली बनाउन लागेको बताउँछन् । 'हामीले अदालतसँग फरार रहेकाको नाम मागिरहेका छौँ, टोली गठन गरेर छिट्टै पक्राउ गर्न सुरु गर्नेछौं,' उनी बताउँछन् ।
हुन त अदालतको फैसला कार्यान्वयनका लागि हरेक अदालतमा तहसिल शाखा व्यवस्था गरिएको छ । तर, ती शाखाले कारबाहीको दायरामा ल्याउनुपर्ने व्यक्तिको नाम थप्दै जानेबाहेक केही काम गर्न सकेका छैनन् । प्रहरीको सहयोगविना अदालतका कर्मचारीले केही गर्न नसक्ने तर प्रहरीको सहयोग नभएको सर्वाच्च अदालतका एक उच्च कर्मचारी बताउँछन् ।
फैसला कार्यान्वयन नहुने समस्या बढेपछि सर्वाच्च अदालतले गत वर्ष फैसला कार्यान्वयन निर्देशनालयको स्थापना गरेको हो । निर्देशनालयका महानिर्देशक उपाध्याय आफूहरू तथ्यांक संकलनको क्रममा रहेको र आगामी वर्षबाट फैसला कार्यान्वयनको काममा सक्रिय रूपमा लाग्ने तयारी गरिरहेको बताउँछन् । 'दोषी कायम भई सजाय तथा जरिवाना हुन नसकेको करिब तीन लाख व्यक्तिको संकलन गरी त्यसलाई हामी केही महिनाभित्रै वेबसाइटमा राख्नेछौँ,' उनले बताए । निर्देशनालयका अनुसार सबैभन्दा धेरै फैसला कार्यान्वयन नभएका १० जिल्लामा आगामी फागुनबाट नै अभियानको रूपमा काम गर्ने उपाध्यायको भनाइ छ ।
अदालतले दोषी ठहर गरेका व्यक्तिलाई फैसलाअनुसारको कारबाही गर्न सर्वाच्च अदालतले गत वर्ष एक हजार न्यायिक प्रहरीको प्रस्ताव पनि सरकारसँग राखेको थियो । तर, गृह मन्त्रालयमा विगत ६ महिनादेखि त्यससम्बन्धी फाइल थन्किएको सर्वाच्चका एक कर्मचारी बताउँछन् । 'सरकारले यसमा चासो नदेखाउनुले सरकार नै दण्डहीनतालाई प्रोत्साहित गरिरहेको छ भन्ने प्रस्ट हुन्छ,' ती कर्मचारीले बताए ।
दोषी ठहर गरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्नेहरूलाई अदालतले प्रोत्साहन रकम दिने व्यवस्था पनि गरेको छ । दोषीलाई पक्राउ गरी अदालतलाई बुझाउनेलाई उक्त दोषीले तिर्नुपर्न जरिवानाको २५ प्रतिशत अर्थात् कैद सजायको प्रतिमहिनाको एक सय ५० रुपैयाँका दरले अदालतले प्रोत्साहन रकम दिन्छ । तर, प्रहरीले गर्न नसकेको काममा सर्वसाधारण जोखिम मोल्न तयार नहुने अदालतका कर्मचारीको बताउँछन् ।
उता निर्देशनालयले भने फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन सर्वसाधारणको जनसम्पर्क हुने मालपोत, जिल्ला प्रशासन, स्थानीय निकायजस्ता कार्यालयमा सजाय भुक्तान गर्न बाँकी व्यक्तिको नामसूची पठाउन सुरु गरेको छ । सजाय भुक्तान नगर्ने व्यक्तिको सरकारी काम रोक्ने प्रयास निर्देशनालयले गरेको हो । सजाय भुक्तान नगरी फरार रहेका व्यक्तिलाई राहदानी नदिन परराष्ट्र मन्त्रालयलाई पनि विभिन्न पक्षले दबाब दिइरहेका छन् ।
मार्ने अभियान
सुन्दा अपत्यारलि लाग्न सक्छ तर यो वास्तविकता हो। नेपालको सबैभन्दा ठूलो मानिएको वीर अस्पतालमा बचाउने होइन, मार्ने अभियान चलेको हो। तर, चिन्ता मान्नु पर्दैन, अस्पतालले मान्छे होइन, मुसा माररिहेको छ। केही समययता मुसाको बिगबिगी बढेपछि अस्पताल प्रशासनले मुसा मार्ने अभियान नै थालेको छ।
गत दुई सातादेखि वीर अस्पतालमा मुसा मार्ने अभियान चालिएको अस्पतालका चिकित्सक सुदीप यादव बताउँछन्। उता बिरामी कुर्न बसेका कुरुवाहरू भने रातभर िमुसा धपाउनमै व्यस्त हुन् थालेका छन्। यसरी बिरामी भएर जँचाउन जाने स्थानमा मुसा आतंक फैलिन थालेपछि कुरुवादेखि बिरामीसम्म झनै बिरामी हुने अवस्था आएको छ।

