सामाजिक सञ्जाल फेसबुकले सबै राम्रो काम मात्र गरेको छैन, समाजमा नकारात्मक काम पनि त्यत्तिकै भइरहेको छ। मान्छेको अभिव्यक्तिको साझा माध्यम बनेको छ फेसबुक। दक्षिण अमेरिकी देश ब्राजिल, जो सबैभन्दा बढी फेसबुक चलाउने देश हो। फेसबुककै माध्यमले त्यहााका आदिवासीहरू आफ्नो हक–अधिकार प्राप्तिका लागि आन्दोलनमा उत्रेका छन्। सिदरोल्याडियाको प्रहरीले विरोधमा उत्रेका आदिवासीविरुद्ध गोली प्रहार गरेको भिडियो फेसबुकमा राखेपछि झगडाले नयाा रूप लिएको हो। प्रहरीको गोली लागी ओजिल ग्राबिलको निधन भएको थियो। उनी जनजाति नेता हुन्। फेसबुकमा राखिएको उनको भिडियोले ब्राजिलका न्यायमन्त्री माफी माग्दै घटनाको छानबिन कमिटी गठन गर्न बाध्य भए।

No comments:
Post a Comment