Saturday, June 22, 2013

कुमारी आमाले बच्चा जन्माउदा ....................

चीनमा विवाह नभएका कुमारी आमाहरूका लागि कडा कानुन लागू गरिएको छ। बिना विवाह कसैले बच्चा जन्माएमा तिनीहरूले भारी मूल्य चुकाउनुपर्ने भएको छ। अहिले चीनमा यस्तो नियमप्रति विशेषज्ञ तथा नागरिकहरूकाबीच ठूलो बहसको विषय बनेको छ। हालै भएको घटनाहरूलाई मध्येनजर गर्दै मध्यवर्ती शहर वुहानमा एक नयाँ नियमको खाका तयार गरिएको हो, जसमा आम नागरिकहरूको सल्लाह पनि माग गरिएको छ। हाल चीनमा एक बच्चा नीति जारी छ। सरकारी समाचार एजेन्सी र चाइना डेलीमा प्रकाशित एक
रिपोर्टका अनुसार, वुहानको जनसंख्या तथा परिवार नियोजनद्वारा जारी गरिएको नियम अनुसार, बिना विवाह बच्चा जन्माउने युवतीहरूले जरिवाना बुझाउनु पर्नेछ। यी मध्ये ती कुमारीहरूले पनि मूल्य चुकाउनु पर्नेछ, जसले जानीबुझेर पनि विवाहित पुरुषसंग विवाह गरेका छन्। यस्तो रकम अघिल्लो वर्षमा भएको औसत आय भन्दा दुई गुणा बराबर हुने अनुमान छ। यस कानुनको उद्देश्य परिवार नियोजनको प्रबन्ध बढाउन र जन्मदर घटाउने रहेको बताइएको छ। यस विषयमा सुझाव माग गर्न ७ जुनलाई अन्तिम दिन मानिएको छ। वुहान विश्वविद्यालयका प्रोफेसर वाग क्वींगले यदि कुनै महिलाले विवाह नगरिकन टेस्ट ट्यूब बेबी हासिल गर्न चाहेमा के तिनीहरूले पनि जरिवाना तिर्नु पर्दछ भन्ने प्रश्न समेत खडा गरेका छन्?

No comments:

Post a Comment