Friday, October 28, 2011

१ सय २० वर्षो उमेरमा बिह

बुढापाकाले दशैँमा टिका लगाइदिँदा विशासय आयु होस् वा एकसय बिस वर्ष बाँचेस् भनेर आशिक दिन्छन् । त्यसैले मान्छेका लागि १ सय २० वर्ष बाँच्नु पनि भाग्यकै कुरा हो । तर भारतको असमका एक मानिस भने एक सय बिस वर्षम्म बाँचेका मात्र छैनन् उनले त यो उमेरमा बिहे गरेर सबैलाई अचम्ममा पारेका छन् ।
करिमगञ्जको सतघोरी गाउँका मीत हाजी अब्दुल नूरले १ सय २० वर्षो उमेरमा बिहे गरेका हुन् । यति धेरै बुढाले कुन उमेरकी दुलही भित्राएका होलान् भन्ने जिज्ञासा सबैमा उत्पन्न हुनसक्छ । उनले आफ्नो उमेरको अनुपातमा साँच्चीकै तरुनी बेहुली पाएका छन । नूरले आफुभन्दा आधा उमेर कान्छी अर्थात् ६० वर्षी महिलासँग झ्याइँ पारेका हुन् ।

गएको आइतबार भएको बिहेमा उत्तर त्रिपुराको फूलबारी गाउँका सामोइ बीबी ६ बीस उमेर कटेको मान्छेलाई लोग्नेको रुपमा पाउँदा खुसी देखिन्थिन् । बिबाह समारोह भव्य भएको थियो र झण्डै ५ सय जना पाहुनालाई निम्तो गरिएको थियो ।
नूरले मतदाता सूचिमा आफ्नो उमेर १ सय १६ वर्षउल्लेख भएपनि आफ्नो खास उमेर १ सय २० वर्षरहेको बताए ।
पहिली श्रीमतीको ६ वर्षघि निधन भएलगत्तै नूरले दोश्रो बिहे गर्न खोजेका थिए । तर डाँडापारीको जून भएको मान्छेलाई कसले छोरी दिन्थ्यो र – तर इश्वरले जोडि जुराइदिएपछि के लाग्छ । पहिले बिहे गरेको लोग्ने मरेर विधवा बनेकी र छोराछोरी नभएकी बीबीको भाग्यमा दोश्रो लोग्नेको रुपमा नूरलाई पाउन लेखेको रहेछ ।
पहिली श्रीमतीबाट २ छोरा, ४ छोरी तथा थुप्रै नातिनातिमा र पनाती पनातिना गरी १ सय २२ जना सन्तती रहेका नूर दोश्री श्रीमतीबाट पनि वंश वृद्धि गर्न अब सक्षम छैनन् । तर बुढेशकालको सहारा भने अवश्य पाएका छन् । बुवाले सानिमा भित्राएकोमा नूराका छोराछोरी निकै खुसी छन् ।

जन्मदै ६.३५ किलोको छोरा

मानिसको बच्चा जन्मिँदा सामान्यतया ३-४ किलो हुन्छ । तर बेलायतमा भने एउटी महिलाले झण्डै साढे ६ किलोको बच्चा जन्माएकी छिन् । ३३ वर्षकी मिरियम पियरम्यानले ६.३५ किलोको छोरा जन्माएकी छिन् ।
नटिंघमकी बासिन्दा मिरियमको यस्तो भिमकाय बच्चा देखेर अस्पताल पनि हैरान भएको छ । पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गरेकी मिरियम दोश्रो बच्चा जन्माउँदा सामान्य रुपमा सुत्केरी हुन चाहिन्थन् तर बच्चाको आकार ठूलो भएपछि अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालियो ।
तर यो बच्चा जन्मिँदा सबैभन्दा धेरै तौल भएको बच्चा भने होइन । यसअघि सन् १९९२ मा बेलायतको कम्बि्रयामा ७ किलोको बच्चा जन्मिएको थियो ।

नेपालका गर्भवतीलाई दिन क्लिन्टनले थालिन् पुराना मोबाइल संकलन

नेपाल र कंगोका गर्भवतीको स्वास्थ्यमा सघाउन अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन तथा वर्तमान विदेशमन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सीले अभियान चलाएकी छन्। उनलाई पूर्व सुपरमोडल क्रिस्टी टर्लिङटोन बर्न्सले साथ दिएकी छन्। भ्वाइस अफ अमेरिकाका अनुसार यसका लागि उनीहरूले वासिङटन डिसीस्थित जर्ज वासिङटन विश्वविद्यालयमा मंगलबार पुराना मोबाइल फोन संकलन थाले। अभियानले यस्ता मोबाइल फोनमा सफ्टवेयरमार्फत मातृ तथा शिशु स्वास्थ्यसम्बन्धी जानकारी राखेर नेपालका ग्रामीण भेगका गर्भवतीलाई उपलब्ध गराउनेछ। चेल्सी आफ्ना पिताले स्थापना गरेको 'क्लिन्टन वर्ल्ड इनिसिएटभ्स'की कार्यकारी सदस्य हुन् भने क्रिस्टी बालस्वास्थ्य क्षेत्रमा काम गर्दै आएको 'एभ्री मदर' नामक गैरसरकारी संस्थासँग आबद्ध छिन्।
'न्यून मूल्यमा नयाँ मोबाइल किनेर त्यसमा स्वास्थ्य सेवाका जानकारीयुक्त नयाँ सफ्टवेयर जडान गरेर वितरण गरिने' समाचारमा उल्लेख छ।
अफ्रिकी मुलुक कंगोमा पनि नेपालमै जस्तो अभियान चलाउने योजना बनाएका यी संस्थाले अभियानबाट दुवै देशका गरी कम्तीमा ५० लाख आमा लाभान्वित हुने जनाएका छन्।
अभियानमा सघाइरहेको 'होप फोन्स'की व्यवस्थापक टिर्ने ओडियाले कन्सास इन्फोजिन डटकमसँग भनेकी छन्, 'सस्तो नयाँ मोबाइलमा प्रविधि जडेर उपलब्ध गराउनेछौं।' उनले यसबाट स्वास्थ्यकर्मीसँग बिरामीलाई कुरा गर्न सहज हुने बताएका छन्।
फोनमा जडिने सफ्टवेयरमा ग्रामीण क्षेत्रका महिला, परिवार, समाज र स्वास्थ्यकर्मीलाई समेत काम लाग्ने जन्म, गर्भावस्थाका उच्च जोखिम तथा गम्भीर समस्यामा आपतकालीन सेवाबारे सूचना राखिने अभियानले जनाएको छ।
ओडियाका अनुसार होप फोन्सको प्रमुख उद्देश्य आमाको जीवन तथा प्रजनन् स्वास्थ्यको सुरक्षा सन्जाल बनाउनु हो।
अभियानले १५ हजार मोबाइल फोन संकलन गरिसकेको कन्सास इन्फोजिन डटकमले जनाएको छ।
अभियानकर्ताले दानस्वरुप संकलन गरिएका महँगा मोबाइल सेट बेचेर सस्ता धेरै संख्याका सेट खरिद गरी वितरण गर्ने योजना बनाएका छन्। उनीहरूले स्मार्ट फोनबाट ५ देखि २० वटा नयाँ मोबाइल फोन बनाउन सकिने बताएको भ्वइस अफ अमेरिकाले लेखेको छ। मार्चसम्म लक्ष्य पूरा गर्ने अभियानको लक्ष्य छ।
क्लिन्टनले सन् २००७ मा स्थापना गरेको क्लिन्टन ग्लोबल इनिसिएटिभ्सको मार्चमा सम्मेलन हुँदैछ। 'प्रत्येक व्यक्तिले केही फरक गर्न सक्छन् र गर्नुपर्छ,' अभियानको शुभारम्भ भाषणमा चेल्सीलाई उद्धृत गर्दै वासिङ्टन विश्वविद्यालयको वेबसाइटले लेखेको छ, 'त्यो दायित्व पूरा गर्न सफा उद्देश्यका साथ काम गरे पूरा गर्न नसकिने चुनौती होइन।'
पूर्व मोडल टर्लिङटोन बर्न्सले पनि सबैले मतभिन्नता फाल्दै यस्तो अभियानमा सघाउनुपर्ने
बताइन्।
उनले भनिन्, 'बालबालिकालाई बचाउने सबैभन्दा राम्रो उपाय आमा तथा आमा बन्नुभन्दा अघिका केटीमा लगानी हो।'
यो अभियानलाई अमेरिकाका एबिसी न्युज च्यानल र राष्ट्रसंघीय फाउन्डेसनले पनि सहयोग गर्ने जनाइएको छ।

Tuesday, October 25, 2011

कहिलेकाहीँ त एकरातमै दुइजनाको पालो आउँछ ....

मर्दका सात श्रीमती भन्ने उखान गाउँतिर अझैपनि चर्चित नै छ । तर भारतका एक पुरुष भने महामर्द रहेछन् । उनका ३९ जना श्रीमती र ९४ जना सन्तान छन् । त्यतिमात्र नभएर उनका ३३ जना नातिनातिना र १४ जना छोरीज्वाइँ गरेर जम्माजम्मी १ सय ८० जनाको परिवार सँगै मिलिजुली बसेको छ । यो परिवार विश्वकै सबैभन्दा ठूलो परिवारको रुपमा गिनिज बुकमा नाम समेत लेखाएको छ ।
यतिधेरै जनसंख्या भएको यो परिवार १ सय कोठा भएको ४ तले घरमा बस्दै आएको छ । ६७ वर्षका जिओना चाना धेरै श्रीमतीको लोग्ने र धेरै सन्तानको बाउ हुन पाएकोमा दंग छन् । उनकी सबैभन्दा पहिला बिहे गरेकी श्रीमतीको उमेर ६९ वर्ष छ भने सबैभन्दा पछि बिहे गरेकी श्रीमतीको उमेर ३० वर्ष छ ।
यतिधेरै सदस्य भएको परिवारमा सैनिक ब्यारेकमा जस्तो अनुसासन कायम छ । ६९ वर्षकी जेठी श्रीमती जाथियांगीले कसले के गर्ने, कुन श्रीमतीले सरसफाइ गर्ने, लुगा धुने तथा खाना पकाउने भन्ने कार्यतालिका बनाउँछिन् ।
परिवारका सबै सदस्यलाई खाना पकाउनु चानचुने कुरा होइन । एक छाकमै ६० किलो आलु, एक क्विन्टल चामल तथा ६० वटा कुखुराको मासु पकाउनुपर्छ । यो परिवार साच्चीकै एउटा गाउँजस्तै छ । परिवारको लागि छुट्टै स्कुल, खेलमैदान, सुँगुर फार्म, कुखुरा फार्म तथा तरकारी बारी छ ।

सामान्यतया महिलाले सौता सहादैनन् । तर यो परिवारमा ३९ जना महिला एक अर्काका सौता भएपनि मिलेका छन् । लोग्ने साग को सुत्ने भन्ने कुराको पनि निश्चित कार्यतालिका हुन्छ र पालैपालो उनीहरु लोग्नेसँग सुत्ने गर्छन र कहिलेकाहीँ त एकरातमै दुइजनाको पालो आउँछ । तर कम उमेरका श्रीमतीसँग बढि रात बिताउने गरेका छन् जिओनाले । उमेरले नेटो कोटेपनि उनले अझै आफु बिहे गर्नबाट नथाकेको र केटी पाएमा अझै श्रीमती भित्राउने बताउँछन् ।

छोरीको खर्च धान्न बुवाआमाको लाइभ सेक्स

 

आफ्ना सन्तानको भलो गर्नका लागि अभिभावकले के के सम्म गर्न सक्छन् भन्ने उदारहण अमेरिकाका एक दम्पतीले प्रस्तुत गरेका छन् । आफ्नी २० महिनाकी छोरीको खर्च धान्न र उनको भविष्यका लागि पैसा जम्मा गरिदिन भन्दै अमेरिकामा एक दम्पतीले एउटा अश्लिल वेभसाइटका लागि लाइभ सेक्स गर्ने गरेका छन् । उक्त गरीब दम्पतीले वेभक्यामरा अगाडि गरेको सम्भोगको लाइभ दृश्य इन्टरनेट मार्फत प्रयोगकर्ताले हेर्न पाउँछन् र इन्टरनेट प्रयोगकर्ताले त्यो लाइभ दृश्य हेरेवापत मिनेटको ७ डलर तिर्नुपर्छ ।
आफ्नो थर बताउन नचाहने २४ वर्षका टाइलर र उनकी २१ वर्षकी श्रीमती बर्कलीले यसो गरेबापत आफुहरुले हप्तामा पाँच पटक मध्यरातमा वेभ क्यामरा अगाडि सम्भोग गर्ने गरेको र त्यसबापत हप्तामा १ हजार डलर कमाउने गरेको बताए ।
“हामीले पहिलो रात ३० मिनेट सम्म सेक्स गर्यौँ र त्यसबापट झण्डै ३ सय डलर कमाइ भयो”टाइलर भन्छन् “मैले हप्तामा झण्डै ४० घण्टा यसो गर्ने गरेको छु । “

Friday, October 21, 2011

भित्री कपडा के र कस्तो लगाउने भन्ने बारेमा पनि नियम

कुनैपनि कार्यालयमा कर्मचारीको लागि निश्चित पोषाक हुनु नौलो होइन । तर अफिसले बाहिरी पोषाक मात्र कस्तो लगाउने भनेर तोकेको हुन्छ भित्री लुगा आफ्नो इच्छा अनुसार लगाउन पाइन्छ । तर सबै भन्दा विकशित देश अमेरिकामा भने एक महिला कामदारलाई अफिसको हाकिमले भित्री कपडा के र कस्तो लगाउने भन्ने बारेमा पनि नियम तोकिदिएको छ ।

