Saturday, June 22, 2013

५ हाइप्रोफाइल कलगर्ललाई पक्राउ


भारतको व्यापारिक सहर मुम्बईको लोखण्डवालास्थित एक आईएएस अधिकारीको अपार्टमेन्टमा सञ्चालित सेक्स र्‍याकेटको खुलासा भएको छ । प्रहरीले त्यहाँबाट ५ हाइप्रोफाइल कलगर्ललाई पनि पक्राउ गरेको छ । उनीहरू सबै चर्चित टीभी कलाकार भएको प्रहरीले पुष्टि गरेको छ  ।

उनीहरूले सासू-बुहारी शैलीको धारावाहिक, भोजपुरी र सी ग्रेडका फिल्ममा काम गरिसकेका छन् । यो कारबाहीमा एक प्रसिद्ध टीभी अभिनेत्री एवं मोडेल कोर्डिनेटरको रूपमा काम गर्ने परिचित अनुहार इम्तियाज खान पनि परेकी छन् । खानले दलाली गर्थिन् ।

भारतमा निकै सम्मानित पद मानिने एक आईएएस अधिकारीले प्रचलित दरभन्दा दुईगुणा बढी भाडामा ती अभिनेत्रीहरूलाई फ्ल्याट भाडामा दिएका थिए । दलालहरू जानीबुझीकन सुरक्षित ढंगले यौन व्यवसाय गर्न आईएएस अधिकारीको घर छानेका थिए ।

वरिपरिकाले पनि फेसबुक र टि्वटरमा हजारौं फ्यान भएका ती अभिनेत्रीले यौन व्यवसाय सञ्चालन गर्लान् भन्ने कल्पनासम्म गरेका थिएनन् । चौबिसै घन्टा महँगा गाडीको ओहोर-दोहोर हुने उक्त घरलाई सबैले सम्मानको दृष्टिले हेर्थे । उनीहरूले त्यहाँ आउनेहरू ठुल्ठूला कलाकार होलान् भन्ने धारणा बनाएका थिए ।

प्रहरी आफै ग्राहक बनेर सबै सूचना संकलन गरेपछि छापा मारेको थियो । उनीहरूले एउटा ग्राहकबाट दिनभरि वा रातभरिका लागि २५ हजार भारतीय रुपैयाँ लिने गरेको प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका प्रहरीसँग कुरो मिल्नेबित्तिकै दलालले एक हिरोइनलाई बाहिर लिएर आएका थिए । त्यसपछि प्रहरीले उक्त घरलाई घेरा हालेर सबैलाई पक्राउ गरेको थियो ।
भारतीय महानगरहरूमा अभिनेत्री एवं मोडेल यौन व्यवसायमा संलग्न भएर पक्राउ भएको यो पहिलो घटना भने होइन । उच्च स्तरीय यौनकर्मी गिरोहविरुद्ध हुने शृंखलाबद्ध कारबाहीमा सबभन्दा बढी उनीहरू नै पक्राउ पर्छन् ।मुम्बई (एजेन्सीहरू)

कुमारी आमाले बच्चा जन्माउदा ....................

चीनमा विवाह नभएका कुमारी आमाहरूका लागि कडा कानुन लागू गरिएको छ। बिना विवाह कसैले बच्चा जन्माएमा तिनीहरूले भारी मूल्य चुकाउनुपर्ने भएको छ। अहिले चीनमा यस्तो नियमप्रति विशेषज्ञ तथा नागरिकहरूकाबीच ठूलो बहसको विषय बनेको छ। हालै भएको घटनाहरूलाई मध्येनजर गर्दै मध्यवर्ती शहर वुहानमा एक नयाँ नियमको खाका तयार गरिएको हो, जसमा आम नागरिकहरूको सल्लाह पनि माग गरिएको छ। हाल चीनमा एक बच्चा नीति जारी छ। सरकारी समाचार एजेन्सी र चाइना डेलीमा प्रकाशित एक
रिपोर्टका अनुसार, वुहानको जनसंख्या तथा परिवार नियोजनद्वारा जारी गरिएको नियम अनुसार, बिना विवाह बच्चा जन्माउने युवतीहरूले जरिवाना बुझाउनु पर्नेछ। यी मध्ये ती कुमारीहरूले पनि मूल्य चुकाउनु पर्नेछ, जसले जानीबुझेर पनि विवाहित पुरुषसंग विवाह गरेका छन्। यस्तो रकम अघिल्लो वर्षमा भएको औसत आय भन्दा दुई गुणा बराबर हुने अनुमान छ। यस कानुनको उद्देश्य परिवार नियोजनको प्रबन्ध बढाउन र जन्मदर घटाउने रहेको बताइएको छ। यस विषयमा सुझाव माग गर्न ७ जुनलाई अन्तिम दिन मानिएको छ। वुहान विश्वविद्यालयका प्रोफेसर वाग क्वींगले यदि कुनै महिलाले विवाह नगरिकन टेस्ट ट्यूब बेबी हासिल गर्न चाहेमा के तिनीहरूले पनि जरिवाना तिर्नु पर्दछ भन्ने प्रश्न समेत खडा गरेका छन्?