कविता वाचन गरी तेह्रौँ तिथि
सामान्यतया मान्छे मरेको १३आँै दिन धार्मिक रीतिरविाज अनुसार गरुडपुराण पढ्ने र सुन्ने गरन्िछ। तर, गोरखा नगरपालिका-१० का गुणकान्त अर्यालको १३औँ तिथिमा आफन्तहरूले कविता वाचन गरेर शोकसभा गरे। गतसाता सबै काजकर्म सकेर उनका नातेदार र छरछिमेकी भेला भए। उनीहरूले अर्यालको व्यक्तित्वमा तयार पारेका कविता वाचन गरेर दिन बिताए। कुनै चोक वा चौतारोमा बसेर गरएिको जस्तै देखिने सभामा छोरा, नाति, भान्जालगायतले कविता वाचन गरेको अर्यालका माइला छोरा रामचन्द्र बताउँछन्।
"१३आँै दिनको तिथिमा भेला भएका आफन्तहरूमध्ये अधिकांश कविता लेख्न जान्ने परेछन्," रामचन्द्र भन्छन्, "धेरैले बुबाको विषयमा एकैछिनमा कविता तयार पारेर वाचन गरे।" मृतकका बारेमा गफ मात्रै गर्ने, रुने, शोकमा डुब्ने परम्पराका बीच फरक काम भएका स्थानीय अनिल कुँवर बताउँछन्। कुँवर भन्छन्, "कविता सुनेपछि स्वर्गीय अर्यालको व्यक्ति स्मरण भयो।"

दुई मन्त्रीको बोलचालै बन्द
मन्त्रिपरिषद्मा दुई यस्ता मन्त्री छन्, जसका बीच धेरै समानताहरू छन्। दुवै नौ जना सभासद् रहेका पार्टीका अध्यक्ष हुन्। दुवैको गृहजिल्ला एउटै हो। दुवै जना एउटै निर्वाचन क्षेत्रका हुन्। दुवै एउटै भवनमा बसेर झन्डैझन्डै उस्तै प्रकृतिको काम गर्छन्। तर, दोस्रो र तेस्रो तलामा बस्ने मन्त्रीहरूबीच वषार्ंैदेखि बोलचाल छैन।
यी दुई मन्त्री हुन्, सद्भावना पार्टीका अध्यक्ष एवं वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो र हालै मात्र गठन भएको तराई-मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष तथा उद्योगमन्त्री महेन्द्र राय यादव। हरेकपल्ट सर्लाही जाँदा मन्त्री यादवले देशको जुनसुकै कुनाबाट उठे पनि महतोलाई आफूले हराउने दाबी गर्न चुक्दैनन्। यादवको यस्तै बानीका कारण दुई मन्त्रीबीच सम्बन्ध यति चिसिएको हो। दुई मन्त्री औपचारकि होस् वा अनौपचारकि जस्तोसुकै भेटघाटमा पनि बोल्दैनन्। चुनावी अभियानदेखि बिगि्रएको यी दुईको सम्बन्ध मन्त्री भएपछि झनै बिगि्रएको हो।
बोलचाल बन्द भएका मन्त्रीहरूले बेलाबखत एकले अर्काको काममाथि हस्तक्षेप पनि गर्न खोज्छन्। करबि एक महिनाअघि आयात निर्यातसम्बन्धी आपूर्ति मन्त्रालयको काममाथि यादवले गरेको हस्तक्षेप त्यस्तै एउटा उदाहरण हो। दुई मन्त्रीको बोलचाल बन्द भएकै कारण दुवै मन्त्रालयले संयुक्त रूपमा गर्नुपर्ने कतिपय कामहरूसमेत प्रभ्ाावित हुने गरेका छन्। मन्त्रालयका एक कर्मचारी भन्छन्, "एउटै भर्याङबाट सँगै ओर्लेका बेलामा पनि दुई मन्त्रीले एकले अर्कालाई नचिनेजस्तो गर्छन्।"

