अभिनेता राजेश हमाल आइतबारयता नचिताएको तनावबाट गुजि्रए । उमेरले ६ दशक टेक्नै लाग्दासम्म अविवाहित बसेका उनलाई ३५ वर्षीया महिलाले आफ्नो पति मात्रै दाबी गरिनन्, आफ्ना तीन छोरीका बाबु पनि उनी नै हुन् भनी ठोकुवा गरिन् । चितवन, ज्योतिनगरकी बालकुमारी अधिकारीको त्यो सनक एक कान दुई कान मैदान भयो । राजेश पर्नु सन्तापमा परे । अन्ततः बुधबार उनले चैनको सास फेर्न पाएका छन् । प्रहरीसमेत रहेकी बालकुमारी मानसिक रोगी रहेको खुलेको छ ।
बालकुमारीका भाइ ढाकाराम अधिकारीले राजेशविरुद्धका लाञ्छना झूठो भएको बताएका छन् । दिदीको बितण्डाबारे सञ्चारमाध्यमबाट थाहा पाएर मंगलबार चितवनबाट काठमाडौं आएको उल्लेख गर्दै ढाकारामले बुधबार हनुमानढोका प्रहरी कार्यालयमा दिदीको रोग पुष्टि गर्न डाक्टरी रिपोर्ट पेस गरे । प्रहरीले राजेशलाई त्यहीँ बोलायो । डिएसपी अरुण बिसीको रोहबरमा दुवै पक्षबीच डेढ घन्टाजति छलफल भयो ।
हनुमानढोकामा राजेशको जम्काभेट बालकुमारीसँग पनि भयो, जो राजेशबाट पत्नीको हैसियत पाउ“m भन्ने बेहोराको निवेदन हाल्न चितवनबाट दुई/तीन दिनअघि आएकी थिइन् । उनलाई देख्नेबित्तिकै आवेशमा आएका राजेशले 'यो के गर्नुभएको तपाईंले' भन्दै हकारे । बालकुमारीले भनिन्, 'यहाँ भीडभाड छ, एकान्तमा एक घन्टाजति कुराकानी गरौं न ।' बालकुमारीले मंगलबार राति कपुरधारास्थित राजेशको घरमै पुगेर 'मलाई भैरव -देउता) ले पठाएको, तपाईं मेरो लोग्ने हो' भन्दै बबाल मच्चाएपछि राजेशले पनि शान्तिसुरक्षा माग गर्दै हनुमानढोकामा निवेदन दिएका छन् ।
क्षमा दिन्छु
म उहाँ (बालकुमारी) को स्वास्थ्यलाभको कामना गर्छु । उहाँको बितण्डालाई बदलाको भावनाले भन्दा पनि मनस्थिति बिगि्रएको अस्वस्थ व्यक्तिले आवेशमा आएर बोलेको कुराको रूपमा लिन्छु । म चाहन्छु, उहाँको शीघ्र उपचार होस् । कलाकार सार्वजनिक व्यक्ति भएको नाताले यस्तो किसिमको ह्यारासमेन्ट नहोस् भनेर मैले पनि शान्तिसुरक्षा पाउ“m भनेर प्रहरीमा एउटा निवेदन दिएको हुँ । कुरा उहाँको मात्रै होइन । भविष्यमा यस्ता काण्डहरू अरू पनि हुन सक्छन् । अरू पनि पीडित हुन सक्लान् । आज मनस्थिति बिग्रेकाले नचाहिने काम गर्यो, भोलि कोही सद्देले नै जानीजानी गर्ला । त्यसैले यस्तो गलत परम्परा नबसोस् भनेर पनि मैले निवेदन दिएको हुँ । उहाँविरुद्ध मुद्दा हाल्न भने आवश्यक देखिनँ । उहाँलाई म क्षमा दिन्छु । उहाँले मलाई नै किन टार्गेट गर्नुभयो, त्योचाहिँ थाहा पाउन सकेको छैन ।

No comments:
Post a Comment