यौन व्यवसायमा संलग्न युवतीलाई लक्जरी कार, होलिडे प्याकेज, चार वर्क्षसम्म बेतलबी विदा...............

केही समयअघि ग्राहक खोज्दै सडक किनारामा उभिने एक युवतीको कमाइ यतिबेला चर्चाको विक्षेय बनेको छ। कुरा अमेरिकी राज्य पेन्सिलभियाको हो। पेन्सिलभिया राज्यमा सञ्चालनमा आएको एक सेक्स र्‍याकेटले यौन व्यवसायमा संलग्न युवतीलाई लक्जरी कार, होलिडे प्याकेज, चार वर्क्षसम्म बेतलबी विदा दिने गरेको छ। बस्नका लागि उनीहरूलाई आलिसान बंगला र अनेकौं सुविधा उपलब्ध गराइएको छ। विसेन्ट जार्ज र उनका छोरा जर्ज जुनियरले सञ्चालन गरेको यो सेक्स र्‍याकेट हाइप्रोफाइलको हो। यो सेक्स र्‍याकेटमा सुरुका दिनमा युवतीसाग पशुकै व्यवहार गरिन्छ। विस्तारै पुरानो हुादै गएपछि अपनत्वको व्यवहार हुने र्‍याकेटमा संलग्न युवतीहरू बताउाछन्।

फेसबुकले सबै राम्रो काम मात्र गरेको छैन.................

सामाजिक सञ्जाल फेसबुकले सबै राम्रो काम मात्र गरेको छैन, समाजमा नकारात्मक काम पनि त्यत्तिकै भइरहेको छ। मान्छेको अभिव्यक्तिको साझा माध्यम बनेको छ फेसबुक। दक्षिण अमेरिकी देश ब्राजिल, जो सबैभन्दा बढी फेसबुक चलाउने देश हो। फेसबुककै माध्यमले त्यहााका आदिवासीहरू आफ्नो हक–अधिकार प्राप्तिका लागि आन्दोलनमा उत्रेका छन्। सिदरोल्याडियाको प्रहरीले विरोधमा उत्रेका आदिवासीविरुद्ध गोली प्रहार गरेको भिडियो फेसबुकमा राखेपछि झगडाले नयाा रूप लिएको हो। प्रहरीको गोली लागी ओजिल ग्राबिलको निधन भएको थियो। उनी जनजाति नेता हुन्। फेसबुकमा राखिएको उनको भिडियोले ब्राजिलका न्यायमन्त्री माफी माग्दै घटनाको छानबिन कमिटी गठन गर्न बाध्य भए।

के हो डिप्रेसन.......................

जिन्दगी सधैं खुसी र रमाइलोमा मात्र बित्दैन, कहिलेकाहीा त्यस्ता दिन पनि आउाछ, जुन बेला आफ्ना लागि यो संसारमा कोही हुादैन। भविष्य आध्यारो मात्र देखिन्छ, भएका उपलब्ध व्यर्थ हुन्छ, उत्साह, उमंग र रुचि हराएर जान्छ। त्यसबेला मान्छेले मृत्युको विकल्प देख्दैन। मान्छेमा यस्तो सोचाइ के कुराले आउाछ, अहिलेसम्म विज्ञहरूले पत्ता लगाउन सकेका छैनन्। खाइपाइ आएको सुविधा एकाएक छुट्नु यसको सुरुवाती कारण भएको बताइन्छ। त्यसपछि केही मेडिकल कारणले यसको विकास गर्छ। जसमा थाइराइडको कम सक्रियता, ब्लडपे्रसरको औक्षधि प्रयोग गर्दा पनि त्यसको साइड इफेक्टले मान्छेमा डिपे्रसन हुने विज्ञहरूले बताएका छन्।

Sunday, February 24, 2013

यौन (सेक्स) र अपराध (क्राइम) मानिसको सबैभन्दा चासोको विषय......

