Monday, January 16, 2012

होशियार असुरक्षीत छ दमक

झापाको दमक नगरपालिकामा बनेका पचास प्रतिशत भन्दा बढी घर लगायतका भौतीक निर्माणहरु जाखिमपुर्ण रहेको बताइएको छ ।
कमजोर जग बसालेर घर तथा भवन निर्माण गर्ने गरिएकाले पचास प्रतिशत भन्दा बढी घरहरु भुकम्पको उच्च जोखिममा रहेका र यसले खतरा निम्त्याउन सक्ने प्राबिधिकहरुले जनाएका छन् ।
नगरपालिकाले घर नक्सा पास गरेर मात्र घर बनाउन भनेपनि नक्सा पास गर्ने गरिएको भए पनि त्यस अनुसारको घर तथा भवन निर्माण भए नभएको अनुगमन नगरिएका कारण भुकम्पबाट दमकमा जोखिम बढ्दै गएको छ ।
नगरपलिकाका प्राबिधिक तिर्थनारायण श्रेष्ठका अनुसार कमजोर जगका कारण दमकमा भुकम्प आएमा ठुलो क्षति पुग्ने खतरा बढेको छ भने समयमा नै सचेतता नअपनाए धनजनको नोक्सानी पुर्याउने देखिएको छ ।
अहिले सम्म दमक नगरपालिकामा भुकम्प प्रतिरोधात्मक रुपमा एक दुइ प्रतिशत समेत घर नबनेको भन्दै बढी रकम लाग्ने भएकाले जसरी सस्तो बन्छ त्यसरि घर तथा भवन निर्माण हुने गरेको पनि उहाँको भनाइ छ ।नगरपालिकाकै अर्का प्राबिधिक अनन्त सेनेहाङ नगरपालिका भित्र बनेका पचास प्रतिशत भन्दा बढी घर तथा भवन भुकम्पको जोखिममा रहेको बताउदै यस बिषयमा पर्याप्त चेतना जरुरी रहेको औल्याउनु हुन्छ ।
नगरपालिकाले नक्सा पास गरिदिने र त्यसपछि केहि नगर्ने भएकाले नगरबासिले जस्तो बनाएपनि त्यसको वास्ता नगरिएका कारण यहाँ जोखिम बढदै गएको समेत उहां बताउनु हुन्छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपती खतिवडा नगरपालिकाको कमजोरी भएको स्विकार गर्दै पर्याप्त जनशक्ति नभएका कारण नगर भित्र के कस्ता संरचना कसरी बन्दैछन् अनुगमन गर्न नसकिएको स्विकार गर्नुहुन्छ ।
अब्यवस्थित रुपमा शहरीकरण बढ्दै गएको र यसले समस्या उत्पन्न गराउन सक्ने प्रति नगरपालिका सचेत भएको भन्दै दमक नगरपालिकामा पनि भवन संहिता लागे गराउने तयारि गरेको उहाँले बताउनु भयो ।
यसै आर्थिक बर्षमा भवन संहिता लागु गरेर बन्दै गरेका र बनेका स्ररचना तथा नयाँ बन्ने संरचनाहरुको समेत अनुगमन गरिने कार्यकारी अधिकृत खतिवडाले बताउनु भयो ।
निर्माण ब्यवसायी संघ झापाका अध्यक्ष गणेशप्रसाद बस्नेत भवन संहिता लागु गरेमा ब्यवसायीहरुले त्यसलाइ साथ दिने भनेर आफुहरुले बारम्बार भनेपनि सुनुवाइ नभएको दुखेसो गर्नुहुन्छ ।
संहिता लागु भएमा निर्माण ब्यवसायीहरुलाइ घाटा हुने भएपनि आपफ्नो जिम्मेवारी र कर्तब्य भएकाले त्यस अनुसार काम गर्ने बताउदै यसमा नगरपालिकाले अगुवाइ गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।
जिफन्ट झापाका अध्यक्ष सिताराम गौतम भुकम्प प्रतिरोधात्मक भवन तथा घर  कसरी निर्माण गर्ने भन्ने बिषयमा काम गर्ने कामदारहरुलाइ समेत थाहा नहुने गरेको भन्दै तालीमहरुको ब्यवस्था गरिनु पर्ने बताउनु हुन्छ ।
भवन तथा घर निर्माण गर्ने ठेकेदार समेत यस बिषयमा अनबिज्ञ रहने भएकाले र प्राबिधिकहरुले समेत कुनै अनुगन नगर्दा जसो गर्दा काम छिटो र बढी नाफा हुन्छ त्यसरी काम भइरहेको पनि उहाँको भनाइ छ ।
दमक नगरपालिकामा अहिले सम्म पाँचसय सठचालीसवटा घरको नक्सा पास गरिएको रेकर्ड रहेको छ भने यसमा पक्की घर संख्या पाँचसय सतासी र टिनको छानो भएको घर संख्या साठी रहेको छ ।
घरको नक्सा पास र त्यस पछि तला पास गर्दा समेत अनिबार्य नगरपालिका संग इजाजत लिनु पर्ने ब्यवस्था भएपनि अहिले सम्म यस्तो हुन नसक्दा आफुखुसि तला निर्माण गर्ने क्रममा बढ्दै गएको छ ।
फोटो
असुरक्षित दमक ः–झापाको दमकमा शहरी करण बढेपनि मापदण्ड पुरा नगरी घर बनाउदा भुकम्पको जोखिम बढदै गएको छ ।
तस्बिर बिष्णुप्रसाद पोखरेल

