तर हमाललाई पति दावी गर्दै मुद्दा दायर गर्न हिडेकी बालकुमारी भने सोमबार अचानक गायब भइन् । उनले मुद्दा दर्ता गर्ने भनिएपनि सोमबार सार्वजनिक बिदा पर्यो । यसैवीच बिश्वस्त स्रोतले उनलाई परिवारका सदस्यहरुले चितवन लगेको जानकारी गराएको छ । हमाललाई आफ्ना तीन सन्तानको पिता दावी गर्ने बालकुमारी कसरी गलिन एकाएक ? उनले किन यस्तो दावी गरिन ?
राजेश हमाललाई आफ्नो श्रीमान् वताउने चितवनकी वालकुमारी अधिकारीका श्रीमान् असई पदमा मुस्ताङमा कार्यरत भएको वुझिएको छ । वालकुमारीले उजुरी दिएको खवर पाएपछि श्रीमान् चितवन आएको श्रोतको भनाइ छ ।
राजेशका सहयोगी चिरञ्जिवी आचार्यले वालकुमारीको परिवारले फोन गरेर अनौपचारीक माफी मागेको वताएका छन् । उनले भने-’चितवनको नम्वरवाट फोन गरी उहाँहरुले माफी माग्नु भएको छ । वालकुमारी केही हदसम्म मानसिक रुपमा कमजोर रहेकी महिला भएको हुनसक्ने देखिन्छ ।’

आफुलाई पति दावी गर्दै अधवैंशे महिला हनुमान ढोका पुगेपछि नै हमाल तनावमा परेका थिए । उनले तत्कालै आफ्नो सहयोगीलाई घटनाबारे बुझ्न त्यहाँ पठाएका थिए । हमालका सहयोगी आचार्यका अनुसार यो घटनालाई महत्व दिएर खण्डन गरिहाल्ने पक्षमा हमाल देखिन्नन् । घटनामा कुनै सत्यता, ती महिलासँगको चिनजान वा सम्बन्ध नभएकाले त्यसबारे खण्डन गरिरहनुको औचित्य नभएको हमालको ठम्माई छ ।
मंगलबार पनि बालकुमारीले मुद्दा दर्ता गरिनन भने उनको चर्चा आउने यो चालबाजी पानीको फोका झैं हराउने निश्चीत छ ।

No comments:
Post a Comment