उटाहको डी एण्ड एल इलेक्टि्रक कन्ट्रोल कम्पनीका मालिक डेरेक ब्रीटमाथि कम्पनीकी पूर्व कामदार ४४ वर्षीया ट्रुडी निकोल एण्डरसनले अनौठो आरोप सहित जिल्ला अदालतमा मुद्धा हालेकी छिन् । निकोलको दाबी अनुसार हाकिम डेरेकले उनका लागि हप्ताभरीको लागि पोषाक आचारसंहिता तोकिदिएको थियो । बोसले आफुलाई बिहिबार ब्रा नलगाइकन, मंगलबार ट्युब-टप ड्रेस र बाँकी दिन मिनि स्कर्ट लगाएर अफिस आउने नियम तोकिदिएको ती महिलाको दाबी छ ।

यति मात्र होइन बोसले आफुलाई मुखमैथुनका लागि समेत दबाब दिने गरेको ती महिलाले दाबी गरेकी छिन् । बोसले सधै आफ्ना स्तनको साइजबारेमा सोध्ने गरेको र स्तन देखाउन दबाब दिनेगरेको महिलाको गुनासो छ ।

चीनकी एक छात्रा आइफोनको लागि ४ रातसम्म सेक्स गर्न तयार

हालै लञ्च भएको आइफोनको ४ एस मोडलले बजारमा धमाकेदार इन्ट्री गरेको छ । जबरजस्त मागका कारण केही देशमा यसको सर्टेज पनि देखिएको छ । अझ रोचक र अनौठो कुरा त के भने यहीँ आइफोन पाउनका लागि चीनकी एक छात्राले एक व्यक्तिसँग आफुलाई सेक्स गर्न समेत प्रस्ताव गरेकी छिन् । आफुसँग नयाँ मोडेलको आइफोन किन्ने पैसा नभएपछि ती महिलाले एक व्यक्तिसँग आफुलाई आइफोन उपहार दिएमा आफ्नो कुमारित्व उपहार दिने प्रस्ताव गरेकी हुन् ।


चीनको एक प्रचलित सोसल म्यासेन्जरमा भएको कुराकानी लिक भएपछि यो घटना सार्वजनिक भएकेा हेा । जसअनुसार नान्जिङकी एक छात्राले एक व्यक्तिलाई सन्देश लेखेर आफुलाई आइफोन दिएमा मुखमैथुन गरिदिने प्रस्ताव गरेकी थिइन् ।

ती छात्राले आइफोन ४ एस मोडल आफुलाई किनिदिने भए आफु सम्भोगका लागि जुनसुकै ठाउँमा जान तयार रहेको बताएकी थिइन् । तर त्यो पुरुषले ती छात्राको प्रस्ताव अस्विकार गर्यो । त्यसपछि ती छात्राले आफु आइफोनको लागि ४ रातसम्म सेक्स गर्न तयार रहेकेा प्रस्ताव गरिन् । ती छात्राले पुरुषसाग यस्तो सम्म प्रस्ताव राखिन् की जबसम्म त्यो पुरुष आफ्नो लागि अर्को आइफोन किन्न सक्दैन तबसम्म उसले सेक्सको मज्जा लुट्न पाउनेछ ।

स्मरणीय रहोस् एप्पलको यो लेटेस्ट मोडलको आइफोनको मुल्य ४ हजार ५ सय युआन छ । पछिल्लो घटनापछि चिनिया प्रहरीले यस्तो अवैध प्रस्ताव राख्ने ती युवतीको खोजी गरिरहेको छ ।

सरकारले महिलाहरुबाट स्तन कर समेत लिन

सरकारले सर्वसाधारण नागरिकलाई कुन कुन कुरामा कर लगाउँछ होला ? घरजग्गा , गाडि, आय आदि आदि । तर बेलायतमा भने सरकारले महिलाहरुबाट स्तन कर समेत लिने भएको छ ।

आखिर सबै महिलाहरुमा प्राकृतिक रुपमै स्तन त अवश्य हुन्छ नै । यस्तो अवस्थामा महिलाहरुबाट स्तन बापतको कर लिनु अन्याय हो भन्ने कुरा अवश्य उठ्छ । तर चिन्ता नलिनुस् सबै महिलाले आफ्ना स्तनबापत कर तिर्नुपर्दैन । जो महिलाले राम्रा स्तन बनाउन ब्रेष्ट सर्जरी गर्छन् उनीहरुले सरकारलाई कर तिर्नुपर्छ ।

आफ्ना स्तन आकर्षक बनाउन वा ठूला बनाउन ब्रेष्ट सर्जरी गर्ने महिलाहरुबाट अब अस्पताल खर्च बाहेक बेलायत सरकारले थप २० प्रतिशत कर अशुल्ने योजना बनाएको छ । ब्रेष्ट सर्जरीलाई भ्याट मुक्त राख्नुको कुनै ठोस कारण नभएकाले यसमा पनि भ्याट लगाउन लागिएको सरकारको भनाइ छ । यसबाट सरकारी कोषमा वर्षेनी ५० करोड पाउण्ड संकलन हुने सरकारको दाबी छ ।

अहिले ब्रेष्ट सर्जरीमा भ्याट लगाउने खबर सुनेर बेलायतका अधिकांस महिलामा निराशा छाएको खबर छ र उनीहरुले सरकारको यस्तो कदमको विरोध पनि गरेका छन् ।

यस सम्बन्धमा भर्जिनिया आइरनसाइन नामकी एक महिलाले भनेकी छिन् की उनले १५ वर्ष पहिले झण्डै ६ हजार पाउण्ड खर्च गरेर आफ्नो अनुहारको सर्जरी गर्दा कुनै कर तिर्नुपरेको थिएन । तर अब करका कारण आफ्नो स्तन सर्जरी गराउन चाहेपनि उनले सक्दिनन् ।

ब्रेष्ट सर्जरीमाथि भ्याट लगाउने सरकारी योजनाबाट साना स्तन हुने युवतीहरु जो सर्जरीबाट ठूला स्तन बनाउन चाहन्छन् उनीहरु निकै निरास भएका बताइन्छ । अनाकर्षक र धेरै साना वा धेरै ठूला स्तन हुने युवतीहरुलाई राम्रा स्तन बनाउदा कर तिर्नुपर्ने भएपछि हीन भावना उत्पन्न भएको सरोकारवालाहरु बताउँछन् ।

Saturday, October 15, 2011

२३ वर्षी तरुनी केही दिनमै बुढी बनेपछि …

 

भियतनामकी एक जना युवती केहीदिनमै बुढि बनेकी छिन् । २३ वर्षी लक्का जवान रहेकी गुए थी फुओंग नामकी ती महिला एक्कासी एलर्जीको समस्या देखिएपछि केही दिनमै ७३ वर्षी बुढी बनेकी छिन् ।
धेरैलाई विश्वास नलाग्न सक्छ तर उनको हकमा भने आर्श्चर्यजनक घटना भएको छ । अधिक सी-फुड खाएका कारण एलर्जीको समस्या देखिएपछि उनको उमेरमा एक्कासी बढोत्तरी भएर छाला चाउरियो र सरीर बुढो भयो । सन् २००८ मा २३ वर्षी छँदा देखि एलर्जीको समस्या देखिन थालेकोमा केही समयमा उनको उमेरमा अचम्मको बदलाव देखिएको हो ।
ती महिलाका पति ले सन् २००६ मा बिहे गर्दा आफ्नी बुढा निकै सुन्दरी रहेको र मात्र पाँच वर्षपछि यस्तो हालतमा पुगेको बताए । आफ्नी श्रीमती हजुरआमा जस्ती देखिने भएपनि आफुले श्रीमतीलाई निकै माया गर्ने उनी बताउँछन् ।

हावामै सेक्स गरेको भिडियो

 

एक मदहोस जोडिले प्यारासुटमा उडेर आकाशमै सेक्स गरेको घटनाले अमेरिकामा अहिले ठूलो चर्चा पाएको छ । स्काइडाइभिङ गर्दै हावामै सेक्स गरेको भिडियो इन्टरनेट मार्फ र्सार्वजनिक भएपछि अमेरिकी विमान प्राधिकरणले यो मामिलामा जाँच सुरु गरेको छ ।
यो भिडियो अश्लिल चलचित्रका नायक तथा स्काइ डाइभिङ प्रशिक्षक एलेक्स टोरेसले आफ्नो ब्लगमा अपलोड गरेका थिए । भिडियोमा क्यालिफोर्नियाको केर्न काउन्टी माथिको आकाशमा एलेक्स र उनकी महिला साथीले सेक्स गरिरहेका छन् ।

यो मामिला त्यसकारण विवादास्पद बन्यो की जब यो घटनाको भिडियो एक जना हाइस्कुलको विद्यार्थीले हात पारेपछि इन्टरनेटमा राख्यो र अरुले शेयर गर्न सुरु गरे ।
प्रान्तिय उड्ययन प्राधिकारणका अधिकारीहरुले यस्ता हरकत देखेर कुनैपनि पाइलटको ध्यान भंग हुने भन्दै यस्तो काममा संलग्नलाई कारवाही गरिने बताएका छन् ।

Wednesday, October 12, 2011

आइरन चक्कीले मृत्युको जोखिम

भिटामिनको कमी भएका वृद्ध महिलालाई भिटामिन चक्की दिँदा फाइदा हुने भएकाले यसलाई खान चिकित्सकले सल्लाह दिँदै आएका थिए


लन्डन/ भिटामिन चक्कीले शरीरलाई फाइदा पुर्‍याउने आम धारणा छ । तर, एक अनुसन्धानअनुसार भिटामिन चक्कीको बढ्दो प्रयोगले छिटो मृत्यु हुन्छ । वृद्ध महिलाले भिटामिनको बढ्दो प्रयोग गर्नाले छिटो मृत्यु हुने अनुसन्धानले देखाएको हो ।

भिटामिनको कमी भएका वृद्ध महिलालाई भिटामिन चक्की दिँदा फाइदा हुने भएकाले यसलाई खान चिकित्सकले सल्लाह दिँदै आएका थिए । तर, अहिले आएर धेरैजसो मानिसहरू आफँै भिटामिन तथा विभिन्न खनिजतत्वहरूको प्रयोग गर्न थालेका छन् । भिटामिनको बढ्दो प्रयोगले भने हानी गर्ने अरकाइभ अफ इन्टर्नल मेडिसिनले बताएको छ ।

भिटामिनको बढ्दो प्रयोग सम्बन्धमा गरिएको अनुसन्धानमा ५० देखि ६० माथिका वृद्धाहरू सहभागी थिए । सहभागी सबै वृद्धाको खाना सन्तुलित तथा पर्याप्त थियो । तर, पनि उनीहरूले भिटामिन लिने गरेका थिए । तिनले मल्टिभिटामिन, भिटामिन बि-६ , म्याग्नेसियम, जिंक, कपर, आइरन लिने गरेका थिए । यी सबै पदार्थले छिटो मृत्युको जोखिम बढाउने अनुसन्धानले देखाएको छ ।

कैयौँ प्रयोगकर्ताले भिटामिनले फाइदा पुर्‍याउने बताउँदै भिटामिनको अनावश्यक प्रयोग गरेको भेटिएको छ । अनुसन्धानअनुसार भिटामिनको बढ्दो प्रयोगले फाइदाभन्दा बढी बेफाइदा पुर्‍याउँछ । अध्ययनमा करिब ३८ हजार अमेरिकी महिलालाई सहभागी गराइएको थियो । अनुसन्धानमा उनीहरूले दुई दशकमा लिएको भिटामिन, मिनिरल आदिको अध्ययन गरिएको थियो ।

अनुसन्धानले भिटामिनको अनावश्यक प्रयोगले बेफाइदा गर्ने देखाएको अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ इस्टर्न फिनल्यान्डका डा. जाको मुर्सु र उनको टोलीले भनेको छ ।

अनुसन्धानअनुसार आइरन चक्कीले २.४ प्रतिशत बढी मृत्युको जोखिम बढाउँछ । आइरन चक्कीको प्रयोगको मात्राअनुसार जोखिम बढ्ने पनि अनुसन्धानमा भनिएको छ । त्यसैले चिकित्सकले भनेको भन्दा बढी कुनै पनि भिटामिन वा चक्की नलिन अनुसन्धान टोलीले आग्रह गरेका छन् ।

क्याल्सियम चक्कीले मृत्युको जोखिम घटाउने देखिए पनि यस सम्बन्धमा थप अनुसन्धान बाँकी रहेकाले चिकित्सकको सल्लाहभन्दा बढी क्याल्सियम नलिन अनुसन्धान टोलीले भनेको छ ।

जति धेरै भिटामिन खायो, त्यति राम्रो भन्ने हाम्रो मान्यता गलत भएको डा. क्रिस्चियन ग्लुड र गोरान बियालोकोभिचले बताएका छन् ।

भिटामिन चक्कीभन्दा सन्तुलित तथा स्वास्थ्यवर्धक खानाबाट शरीरलाई चाहिने सबै तत्व लिनु उत्कृष्ट भएको पनि अनुसन्धान टोलीले भनेको छ ।

मैले संगिनी लाइनँ, तर सुँगुरलाई भने नियमित लगाइरहेकी छु...........

महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन अब पशु चौपायामा समेत प्रयोग हुन थालेको छ । गर्भान्तरका लागि लगाइने तीनमहिने संगिनी सुईको दुरुपयोग गरी चौपायाको तौल बढाउनसमेत प्रयोग गरिएको हो ।

गर्भान्तरका लागि महिलाले प्रयोग गर्ने संगिनी सुई झापालगायत तराईका जिल्लाका केही किसानले सँुगुर, बंगुर, खसी र बोका मोटो बनाउन प्रयोग गरेका हुन् । यस्तो सुई प्रयोग गरिएका चौपायाको मासु खाँदा मानव स्वास्थ्यमा असर पर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

नेपाल सिआरएस कम्पनीले परिवार नियोजनको अस्थायी साधनका रूपमा १७ वर्षअघि संगिनी सुई भित्र्याएको थियो । झापाका केही किसानले दुई वर्षयता सुँगुर र बंगुरलाई संगिनी सुई दिँदै आएका छन् । मासु लागेर सुँगुर, बंगुर, खसी तथा बोका मोटाएर पोटिलो हुने भन्दै किसानले तीन महिनाको अन्तरमा संगिनी सुईको प्रयोग गरेका हुन् ।

कुनै वेला अस्थायी परिवार नियोजनका लागि नरप्लान्ट प्रयोग गरेकी झापा तोपगाछी-७ की भीममाया सुब्बाले भनिन्, 'मैले संगिनी लाइनँ, तर सुँगुरलाई भने नियमित लगाइरहेकी छु ।' सुई लगाएपछि सुँगुरले भाले नखोज्ने र मोटाउने भएकाले यसको प्रयोग गर्न थालेको उनले बताइन् । उनले घरमा पालेका सुँगुरलाई दुईपटक संगिनी सुई लगाइसकेकी छन् ।

झापा तोपगाछी चोककी रुद्रमाया भट्टराईले पनि सुँगुरलाई भाले नखोज्ने बनाउन तीन-तीन महिनाको फरक पारेर संगिनी सुई लगाएको निकै समय बितिसकेको छ । 'सुई लगाएपछि सुँगुर मोटाउँछ,' उनले भनिन्, 'मासु लागेपछि बेच्दा रामै्र मूल्य आउँछ ।'

सुँगुरले भाले नखोज्ने एउटा उपायका रूपमा संगिनी सुई प्रयोग गरिएको पनि किसानको भनाइ छ । किसानले तीन महिना पुगेकै दिनमा अर्को सुई लगाउने गरेको पनि स्थानीय जाम्तेन लिम्बूले बताए । 'पशु डाक्टर बोलाएर सुई लगाउने गरेको छु,' उनले भने, 'सुई नलगाए सुँगुरलाई खोरमा थेग्न सकिँदैन ।'

खोर भत्काएर सुँगुर भाग्न थालेपछि यहाँका थुप्रै किसानले दोहोरो फाइदा हुने भन्दै सुँगुरलाई संगिनी सुई लगाएको बताए । किसानले मानिसलाई लगाउनकै लागि भनेर संगिनी सुई लैजाने गरेको तोपगाछीस्थित केरखा बजारका फार्मेसी सञ्चालक शंकर कोइरालाले दाबी गरे । 'घरमै लगेर लगाउँछौँ भनेपछि नदिने कुरै भएन,' उनले भने, 'तपाईंसँग सुई लगाउँदा लाज लाग्छ भनेर महिलाले घरै लैजान्छन् ।'

सिआरएस कम्पनी काठमाडौंका एक कर्मचारीले पनि तराईका जिल्लामा पशु चौपायामा संगिनी सुई लगाउने गरिएको जानकारी आएको बताए । नाम नबताउने सर्तमा उनले भने, 'महिलाको गर्भान्तरका लागि प्रयोगमा ल्याइएको संगिनी सुई किसानले पशु चौपायामा प्रयोग गर्न थालेको धेरै भइसकेको छ । तराईमा यस्तो समस्या धेरै छ ।'

ती कर्मचारीका अनुसार किसानले सँुगुरमा मात्र नभई खसी तथा बोका बिक्री गर्नुभन्दा दुई महिनादेखि एक महिनाको अन्तरमा संगिनी सुई लगाउने गरेको बताए । 'सुई लगाएपछि खसी तथा बोका मोटाउने रहेछन्,' उनले भने, 'त्यस्ता सुई लगाएर मोटाएका खसी, बोका, सुँगुर र बंगुर काटेपछि भने मासु थोरै देखिने समस्या हुन्छ ।'

संगिनी सुई जथाभावी बिक्री गर्ने प्रावधान छैन । औषधि पसल तथा संस्थाका तालिमप्राप्त व्यक्तिले संस्थामा नै महिलालाई संगिनी सुई लगाउनुपर्ने नियम छ । तर, व्यापारीले कुनै रेकर्ड नै नराखी माग्नासाथ सुई दिएर पठाउने गरेकाले समस्या देखिएको सिआरएसका ती कर्मचारीले बताए । 'यो व्यापारीको गलत काम हो, पैसाको लोभमा व्यापारीले कुनै रेकर्ड नै नराखी जसलाई पनि संगिनी सुई दिने गर्दा महिलालाई लगाउने सुई पशुसम्म पुगेको हो,' उनले भने, 'तराईका जिल्लामा संगिनीजस्ता अन्य थुप्रै औषधि झोले व्यापारीले बिक्री गर्ने हुँदा पनि समस्या बढेको छ ।' उनका अनुसार सिआरएस कम्पनीले यस विषयमा अनुसन्धान गरिरहेको र दोषी देखिएका व्यापारीलाई कारबाही गर्ने तयारी गरेको छ ।

'सुई लगाएका पशुको मासु अहितकार'

संगिनी सुई लगाएर मोटो पारिएका सुँगुर, बंगुर, खसी र बोकाको मासु मानव स्वास्थ्यका लागि हितकर नहुने चिकित्सकले बताएका छन् । पशुमा संगिनी सुईको प्रयोगले मानव स्वास्थ्यमा समस्या निम्त्याउन सक्ने पशु स्वास्थ्य प्राविधिक प्रेम सापकोटाले जानकारी दिए ।

पशु स्वास्थ्यसँगै मानव स्वास्थ्य पनि जोडिएकाले आफूहरूले सुँगुर, बंगुर र खसी बोकालाई संगिनी सुई प्रयोग नगर्न सम्झाए पनि किसानले नटेरेको सापकोटाले बताए । 'व्यावसायिक मर्यादाविपरीत सँुगुर, बंगुर, खसी, बोकामा सुई प्रयोग भइरहेको छ,' उनले भने, 'संगिनी सुई लगाएपछि मासु लाग्छ भन्नेमा किसान आफैँ विज्ञ भए । यसलाई रोक्न सकिएन ।'

सापकोटाले पशुमा सुईको प्रयोग तत्काल रोक्नुपर्नेसमेत बताए । 'प्रजनन प्रणालीसँग सम्बन्धित औषधिको प्रयोग भएको मासु पकाएर खाँदा मानव स्वास्थ्यमा असर गर्छ,' उनले भने, 'त्यसैले मानव स्वास्थ्यमा असर पर्ने यस्ता गतिविधि तत्काल रोक्नु आवश्यक छ ।'

Sunday, October 9, 2011

‘‘नग्नपना अपराध होइन’’, ‘‘तिम्रो घृणा मेरो शरीरबाट हटाउ’’

सडकको किनारमा कसैसँग समय बिताउनुले अब सानफ्रान्सिस्कोमा नयाँ अर्थ पाएको छ । क्यास्ट्रो जिल्लाको नजिकै रहेको नग्न घुमन्तेका लागि परिचित क्षेत्रमा शनिबार केही दर्जन पुरुष तथा एक महिलाले नग्न प्रदर्शनमा भाग लिए । उनीहरूले प्लेकार्ड बोकेका थिए र त्यसमा लेखिएका थिए, ‘‘नग्नपना अपराध होइन’’, ‘‘तिम्रो घृणा मेरो शरीरबाट हटाउ’’ ।
सानफ्रान्सिस्कोको यस स्थानमा सामान्यतया सार्वजनिक रुपमा नाङ्गो भएर घुम्न सकिन्छ तर यस नगरमा सुपरीवेक्षकले यस सरलपनामा नियन्त्रण गर्ने प्रस्ताव गरेका छन् । उनले चमेनागृहमा भने लुगा लगाउनै पर्ने प्रस्ताव गरेका छन् । साथै उनले सार्वजनिक स्थलमा बस्दा शरीरको तल्लो भाग ढाकिएकै हुनुपर्ने पनि माग गरेका छन् ।
यस प्रदर्शनका आयोजक मिच हाइटावरले प्रदर्शनको लक्ष्य उक्त प्रस्तावको विरोध गर्न नभइ मानव शरीरलाई उसको कुनै पनि स्वरुपमा स्वीकार गर्नुपर्ने धारणालाई प्रवर्धन गर्नु रहेको जानकारी दिए । उनले आफूले पर्दर्शन गरेको क्षेत्रवरपर मानवशरीरलाई अभद्रपना तथा उग्रताको रुपमा नलिइने पनि उल्लेख गरे ।
यो कार्यक्रम सुरपीवेक्षकले आफ्नो प्रस्ताव राख्नु अगाडि नै घोषणा गरिएको थियो र त्यो वार्षिक फोलसोम सडक मेलाकै एक भाग हो जसलाई विश्वकै सबैभन्दा नग्न तथा अश्लील प्रदर्शनको रुपमा लिइन्छ ।

शौचालय साहित्य अश्लिलताको पराकाष्ठा ......

 नमेटिएका कालोपाटीमा जस्तै सार्वजनिक शौचालयका भित्ताहरूमा मनपरि लेखीएका लेखनीलाई कसैले शौचालय साहित्यको दर्जा दिएका छन् भने कसैले वाइहात भनेर घृणा गर्ने गर्छन् ।
त्यसरी लेखिनु साहित्य हो वा मनोभाव पोख्ने ठाउँ मात्र ? यसलाई दुवै तरिकाले व्याख्या गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालय, मनोविज्ञान केन्द्रिय विभागका प्रमुख प्रा.डा शिशिर सुब्बाका अनुसार त्यस किसिमका लेखन(सबै होइन) मनपरि वा अश्लिल हुने हुनाले साहित्यको दर्जामा राख्न त सकिँदैन । तर ती लेखनीले कतै कतै निकै रचनात्मक ढंगमा सबैले जानेका कुरालाई अलि बेग्लै ढंगमा साहित्यिक बान्की दिएर लेखे त्यसलाई साहित्य त मान्न सकिन्छ । मानिसले यौनभाव जथाभावि जस्तोसुकै ठाउँमा लेख्न, बोल्न र प्रकट गर्न पाउँदैन । फलतः त्यस्ता मानिसको अतृप्त यौनभावना पोख्ने उपयुक्त ठाउँ शौचालय पनि बन्छ ।
धेरै जसो ठाउँका सार्वजनिक शौचालयहरूमा यस्ता लेखनीहरूले अश्लिलताको पराकाष्ठा नै नाघेका हुन्छन् भने केहीमा शिष्ट भाव हुन्छन् । ‘स्ववियु ! ट्वाइलेट सफा गर् !’ र ‘नेताहरू संविधान नबनाएर के हेरिबसेको ?’ भन्नु शिष्ट लेखनी हो । केही सेकेण्डलाई मात्र शौचालयमा छिर्दा पनि दुर्गन्धले आत्तिएका विद्यार्थीले त्रिवीको शौचालयमा यस्तो लेखिदिनु शौचालय सफा हुनुपर्ने उनीहरूको सामान्य मनोभाव मात्र नभै रिस पनि हो । दैनिक बोलिचालीका भन्दा भिन्दै भाव र शैलीमा लेखिएका यस्ता वाक्याशं पढ्दा आनन्द मान्नु पनि आप्mनो यौनभावलाई प्रस्फुटन दिनु पनि हो, अर्को पाटोमा ।

पुरुष नजरमा शौचालय साहित्य

हाम्रो जस्तो पूर्वीय सभ्यतामा महिलाभन्दा पुरुष नै यौनको मामलामा बढी खुला रहेका हुन्छन् । शौचालयमा हुने यस्ता लेखनीहरूमा महिला भन्दा पुरुषकै बढी कलम चल्छन् । त्रिवीमा समाजशास्त्रमा स्नातकोत्तर गर्दै गरेका शंकर मुल्मी पनि यो कुरा मान्न तयार थिए । उनको केन्द्रिय विभागको पुरुष शौचालयमा लेखनीको अश्लिलता छरपस्टै थियो । कतिले कुनै युवतीको नाम लेखि उनको फोन नं लेखिदिएको भेटियो । यस्तो गर्नु एकले अर्कोप्रति राख्ने रिसिबीको भावना हुन सक्ने मान्छन् शंकर । दबिएर रहेका यौन आकांक्षा सजिलैसगँ शौचालयका भित्तामा लेख्न पाउने हुदाँ आफुलाई निकै रमाइलो महशुस हुने कतिपय युवक विद्यार्थीको भनाई पनि छ ।
महिलाको नजरमा शौचालय साहित्य

