Sunday, November 20, 2011

साइकल चढनमा गर्व, जीवनभर साइकल नै चढ्ने प्रण

केही वर्ष अघिसम्म नेपालमा अन्य सवारीका तुलनामा साइकल चढ्नेहरू धेरै थिए तर अहिले स्थिति फेरिएको   हिजोआज गाउँघरदेखि सहरबजारसम्म मोटर साइकलकै बोलबाला बढी देखिन्छ
सवारी साधन व्यक्तिको जीवनस्तरमा पनि आधारित हुन्छ त्यसैले नेपालमा साइकल चढ्नेहरू अन्य सवारी साधन चढ्नेको तुलनामा कम आर्थिक स्तरका हुन्छन् भन्ने आमसोचाइ  रही आएको तर यथार्थ त्यो होइन
विदेशमा उच्च हैसीयत भएका व्यक्तिहरू पनि साइकल चढनमा गर्व गर्दछन् तर नेपालमा भने हैसीयत नभएकाहरू समेत गाडी चढनमै अग्रसर हुने गरेका छन् त्यतिमात्र होइनसाइकल यात्रीहरूलाई अन्य यातायात चलाउनेहरूले सडकमै हेप्ने गरेका उदाहरण पनि दिनहुँ प्रसस्त पाइन्छ
अहिले समय समयमा हुने साइकल ¥याली त्यसको प्रचारप्रसारको प्रभावले पनि  केही मात्रामा युवाहरू साइकलप्रति आकर्षित भएका छन् मैले कलेजमा साइकल लिएर जाँदा सबै साथीहरूले मलाई हेप्ने गर्दथेआफ्नो अनुभव यसरी सुनाउँछन् काठमाडौँ मेडिकल कलेजका विद्यार्थी सुवास श्रेष्ठ उनी भन्छन्–‘ त्यतिबेला साथि बन्न समेत असहज महसुस गर्ने मेरा सहपाठीहरू अहिले प्रति गर्व गर्दछन् साइकल चढ्ने केटालाई  केटी साथी बनाउन निक्कै कठिन हुने साइकल चढने केटासँगै देखेमा आफ्ना साथीहरूले गिज्याउने डरका कारण पनि केटीहरू साथी बन्न नचाहेको तीतो अनुभव सुवाससँग
करिव एक वर्ष अघि विश्व साइकल यात्री प्रतिष्ठानले आयोजना गरेको साइकल ¥यालीमा भाग लिएपछि आफुलाई गर्व महसुस हुन थालेकोले अब जीवनभर साइकल नै चढ्ने प्रण गरेको उनी बताउँछन्
अझ साइकल चढ्दा हुने फाइदाहरू बुझेपछि भने कतिपय साथीहरूले मोटरसाइकल बेचेर साइकल किनेको उनीहरू अहिले जहाँ जाँदा पनि साइकलकै कारण साथी बन्ने गरेकाले आफुले साइकल चढेर उनीहरूलाई पनि चढ्ने बानी बसाल्न सकेकोमा उनी हर्षित छन् ।नेपाली युवामा साइकलप्रतिको आकर्षण फेरि विस्तारै बढ्दै गइरहेको पाइएको भने यसको व्यवसाय पनि फस्टाउदै गएको साइकल व्यापारी रन्जित ताम्राकार बताउनुहुन्छ
उहाँका अनुसार नेपाल भौगोलिक रूपमा उकाली ओराली भएको माउन्टेन बाइक   उकाली ओरालीमा पनि चढन सकिने भएकाले  यही साइकल प्रयोग गर्नु राम्रो हुन्छ
साइकल एसोसिएसन अफ काभ्रेका सचिव रत्न श्रेष्ठका अनुसार अहिले नेपाली युवामा साइकल प्रति आकर्षण बढेको पाइएको   उहाँले पाँच वर्ष अघि करिव चार हजारको संख्यामा रहेका प्रोफेसनल साइकलिष्टहरू अहिले आएर २५ हजार भन्दा बढी रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो
साइकल चढौं स्वस्थ बनां भन्ने अभियानका साथ विश्वसाइकल यात्री प्रतिष्ठानले करिव तीन वर्ष अघि देखि निरन्तर साइकल सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको
नेपालमा दुईसय भन्दा बढी युवाहरू यो अभियानलाई सफल पार्न सक्रिय छन्