पुरुषहरु सेक्स फिलिङ लुकाइराख्छन्
अहिलेसम्म महिलाहरुले आफ्नो मनको कुरा व्यक्त गर्दैनन् लुकाइराख्छन् भनिदै आएको थियो । तर एउटा नयाँ शोधका अनुसार पुरुषहरु पनि धेरै कुरा मनमा लुकाएर राख्ने गर्दछन् भन्ने खुलासा भएको छ।
त्यसैले महिलामाथि आरोप लगाउनुअघि पुरुषहरुले आफ्नो मनमा गम्भीर भएर हेर्नुपर्ने भएको छ। सेक्स एक्सपर्ट डा. लुआन ब्रीजेनडाइनले गरेको अध्ययनमा पुरुषहरुले आफूभित्र अनेकौ फिलिङ लुकाइराख्ने गरेको पत्ता लगाएका हुन् । पुरुषहरु बाहिर अर्कै देखावटी गर्दछन् । पुरुषहरुको दिमाग बुझ्न कठिन छ ।
सेक्समा मामिलामा पुरुषहरुको चाहना बढी हुन्छ। तर उनीहरु आफ्नो फिलिङ लुकाइराख्ने गर्दछन् । यहाँसम्म कि यौन चाहनामा उनीहरु महिलाहरुसँग चिटिङ गर्न पनि पछि हट्दैनन् ।
लुआनका अनुसार यसका लागिपुरुषहरुमा पाइने हर्मोन टेस्टोस्टेरांन जिम्मेवार छ। यसैका कारण पुरुषहरुको आँखा महिलाहरुको शरीरको कर्व्समा घुमिरहन्छ।
यति मात्र होइन, महिलाहरुको तुलनामा यौन चाहना पुरुषहरुमा साढे दुई गुना बढी हुने गर्दछ। त्यसैले महिलाहरुले पनि पुरुषहरुसँग गम्भीरतापूर्वक काम लिनु बाञ्छनीय छ ।

नाङ्गै विवाह गर्ने अन्ततः भूमिगत
मानिसमा रहर पनि अचम्म कै हुन्छन् । यस्तै अनौठो रहर पूरा गर्ने नाउँमा एक चिनियाँ दम्पत्ति भूमिगत नै हुनुपरेको छ । हुनान प्रान्त निवासी यो जोडीको नाम र पूरा ठेगाना त प्रहरीले सार्वजनिक गरेको छैन तर बितेका दुई महिना यता प्रहरीले अत्यन्तै मिहिनेतपूर्वक पक्राउ गर्न खोजेको यो जोडीको अपराध भने नाङ्गै विवाह गर्नु हो ।
हुनान प्रहरी अधिकारीहरूका अनुसार गएको अक्टोबरको पहिलो साता यहाँस्थित युवक-युवतीको एक जोडीले नाङ्गै विवाह गरेर सामाजिक शिष्टाचार र मर्यादाको चरम उल्लङ्घन गरेका छन् । यद्यपि प्रहरीले यो जोडीले नाङ्गै विवाह गरेको फोटो र समाचार स्थानीय छापाहरूमा सार्वजनिक भइसकेपछि मात्रै यसबारे जानकारी पाएको थियो ।
हालका दिनमा चीनमा पश्चिमा शैलीमा विवाह गर्ने चलन निकै बढेको छ तर नाङ्गै विवाह गर्नु भनेको उच्छृङ्खलताको पराकाष्ठा हो-हुनान प्रहरी उप प्रमुखले भनेका छन् । प्रहरीले यो विवाहलाई पागलपनको संज्ञा दिएको छ ।
चिनियाँ फोटोग्राफरको सङ्गठन ‘चाइनिज फोटोग्राफर एसोसिएसन’ले समेत नग्न तस्बिर खिच्न र सार्वजनिक गर्न प्रतिबन्ध लगाउँदै आएको सन्दर्भमा नाङ्गै विवाह गर्ने यो जोडीको तस्बिर कसले खिच्यो र सार्वजनिक गर्नुको प्रयोजन के भन्ने विषयमा समेत अनुसन्धान भहरहेको बताइएको छ । ‘बिहे भन्ने कुरा पवित्र र संस्कारित हुनुपर्दछ र यसलाई सम्मान गर्न सिक्नुपर्दछ, यो त अराजकता हो’ फोटोग्राफर एसोसिएसनका अध्यक्ष हे लिनले भनेका छन् । चिनियाँ प्रहरीले यो जोडीलाई सख्त कारबाही गर्ने जनाएको छ ।

