Monday, January 16, 2012

होशियार असुरक्षीत छ दमक

झापाको दमक नगरपालिकामा बनेका पचास प्रतिशत भन्दा बढी घर लगायतका भौतीक निर्माणहरु जाखिमपुर्ण रहेको बताइएको छ ।
कमजोर जग बसालेर घर तथा भवन निर्माण गर्ने गरिएकाले पचास प्रतिशत भन्दा बढी घरहरु भुकम्पको उच्च जोखिममा रहेका र यसले खतरा निम्त्याउन सक्ने प्राबिधिकहरुले जनाएका छन् ।
नगरपालिकाले घर नक्सा पास गरेर मात्र घर बनाउन भनेपनि नक्सा पास गर्ने गरिएको भए पनि त्यस अनुसारको घर तथा भवन निर्माण भए नभएको अनुगमन नगरिएका कारण भुकम्पबाट दमकमा जोखिम बढ्दै गएको छ ।
नगरपलिकाका प्राबिधिक तिर्थनारायण श्रेष्ठका अनुसार कमजोर जगका कारण दमकमा भुकम्प आएमा ठुलो क्षति पुग्ने खतरा बढेको छ भने समयमा नै सचेतता नअपनाए धनजनको नोक्सानी पुर्याउने देखिएको छ ।
अहिले सम्म दमक नगरपालिकामा भुकम्प प्रतिरोधात्मक रुपमा एक दुइ प्रतिशत समेत घर नबनेको भन्दै बढी रकम लाग्ने भएकाले जसरी सस्तो बन्छ त्यसरि घर तथा भवन निर्माण हुने गरेको पनि उहाँको भनाइ छ ।नगरपालिकाकै अर्का प्राबिधिक अनन्त सेनेहाङ नगरपालिका भित्र बनेका पचास प्रतिशत भन्दा बढी घर तथा भवन भुकम्पको जोखिममा रहेको बताउदै यस बिषयमा पर्याप्त चेतना जरुरी रहेको औल्याउनु हुन्छ ।
नगरपालिकाले नक्सा पास गरिदिने र त्यसपछि केहि नगर्ने भएकाले नगरबासिले जस्तो बनाएपनि त्यसको वास्ता नगरिएका कारण यहाँ जोखिम बढदै गएको समेत उहां बताउनु हुन्छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपती खतिवडा नगरपालिकाको कमजोरी भएको स्विकार गर्दै पर्याप्त जनशक्ति नभएका कारण नगर भित्र के कस्ता संरचना कसरी बन्दैछन् अनुगमन गर्न नसकिएको स्विकार गर्नुहुन्छ ।
अब्यवस्थित रुपमा शहरीकरण बढ्दै गएको र यसले समस्या उत्पन्न गराउन सक्ने प्रति नगरपालिका सचेत भएको भन्दै दमक नगरपालिकामा पनि भवन संहिता लागे गराउने तयारि गरेको उहाँले बताउनु भयो ।
यसै आर्थिक बर्षमा भवन संहिता लागु गरेर बन्दै गरेका र बनेका स्ररचना तथा नयाँ बन्ने संरचनाहरुको समेत अनुगमन गरिने कार्यकारी अधिकृत खतिवडाले बताउनु भयो ।
निर्माण ब्यवसायी संघ झापाका अध्यक्ष गणेशप्रसाद बस्नेत भवन संहिता लागु गरेमा ब्यवसायीहरुले त्यसलाइ साथ दिने भनेर आफुहरुले बारम्बार भनेपनि सुनुवाइ नभएको दुखेसो गर्नुहुन्छ ।
संहिता लागु भएमा निर्माण ब्यवसायीहरुलाइ घाटा हुने भएपनि आपफ्नो जिम्मेवारी र कर्तब्य भएकाले त्यस अनुसार काम गर्ने बताउदै यसमा नगरपालिकाले अगुवाइ गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।
जिफन्ट झापाका अध्यक्ष सिताराम गौतम भुकम्प प्रतिरोधात्मक भवन तथा घर  कसरी निर्माण गर्ने भन्ने बिषयमा काम गर्ने कामदारहरुलाइ समेत थाहा नहुने गरेको भन्दै तालीमहरुको ब्यवस्था गरिनु पर्ने बताउनु हुन्छ ।
भवन तथा घर निर्माण गर्ने ठेकेदार समेत यस बिषयमा अनबिज्ञ रहने भएकाले र प्राबिधिकहरुले समेत कुनै अनुगन नगर्दा जसो गर्दा काम छिटो र बढी नाफा हुन्छ त्यसरी काम भइरहेको पनि उहाँको भनाइ छ ।
दमक नगरपालिकामा अहिले सम्म पाँचसय सठचालीसवटा घरको नक्सा पास गरिएको रेकर्ड रहेको छ भने यसमा पक्की घर संख्या पाँचसय सतासी र टिनको छानो भएको घर संख्या साठी रहेको छ ।
घरको नक्सा पास र त्यस पछि तला पास गर्दा समेत अनिबार्य नगरपालिका संग इजाजत लिनु पर्ने ब्यवस्था भएपनि अहिले सम्म यस्तो हुन नसक्दा आफुखुसि तला निर्माण गर्ने क्रममा बढ्दै गएको छ ।
फोटो
असुरक्षित दमक ः–झापाको दमकमा शहरी करण बढेपनि मापदण्ड पुरा नगरी घर बनाउदा भुकम्पको जोखिम बढदै गएको छ ।
तस्बिर बिष्णुप्रसाद पोखरेल

No comments:

Post a Comment