अध्ययनहरूले पुरुषमा भन्दा महिलामा यौनभाव तिब्र हुने देखाए पनि महिलाहरू शौचालयमा अश्लिल कुरा लेख्न पुरुष भन्दा पछाडि नै छन् । उनीहरूमा यौनभाव तिब्र भएपनि त्यसलाई बाँधेर राख्न सक्ने क्षमता भएकाले महिला शौचालयमा यस्ता लेखनी कम रहेको पाइयो । नाम नबताउने सर्तमा ताहाचल क्याम्पसकी एउटी विद्यार्थी आप्mनो क्याम्पसको शौचालयको ढोकामा ‘स्ववियु ट्वाइलेट सफा गर् !’ सम्म लेखेको बताइन् । वास्तवमै विद्यार्थीको हितमा काम गर्ने निकायले त्यो दुर्गन्धको बारेमा पनि त सोच्नु पर्ने हो । उनले महिला शौचालयमा देखिने अन्य अश्लिल कुराहरू लेख्ने पुरुषहरू नै हुन सक्ने अड्कल पनि काटिन् । पुरुषको शौचालयमा कुनै युवतीको नाम ठेगाना र उनको फोन नं समेत उल्लेख गर्नेहरूप्रति यिनी विद्यार्थी निकै आक्रामक देखिन्थिन् । यसरी शौचालय लेखनी कतिलाई मनोरञ्नको साधन, रिसिबीको साटो फर्ने उपाय वनेको छ र कतिलाई समस्यको कारण पनि ।
प्रा. डा. सुब्बाको नजरमा महिलामा पनि अश्लिलताको चाख हुन्छ । समाजमा रोकतोक मानिएको परम्परा, संस्कारले पनि महिलामा बढी नियन्त्रण गरेको हुन्छ । अनि महिलाले आप्mनो यौन कुण्ठा केही हदसम्म पोख्ने ठाउँ शौचालय पनि बनेको हो । तर यसरी आप्mनो अतृप्तिलाई निकास दिने क्रममा महिलाहरू अलिक शंकोची भएकाले पनि महिलाका सार्वजनिक शौचलायमा अश्लिल लेखनीले भित्ता केही भएपनि कम रंगीएको हो ।

फ्रायडीयन मनोविज्ञान र शौचालय साहित्य

फ्रायडले मानिसमा दबिएर रहेको यौनभावलाई सपनाको माध्यम वा अनेकौँ तरिकाले परिपूर्ति गर्ने मान्छन् । उनले शौचालय मनोविज्ञानको कुनै व्याख्या नगरेको भएपनि, हामी तर्क गर्न सक्छौँ, मानिसले आप्mनो यौन चाहना पूरा गर्ने विविध उपायमध्ये शौचालयलाई रोज्ने गर्छन् ।

युवाहरूमा यौनप्रति भएको चाखको कारण पनि शौचालयहरूमा छ्याप्छ्याप्ती यस्ता लेखनी भेटिने गरेका हुन् । समाजले यौनलाई अलिक उदार दृष्टिले हेरेको खण्डमा मानिसमा यस्तो परिवृत्तिमा स्वतः कमि आउला भनी अड्कल काट्छन् मनोविज्ञानमा स्नातकोत्तर सकेका एक विद्यार्थी अर्जुन भुषाल ।

यस्ता लेखनीमा अल्लारे पुरुष र महिला भन्दा अधबैँशेको पनि उत्तिकै हात चल्छ । शौचालय नै यस्ता लेखनिको लागि रोजाइ बन्नको पनि कारण देखाउँछन् प्रा.डा. सुब्बा । उनी भन्छ्न, ‘हामीले एउटा कागजको टुक्रामा जथाभावी लेखेर फाल्यौँ भने त्यो टुक्रो कसैले हेर्ने कुरा भएन, त्यसैले शौचालयमा लेखिदिए सार्वजनिक बन्छ तर कुनै पहिचान बिनाका – जसले लेख्ने मानिसको अतृप्त यौन चाहनालाई स्पष्ट रूपमै सबैले देख्ने गरि पोखिदिन्छ ।’

सरकारी कलेज वा विश्वविद्यालयको शौचालयको तुलनामा निजी कलेजका शौचालयमा कम केरमेट पाईयो । यसो हुनुमा सरकारी क्याम्पसमा हुने छाडा प्रवृत्ति हो । निजी कलेजमा भएका केहि कडा नियमहरूको कारण त्यहाँको शौचालयको भित्ता सफा भएको हुन सक्छ । विद्यार्थीलाई वढी निरिक्षणमा राखेका निजी कलेजका शिक्षकहरुले विद्यार्थीका हस्तलेखन छुट्याउन सक्छन भन्ने उनीहरूमा डर भएर पनि निजी कलेजका शौचालको भित्ता अलिक सफा देखिएका । तर यति हुँदा पनि यि भित्ताहरू खाली भने छैनन् । तर सरकारी कलेजमा भएका सफा अनि टायलले छाएका शौचालय पनि तुलनात्मक रूपमा सफा पनि देखिए ।



नेपालमा शौचालय साहित्यको सुरुवात कहिले देखि भयो भन्ने यकिन मिति नभए पनि सार्वजनिक शौचालयको सुरुवातसँगै भित्तामा अश्लिल शब्दहरु लेख्ने गरिएको प्रा.डा. शुब्बा बताउनुहुन्छ । शौचालयमा शिष्ट लेखनी त एकदमै कम नै देखियो । यस्ता सार्वजनिक ठाउँका अश्लिल लेखनीले मानिसको नांगोपनको पराकाष्ठालाई पनि देखाउँछ । यसले कसैलाई प्रत्यक्ष फाइदा नपु¥याए पनि यो मनोरञ्जनको एउटा साधन वा अतृप्त इच्छा पोख्ने उपाय बनेको कुरामा त विवाद नै छैन । तर कसैको मनोरञ्जनको साधन बनेको यसले कसैको चरित्रमाथि नै प्रश्न चिह्न पनि खडा गरेको छ । अनावश्यक रूपमा लेखिने विभिन्न पुरुष वा महिलाको नाम र सम्पर्क नम्बरले व्यक्तिको चरित्र हत्याको अनावश्यक झण्झट निम्त्याउने गरेको हो ।

यसप्रकार शौचालय साहित्य समाधान हुन गा¥हो हुने समस्याको भारी पनि हो भने कसैलाई आनन्दको पोखरी !

नब्याएको एउटा कोरली गाईले समेत दूध दिन थालेको छ

सबैलाई थाहा छ, गर्भाधानको दस महिनामा गाई ब्याउँछ, अनिमात्र दूध दिन्छ । तर अचम्म ! भोजपुरमा नब्याएको एउटा कोरली गाईले समेत दूध दिन थालेको छ ।
जिल्ला अस्पतालका कर्मचारी बहादुर भुजेलले पालेको कोरेली गाईले दूध दिन थालेको हो । लामो समयसम्म पनि गर्भाधानको चाहना नदेखाएपछि जिल्ला पशु सेवा कार्यालयका चिकित्सकलाई परीक्षण गराउँदा थुन बाक्लिएको भेटिएपछि दुहुँदा दूध निस्किएको हो । 'पहिलो पटक आधा लिटर दूध दियो,' भुजेलले भने, 'कोरेली गाईले एक्कासि दूध दिन थालेपछि छक्कै परेका छौं, चिकित्सकको सल्लाहमा दूध खाई पनि रहेका छौं ।'
कोरली गाईले दूध दिन थालेपछि स्थानीयवासीहरू चकित परेका छन् । गाईको गर्भाधान नभई बच्चा जन्माउने र बच्चा नजन्माई दूध दिने विषय वैज्ञानिक रूपमा पुष्टि नभए पनि दूध दिएको प्रत्यक्ष देखेपछि पशु चिकित्सकहरूसमेत छक्क परेका छन् ।
'गर्भ रहेर बीचैमा खेर गएको पनि हुन सक्छ तर पुष्टि हुने कुनै आधार छैन,' जिल्ला पशु सेवा कार्यालयका चिकित्सक महावीर झाले भने, 'परीक्षण गर्‍यौं, कोरली गाईको दूध गुणस्तरीय पनि छ ।'
यसअघि यस्तो घटना अन्यत्र नसुनेको पनि उनले बताए । 'हामी छक्कै पर्‍यौं,' चिकित्सक झाले भने, 'दूध हामीले पनि खाएरै हेर्‍यौं ।' स्थानीय र जर्सीको खच्चड रहेको कोरली गाईले नियमित दूध दिन थालेपछि पालकको आग्रहमा दूध बढाउने इन्जेक्सन पनि लगाइएको पशु स्वास्थ्य कार्यालयले जनाएको छ । अचेल साँझ र बिहान गरी दुईपल्ट दुहुने गरिएको भुजेलले बताए ।

जीवनशैलीको एक हिस्सा राम्री हुनुभन्दा राम्री देखिनु जरुरी

विश्वप्रसिद्ध साहित्यकार खलिल जिब्रानको यस भनाइसँग आधुनिक किन्नरीहरू सहमत छैनन् । उनीहरू यसलाई खालि भावनात्मक अभिव्यक्ति ठान्छन् । यथार्थतः सुन्दरता बाहिर देखिने कुरा हो । भौतिक कुरा हो । मन अदृश्य छ । अभौतिक छ । मनको सौन्दर्यलाई मापन गर्न पनि सजिलो छैन । जिब्रान जीवितै भए सायद अरू तर्क गर्थे होलान् । यद्यपि, आजको पुस्तालाई तर्कको पछि लाग्ने फुर्सद छैन । नमुनाका रूपमा नेपाल सुन्दरीको ताजसमेत भिरसिकेकी उषा खड्गीलाई नै लिऊँ । उनलाई जिब्रानको भनाइ थाहा छैन । आधुनिक पुस्ताकी प्रतिनिधि सुन्दरी खड्गीलाई थाहा भएको एउटै कुरा हो, "राम्री हुनुभन्दा राम्री देखिनु जरुरी छ ।"

खड्गीको भनाइले सुन्दरताको आधुनिक व्याख्याको मात्रै प्रतिनिधित्व गर्दैन, सुन्दर हुने र देखिने कुराबीचको अन्तरलाई पनि प्रस्ट्याउँछ । "राम्री हुनु भनेको स्मार्ट हुनु हो," खड्गीको प्रस्टोक्ति छ, "आत्मविश्वासी हुनु हो र हेर्नेका आँखालाई शीतलता दिलाउनु हो ।" ईशापूर्व चार हजार वर्षतिर इजिप्टबाट सुरु भएको सुन्दरताको परभिाषा र अर्थ नेपालसम्म आइपुग्दा बदलिएको मात्रै छैन, थप फराकिलोसमेत भएको छ । नयाँनयाँ आयाम भेटेको छ । विधि र प्रविधि पाएको छ । जसलाई आधुनिक नारीले आफ्नो जीवनशैलीको एक हिस्सा बनाएका छन् ।

सहरीकरणले निम्त्याएको आधुनिकता र बढ्दो बाह्य सम्पर्कले नेपाली नारीहरूका निम्ति सुन्दरता पहिलो प्राथमिकताको विषय बनिसकेको छ, जसलाई कतिपयले प्रकृतिप्रदत्त अधिकार ठान्छन् । जस्तो ः एक गैरसरकारी संस्थामा काम गर्ने चाबहिलकी मानुषी भण्डारी, २९, आफ्नो सुन्दरताको विषयमा कुनै सम्झौता नगर्ने बताउँछिन् । भन्छिन्, "सुन्दर देखिनु भनेकै सफल हुनु हो ।" मानुषीजस्ता आधुनिक किशोरीहरू, जो आफूलाई सुन्दरताको दौडमा सधैँ प्रथम राख्न चाहन्छन् ।

राजधानीमा बढ्दो ब्युटीपार्लरहरूको संख्याले सुन्दर बन्न चाहनेहरूको संख्यात्मक विस्तारलाई मात्रै प्रतिनिधित्व गर्दैन, कोरीबाटी गरेर मात्रै सुन्दर भइन्छ भन्ने परम्परागत मान्यता भत्किन लागेको समेत संकेत गर्छ । नेपाल सौन्दर्य कला व्यवसायी संघका अनुसार देशभर ३० हजार ब्युटीपार्लर खुलेका छन् । ५० जिल्लामा शाखा विस्तार गरसिकेको संघका पाँच हजार सदस्य छन् । संघकी अध्यक्ष कमला श्रेष्ठ भन्छिन्, "अब घरमै बसेर सुन्दर हुनेभन्दा पनि ब्युटीपार्लर नगई सुन्दर होइन्न भन्ने मान्यतासमेत स्थापित हुँदैछ ।"

परम्पराको जस्केलोबाट निस्केर नेपाली समाजले आधुनिक संसार चियाउने अवसर पाएपछि सौन्दर्यसम्बन्धी नयाँनयाँ मान्यतासँगै विधि र प्रविधिहरूसमेत नौलानौला भित्र्याउँदै छ । कसरी र के गरी राम्री भइन्छ भन्नेको बढ्दो जमातले सुन्दरता एउटा अघोषित प्रतिस्पर्धाजस्तो भएको छ । सिटी सेन्टरस्िथत बटरफ्लाई युनिक्स ब्युटी सैलुनकी सुदिना खड्गी भन्छिन्, "फाउन्डेसन, आँखामा गाजल, आई स्याडो, लिप स्याडो, ग्लास लगाउनु त सुन्दरताको प्राथमिक सिद्धान्त हो ।"

एक दशकअघिसम्म कपाल छोट्याउनु नारी सौन्दर्यको पाटो थिएन । लामो र कालो कपाललाई मात्रै राम्रो मानिन्थ्यो । कपालको सौन्दर्य बिहेका बेला पार्ने जुरोमा खुम्चिएको थियो । अहिले अनेक रंग र ढंगमा काटेर, बाटेर, घुँघुँर्‍याएर, छरेर, आइरन गरेर, चम्काएर कपाललाई 'स्टाइलिस' बनाइन्छ । अनि, त्यसैलाई भनिन्छ, क्या राम्रो ! रंगीविरंगी, स्टेट गरेको, घुमारेको कपाल अब नेपाली चेलीका निम्ति सुन्दरताको एउटा पाटो भइसकेको छ । तर, अहिले 'हेयरस्टाइल' सुन्दरताको पहिलो सर्त भएको छ ।

ब्युटीसियन खड्गीका अनुसार आधुनिक 'टिनएजर'हरूको पहिलो रोजाइ नै बाहिरी सुन्दरता बनेको छ । पहिले बाक्लो गाजल, बाक्लो लिपिस्िटक र बाक्लै क्रिम, पाउडर लगाए राम्री भइन्छ भन्ने थियो । अहिले त्यस्तो छैन । "मेकअप पनि गर्ने तर अरूले थाहा नपाउने किसिमले गर्ने चलन बढेको छ," पूर्वमिस नेपाल खड्गी भन्छिन्, "सुन्दरता आजका नारीका निम्ति सामाजिक प्रतिष्ठा बनेको ।"

उमेरले झन्डै ७० टेकेकी इन्दु शाहलाई आफ्ना बेलाको सुन्दरता र अहिलेको सुन्दरता देखेर अचम्म लाग्छ । उनको यौवनकालमा सुन्दर हुनु र चिरच्ियाट्ट पर्नेलाई नक्कली भनेर जिस्क्याउँथे । कुपण्डोलको सिमोन ब्युटीपार्लरमा भेटिएकी शाह पछिल्ला ३० वर्षदेखि नियमित पार्लर धाइरहेकी छन् । भन्छिन्, "सुन्दर हुनु भनेको स्वस्थ हुनु पनि त हो नि !"