दुईवटा योनी रहेको खुलासा

सबैलाई थाहा छ पुरुषको सरिरमा लिंग हुन्छ र महिलाको सरीरमा योनी हुन्छ । मान्छेको सरीरमा एउटा मात्र यौनांग हुन्छ कि लिंग कि योनी । तर बेलायतकी एक महिलाको सरीरमा भने दुईवटा योनी छन् र दुबै योनी उत्तिकै सक्रिय छन् । आइटिभी च्यानलको कार्यक्रम ‘दिस मर्निङ शो’मा अन्तरवार्ताका क्रममा हेजल जोन्स नामकी ती महिलाले आफ्नो सरीरमा दुईवटा योनी रहेको खुलासा गरेकी हुन् । आफ्नो शरिरमा जन्मिँदै दुईवटा यौनांग रहेको उनले बताइन् ।
चिकित्सकहरुले यस्तो घटना निकै विरलै हुने र भ्रुणको विकाशका क्रममा पाठेघरको पूर्ण विकाश नहुँदै योनीमा थप झिल्लीको विकाश भएपछि दुईवटा योनीको विकाश हुने बताउँछन् । करोडौँमा एक जनाको मात्र यस्तो हुने चिकित्सकहरुको भनाइ छ ।
टेलिभिजन अन्तरवार्ताका क्रममा ती महिलाले पहिलोपटक महिनावारी हुँदा आफुलाई दुइवटा योनी भएको थाहा भएको बताइन् । उनले अर्को गोप्य कुरा पनि खुलासा गरेकी छिन् ।
उनले आफ्ना दुबै योनीको भर्जिनिटी तोडिएको र एक एक पटक यौन सम्पर्क गरेको खुलासा गरिन् । दुईवटा योनी पाएकोमा आफु निकै खुसी रहेको बताउँछिन उनी ।

इन्टरनेटमा झुण्डिरहनु हुन्छ ? सावधान

सधै इन्टरनेटमा झुण्डिरहनु हुन्छ ? सावधान । इन्टरनेटको अति प्रयोग गर्ने बानी बस्नु भनेको तपाइँ लागु औषधको कुलतमा फस्नु जस्तै हो ।
हालै गरिएको एक अनुसन्धानले इन्टरनेटको कुलत बसेका मानिसहरुको मस्तिष्कमा लागुऔषध प्रयोगकर्ता तथा धूमपान र मध्यपानका अम्मलीको जस्तै असर पर्ने निष्कर्ष निकालेको छ ।
चिनिँया अनुसन्धानकर्ताहरुले इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेका युवाहरुको मस्तिष्कको परिक्षण गरी यस्तो तथ्य पत्ता लगाएका हुन् । चाइनिज एकेडेमी अफ साइन्सका अनुसन्धानकर्ता हाओ लेइको नेतृत्वमा रहेको अनुसन्धान टोलीले १४ देखि २१ वर्ष उमेर समूहका ३५ जना केटाकेटीहरुको मस्तिष्कको स्क्यान गरेर इन्टरनेटको प्रयोगले गर्ने असरको अध्ययन गरेको थियो । त्यसमध्ये १७ जना इन्टरनेटको लत बसेका केटाकेटी थिए । चिकित्साको भाषामा अनियन्त्रित रुपमा इन्टरनेट प्रयोग गर्ने बानीलाई इन्टरनेटको कुलत अर्थात इन्टरनेट एडिक्सन डिसअर्डर -आइ ए डी)भन्ने गरिएको छ ।
लागुऔषधको प्रयोग गर्नेहरुको जस्तै इन्टरनेट प्रयोगको लत बसेकाहरुको मस्तिष्कको स्नायु रेशा हुने सेतो भागमा परिवर्तन आउने र त्यस्तो परिवर्तन पछि उक्त व्यक्तिले चाहँदा पनि इन्टरनेटको प्रयोग घटाउन नसक्ने वैज्ञानिकहरुको ठहर छ, जसरी ड्रग्स लिने मान्छेले लत छाड्न सक्दैन । इन्टरनेटको कुलतमा फसेकाहरुको मस्तिष्कको सेता भाग (ह्वाइट म्याटर)मा हुने स्नायु रेशाहरुको अन्य भागसँगको सम्पर्क छुट्नजान्छ जसका कारण उक्त व्यक्तिले निर्णय गर्ने, संयमता अपनाउने तथा आत्मनियन्त्रण गर्ने लगायतका काम गर्न सक्दैन ।
यता बेलायतको किंग्स कलेजका मनोवैज्ञानिक गन्टर सुम्यानले इन्टरनेटको जस्तै भिडियो गेमको अत्यधिक प्रयोग गर्ने मानिसमा पनि यस्तो कुलत बस्ने बताएका छन् । वैज्ञानिकहरुले इन्टरनेटको कुलतको विषयमा भएको पछिल्लो अनुसन्धान चिकित्सा मनोविज्ञान क्षेत्रमा कोशेढुंगा सावित हुने बताएका छन् ।