किन महिला स्वयमलाई दोषी ठान्छन् ?
स-साना गल्तीका लागि महिलाहरु स्वयमलाई दोषी मान्दछन् । त्यसैले समाजमा उनीहरुको छवि बनिसकेको छ कि उनीहरु सधैं गल्ती गर्दछन् ।
एक शोधमा पनि यो कुरा स्पष्ट भएको छ कि करिब ९६ प्रतिशत बढी महिला दिनमा कम्तीमा एक पटक स्वयम लज्जित हुने गर्दछन् । करिब ५० प्रतिशत महिला अलग अलग कारणका लागि एक दिनमा कम्तीमा चार पटकसम्म स्वयमलाई दोषी मान्दछन् ।
स्टाइलिस्ट म्यागजिनले गराएको सर्वेक्षणअनुसार आफ्नो बडी शेप, रिलेशनसीपका लागि उनीहरु स्वयमलाई दोषी मान्दछन् ।
साथै शोधअनुसार अपराधबोधका कारण ५० प्रतिशत महिला राति निदाउन सक्दैनन् । यस्तै ७५ प्रतिशत महिला जब आमा बनेका छन् स्वयमलाई बढी दोषी मान्दछन् । यसका साथै स्वयमलाई दोषी मान्ने अर्को महत्वपूर्ण कारण स्वस्थ खाना नखानु, आफ्नो पयिरवारलाई पर्याप्त समय दिन नसक्नु र रोजगारीलाई नजरअन्दाज गर्नु थियो ।
शोधअनुसार पुरुषहरु भने गल्तीका लागि अरुतर्फ औला ठड्याउने गर्दछन् । बेलायतको ग्लासगो कैलिडोनियन युनिभर्सिटीका साइकोलजी डिपार्टमेन्टका प्रमुख डा. सिन्थिया म्याकवे भन्छिन्-पुरुषको बांनी नै अर्कालाई दोष दिने हुन्छ।

चुम्बनका लागि हरेक व्यक्तिको ३३६ घण्टा खर्च
बाल्यकालदेखि अहिलेसम्म तपाईले कयौ पटक किस अर्थात चुम्बन गर्नुभयो होला । तर के तपाईलाई थाहा छ आफ्नो जीवनकालमा कति समय किस गर्नमा खर्च गर्नुभयो ? यो जान्नका लागि तपाईले ‘किस स्टोरी’ नामक पुस्तक पढ्नुपर्नेछ। यो पुस्तकमा किससँग सम्बन्धित धेरै जानकारी दिइएको छ।
किस शब्द युरोपीय शब्द kussjan बाट बनेको हो । आफ्नो पुरा जीवनकालमा एक व्यक्तिले औषतः किस गर्नमा ३३६ घण्टा खर्च गर्दछन् । त्यसो त संसारमा सार्वजनिक रुपमै किस गर्ने मानिसहरुले धेरै पहिला किस गर्न सुरु गरेका थिए। तर फेरि पनि केही स्थानमा सार्वजनिक रुपमा किस गरे मृत्युदण्डको सजाय दिइन्थ्यो । १५६२ मा नेपल्समा यसप्रकारको व्यवहारका लागि मृत्यु दण्डको सजाय दिइन्थ्यो ।
भारतसहितका पूर्वी संस्कृतिको प्रभाव रहेको क्षेत्रमा बन्नेचलचित्रमा यसप्रकारको दृष्य देखाउनसमेत निकै समय लागेको थियो । १९२६ मा एक अंग्रेजी चलचित्रमा स्मुचको दृष्य सबैभन्दा पहिला देखाइएको थियो ।
फ्रेन्च किसको सुरुवात अंग्रेजीकै देन हो । तर लिप टु लिप किसको सुरुवात फ्रान्समा भएको थियो । फ्रेन्चका मानिस यसप्रकारको किस गर्न मन पराउने गर्दथे ।
स्त्री र पुरुषको क्लोज किस ८० वर्ष पहिले सन् १९२७ मा चलचित्र विङ्गस Wings मा देखाइएको थियो । यस्तै खुला रुपमा समलैङ्गक किस ठुलो पर्दामा सन् १९२२ मा फिल्म two lesbians snogging मा देखाइएको थियो । सबैभन्दा बढी किसको दृष्य भएको चलचित्र 191 – Don Juan सन् १९६०मा देखाइएको थियो । १९९० मा अल्फ्रेड वोलफ्रेमले मिनेसोटामा भएको एक समारोहका क्रममा ८ घण्टामा ८००१ जना व्यक्तिलाई किस गरेका थिए । यसरी १ मिनेटमा १६ जनालाई किस गरेको रेकर्ड बनेको थियो ।
यो पुस्तकमा हर्मोन्सका कारण दुई व्यक्तिलाई नजिक्याउने दावी पनि गरिएको छ। अर्कातिर किसका क्रममा २७८ प्रकारका ब्याक्टेरिया आदानप्रदान हुने र यसका कारण प्रेमी कयौ रोगको शिकार हुने गर्दछन्

Subscribe to:
Comments (Atom)