आधुनिक सुन्दरताको परभिाषामा युवतीहरू आँखा र त्यसपछि अनुहारलाई प्राथमिकतामा राख्छन् । आँखा सुन्दर पार्न बजारमा जति सौन्दर्य विधिहरू छन्, उति नै धेरै सौन्दर्य प्रसाधन पनि । आई स्याडो, आई लाइनर, परेलाको प्रत्यारोपण, कृत्रिम भृकुटीको निर्माण, भृकुटीको काँटछाँटसम्मका कुराहरू यस अन्तर्गत पर्छन् । आँखाको डार्क सर्कल हटाउने, चिम्सो आँखालाई सर्जरी गरेर ठूलो बनाउनेसम्मका विधि पनि आँखाकै सुन्दरताका निम्ति गरन्िछ ।

आँखापछि नाकलाई सुन्दर बनाउने युवतीको संख्या बढी छ । त्यसपछि स्तन र स्तनको मुन्टो आकर्षक पार्नेतिर लाग्छन् । छातीको व्यायाम गरेर भन्दा आधुनिक मल्हमको प्रयोग गरेर स्तन उचित आकारको र कडा बनाउने युवतीहरू पनि प्रशस्त भेटिन्छन् । त्यस्तै कतिपयले आफ्नो ठूला र झोल्लिएका स्तनको सर्जरी गरेर समेत चिटिक्क पार्छन् । .

तीन हजार वर्षपहिले चिनियाँ महिला हात र खुट्टाको नङमा गुलाबी इनामेल पोत्थे । कतिसम्म भने इजिप्टमा महिलाको सामाजिक स्तर छुट्याउन नङमा रंगको प्रयोग गर्थे । माथिल्लो स्तरका महिलाले गाढा रंगको प्रयोग गर्थे भने तल्लो स्तरका महिलाले फिक्का । पहिलेजस्तो पालिस टल्काएर लगाएर नङ सुन्दर हुने समय अब रहेन । 'नेल आर्ट' छुट्टै विधा र व्यवसाय बनेको छ । सिंगापुरबाट एकमहिने नेल आर्टको तालिम लिएर फर्केका सुनीलजंग मल्लका अनुसार कृत्रिम नङ बनाउनेदेखि लिएर नङमा विभिन्न आकारका बुट्टा भर्ने चलन भित्रिएको छ । कतिसम्म भने पोसाकको रङसँग 'म्याच' गर्ने नङको रङ खोज्न थालिएको छ । यस्तो नेल आर्ट 'पर्मानेन्ट' -स्थायी) र 'टेम्पोररी' दुवै स्तरमा पाउन सकिन्छ । अझै पछिल्लो समय त थ्रीडी नङको समेत प्रचलन सुरु भइसकेको छ ।

सौन्दर्य विधिले पछिल्लो समयमा चिकित्सा विज्ञानसम्म पनि जोडिएको छ । खुम्चिएको छाला तन्काउने -बोटेक्स), चिम्सा आँखालाई ठूलो पार्न गरनिे सर्जरी, कपाल प्रत्यारोपण, परेला प्रत्यारोपण, कन्ट्याक्ट लेन्सको प्रयोगजस्ता प्रविधि राजधानीमै उपलब्ध छन् । सातामा एकपटक आई ब्रो मिलाउनुपर्छ भन्ने थाहा नपाउने महिला भेट्टाउन मुस्िकल पर्छ । डिम्पल सर्जरीका लागि दिल्ली र कोलकातासम्म धाउने महिलाहरूको पनि कमी छैन । शरीरका मृत कोषहरू निकाल्नका लागि फेस थेरापीलगायत अन्य थेरापी गर्ने चलन पनि सहरहरूमा बढ्दो छ । छालाको रंिकल -चाउरी) नियन्त्रण गर्न ओजोने मेसिनको प्रयोग नेपाली सौन्दर्य बजारमा हुन थालेको वर्षौं भइसक्यो ।

३५ वर्षअघि कमला श्रेष्ठले कुपण्डोलमा ब्युटीपार्लर सुरु गदर्ा मुस्िकलले सातामा दुई-चार ग्राहक आइपुग्थे । लाज मानीमानी लुकेर उनको पार्लरमा छिर्ने महिलाहरू सुन्दर भएर र्फकंदा झनै लजाउँथे । ब्युटीपार्लरको व्यावसायिक सुरुवात गरेको पहिलो महिना त श्रेष्ठले मुस्िकलले ८० रुपियाँ कमाएकी थिइन् । सरकारी जागिर खाएका, समाजका उच्च खान्दानी राणा र ठकुरी परविारका महिला उनका त्यतिखेरका नियमित ग्राहक थिए । तर, अहिले उनलाई भ्याइनभ्याइ छ । काठमाडौँमा मात्रै उनले चार ठाउँमा ब्युटीपार्लर खोलेकी छन् । उनको एउटै ब्युटीपार्लरमा दैनिक ३० देखि ४० ग्राहक आउँछन् । आज गाडी चढेर आउने उच्च घरानियाँ महिलादेखि पैदल आउने निम्न मध्यमवर्गीय महिलासम्म आ-आफ्नो गच्छे अनुसारका ब्युटीपार्लर धाउँछन् । अनुहार सुन्दर देखिए पुगिहाल्छ भन्ने परम्परागत मान्यता फेरएिको छ र सुन्दरतालाई स्वास्थ्यसँग जोडेर हेर्ने महिलाहरूको संख्या वृद्धि हुँदैछ ।

कुनैबेला झीर तताएर कपाल घुम्य्राउँथे, नेपाली महिलाहरू । घरमै बनाएको गाजल आँखावरपिर िबाक्लो बनाएर लगाउँथे । नौनी घिउ लगाएर फुस्रो हटाउँथे । जीवनशैलीमा देखापरेको तीव्र परविर्तन र व्यस्तताले सुन्दरताका परम्परागत अर्थहरूसमेत बदलिदियो । कपाल स्टेट गर्नेदेखि लिएर स्थायी रूपमै राँै उखल्नेसम्मका काम अत्याधुनिक मेसिनबाट हुन थालेको छ ।

२४ वर्षपहिले कालीमाटीमा ब्युटीपार्लर सुरु गर्दाका दिन सम्झँदा लक्ष्मी श्रेष्ठलाई अहिले पनि अचम्म लाग्छ । उनका अनुभवमा त्यो समय सुन्दर बन्नका लागि ब्युटीपार्लर जानु भनेको चुल्हो र चौकोमा सीमित नारीका लागि सानो साहसको विषय थिएन । उनी भन्छिन्, "काठमाडौँमा एकाध पार्लरहरू थिए र पार्लर धाउने एकाध जागिरे महिला थिए । त्यही भएर उनको पार्लरमा महिनाभर आउने ग्राहकहरू पनि औँलामा गन्न सकिन्थ्यो ।"

इन्दु जोशी बैँसमा छँदा भारत र बेलायतबाट आउनेहरू सौन्दर्य प्रसाधनका सामान ल्याइदिन्थे । नेपालमै त्यस्ता सामान किन्ने प्रचलनको सुरुवात त ०४६ सालपछि मात्रै सुरु भएको उनको भनाइ छ । "दस वर्षपहिले मात्रै पनि राम्री हुनका लागि महिलाहरू घन्टाँै समय खर्च गर्थे," पूर्वमिस नेपाल खड्गी भन्छिन्, "भारतीय टीभी सिरयिल र फिल्मका हिरोइनहरूको कपी गर्थे । तर, अहिले लन्डन र पेरसिको बजारमा आएको नयाँ प्रसाधन नेपाल आइपुग्न दिन गन्नुपर्दैन ।"

पहिले सानो ओठ, होचो कद, लामो कपाल र ठूलो आँखा सुन्दरताका मानक थिए । अचेल मेकअपबाट नै चिम्सो आँखालाई अनुहार सुहाउँदो बनाउने, ओठको प्राकृतिक आकार परविर्तन गर्नेसम्मका विधिले महिलालाई सुन्दर देखाउन प्रोत्साहित गरेको छ । कुनै समय घरेलु गाजल लगाउने, ठूलो टीका लगाउने र चिटिक्क पारेर कपाल कोर्नु नै सुन्दरताको अभ्यास थियो । तर, अहिले यति गरेर मात्रै सुन्दर भइँदैन । 'जिरो फिगर'मा विश्वास गर्ने आधुनिक नारीहरू नियमित जिम जानु, आई ब्रोदेखि नङसम्मको सुन्दरतामा उत्तिकै ध्यान दिनु उनीहरूको दिनचर्या बनिसकेको छ ।

सुन्दर बन्न ब्युटीपार्लर धाउनेमा तन्नेरी युवती मात्रै छैनन् । ब्युटीसियन खड्गीकै पार्लरमा सुन्दर बन्न आउनेमा ६० वर्षभन्दा माथिको उमेर समूहसम्मका छन् । लक्ष्मीको पल्स ब्युटीपार्लरमा मासिक सयभन्दा बढी ६० वर्ष कटेका महिला सुन्दर बन्न आउँछन् । घरमै सेवा लिने महिलामध्ये अधिकांश ६० वर्षभन्दा माथिका छन्, जो शारीरकि अस्वस्थता र कमजोरीका कारण धेरै हिँडडुल गर्न सक्दैनन् तर चिटिक्क पर्न चाहन्छन् । ब्युटीसियन खड्गी भन्छिन्, "सुन्दर देखिने रहरलाई उमेरले छेक्दैन ।"

अर्थ शृङ्गारको
शृङ्गार शब्द संस्कृतको तत्सम् शृङ्ग र अर मिलेर बनेको हो । शृङ्गको अर्थ स्तनको टुप्पो भन्ने पनि हुन्छ । तर, यी दुई शब्दलाई समास गरेर अर्थ हुन्छ, रति स्थायी भाव, नायक-नायिका आलिङ्गन विभाव भएको स्िथति अर्थात् भाव या उद्बोधक तत्त्व भन्ने बुझिन्छ । समष्टिमा अथ्र्याउँदा नारी आकर्षणका कारण पुरुषमनभित्र कुनै भावना जगाइदिने, उत्थान गरििदने मानवीय वृत्ति । अर्थात्, कुनै नारीलाई हेरेर पुरुष मनमा काम-भावना अर्थात् यौनेच्छा जागृत गरििदने वस्तु नै शृङ्गार हो । प्राध्यापक सनतकुमार वस्ती भन्छन्, "मानिसको मनभित्र कामवासनाको तत्त्व सधैँ रही नै रहे पनि यो कतिपय अवस्थामा सुषुप्त रहन्छ । तर, यो नारीका विभिन्न अवयवहरू र तिनमाथिको शृङ्गारयुक्त भावबाट उत्पन्न हुन्छ ।" अर्थात् रति नाम गरेको स्थायी भावलाई पल्लवित, पुष्पित र प्रफुल्लित गराउने क्रिया नै शृङ्गार हो । साहित्यमा यसलाई नवरसमध्ये पहिलो रसमा लिइएको छ । साहित्य, अभिनय या नृत्य, जुनसुकै विधामा पनि यस रसको प्रयोग हुन्छ ।



सामान्य रूपमा देखिएकी नारी शृङ्गारले भरपिूर्ण भएपछि उसको सौन्दर्य नै झलझलाकार हुनपुग्छ । शरीरमा चिटिक्क मिलेका वस्त्र, त्यसमाथि पहिरएिका आभूषण र अनुहारमा गरएिको 'मेकअप'ले नारीलाई औधी नै आकर्षक बनाउँछ । आँखामा गाजल र ओठमा लिपिस्िटक लगाएकी नारी आफैँमा सुन्दरी लाग्छे ।

शास्त्रीय अर्थमा पनि नारी सौन्दर्य भनेको कामवासनासँग गाँसिएको छ । यही शृङ्गारले नारीले पुरुषलाई कामवासनाप्रति आमन्त्रित गर्छे । त्यसबेलाको सङ्कुचित समाजमा नारी-शृङ्गारलाई सृष्टिको माध्यमका रूपमा मात्र लिइए पनि आजको युगमा नारी आकर्षणप्रति पुरुष मनलाई उद्वेलित र आशक्त पार्ने माध्यम शृङ्गारयुक्त नारी हो । त्यसैले शृङ्गार र नारी एकअर्काका पूरक भएका छन् ।