’मैले राम्रो आकारका लागि सर्जरी गराएको थिएँ । तर, उल्टो भयो ।’स्तन पनि फुट्न सुरु

फ्रान्सको कम्पनी पीआईपीमा स्तन प्रतिरोपण गरकी मैरी कार्ला पर्डोमो जब जाँचका लागि आफ्नो डाक्टर कहाँ पुगिन् त उनीको होस उड्यो किनकी उनको स्तन फुटिसकेको थियो । मेडिकल साइन्सका छात्रा मैरीलाई डाक्टरले भने कि उनको बाँया स्तन पनि फुट्न सुरु भइसकेको छ र दुबै कृतिम स्तन तत्काल नै निकाल्नु पर्छ ।
अब मैरी र उनको परिवार पीआईपी स्तनबाट पैदा भएको समस्याबाट छुटकारा पाउन ४६ सय डलर जुटाउने प्रयासमा छन् । भेनेजुएला सरकारले खराव पीआईपी स्तन निकाल्न निशूल्क सर्जरीको प्रस्ताव अघि सारेको छ । तर, फेरि स्तन राख्न लाग्ने खर्त व्यहोर्न सरकार तयार छैन । मैरीले भनेकी छिन्-’मैले राम्रो आकारका लागि सर्जरी गराएको थिएँ । तर, उल्टो भयो ।’
दुविधा र टाइम बम
पीआईपी स्तन प्रतिरापण गर्ने मैरी जस्तै थुप्रै महिला अब दुविधामा परेका छन् । पीआईपी स्तन निकाल्न निशूल्क सर्जरी गर्ने सरकारी प्रस्तावबारे सुहैल कान्टालामेसाले भनेकी छिन्-कोही पनि सरकारको अस्पताल जान चाहँदैनन् । हामी चाहन्छौं कि स्तन निकाल्ने र फेरि राख्नका लागि आफ्नै डाक्टर वा क्लिनकमा जा सकियोस् ।’ उनलाई आफ्नो स्टन फट्दै गएको समेत थाहा छ । उनलाई टाउकोमा टाइम बम टिकटिक गर्दै गरेको जस्तो भइरहेको छ । उनले भनेकी छिन्-’म जगिङ गर्न रुचाउँछु, तर अब मलाई डर लागेको छ र व्यायाम गर्न जान सक्दिन किनकी मलाई स्तन फुट्ने डर लागेको छ ।’
भेनेजुएलामा महिलाहरुले प्लाष्टिक सर्जरी गरि स्तन प्रत्यारोपण गर्ने चलन छ । तर उनीहरुलाई कृतिम स्तन निकाल्ने र अर्को राख्नु ठूलो समस्यम भएको छ, किनकी उनीहरुलाई आवश्यक खर्च छैन । मैरी र सुहैलले भेनेजुएलामा आफू जस्तै चार सय महिलाहरुलाई जम्मा गरेर समूह समेत बनाएका छन् र पाँच स्थानीय वितरणविरुद्ध मुद्धा समेत दायर गरेका छन् ।

Saturday, January 7, 2012

Depression Warning Signs

Common warning signs/symptoms of teenage depression

  • Changes in eating and sleeping habits (eating and sleeping too much or too little)
  • Significant change in weight (loss or gain)
  • Often misses school and/or shows bad school performance
  • Reclusive, withdrawing from friends or family members
  • Quick to show anger/rage
  • General restlessness or anxiety
  • Overreacts to criticism, even constructive
  • Seems very self conscious, guilty
  • Unusual problems with authority
  • No longer partakes in or enjoys activities and events they once loved
  • Indecision, lack of concentration, or forgetfulness
  • Feelings of worthlessness or guilt
  • Frequent health complaints despite being healthy
  • Lack of motivation and enthusiasm for every day life
  • Drug/alcohol abuse
  • Mentions or thoughts of suicide

