Sunday, November 20, 2011

के हेर्छ ट्राफिक ???

झापाको दमक स्थित सुर्योदय अग्रेजी स्कुलमा तीन किलोमिटर टाढाबाट यसरी नै बिद्यार्थीहरुलाइ रिक्सामा कोचेर ल्याइने गरेको छ ।दूइ जनाको सिट क्षमता रहेको रिक्सामा आठ जना सम्म ल्याउदा दमक चौकमा बसेको ट्राफिक प्रहरी समेत रमिते बन्ने गरेको छ ।
झापाको लखनपर २ स्थित मंगलबारे देखि झण्डै तीन किलोमिटर ब्यस्त सडकमा यसरी नै कोचाकोच रिक्सामा बिद्यार्थीहरु ल्याइने गरेको बर्षौ बितिसकेको छ ।रिक्सामा काठको फलेक तेस्र्याएर बस्ने ठाँउ बनाएर त्यहि तीन देखि चार जना सम्म र दुइ जनाको सिटमा चार जना सम्म हालेर रिक्सा भन्दा बाहिर जिउ र खुट्टा हुने गरी पुर्व पश्चिम राजमार्ग भएर बिद्यार्थीहरुलाइ सुर्योदय ल्याइने गरेको छ ।
दमकको मुख्य ब्यस्त चौक पार गर्दै आधा खुट्टा रिक्स्ाा बाहिर भएर बिद्यार्थीहरु यस बिद्यालयमा पड्न आउछन् ।यति बिघ्न जोखिम देख्दा देख्दै पनि अहिले सम्म यस बिषयमा कसैको ध्यान जान सकेको छैन ।जब दुर्घटना हुन्छ मानबिय क्षति हुन्छ तब मात्र ध्यान जाने गरेको दृष्टान्त यो बन्न सक्छ ।यस्तो बिकृती रोक्ने कुनै निकाय छ यो राज्यमा ?????????????????

No comments:

Post a Comment