लिटिल मिस वल्र्ड २०११ ले तत्कालै हर्षका आँसु झारिन्

त्यतिबेला तालीको गडगडाहट झन् बढ्यो जब उनी गुन्यूचोलीमा छमछमी नाच्न थालिन् : 'नाचूँ नाचूँ लाग्यो मलाई...' गीतमा । 'बुझ्ने नबुझ्ने सबै नाचे,' लिटिल मिस वल्र्डका लागि टर्की नेपाल आयोजक दीपेन्द्र रत्न शाक्यले सुनाए, 'नेपाली हुनुमा गर्व लाग्यो ।'

साँच्चैको गर्व, किनभने ११ वषर्ीया एक नेपालीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पहिलोपटक सबैभन्दा ठूलो उपाधि दिलाइन् । 'लिटिल मिस वल्र्ड २०११ इज,' टर्कीको झकिझकाउ अन्टाल्यको हलमा शुक्रबार साँझ उद्घोषकले फुके, 'विपश्वी पौडेल फ्रम नेपाल ।' साथमा उनले 'मिस कन्जेनियालिटी' सब टाइटल पनि हात पारिन् । तत्कालै हर्षका आँसु झारिन् । कार्यक्रम स्थलमा रहेका उनका बुबा राजु पौडेल र आमा शशिले काठमाडौं धुम्बाराहीमा परिणामको प्रतीक्षामा रहेकी जेठी छोरी ओजश्वीलाई फोन गरिहाले, 'नानु बहिनीले त जितिन् ।'

'अनि त,' ओजश्वीले शनिबार कान्तिपुरसित भनिन्, 'हजुरममीलाई पनि सुनाएँ, हामी त कत्ति धेरै खुसी भयौं ।' खुसीको आयातन तनक्कै तन्किइहाल्यो, स्कुलमा खबर पुग्यो । 'मलाई त

पहिल्यै लाग्या थियो,' विपश्वी पढ्ने स्कुलकी निर्देशक ललिता प्रसाईंले कान्तिपुरसित भनिन्, 'नभन्दै जितिछन् ।' उनी पनि दङ्गै ।

११ वषीया विपश्वी बालुवाटरको विन्डी हाउस स्कुलमा कक्षा ५ मा पढि्छन् । 'एकदमै ट्यालेन्टेड नानी हो,' प्रसाईंले थपिन्, 'केही न केही जित्छिन् जस्तो लागेको थियो, मुख्य उपाधि नै जितिछन् ।' प्रसाईंका अनुसार विपश्वी स्कुलका अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउँथिन् । कक्षाकी फस्र्ट गर्ल पनि हुन् उनी । 'पहिला पहिला खुब लजालु थिइन्,' उनले भनिन्, 'तर अहिले एकदमै फरवार्ड लाग्छिन् ।' कक्षाका अन्य साथीहरूलाई वरिपरि जम्मा पारेर आफूले जानेको कुरा सिकाउने गर्छिन् विपश्वी ।

लिटिल मिस वल्र्डमा नेपालको यो पहिलो सहभागिता हो । 'पहिलोपल्ट नै यत्ति धेरै सफल भइयो,' नेपाली आयोजक संस्था नेप्लिज सोसाइटीका निर्देशक रोहित शाक्यले भने, 'यो देशकै लागि गर्वको कुरा हो ।' अघिल्लो महिना काठमाडौंमा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै विपश्वीले 'लिटिल मिस वल्र्ड नेपाल' को उपाधिमाथि कब्जा जमाएकी थिइन् । उक्त प्रतियोगिताका लागि सहभागी सबै ३६ बालिकालाई १७ दिन तालिम दिइएको थियो । 'त्यो बेला पनि सबैले विपश्वीले केही पक्कै जित्छ भन्थे,' निर्देशक शाक्यले सुनाए, 'भनेको कुरा ठ्याक्कै बुझ्ने र व्यवहारमा लागू गरिहाल्ने उनको बानी थियो ।'

युरोपियन मुलुक युक्रेनबाट सन् २००० मा सुरु भएको प्रतियोगिताको यो ११ औं संस्करण हो । विपश्वीले फोनमार्फत् ओजश्वीलाई दिएको जानकारी अनुसार प्रतियोगितामा नेपाल सहित ३५ देश सहभागी थिए । विशालनगरकी विपश्वीका बुबा आयल निगममा जागिरे हुन भने आमा गृहिणी । उनकी एक दिदी १० कक्षामा पढ्दै छिन् । अघिल्लो शनिबार आफ्ना बुबा र आमासँगै प्रतिस्पर्धामा भग लिन टर्की पुगेकी विपश्वी आज (आइतबार) साढे ४ बजे नेपाल आउँदै छिन् ।

Tuesday, October 4, 2011

चुरोटको नसामा टिन्एजर युवतीहरु

आज कलेजको क्यान्टिनमा चुरोट खाँदा झण्डै नेपाली सरले देख्या ।' झट्ट हर्ेदा १७ वर्षी देखिने किशोरीले भनिन् । ' हेरन कस्तो रिस्की क्यान्टिन , गोप्य नै छैन ।’ अरु २ साथी चुरोट तानातान गर्दै थिए । 'थ्री इडियट्स’ साह्रै रोमान्टिक फिल्म रै छ नी’ चुरोटको एक सर्को तान्दै अर्कि किशोरीले थपिन् । उनैको छेउमा आँखा चिम्सा भएकी अर्की साथी पनि सहमत भइन् । अमिर खानको रोल त राम्रो थियो नि, कस्तो जोक्स र बास्तबिकता ,’ उनले भनिन्-मेरो त बिन्दास पाराले टाइम पास भयो’ । शिखर चुरोटको बट्टाबाट सबैलाई एक-एक खिल्ली चुरोट बाँड्दै अर्को साथीले हस्तक्षेप गरिन् । 'तिमीहरु त कस्तो हौ, के हेरिसकेको फिल्मको कुरा गरेको’, गुलावि कोमल ओठले चुरोट च्याप्दै उनले भनिन् भोली 'माइ नेम इज खान’ हेर्न जाउँ ।

यो बुनिएको कुराकानी होइन । होटलको भित्री कोठामा चियाको चुस्कीसँग चुरोटको धूवाँ फुकी रहेका किशोरीहरु बीच भएको कुराकानीको एउटा सानो अंश हो । त्यही समूहमा अरु तीनजना केटा पनि चुरोटमा रम्दै थिए । हेर्दा २०/२१ का लाग्ने यी केटाहरु पनि चुरोटमा रम्दै कुराकानीमा मग्न थिए । कहिले कलेजका त कहिले ग्याङ फाइटका गफमा र कुनै बेला त 'नन भेज’ कुराकानी पनि हुन्थे । एउटा केटाले लामो सर्को तान्दै आधा चुरोट सँगै बसेकी केटी साथीलाई दिए । उनले पनि एक २ सर्को गरी सबै साथीलाई त्यसरी नै बाडे । चिया र चुरोटमा यी केटा र केटीको जमात धेरै बेरसम्म रमेको थियो ।
चिया गफ गर्दा गर्दै उनीहरुले निकै बेरसम्म चुरोटको धूँवा फुकिरहे ।


हेर्दा तामाङ समुदायका जस्ता देखिने यिनीहरु क्याम्पस ड्रेसमा थिए । चिया चुरोटमा रम्ने यस्ता जमातका केटा र केटी बराबरी नै हुन्छन् । काभ्रेका विभिन्न क्याम्पसमा पढने यी किशोर किशोरीहरुले आफ्नो चुरोटको लत बारे खुलेर कुरा गरे । तर फोटो भने खिच्न नपाईने र्सत राखे । 'घरमा बुबाले चुरोट खानुहुन्छ, देखेर रहर लाग्थ्यो र यी लुकेर ..........।’ त्यही समूहकी कबिताले भनिन् । 'चुरोट खाँदा भित्रबाट आन्नद लाग्छ, त्यसैले पनि होला अहिले त बानी परिसक्यो’ उनले थपिन् । 'सधै केटाहरुले खाएको मात्र स्विकार्ने - कस्तो समाज हाम्रो................... ⁄ हाम्रो पनि त मनै त हो, चुरोट नखाए त के नपुगेको जस्तो हुन्छ ।’ सम्झनाले खुलेर भनिन् । 'म त यी साथीहरु सँग घुलमिल हुन पनि खान थाले, अब त बानी पर्यो ।’ दीपा खतिवडाले दिक्क मान्दै सुनाईन् । 'खै फेशन बन्यो, चुरोट नखाए त केटाहरुले साथी नमान्ने ।’ त्यही समूहका केटा दिपेन्द्र लामा भन्दै थिए । यी केटा केटीले भने ठूलाबाट सिकेर र साथीहरुसँग घुलमिल हुनकै लागि चुरोट पिएको बताए ।

बनेपाका होटलहरुमा साँझ परेपछि प्राय यस्ता दुष्य सजिलै देखिन्छन् । काठमाण्डौ युनिभर्सिटीका चोकमा त दिउँसै केटा र केटी नै चुरोट पिईरहेका भेटिन्छन् । शीर मेमोरियल हस्पिटल र अपाङ्ग हस्पिटल भन्दा तलको खोला छेउमा कलिला किशोरीले चुरोट तान्छन् भन्दा आर्श्चर्य मान्नु पर्दैन । बनेपा चारदोबाटो नजिकै एक होटल सञ्चालक दिनहँु कलेज ड्रेसमै १/२ समूह केटीहरु चुरोट पिउन आउने बताउँछन् । क्याम्पस जीवनमा चुरोट हुँदै नशाको कुलतमा थुप्रै यूवाहरु फस्ने गरेका छन् । चुरोटको बानी स्कुले विद्यार्थीहरुको लागि सामान्य बन्दै आएको छ । पर्राईभेट कलेज नजिकका क्याफेहरुमा यस्ता दृष्य अब सामान्य बन्दै छन् ।

साँझ परेपछि विभिन्न वहानामा घुम्न निस्कने र होटलका टेबलहरुमा चियासँगै चुरोट पिउने धेरै युवतीहरुको दिन चर्या नै बनिसकेको छ । किशोर किशोरीहरु अभिभावकबाट लुकेर गोप्य ठाउँको खोजीमा चुरोट पिउन निस्कन्छन् । समसाँझ बनेपाका पोलीटेक्नीक इन्ष्िटच्युट, धनेश्वर मार्ग , नगरपालीकाको पछाडीमा रहेका उनीहरुकालीगी गोप्य लाग्ने ठाँउमा नसामा झुम्मिन युवा/युवतिको ठुलो भिड लाग्छ । काठमाण्डौ विश्वविद्यालयको आसपासको भु-भागले गाँजा व्यापारको महत्वपर्ूण्ा ठाँउको रुपमा परिचय कमाएको छ । हरेक दिन घाम नडुब्दै पनि केही किशोर किशोरीहरु चुरोट पिउन होटल र क्याफेहरुमा जम्मा भएका हुन्छन् । क्याफे र डान्स पाटीहरुमा बढी स्वतन्त्र अनुभव गर्ने र खुल्न रुचाउने युवतीहरु अब चुरोट पिउनुलाई आधुनिक संस्कृति ठानेर पनि यो कुलतमा फस्ने गरेको पाईएको छ । डान्स पाटीहरुले शहरी युवतीहरुलाई चुरोटदेखि लिएर रक्सी र हृविर्स्कीको पनि स्वाद चखाउँन थालेको छ । क्याम्पसहरुमा भने बढी साथीहरु जम्मा हुने हुनाले पनि क्याम्पस नजिकका होटलहरुमा बढी युवतीहरुका चुरोट पिउने भिड देखिन्छन् ।

'यहाँ दिनहुँ जसो चुरोट पिउन आउने केटा केटीहरुको भीड हुन्छ ।’ मिलिनीयम क्याम्पस नजिक की एक होटल सञ्चालकले भने ।समय फेरियो, विचार फेरिए, केटा केटीहरु पहिलेकै जस्तो बुवा आमाको कब्जामा बस्न रुचाउँदैनन् । स्वतन्त्रताको चाहनाले उनीहरुलाई चुरोट पिउने हदसम्म पुर्याईदियो ।’ एटुजेट साइबरका केपी घिमिरे भन्छन् । उनको विचारमा शुरुमा छोरा-छोरी बवा-आमाको अंकुशमा रहेका कारण पनि अहिले चुरोटको लतमा फसेका छन् ।

समाजशास्त्रका विद्यार्थी निर्मल त्रिपाठी भने यसलाई उमेरको विचलन भएको बताउँछन् । उनी भन्छन्-'यूवा यूवतीहरु समाज अनि संस्कृतिको बुझाईको कमीले ब्रि्रने गर्छन ।’ क्षितीज बोर्डिङ स्कुलमा पढाउने शिक्षक बाल कृष्ण तिमल्सेना निर्मल त्रिपाठी सहमत हुदै यो देखासिकी भएको स्विर्काछन् । यसलाई पश्चिमी संस्कृतिको प्रसारका रुपमा हर्ेछन् । भन्छन्-'यो शहरी समाजकै एउटा छाडा पनाको नमूना हो । यूवा यूवती रोमान्टिकमै बाँच्न चाहेका कारण पनि यस्तो भएको हो । नयाँ पिढीमा आएको व्यक्तिवादी सोचका कारण पनि यूवा यूवतीमा चुरोट संस्कृति हर्ुर्किएको हो ।’ 'खासगरी क्याम्पस पढनेहरुमा चुरोट पिएपछि साथी र्सकलमा आफू सुपेरियर भएको ठान्ने बानीले डेरा जमाएर यस्तो भएको हो ।’