टिनएजर सम्बन्धमा जति हतार त्यति चाँडो विच्छेद

तपाईं किशोरावस्था (टिनएज) मा हुनुहुन्छ र यौनसम्बन्धमा चासो राख्न वा हतार गर्न थाल्नुभएको छ भने सावधान । सानै उमेरमा यस्तो कर्म गरेपछि वैवाहिक जीवन सन्तोषजनक हुँदैन । सम्बन्धविच्छेदबारे गरिएको अनुसन्धानमा पाइएको छ- टिनएजमा शारीरिक सम्पर्क राखेका महिलाहरूले बढीजसो सम्बन्ध- विच्छेद गर्छन् ।
किशोरावस्थाको यौन र सम्बन्धविच्छेदबीच तादात्म्य जान्न गरिएको एउटा अनुसन्धानको परिणाम हो यो । यो कुरो जर्नल अफ म्यारिज एन्ड फ्यामिलीमा प्रकाशित छ ।
युनिभर्सिटी अफ आयोवाले गरेको अध्ययन अनुसार, किशोरावस्थामा यौनसम्बन्ध राखेका ३१ प्रतिशत महिलाले विवाहको पाँच वर्षभित्र सम्बन्धविच्छेद गरे । किशोरावस्थामै यौनसम्बन्ध राखेका ४७ प्रतिशत महिलाचाहिँ विवाह भएको १० वर्षमा पतिबाट अलग भएका थिए । 
अनौठो तथ्य के छ भने, यौनसम्पर्कका लागि बढ्दो उमेरका प्रतीक्षा गरेका महिलाले अर्थात् किशोरावस्थामा यौनसम्पर्क नराखेका महिलाहरूको सम्बन्धविच्छेदको मामिला कम पाइयो । यस्ता १५ प्रतिशत महिलाले वैवाहिक जीवनको पाँच वर्षमा र २७ प्रतिशतले १० वर्षमा पतिको घर छाडेका थिए ।
'किशोरावस्थाको यौनमा केही नकारात्मक प्रभाव समेत हुन्छ । त्यही कारण सम्बन्धविच्छेद गर्ने बढी सम्भावना समेत हुन्छ,' नेसनल सर्वे अफ फेमिली ग्रोथका लागि जीवनमा कुनै समय बिहे गरिसकेका ३ हजार ७ सय ९३ महिलामा सर्वेक्षण गर्ने एन्थनी पाइक भन्छन्, 'एउटा सम्भावना के पनि हुन सक्छ भने, कम उमेरमै यौन अनुभव लिएका महिलाको मनमा यस्तो मान्यता र सोचले डेरा जमाउन थाल्छ, जसका कारण सम्बन्धविच्छेद बढी हुन्छ ।'
अर्को सम्भावना के पनि हुन्छ भने किशोरावस्थामा यौनसम्बन्ध राखिसकेका महिलाहरूले सम्बन्धविच्छेद गर्नुपरे जे त होला भन्ने मन बुझाइसकेका हुन्छन् । जुन सोच वा व्यवहारका कारण उनीहरूले किशोरावस्थामा यौनसम्बन्धलाई मञ्जुर गरेका हुन्छन्, यही मनोवृत्तिले उनीहरूको बिहेमा समेत असर पारिरहेको हुन सक्छ । यो एक प्रकारको सम्बन्ध स्पष्टीकरण हो ।
अनुसन्धानकर्ताहरूका अनुसार, यति हुँदाहुँदै अहिले नै कुनै निष्कर्षमा पुग्नु धेरै छिटो हुनेछ । यौनको अनुभव कुनै मानसिक प्रताडना वा कुनै कटु सम्बन्ध अन्तर्गत भए यसबाट महिलामा नराम्रो असर पर्छ । र, आपmनो सम्बन्धलाई लिएर धेरै हदसम्म उनीहरू उदासीन रहन्छन् अनि कालान्तरमा त्यसले सम्बन्धविच्छेदको रूप लिन्छ ।

जिन्स पेन्ट माथि टिसर्ट अनि साडी झैं देखाउन सलको बर्को ......................

