Tuesday, January 3, 2012

क्याम्पसका बिद्यार्थीहरुले जुन काम गरेका छन् यो अनुकरणिय मात्र होइन प्रशंशनीय पनि रहेको छ

अवसर पाएमा आफ्नो क्षेत्र र सानै ठाँउमा भए पनि प्रतिभा भएकाहरुले आफ्नो प्रतिभालाइ प्रस्फुटीत गराउन सक्छन् भन्ने उदाहरण दमक बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले देखाएका छन् ।
यहाँका बिद्यार्थीहरुले आफ्नै प्रयासमा एफ.एम.रेडियो देखि लिएर रकेट बनाएर त्यसलाइ प्रत्यक्ष रुपमा कसरि त्यसले काम गर्छ भन्ने प्रयोग गरेर देखाइ दिएका छन् ।
दमक बुहमुखी क्याम्पसको ३१ औ बार्षिकोत्सबको अवसरमा क्याम्पसले पहिलो पटक क्याम्पसमा गरेको बृहत बिज्ञान प्रर्दशनीमो दर्शकहरुको भिड लागेको थियो  ।
यहाँको प्रमुख आकर्षण बिद्यार्थीले बनाएको एफ.एम.रेडियो ,रकेट,आलु,कागती लगायतको चिजबाट बिद्युत उत्पादन र बिभिन्न जीबहरु रहेका छन् ।
यसको साथै कार्टुनको प्रयोग गरेर बनाइएको क्याम्पसको तीन तले दुरुस्त भवन पनि अर्को यहाँको प्रमुख आकर्षण थियो ।
तल दरिलो बनाउनका लागि प्लाइ प्रयोग गरेपनि सम्पुर्ण रुपमा कार्टुनको प्रयोग गरेर बनाइएको क्याम्पस भवनमा इलेक्ट्रोनिक ढोका बनाइएको छ भने बिजुली बत्ती पनि झलल रहेको थियो ।
कक्षा ११ मा पढने नन्दलाल पौड्यालले निर्माण गर्नु भएको कार्टुनको दुरुस्त क्याम्पस भवनको मुख्य गेट उघारेर  गत सोमबार उद्घाटन गरिएको थियो ।
बुधबार एमाले नेता केपी शर्मा ओलीले बिज्ञान प्रदर्शनीको अवलोकन गर्दै प्रयोगात्मक रुपमा बिद्यार्थीहरुले गरेको मिहिनेत अनुकरणीय भएको बताउनु भयो ।
ओलीले प्रतेक स्टलहरुमा गएर त्यहाँ राखिएका बिज्ञान सामाग्रीहरु हेर्नु भएको थियो भने रकेट उडाएर देखाएपछि त्यस बिषयमा बुझ्नु भएको थियो ।
प्रदर्शनीको मुख्य आकर्षण बिद्यार्थीले बनाएको एफ.एम.रेडियोबाट ओलीलाइ बिद्यार्थीले स्वागत गरेका थिए भने ओलीकै लवजमा ओलीको नक्कल गरेर प्रर्दशनीलाइ रोचक पनि बनाएका थिए ।
यहि अध्ययनरत सबिन डाँगी,नबिन दाहाल,सुवास डाँगी,सपना ढुङ्गना,सुस्मिता खतिवडा र अस्मिता थापाले एफ.एम.रेडियो बनाएका हुन् ।
करिब एक सय मिटर आसपासमा राम्रो संग सुनिने र एफ.एम.को प्रबिधि देखाउन खोजेको समुहले जनाएको छ ।दर्शकले चासो पुर्वक यसलाइ सुनेको र हेरेको बिद्यार्थीहरुले बताए ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सुरेश सुब्बाका अनुसार बिज्ञान प्रदर्शनीले सोचे भन्दा बढी सफलता हासिल गरेको र यहाँका बिद्यार्थीहरुको प्रतिभा प्रस्फोटन गरेको छ ।
उहाँका अनुसार यस प्रदर्शनीले सामुदायीक क्याम्पसहरुपनि कम छैनन् र यहाँका बिद्यार्थीहरुले अवसर पाएमा प्रतिभालाइ देखाउन पछि पर्दैनन् भन्ने स्पष्ट पारेको पनि बताउनु भयो ।
क्याम्पसले यसमा पुर्ण रुपमा सहयोग गरेको र प्रतेक बर्ष यस्तो प्रदर्शनी आयोजना गरिने समेत सूब्बाले बताउनु भयो ।यसरी क्याम्पसका बिद्यार्थीहरुले जुन काम गरेका छन् यो अनुकरणिय मात्र होइन प्रशंशनीय पनि रहेको छ ।

No comments:

Post a Comment