पिपुल्स क्याम्पसमा शिक्षा संकायको प्रथम वर्षा उत्कृष्ठ श्रेणीमा उत्रिण हुने लक्षका साथ पढिरहेका नगेन्द्र अधिकारीको निष्कर्षयस्तो छ -'पूँजीवादीहरुले आफ्ना सामानको प्रचारको लागि यूवा यूवतीको प्रयोग गरेका छन् । साँस्कृतिक कारणले र पाश्चात्य संस्कृतिको आकर्षा वा मोह र नैतिक शिक्षाको पनि अभावले पनि यूवा यूवतीमा चुरोट खाने खराब बानी बसेको हो ।’ उनी थप्छन् -यूवाहरुमा अहिले सामाजिक मूल्यमान्यता भन्दा आफूलाई नै केन्द्रमा राखेर सोच्ने प्रवृत्ति बढेर गएको छ । यही कारण यो खराब चुरोट संस्कृति मौलाउँदै गएको छ ।’

यूवा युवतीमा 'ग्लोबल वर्ल्ड’ को अवधारणाले दह्रो डेरा जमाएको छ । उनीहरु अहिले चुरोट पिउनुलाईर् इज्जत ठान्दैछन् । साथीहरुको अगाडि 'शो’ गर्ने साधनको रुपमा चुरोटलाई लिने गरेको विज्ञहरुको भनाई छ । उनीहरुको पारिवारिक पृष्ठभूमि, साथी संगत, आर्थिक हैसियत, पाश्चात्य संस्कृतिको मोह बढेको कारण उनीहरुमा चुरोट संस्कृति बढेको विज्ञहरुको ठम्याई छ ।

काभ्रे बहुमुखि क्याप्सका एक प्राध्यापक यूवतीहरु प्रेम विछोडका कारण, साथीसंगीको लहैलहै, कमजोर मानसिकता र सोखका लागि पनि चुरोटको लतमा परेको बताउँछिन् । भन्छिन्-'अभिभावकको बेवास्ता, पाश्चात्य संस्कृतिको आकर्षाले सामाजिक मूल्य मान्यता विपरित चुरोट पिउने संस्कृति भित्रिएको छ । अभिभावकको निगरानी नपाउने विद्यार्थीका कारण अरुमा पनि यसको असर र्सर्ने गरेको छ ।’ चुरोट संस्कृतिले समाजलाई पतनको बाटो तर्फहिडाउने उनको ठम्याई छ । यसले यूवा यूवतीहरु ब्रि्रने र यसमा सबै वर्ग सचेत रहनु पर्ने उनको विचार छ ।

प्राइभेट कलेजमा वर्गीय हिसाबले सम्पन्न परिवारका छोराछोरी पढछन् । उनीहरुलाई पैसाको खाँचो हुँदैन । अनि अभिभावकहरु पनि फुर्सदमा नहुने कारण किशोर किशोरीहरु यो लतमा फसेका छन् । पैसाको दम र सरसंगतको कारण उनीहरु यस्तो भएको भन्न सकिन्छ ।
कलेज पढने युवती मात्र होइन, रेष्टुरेन्टमा काम गर्ने यूवतीहरुमा पनि यो लत झाङ्गएिर गएको छ ।
धुलिखेलको एउटा रेष्टुराँकी रमिला नाम बताउने वेटर भन्छिन्-'मानसिक तनावको कारण पनि चुरोट पिउने गर्छु ।’ त्यही रेष्टुराँकी निशा पनि आफ्नो चुरोट पिउने लत साथीहरुको कारणले र ग्राहकको संगतले बढेको बताउँछिन् । भन्छिन्- 'ग्राहकसँग बस्दा बस्दै बानी पर्यो ।’

उनीहरु आधुनिक बन्ने होडमा भन्दा पनि मालिकको कमाइका लागि चुरोट र मदिराको लतमा फसेका छन् । आर्थिक अभाव अनि पारिवारिक वातावरण नपाउँदा यो पेशामा लागेका युवती पिडा बिर्सन चुरोट र रक्सी ग्राहकसँग बसेर पिउँछन् । होटलमा आएका ग्राहकलाई चुरोट पिउन अनुरोध गर्दा आफूले नपिईदिए ती ग्राहकहरु भड्किने डरले पनि उनीहरु चुरोट पिउने गर्छन् । ग्राहकहरुको सन्तुुष्टिका लागि भए पनि होटल र रेष्टुराँमा काम गर्ने युवतीहरु चुरोट संस्कृति हुर्काउन तर्फलागेका छन् ।

थुप्रै टेलिभिजन र रेडियोमा काम गर्ने आरजे, भिजेहरु मिडियाबाट अरुलाई चुरोट नखान सल्लाह दिन्छन् । र आफूहरु भने चुरोट पिइरहेका भेन्छिन् । मिडिया क्षेत्रमा लाग्ने मोडलिङ र सिनेमाका सेलिब्रिटीहरुले पनि चुरोट पिउने संस्कृतिको मलजल गरिरहेका छन् । टेलिभिजन र सिनेमाबाट चुरोट पिएको देखाएपछि जनतामा यसको सिधा असर पर्न जान्छ । मिडिया क्षेत्रका हस्तीहरुले यसबारे कहिल्यै गम्भीर भएर सोचेनन् । तर उनीहरु भने आफ्नो यस्तो लतको बारेमा कुरा गर्न चाहदैनन् । विद्युतीय सञ्चार माध्यमबाट टिन्एजर युवतीहरु प्रभावित भएर पनि चुरोट पिउँछन् । यसरी सेल्रि्रेटी हरुले खुलेआम चुरोट पिउँदा उनीहरुका प्रशंसकहरु पनि चुरोट पिउँछन् । युवतीहरुमा पनि विशेष गरी प्लस टु जेनेरेशन भने चुरोटतर्फबढी आकषिर्त भै रहेका छन् ।

अब नेपालीहरु परम्परा तोडिएको छ । पश्चिमाहरुको परम्परा यहाँका यूवा यूवतीले स्विकारेका छन् । अब उनीहरु आफ्ना अग्रजहरुलाई मान्दैनन् । बाबुआमालाई गन्दैनन् । कोही त बाबुआमाको अगाडि नै कुनै लाज सरम बिना चुरोट पिउँछन् । तर नेपालमा ठूला व्यक्ति सामू चुरोट या अरु कुनै मादक पदार्थ खाने चलन त थिएन । यूवा यूवतीहरुले यो चलन पनि अघि बढाए । अब शुरु भएको यो चलन युगौ युगसम्म रोकिने छैन । कलेज गएका छोराछोरीहरु चुरोट पिउँदैनन् भनेर कोही पनि बाबुआमाले विश्वास गर्न छोडिसके । अहिलेसम्म चुरोट संस्कृतिमा नफसेका यूवा यूवतीले त्यो चलन शुरु गर्नु पुर्व अझै एकपटक मनन् गर्ने हो की - यो फस्टाउँदो विकृतिले हाम्रो आफ्नो पहिचान, हाम्रो शान कता पुग्छ होला - अब यूवा यूवतीहरुले सोच्नै पर्छ ।

किशोरीहरुको झोलामा कण्डम

बाटोमा हिडिरहेकी किशोरीहरुको झोलामा कण्डम, त्यतिमात्र कहा हो र त्यस्लाई सही ढंगले प्रयोग गर्ने तरिका पनि सिकाउने, कलियुग लागेकै रै'छ । पहिलो पटक देख्नेले उनीहरुलाई नकारात्मक रुपले अनुहार विगार्दै यस्तै सोच्ने गरेका छन् ।

झन् यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित यौन सम्पर्क र एचआईभी एड्सका बारेमा खुलस्तरुपमा धारा प्रवाह बोलेको सुनेमा जो कोहीले 'खत्तमै' रै'छन् भनेर भन्न पनि पछि पर्दैनन् । तर उनीहरु कुनै गलत मार्गमा लागेका किशोरीहरु भने होइनन् । उनीहरु किशोर किशोरीमा देखिएको समसामयिक समस्या बारे प्रशिक्षित साथी शिक्षिका हुन् । अर्थात विद्यालय छाडेका किशोर किशोरीहरुलाई जोखिमपूर्ण व्यवहारमा लाग्नबाट बचाउने असल स्वयम् सेविका हुन् । तर कतिपयले उनीहरुलाई गलत सोची दिने गर्छन् । उनीहरुलाई आफ्नो विवेकले काम गर्न पनि दिदैनन् । कण्डम, यौन, लागुपदार्थ, एचआईभी एड्सको विषयमा खुलस्त कुरा गर्दा किशोर किशोरीले पनि यस्तो कुरा गर्ने हो र ? भनेर तर्किने गर्छन् ।

धरान-११ दुर्गाचौक बस्ने साथी शिक्षिका रेजु श्रेष्ठ भन्छिन्, 'हाम्रो उदेश्य विद्यालय छाडेका कोही पनि किशोर किशोरी जोखिमपूर्ण व्यवहारमा नफसुन् भन्ने हो । एउटा किशोरीको बानी र समस्या अर्को किशोरीलाई सामान्यतया थाहा हुन्छ । त्यसैले हामी उनीहरुको समस्यालाई बुझेर सही सल्लाह दिने गर्छौं ।' उनका अनुसार त्यस्ता किशोर किशोरीहरुलाई साथी बनाएर जीवन उपयोगी शीप, दैनिक जीवनमा आइपर्ने समस्या र समाधान, आत्म जागरण, सकारात्मक र सृजनात्मक सोचका बारेमा मनोसामाजिक मनोविमर्श विधिमा परामर्श दिने गरेका छन् । विभिन्न कारणले गाउँ, टोल र शहरका धेरै किशोर किशोरीहरु विद्यालय छाड्ने गरेका छन् । त्यस्ता किशोर किशोरीहरु कुलतमा र गलत बाटोमा लाग्न सक्ने सम्भावना धेरै हुन्छ । धरान-१० धर्मपथ बस्ने अर्की साथी शिक्षिका माङ्सेमी लिम्बू भन्छिन्, 'समाज र परिवारमा विद्यालय छाडेका कैयौ किशोर किशोरीहरु सही सल्लाह नपाएर जोखिमपूर्ण व्यवहारको सिकार बनेका छन् । कुनै माध्यमबाट उनीहरुलाई पत्ता लगाएर भेटघाट गछौर्ं र उनीहरुको समस्या बुझेर सल्लाह दिन्छौं ।' विद्यालय छाडेका किशोर किशोरीहरुलाई जहां भेटे पनि उनीहरु परामर्श दिन तयार हुने गरेका छन् । धरानमा यस्ता साथी शिक्षिका र शिक्षकहरु १४ जना रहेका छन् । उनीहरुले दुइवर्षको अवधिमा पाँचसय जना किशोर किशोरीहरुलाई साथी बनाएका छन् । आफ्ना साथीको मनको कुरा -समस्या) समाधान गर्न किरात याक्थुङ पुनर्जीवन केन्द्रद्धारा सञ्चालित युवा मैत्री सेवा केन्द्रमा बोलाउने गरेका छन् । एक बर्ष देखि साथी शिक्षिका भएर आफूजस्तै किशोर किशोरीलाई परामर्श दिदै आएकी धरान-१६ अन्नपूर्णलाइनकी लक्ष्मी दर्नाल भन्छिन्, 'आफूले सिकेको र जानेको कुरा साथीलाई भनेर वा बुझाएर सचेत गराउनु एउटा साथीको कर्तव्य हो ।

यौन, एचआईभी एड्स र लागुपदार्थ बारे सबैले उतिकै बुझेका हुदैनन । र, विद्यालय छाडेका किशोर किशोरीहरु यिनै तीन कुरामा चाडो फस्ने गरेका हुनाले हामी उनीहरुलाई साथी बनाएर जोखिम बाट बचाउने प्रयास गर्छौं ।' उनीहरु क्याविन रेष्टुरा, होटल र लज, चिया पसल, सडक बालवालिका, घरेलु कामदार लागुपदार्थका दुव्र्यसनी, रिक्सा चालक, यातायात जस्ता क्षेत्रमा कार्यरत किशोर किशोरीहरुलाई साथी बनाएर विभिन्न जोखिमपूर्ण व्यबहारबाट बचाउन विना तलव दैनिक स्वयम्सेवी भएर टोल टोलमा घुम्ने गरेको धरान-७ शान्तिपथकी किशोरी साथी शिक्षिकाद्धय अन्जना मगर र विमला मगरले बताए ।

युवा मैत्री सेवा केन्द्रका प्रमुख अरुण तिगेलाका अनुसार विद्यालय छाडेका किशोर किशोरीहरु निम्न आर्थिक अवस्था भएका परिवारबाट सबै भन्दा धेरै छन् । त्यस्ता किशोर किशोरीलाई उनीहरुकै समकालीन साथीले सही सल्लाह दिने कार्य प्रभावकारी भएको छ । कतिपयलाई विद्यालयमा पढ्न जाने वातावरण बनाइदिएको छ ।

घरको अगाडि आएर कपडा फुकालेको दृश्य...........

धेरै पुरुषको लागि विश्वचर्चित पप ब्युटी रिहान्नाले आफ्नो घरको अगाडि आएर कपडा फुकालेको दृश्य हेर्न पाउनु अहोभाग्य हुनसक्छ तर आयरल्याण्डका ६१ वर्षका किसान ऐलेन ग्राहमलाई भने रिहान्नाल....... देखाएको मन परेन ।आफ्नो नयाँ गीतको प्रोमो सुटिङका क्रममा उत्तरी आयरल्याण्डको ब्यांगोर पुगेकी रिहान्ना जब टपलेस भएर गीतको भिडियो सुटिङ गर्न लागिन् तब ऐलेनलाई सहिनसक्नु भयो र बीचमै चिच्याए । वृद्ध किसानलाई आफ्नी नातिनी सरहकी रिहान्ना नांगिएको मन नपर्नु स्वभाविकै थियो त्यसैले तत्काल सुटिङ रोकेर कपडा लगाउन आग्रह गरे । टपलेस हुने क्रममा रिहान्ना निकै आक्रामक बनेकोले आफुले रोक्न आग्रह गरकेो ऐलेन बताउँछन् ।

आफ्नो गीत वी फाउन्ड लभको सुटिङका क्रममा वृद्ध किसानको खेतमा अर्धनग्न बनेर नाचिरहेकी रिहान्ना किसानको आग्रह पछि हठात् रोकिइन् र किसानले भने बमोजिम लुगा पहिरिइन् ।

महिलाले देख्ने सपना मध्ये ८ प्रतिशत .................