परम्परागत भजन र मिक्स मोडर्न म्युजिकको फ्युजन धुन बज्नेबित्तिकै हलको दुईतिर लस्करै बसिरहेका सुन्दरीहरू सतर्क भए । तीमध्ये दायाँछेउकी एक युवती म्युजिकको ताल पछ्याउँदै जुरुक्क उठिन् र सललाई साडीको फेर बनाएर क्याटवाक गर्न थालिन् । जिन्स पेन्ट माथि टिसर्ट अनि साडी झैं देखाउन सलको बर्को । आफैंलाई फ्युजन दृश्यमा उतार्दै क्याटवाक गरिरहेकी उनलाई अरू २९ सुन्दरीले क्रमैसँग पछ्याए । नक्सालस्थित होटल क्राउन प्लाजामा मिस टिन नेपालको क्लोज क्याम्प भइरहेको छ र कोरियोग्राफर अश्विनी झा साडी लगाएर कसरी हिँड्नुपर्छ भन्ने कोर्स सिकाइरहेका छन् ।
क्याटवाक गर्दै पल्लो कुनाबाट वल्लो कुनामा आइपुग्दा एउटीले सल भुइँमा खसाइन् । 'ला....,' सल टिप्दै गर्दा उनको अनुहार रातो बन्यो र यताउति साथीहरूको अनुहार नियाल्दै झटपट म्युजिक पछ्याउन थालिहालिन् । अर्कीको हात ड्यासमा हल्का ठोकियो र सल फेरि भुइँमा झर्‍यो । 'अबका पुस्तालाई साडी लगाउने कल्चर सिकाउन पनि गार्‍हो छ,' छेवैमा बसिरहेका मिसटिन आयोजक मुभि हाउसका सन्तोष सापकोटाले खुसुक्क भने, 'साडी लगाउनु पनि एउटा संस्कृति र कला हो ।'
म्युजिक रोकियो र सुन्दरीहरू केहीबेर टहलिन चाहे । तस्बिरका लागि यही मौका छोप्न खोजे सहकर्मी बेनुप भट्टराईले । देशभरबाट जम्मा भएका सुन्दरीहरू चाहिँ मिस टिनसँग जोडिएका सपना सुनाउन तम्सिरहेका छन् । दुई वर्षअघि राजधानी सहर छिर्नुअघि बाजुरा ओटिलाकी शैलेश्वरी मल्लले सुन्दरी प्रतियोगितासँग जोडिएका अनेक कुरा सुनेकी थिइन् । त्यतिबेला उनलाई पनि लागेको थियो, 'बेकारको ग्ल्यामर किन ?,' अब उनी बदलिएकी छन् । सहर पसेपछि उनले गाउँलाई हेरिन् । स्कुल नभएका पहाडी बस्ती । बाल्यकालमा भैंसी चराउँदै ऐंसेलु टिपिरहेका दृश्य । 'पश्चिमका दुर्गम गाउँमा केटाकेटीका शिक्षाका लागि केही गर्न चाहन्छु' क्राउन प्लाजा परिसरमा कुराकानी भइरहँदा १८ वर्षीया सुन्दरीले सुनाइन्, 'र, यसका लागि मिस टिन प्रतियोगिता मेरा लागि गुड प्लेटफार्म हो ।'  
पिके क्याम्पसमा बीबीएस पहिलो वर्ष पढदै गरेकी उनी स्वयं पनि स्कुल पढाइका लागि दैनिक दुई घन्टा हिँडथन् । मिस टिनको उपाधि हासिल भयो भने भावी योजनाअन्तर्गत उनी सबैभन्दा पहिले आफ्नो दुर्गम गाउँ पुग्नेछिन् शिक्षाप्रति चेतना जगाउन । 'खाद्य अभाव पश्चिमको अर्को समस्या हो,' उनले भनिन्, 'त्यसप्रति पनि एउटा जागरणमूलक अभियान चलाउनु छ ।'
उनीसँगै बसिरहेकी छन् बनेपाकी कविता श्रेष्ठ, पोखराकी भावना गुरुङ, झापाकी अनु पाठक, सिन्धुपाल्चोककी अन्जु वाइवा, जनकपुरकी राधा लामा, नुवाकोटकी सोनी अधिकारी र धरानकी पि्रयंका श्रेष्ठ । कुराकानी क्रममै घान्द्रुककी सुनिता गुरुङ, हेटौंडाकी सुजिता मानन्धर, काठमाडौंकी सन्ध्या श्रेष्ठ, सप्तरीकी दिव्याप्रभा झा, स्वयम्भूकी पि्रयंका खकुरेल र गाईघाटकी सुषमा मगर पनि थपिइन् । सबै सुन्दरीको अनेक सपना छन्, नर्स, डाक्टर, एयर होस्टेज, अधिवक्ता, मिडियाकर्मी यस्तै-यस्तै । त्यसो भए मिस टिनमा किन तँछाड मछाड ?