साइकल चढ्दा राम्रो व्यायाम हुने भएकोले शरीर तन्दुरुस्त राख्न यसले निक्कै सहयोग गर्दछ भने पेट्रोल, डिजेल जस्ता आयातित पेट्रोलियम पदार्थ विना चलाउन सकिने भएकोले यसको प्रयोगले पेट्रोलियम पदार्थको खपत घटन गई आर्थिक भार कम हुनजान्छ ।नेपालमा दैनिक चार लाख लिटर भन्दा बढी पेट्रोलियम पदार्थको खपत हुने गरेको   हप्तामा एक दिन मात्र साइकल चढेमा पनि सो परिमाणको पेट्रोलियम पदार्थको जगेडा रहन्छ त्यसैले साइकलको प्रयोगबाट नेपालमा भइरहेको पेट्रोलियम पदार्थको खपत कम गर्न सकिने प्रतिष्ठानका अध्यक्ष विश्वसाइकल यात्री एवं सगरमाथा आरोही पुष्कर शाह बताउनुहुन्छ
साइकल गरिव व्यक्तिहरूले मात्र चढ्ने मान्यता रही आएको यो समाजमा साइकल  चढदा अरूले हेय भावले हेर्ने प्रवृत्ति अझै रहेको शाहको अनुभव
मैले एक सय चालिसवटा देश साइकलमा नै घुमेपछि थाहा पाँए साइकलको महत्व कति रहेछ भन्ने कुरा, अन्य देशमा साइकल चढ्नेहरूलाई निक्कै आदर गर्ने गरेका छन्, साइकल चढ्नेलाई बाटो छोडिदिन्छन्, तर नेपालमा त्यस्तो छैन तर पनि अव विस्तारै केही बदलिदै गएको पाएको शाह आशावादी बन्नुहुन्छ
साइकल चढ्ेर विभिन्न स्थानमा भ्रमण गर्दा त्यहाँको प्रकृति संस्कृतिलाई नजिकबाट आत्मसात गर्न सकिन्छ भने विभिन्न स्थानमा जाँदा  साँंस्कृतिक पर्यटनमा समेत थप टेवा पुग्ने साइकल चढ्नेहरूको भनाइ रहेको जवकि अन्य सवारी साधनमामा जाँदा त्यसको तीव्रगतिका कारण निकट आत्मसातको अवसर कमै पाइन्छ
साइकलको मूल्यमा निकै ठूलो अन्तर पाइन्छ यसको बनौटका आधारमा कुनै साइकलको मूल्य हजारमा आउँछ भने कुनैको लाखमा लामो यात्राका लागि उपयुक्त माउण्टेन बाइकको  करिव रु ३० हजार देखि रु एक लाख वा सो भन्दा पनि बढि मूल्य पर्दछ
अहिले यो अभियानमा धेरै धनी मानिसहरू समेत सहभागि रहेका छन् प्रतिष्ठानकी व्यवस्थापक शारदा मल्ल ठकुरीले भन्नुभयो –‘अवको केही वर्ष पछि नेपालमा साइकल चढ्नेहरूको सङख्यामा अत्यधिक बृद्धि हुनेछ विगतको तुलनामा अहिले साइकल ¥यालीहरूमा देखिने गरेको उत्साहजनक सहभागिताका आधारमा उहाँले यसो भन्नुभएको हो
साइकललाई नै आफ्नो मुख्य सवारी साधनको रूपमा उपयोग गर्न चाहने साइकल प्रेमीहरूलाई गत कात्तिक १४ गतेको दुर्घटनाले भने ठूलो धक्का पु¥याएको प्रख्यात संरक्षणविद् तथा साइकल प्रेमी प्रल्हाद योञ्जनको राजधानीमै साइकलमा यात्रारत रहेकै अवस्थामा ट्रकले धक्का दिंदा दुःखद निधनभयो उहाँको यस्तो असामयिक निधन प्रकृति संरक्षण क्षेत्रका लागि ठूलो क्षति बन्न पुग्यो नै, यसबाट साइकल प्रेमीहरूका लागि पनि चोट लाग्न गयो
नेपालमा साइकल सवारीका लागि सबैभन्दा ठूलो समस्या वा चुनौती नै साइकलका लागि सुरक्षित ट्रयकको व्यवस्था नहुनु हो यसले गर्दा साइकल यात्रा असुरक्षित असहज बनेको चक्रपथ वरिपरी साइकलका लागि उपयुक्त ट्रयाक बनाउन सकिने ठाउँ तर त्यसतर्फ कसैको ध्यान गएको छैन, बरु त्यो ठाउँ व्यापक अतिक्रमणको सिकार बनेको चक्रपथ लगायत सम्भव भएका सबै सडक किनारमा साइकल ट्रयाक बनाउने हो भने नियमित साइकल यात्रीको सङ्ख्या निकै बढन जाने निश्चित यसबाट हुने फाइदा स्वतःसिद्ध

No comments:

Post a Comment