पछिल्लो अध्ययनले महिलाहरुमा सम्भोगसँग जोडिएको सपना देख्ने दर बढिरहेको देखाएको छ । क्यानडाको युनिभर्सिटी अफ मोन्टि्रयलका विज्ञहरुले गरेको अध्ययनका क्रममा अहिलेका महिलाहरुले सपनामा यौन क्रियाकलाप गर्ने गरेको देख्ने दर ४० वर्ष अघिका महिलामा भन्दा निकै धेरै रहेको पाइएको छ । अध्ययनका क्रममा महिलाले देख्ने सपना मध्ये ८ प्रतिशत सेक्स सँग सम्बन्धित हुने गरेका छन् ।

अध्ययनका क्रममा ३ हजार ५ सय जना महिला र पुरुषले आफुले देख्ने सपनाहरुको बारेमा तथ्य संकलन गरिएको अध्ययन टोलीका प्रमुख एन्टोनियो जाड्रा बताउँछन् । अध्ययनका क्रममा संलग्न भएका महिला तथा पुरुषहरुले देख्ने यौन सम्बन्धि सपनामा देख्ने यौन क्रियाकलापहरुमा यौन सम्पर्क , पाकक्रिडा , चुम्बन , तथा हस्तमैथुन लगायतका रहेका अध्ययनकर्ता बताउँछन् ।

अध्ययनका क्रममा केही अरु रोचक तथ्य पनि फेला पारिएको छ । सपनामा गरिने सम्भोगका क्रममा ४ प्रतिशत महिला र पुरुष चरमोत्कर्षमा पुग्ने गरेका छन् । महिलाले देख्ने सेक्सका सपना मध्ये ४० प्रतिशतमा उनीहरुले कुनै चर्चित पुरुषसँग सेक्स गरेको देख्छन् । त्यस्तै २० प्रतिशतले आफ्नो अहिलेको प्रेमी वा पूर्व प्रेमीसँग सपनामा सम्भोग गरेको देख्छन् । महिलाले प्रायः कुनै निश्चित वा केही सिमित पुरुषहरुसँग मात्र सेक्स गरेको सपना देख्ने भएपनि पुरुषले भने प्रायः धेरै महिलाहरुसँग सेक्स गरेको सपना देख्ने गरेका अध्ययनमा पाइएको छ ।

अध्ययनका क्रममा महिलाले सेक्सका सपना देख्ने दर पछिल्लो ४० वर्षमा बढेको पाइयो । तर यसरी सेक्सका सपनाको दर बढ्नुमा महिलाले बढि सेक्सका सपना देख्ने गर्नुका साथै यौनका कुरामा बढि खुल्ला हुनु पनि जिम्मेबार रहेको अध्ययनकर्ताहरु बताउँछन् ।

कलाकारको दशै ..........................

नेपालीहरुको महान चाड बडादशैंले सवैको घर आगनमा पाईला टेकीसकेको छ । यसैले, पनि यो पर्वलाई सवैजना आ-आफ्नै तवरवाट मनाउने तयारीमा रहेका छन् । विजयादशमीको अवसरमा नेपाली कलाकारहरु पनि आ आफ्नै किसीमको तयारी गरिरहेका छन् । वर्षभरी नै गीत, संगीत र चलचित्रमा व्यस्त हुने कलाकारहरुका लागि दशैं साच्चै नै फुर्सद पाउने राम्रो अबसर बन्छ । यो दशैंमा कलाकारहरुले के कस्तो प्लान वनाईरहेका छन् र को कसरी मनाउने तयारीमा होलान् त ? यसपटकको दशैं बिशेषमा अनलाइनखवरले केही नाम चलेका कलाकारसँग उनीहरुको दशैं योजना, स्मृति र अनुभुतीबारे सोधेका छौं ।
लुकी-लुकी बेलुन फुक्छु - रेखा थापा (नायीका)

यसपालीको दशैमा म निक्कै चपेटामा परेको छु । कारण, नेपाली सिनेमाका तीन हस्तीहरुले तयार पारेको चलचित्र अन्दाज देशभरका हलमा प्रदर्शनमा आउदैछ । यसमा मैले पनि अभिनय गरेकाले म यो चलचित्रको पव्लिसिटीमै व्यस्त हुनेछु । तर, दशैको ५ दिन भने मैले मेरो आमाको लागी छुट्टाएको हुन्छु, हरेक वर्ष । यसवर्ष पनि म घर जानेछु । टिका लगाउने,रमाईलो गर्ने त आफ्नो ठाउँमा छदै छ । दशैमा विशेषगरी म, खसि काट्दाको सुरुको क्षणलाई सधै नै सम्झने गर्छु । खसि काट्नु अघि गरिने विभिन्न क्रियाकलाप सम्झदा मलाई रमाईलो लाग्छ । मलाई दशैको पाँचै दिन निक्कै रमाईलो लाग्छ । दशैमा मैले याद गर्ने अर्को क्षण हो, वेलुन उडाएको । सानोमा वेलनु फुकेर खुवै उडाउथ्यौं । तर, अव त ठूलो भईयो, यसकारण पनि वेलुन फुक्न र उडाउन लाज लाग्छ । तर, दाईको छोराले वेलुन फुकेको वेलामा म पनि घरको छतमा जान्छु र कसैले नदेख्ने गरी वेलुन फुक्छु र रमाईलो गर्छु ।

बहिनी र बाल्यकाललाई मिस गर्छु आर्यन सिग्देल (नायक)


मेरो घर नै थानकोट भएकाले म हरेक वर्षको जस्तै यो वषै पनि दशैमा यतै हुन्छु । घरमा ममि, ड्याडिसँग वसेर मनाउँछु । वहिनीहरु सवै वाहिर भएकाले खासै धेरै रमाईलो लाग्दैन । हरेक दशैमा उनीहरुलाई मिस गर्छु । मासु खानेकुरामा म निक्कै अगाडि छु । कति खान्छु भनेर जोखेको त छैन, तर धित मरुन्जेल खान्छु । ठूलावडाको आर्शीवाद लिंदा रमाईलो लाग्छ । दशैमा मैले सवैभन्दा धेरै याद गर्ने क्षण भनेको वाल्यकाल नै हो । जतिवेला वहिनीहरु सवै थिए । टिका लगाउने वेलमा पनि एकै ठाउँमा जमघट भईन्थ्यो । त्यो पललाई आजको दिनमा धेरै मिस गरिरहेको छु ।


फरक फरक कपडा ल्याइदिए खुब झगडा गर्थ्यौ - स्वरुपराज आचार्य (गायक)


यसपटकको दशैको टिकाको दिनमा सम्भवत म विदेशमा कार्यक्रम गरिरहेको हुन्छु होला । घरमा टिका लगाएपछि वाहिर अन्त कतै जान भ्याउँदिन, किनकी त्यही दिन नै म विदेश उड्दैछु । नेपालभरका विभिन्न ठाउँमा सांकृतिक कार्यक्रममा गईन्छ होला । यो वाहेक साथीभाईसँग रमाईलो गर्यो, यसरी नै वित्छ दशैँ । दशैंमा मलाई सवैभन्द वढि याद आउने कुरा नयाँ लुगा हो । सानोमा लुगा किन्ने वेलामा सत्यलाई एउटा अनि मलाई अर्को लुगा ल्याईदिए, हामी खुवै झगडा गथ्र्यौ । सत्यलाई जे ल्याईदिनुभएको छ मलाई पनि त्यही नै चाहिन्थ्यो । यसैले, बा-आमाले जुत्ता,कपडा लगायतका लुगाफाटो किनिदिंदा उही रङको उस्तै ल्याइदिनुहुन्थ्यो हरेक पटक । यसरी, एउटै कपडा लगाएर हिंड्दा हामीलाई सवैले ट्विन्स व्रदर भनेर चिन्थे ।
आचार्यको प्रोमसनमै दशैं - सत्यराज आचार्य (गायक)

यो दशैमा मेरो पहिलो प्राथमीकता भनेको आचार्यको प्रमोशनमा लाग्नु हो । यो चलचित्र अझै केही ठाउँमा चल्न वाँकी रहेकाले प्रमोशनको वाकी काम छ । यो वाहेक मेरो दशै विशेषगरी, साथीभाई र परिवारसँग नै वित्छ । हुन त, देशभित्र र वाहिर बिभिन्न कार्यक्रमका लागि कुरा भईरहेका छन्, यदि कार्यक्रममा गईयो भने विदेशतिर नै भईन्छ होला । यदि गईएन भने उही हो, साथीभाईसँग वस्यो, रमाईलो गर्यो । म यो दशै निक्कै रमाईलोसँग विताउन चाहन्छु । मलाई पनि दशैंमा कपडा को नै याद आउँछ । जुन कुरा स्वरुपले भनिसक्यो ।


जेल पर्दाको क्षणले नरमाइलो बनाउँछ - रोज राणा (निर्माता एवं नायक )


म यसभन्दा अघिको दशैमा जेल परेको थिएँ । तर, यसपटक भने जेल वाहिर छु । यसैले पनि केही फरक अनुभुती गरिरहेको छु । तिहारको भाईटिकाको दिनवाट मैले वनाएको चलचित्र ‘म छु नि तिम्रो’ प्रदर्शनमा आउन लागेकाले पनि यो वर्षको दशैं यही चलचित्रको प्रचारप्रसारमा नै वित्नेछ । दशैमा सवैभन्दा वढि मलाई याद आउने भनेको गतवर्ष जेल पर्दाको क्षण हो । जेल पर्दा जेलभित्र पनि रमाईलोसँग नै मनाईएको थियो । तर, मलाई अदालतले क्लिन चिट दिएर निर्दोष भनिसकेको छ । यसैले, निर्दोष भएर पनि जेल पर्दाको क्षण सम्झन्छु दशैमा । अनि कता कता नरमाईलो लाग्छ ।

१५ बर्ष भयो नेपालमा दशैं मनाउन नपाएको-धिरज राई (गायक)हरेक वर्षको दशैंमा विभिन्न कार्यक्रममा विदेशमा रहेकाले पनि मलाई दशैं पर्व नेपालमा मनाउन पाउँदा नमज्जा लाग्छ । विगत १५ वर्षदेखि मैले नेपालमा बसेर दशैं मनाउन पाएको छैन् । यो पटक पनि म टिकाको दिनमै, दुवई र कतारमा सांकृतिक कार्यक्रमका लागि जानुपर्ने भएको छ । नेपालमा आफ्नै दाजुभाईसँग भेट्नका लागि पनि दशैलाई नै कुर्नुपर्ने हुन्छ । यसकारण, पनि यो पर्व नेपालीहरुका लागि विशेष रहेको छ । यसै त कहिले नेभेटिने आफन्त साथीभाईलाई भेटने पर्व दशैंमा म नेपाल नहुँदा दशैंको रमाइलो छुट्ने गर्छ । तर, विदेशमा जुनसुकै समय पनि कार्यक्रम गर्नका लागि जाँदा त्यहाँका नेपालीहरुले आफ्नै जस्तै गर्नुहुन्छ, बिदेशीएका नेपाली दाजुभाईसँग बसेर दशैं मनाउन पाउँदा त्यहाँ अर्कैखाले उल्लास हुन्छ । आफ्नो घरबाट टाढा भएपनि बिदेशीएका नेपाली दाजुभाईहरुले दिने न्यानो स्नेह मलाई एकदमै याद आउँछ ।
जुवातास खेल्दिन -सुरेश अधिकारी (संगीतकार)

हामी वर्षभरी निक्कै व्यस्त रहन्छौ, आफ्नो कामका लागि । तर, दशै यस्तो चाड हो जसले हामीलाई केही दिन भएपनि फुर्सद दिन्छ । यो वर्षको दशै पनि मेरो केटाकेटी र घरपरिवारसँग नै वित्छ । म जुवा तास खेल्दिन र अरुलाई पनि त्यसरी नखेल्न आग्रह गर्छु । तर, परिवारसँग वसेर रमाईलोको लागी त खेलिन्छ नै । मलाई विशेषगरी दशैमा सवैसँग भेटघाट हुने, रमाईलो गर्ने पल याद आउँछ अहिले पनि ।

कन्सर्टमै बित्ने भो दशैं -आस्था वि (गायिका)

आफूभन्दा ठूलावडाको हातावाट आर्शिवाद लिन पाउँदा रमाईलो लाग्छ । यसैले, पनि दशै पर्व मेरा लागि बिशेष छ । यो वर्षको दशैमा विशेषगरी म कन्र्सटमा व्यस्त हुनेछु । सवैभन्दा पहिला धरान, ईलाम, झापालगायतका ठाउँमा कार्यक्रम गर्दैछु । यसपछि, काठमाण्डौमा पनि एउटा कार्यक्रम आयोजना हुँदैछ, जहाँ म सहभागी हुने छु । यसैले, मलाई लाग्छ मेरो दशै कार्यक्रममा नै व्यस्त भएर वित्छ होला । यसपालीको दशैं दर्शक स्रोतासँगै मनाउने छु ।