'अधिवक्ता बन्न नीडर भएर बोल्न सक्नुपर्छ नि' घान्द्रुककी सुनिता बोलिन्, 'पहिले कम बोल्थेँ, लजाउँथँे, अहिले आत्मबल बढेको छ ।'
'मचाहिँ धेरै बोल्थेँ' नख्खिपोट बस्दै आएकी पि्रयंका अघि सरिन्, 'अहिले ठिक्क बोल्छु । आफ्नो पर्सनालिटीको ख्याल गनर्ु पर्नेरैछ ।'
'जुनसुकै क्षेत्रमा करिअर बनाउन पनि' अनु बोलिन्, 'आत्मविश्वास त चाहियो नि ।'
'हो हो' सबैले एकैपटक बोले, 'पब्लिकसँग इन्ट्रयाक्सन गर्ने क्षमता पनि बढ्दैछ ।'
यीमध्ये केही गम्भीर भइन् सप्तरीकी दिव्यप्रभा । तराई समाजमा हुर्की बढेकी उनले राजधानी छिर्नुअघिको गाउँ सम्झिन, अधिकांश जोवन घुम्टोभित्र लुकेर बिताउनुपर्ने ग्रामीण महिलाहरू । 'मेरो समाजमा म नमुना बन्न चाहन्छु,' १८ वर्षीया दिव्य बोलिन्, 'मुख्य कुरा पुरानो मानसिकतामा परिवर्तन ल्याउनु छ ।' मिस टिनको ताज हात लागि हाल्यो भने उनी पनि शैलेश्वरी झैं तराईका भित्री बस्ती पस्ने योजना सुनाइन्, नारीलाई हेर्ने परम्परागत दृष्टि बदल्न ।
झन्डै दुई हप्ताको क्लोज क्याम्प्ामा 'आत्मविश्वास र क्षमता अभिवृद्धि,' 'व्यक्तित्व विकास,' 'आइटी शिक्षा,' 'फुड एन्ड वेवरेज,' 'सौन्दर्य र स्वास्थ्य,' 'पब्लिक इन्टर्‍याक्सन' लगायतका विषयमा विज्ञहरूबाट खारिएका आत्मविश्वासी सुन्दरीहरूका बीच दिव्यप्रभा पनि उत्तिकै आँटिली र उज्याली भएकी थिइन्, जुन यसअघि थिएन । 'आँट बढेको छ' उनले सुनाइन्, 'तराईका महिलाहरूको स्थिति साँच्चिकै दयनीय छ । म केही फरक गर्न चाहन्छु, ताकि बलियो सन्देशको सिर्जना होस् ।'
एकै शब्दमा मिस टिनको अनुभव ?
'रमाइलो' सुन्दरीहरूले एक-अर्काको अनुहार हेराहेर गर्दै एकै स्वरमा भने ।
हाम्रो देशमा के भइरहेको छ था' छ त ?
'एकदमै गन्जागोल भइरहेको छ' पि्रयंकाले अनपेक्षित जवाफ दिइन्, 'संविधान नै नबन्लाजस्तो छ ।'  
'भाषणलाई व्यवहारमा उतानर्ु पर्‍यो' अनुले भनिन्, 'अनि देश बनिहाल्छ नि ।'
केही दिनमै बुबा-आमासँग अमेरिका उड्ने योजना बुनिरहेकी सुनिता गुरुङले 'राजनीतिमा नयाँ पुस्ता आउनुपर्ने' औंल्याइन् ।
(उनको उमेर र चञ्चलेपनको तुलनामा सम्भवतः यो केही गह्रुँगो अभिव्यक्ति थियो।) 'म अमेरिकामै बस्ने ठानेकी छु ?' उनले अरू सुन्दरीहरूलाई भनिन्, 'पढाइ सकाएपछि यतै फर्किन्छु र राजनीतिमा लाग्छु ।' उनलाई 'सर्पोट' गर्नेमा अनु, दिव्यप्रभा, राधा, शैलेश्वरी देखिइन्, जो भविष्यमा कुनै न कुनै
हिसाबले राजनीतिसँग जोडिन चाहन्छन् ।'
'मैले त मेरो कम्युनिटीको मनोविज्ञान बदल्न' दिव्यप्रभा बोलिन्, 'झन् राजनीति गर्नैपर्छ ।'
त्यतिन्जेल यी सुन्दरीहरूले धेरै काम पूरा गर्नु छ । पढाइ, करिअर अनि सोसियल पर्सनालिटी । तत्कालको कार्यसूचीमा चाहिँ आउँदो शनिबार मिस टिनको ट्यालेन्ट शो र २५ गते अन्तिम प्रतिस्पर्धाका लागि तयार
हुनुपर्नेछ । झन्डै एक घन्टे कुराकानीपछि सुन्दरीहरू फेरि रिहर्सल हलतिर लागे, भित्र उही फ्युजन म्युजिक । सललाई साडीको नक्कलमा उतारेर 'साडी संस्कृति' उजिल्याउन उनीहरू फेरि स्टेज उक्ले ।    

Tuesday, January 3, 2012

क्याम्पसका बिद्यार्थीहरुले जुन काम गरेका छन् यो अनुकरणिय मात्र होइन प्रशंशनीय पनि रहेको छ

अवसर पाएमा आफ्नो क्षेत्र र सानै ठाँउमा भए पनि प्रतिभा भएकाहरुले आफ्नो प्रतिभालाइ प्रस्फुटीत गराउन सक्छन् भन्ने उदाहरण दमक बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले देखाएका छन् ।
यहाँका बिद्यार्थीहरुले आफ्नै प्रयासमा एफ.एम.रेडियो देखि लिएर रकेट बनाएर त्यसलाइ प्रत्यक्ष रुपमा कसरि त्यसले काम गर्छ भन्ने प्रयोग गरेर देखाइ दिएका छन् ।
दमक बुहमुखी क्याम्पसको ३१ औ बार्षिकोत्सबको अवसरमा क्याम्पसले पहिलो पटक क्याम्पसमा गरेको बृहत बिज्ञान प्रर्दशनीमो दर्शकहरुको भिड लागेको थियो  ।
यहाँको प्रमुख आकर्षण बिद्यार्थीले बनाएको एफ.एम.रेडियो ,रकेट,आलु,कागती लगायतको चिजबाट बिद्युत उत्पादन र बिभिन्न जीबहरु रहेका छन् ।
यसको साथै कार्टुनको प्रयोग गरेर बनाइएको क्याम्पसको तीन तले दुरुस्त भवन पनि अर्को यहाँको प्रमुख आकर्षण थियो ।
तल दरिलो बनाउनका लागि प्लाइ प्रयोग गरेपनि सम्पुर्ण रुपमा कार्टुनको प्रयोग गरेर बनाइएको क्याम्पस भवनमा इलेक्ट्रोनिक ढोका बनाइएको छ भने बिजुली बत्ती पनि झलल रहेको थियो ।
कक्षा ११ मा पढने नन्दलाल पौड्यालले निर्माण गर्नु भएको कार्टुनको दुरुस्त क्याम्पस भवनको मुख्य गेट उघारेर  गत सोमबार उद्घाटन गरिएको थियो ।
बुधबार एमाले नेता केपी शर्मा ओलीले बिज्ञान प्रदर्शनीको अवलोकन गर्दै प्रयोगात्मक रुपमा बिद्यार्थीहरुले गरेको मिहिनेत अनुकरणीय भएको बताउनु भयो ।
ओलीले प्रतेक स्टलहरुमा गएर त्यहाँ राखिएका बिज्ञान सामाग्रीहरु हेर्नु भएको थियो भने रकेट उडाएर देखाएपछि त्यस बिषयमा बुझ्नु भएको थियो ।
प्रदर्शनीको मुख्य आकर्षण बिद्यार्थीले बनाएको एफ.एम.रेडियोबाट ओलीलाइ बिद्यार्थीले स्वागत गरेका थिए भने ओलीकै लवजमा ओलीको नक्कल गरेर प्रर्दशनीलाइ रोचक पनि बनाएका थिए ।
यहि अध्ययनरत सबिन डाँगी,नबिन दाहाल,सुवास डाँगी,सपना ढुङ्गना,सुस्मिता खतिवडा र अस्मिता थापाले एफ.एम.रेडियो बनाएका हुन् ।
करिब एक सय मिटर आसपासमा राम्रो संग सुनिने र एफ.एम.को प्रबिधि देखाउन खोजेको समुहले जनाएको छ ।दर्शकले चासो पुर्वक यसलाइ सुनेको र हेरेको बिद्यार्थीहरुले बताए ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सुरेश सुब्बाका अनुसार बिज्ञान प्रदर्शनीले सोचे भन्दा बढी सफलता हासिल गरेको र यहाँका बिद्यार्थीहरुको प्रतिभा प्रस्फोटन गरेको छ ।
उहाँका अनुसार यस प्रदर्शनीले सामुदायीक क्याम्पसहरुपनि कम छैनन् र यहाँका बिद्यार्थीहरुले अवसर पाएमा प्रतिभालाइ देखाउन पछि पर्दैनन् भन्ने स्पष्ट पारेको पनि बताउनु भयो ।
क्याम्पसले यसमा पुर्ण रुपमा सहयोग गरेको र प्रतेक बर्ष यस्तो प्रदर्शनी आयोजना गरिने समेत सूब्बाले बताउनु भयो ।यसरी क्याम्पसका बिद्यार्थीहरुले जुन काम गरेका छन् यो अनुकरणिय मात्र होइन प्रशंशनीय पनि रहेको छ ।

बिरालो विश्वको तेस्रो धनी पशु

इटालीको बिरालो विश्वको तेस्रो धनी पशु बनेको   बिरालोको मालिकले मर्नुअघि सबै सम्पत्ति उनलाई दिएपछि तोमासिनो विश्वको तेस्रो धनी बिरालो बनेको हो  गत महिना मालिक मारिया असुन्ताको ९४ वर्षको उमेरमा मृत्यु भएको थियो  असुन्ताको मृत्युपछि उनको एक करोड पाउन्डको सम्पत्ति बिरालोको भएको   उनले आफ्नो मृत्युपछि सबै सम्पत्ति बिरालोलाई दिने कागज वकिललाई गर्न लगाएकी थिइन् 
जनावरप्रेमी असुन्ताले तोमासिनोलाई सडकमा भेट्टाएकी थिइन्  उनले त्यसलाई घरमा ल्याएर हेरचाह गर्न थालिन्  असुन्ताको इटालीमा थुप्रै घरसहित बैंकमा पनि ठूलो रकम   तर, उनका नजिकका आफन्त भने कोही छैनन्  वकिल एन ओरेचियनी गियासिन्टो क्यानजोनाका अनुसार असुन्ताले २००९ को अक्टोबरमा नै आफ्नो सबै सम्पत्ति बिरालोलाई दिने कागज गरेकी थिइन् 
 इटालीको कानुनअनुसार कुनै पनि पशु सीधै सम्पत्तिको मालिक बन्न पाउँदैन  यसैगरी, असुन्ताले आफ्नो बिलमा सम्पत्ति कुनै भरपर्दाे पशु एसोसियसनलाई दिन पनि भनेकी वकिल ओरेचियनीले बताइन्  उनले भनिन्, 'हामीले पशुसम्बन्धी थुप्रै संस्थाबाट असुन्ताले छोडेर गएको सम्पत्तिका लागि अनुरोध गरेका थियौँ  तर, हामीले खोजेकोजस्तो कुनै पनि संस्था
पाउन सकेनौँ 
असुन्ताको नजिकका आफन्त कोही पनि नभएका कारण बिरालोको हेरचाह गरिरहेकी काम गर्ने स्टेफानियालाई नै सबै सम्पत्ति व्यवस्थापन गर्न दिइएको पनि वकिल ओरेचियनीले बताइन्  स्टेफानिया जनावरप्रेमी विशेषगरी बिरोलोप्रेमी भएको मार्चमा मात्र असुन्ताले बताएकी थिइन् 
'साँच्चै भन्नुपर्दा बिरोलोलाई त्यत्रो सम्पत्तिको आवश्यकता नै छैन  एक बटुका दूध केही बिस्कुटमा नै खुसी ,' बिरालो स्याहार्ने स्टेफानिया भन्छिन्  बिरालो यतिका धनी भएको जानकारी आफूलाई पहिले नभएको पनि उनले बताइन् 
विश्वको सबैभन्दा धनी पशु जर्मनीको सेर्फड जातको कुकर'गन्टर' हो  धनी मालिक्नी कार्लाेटा लेबिस्टाइनको मृत्युपछि गन्टर करोड पाउन्डबारबारको सम्पत्तिको मालिक बनेको हो 
१९८८ मा बि्रटिस एकान्तप्रेमीले आफ्नो बिरालोलाई ९० लाख पाउन्ड सम्पत्ति छोडेर गएका थिए 

गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्डलाई लगेर सँगै नुहाउन .................

चिनको शांक्सी क्षेत्रमा रहेको एक विश्वविद्यालय आफ्नो अनौठो दुस्साहसी नीतिका कारण विवादमा फसेको जियान सहरमा रहेको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले कलेज हातामै यस्तो बाथरुमको निर्माण गरेको जहाँ विद्यार्थीहरु आफ्नो गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्डलाई लगेर सँगै नुहाउन पाउँछन्
विद्यार्थी जोडिले शावरमा नुहाउनका लागि १५ युआन अर्थात् सय रुपैयाँ बाथटबमा आनन्द लिनका लागि १८ युआन अर्थात् सय ४४ रुपैयाँ शुल्क तिर्नुपर्छ जोडि नहुनेहरुले एक्लै नुहाउन चाहेमा आधा शुल्क तिरे पुग्छ
यो विश्वविद्यालयमा संचालित यस्तो विवादास्पद स्नानघर एक नीजि ठेकेदारले संचालन गरिरहेको
यी बाथरुममा विद्यार्थी तथा अरु कर्मचारी उनीहरुका परिवारजनले नुहाउन पाउँछन्
यस्तो बाथरुमका कारण कतिपयलाई दाउ मिलेको भएपनि कतिपय विद्यार्थी समेत आक्रोसित छन् उनीहरुले यस्तो वाहियात अफरले विद्यार्थीहरुमा ठूलो असर पुग्ने बताउँछन्

चारमध्ये एक किशोरी १६ वर्षअघि नै शारीरिक सम्बन्ध कायम गरिसक्ने

बेलायतका हरेक चारमध्ये एक किशोरी सेक्सका लागि वैध मानिएको १६ वर्षअघि नै शारीरिक सम्बन्ध कायम गरिसक्ने गरेको पाइएको छ। बेलायतमा हालै गरिएको वार्षिक स्वास्थ्य सर्भेमा यो तथ्य फेला परेको हो
यो सर्भेका अनुसार १६ देखि २४ वर्ष उमेर समूहका महिलामध्ये २७ प्रतिशतले १६ वर्षअघि नै यौन सम्पर्क कायम गरेको स्वीकार गरेका थिए जबकी पुरुषमा हरेक पाँचमध्ये एक जना (२२ प्रतिशत)ले मात्रै कम उमेरमा यौन सम्पर्क कायम गरेको स्वीकार गरेका थिए
रिपोर्टका अनुसार बेलायतमा महिलाहरुमा उमेर पुग्नु अघि नै यौन सम्बन्ध कायम राख्ने चलन बढिरहेको छ। सर्भेमा १६ देखि २४ वर्षका महिला पुरुषमध्ये १० मध्ये एक जनाले आफ्नो दश वा त्योभन्दा बढी यौन साथी रहेको स्वीकार गरेका छन् रिपोर्टमा यसका लागि बेलायतमा बढिरहेकोपोर्न कल्चरलाई जिम्मेवार ठहर गरिएको