भनिन्छ यौन (सेक्स) र अपराध (क्राइम) मानिसको सबैभन्दा चासोको विषय हो। अपराधको विषयमा मान्छेले चासो त राख्छ तर नकारात्मक अर्थबाट मात्र तर सेक्सको विषय मानिसको जैविक आवश्यकता हो। त्यसैले सेक्सको कुलतका केही नकारात्मकता बाहेक अरु विषयलाई सकारात्मक आँखाबाट हेरिन्छ। सेक्सका विषयमा विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान तथा सर्वेक्षण भैरहन्छन्, जसले विभिन्न खालका रोचक तथ्यहरु बाहिर ल्याउँछन्। यहाँ त्यस्तै १० वटा रोचक तथ्य प्रस्तुत गरिएको छ।�
पहिलो तथ्य हो– ९० प्रतिशत बेलायती महिलाले जीवनमा एक न एक चोटी पोर्न सामग्री हेर्ने गरेका छन्। अर्काे रोचक तथ्य त के भने ४० प्रतिशत महिला पुरुषकोभन्दा महिलाको नांगो शरीर हेर्न मन पराउँछन् भने ३० प्रतिशतले केटी केटी बीचको समलिंगी यौनसम्बन्ध समावेश भएका पोर्न सामग्री हेर्न मन पराउँछन्। १६ प्रतिशत बेलायती युवतीहरुले आफू आफ्नो ब्वायफ्रेण्डको निमित्त वेबक्याममा नांगिएको खुलासा गरेका छन्।�
यसैगरी दोस्रो तथ्य हो – बेलायतमा आइतबार सबैभन्दा बढि पोर्न साइटहरु हेर्ने गरिएको छ। हप्ताको विदाको दिन भएकाले होला आइतबारको विहान पोर्न साइटहरुमा ट्राफिक निकै बढि हुने गरेको छ। आइतबार बिहानको सवा एघार बजे अनलाइनमा ब्लू चलचित्र हेर्न चाहनेको माग सबैभन्दा बढि हुने गरेको अध्ययनले देखाएको छ।
यसैगरी तेस्रो तथ्य हो– पोर्नस्टार महिलाहरु अरु आम महिलाजत्तिकै स्वस्थ तथा आत्मसम्मानयुक्त हुने गरेका छन्। ब्लू चलचित्रमा खेल्ने महिलाहरुमा रोगको संक्रमण हुने तथा आनीबानी समेत फोहोर हुने आमविश्वास विपरित अमेरिकामा गरिएको एक अध्ययनले पोर्नस्टार महिलाहरुमा आत्मसम्मान तथा सन्तुष्टि र मर्यादाको स्तर निकै उच्च रहने गरेको र उनीहरु आफ्नो छविप्रति सकारात्मक हुनुका साथै अरु महिलाभन्दा अझ बढि आध्यात्मिक तथा गुणस्तरीय जीवनयापन गर्ने गरेका हुन्छन्।
यसैगरी चौथो तथ्य हो – भारतीय मूलका मनोविज्ञ राज सिद्धार्थन्ले अस्टेलियामा गरेको एक अध्ययनले एघारदेखि १३ वर्षको उमेरबाट किशोरकिशोरीहरुले पोर्न सामग्री हेर्न सुरु गरेका हुन्छन्।
यसैगरी पाँचौं तथ्य हो – ब्लु चलचित्र तथा अन्य पोर्न सामग्री हेर्ने बानीले पुरुषमा शिघ्रस्खलनको समस्या केही कम हुन्छ। सिंगापुरमा गरिएको अध्ययन अनुसार पोर्न चलचित्र हेर्ने बानीले यौनजीवनमा सुधार तथा यौनसन्तुष्टीको स्तर बढाउन मद्दत गर्छ।
यसैगरी छैटौं तथ्य हो – पोर्न सामग्री हेर्नेको संख्या जाडो महिनामा ह्वात्तै बढ्छ। अमेरिकामा गरिएको अध्ययन अनुसार अनलाइन पोनोग्राफीको दर जाडो तथा सुरुवाती गृष्म याममा सबैभन्दा बढि हुन्छ।
यसैगरी सातौं तथ्य हो –  हरेक दिन ६ करोड जनाले इन्टरनेटमा निःशुल्क पोर्न साइट हेर्ने गर्छन्। तीमध्ये दुई तिहाईले कार्यालयको कम्प्युटरमै यस्ता सामग्री हेर्ने गर्छन्।
यसैगरी आठौं तथ्य हो – बेलायतमा गरिएको एक अध्ययन अनुसार सुविधासम्पन्न होटलको कोठामा पुग्नेबित्तिकै पुरुष पाहुनाहरुले त्यहाँको टेलिभिजनमा पोर्न च्यानल छ छैन भनेर हेर्न सुरु गरिहाल्छन् भने महिला पाहुनाहरुले सबैभन्दा पहिले स्याम्पु र एयर कण्डिसनर भए नभएको कुरामा ख्याल गर्छन्।
यसैगरी नवौं तथ्य हो – दशौँ हजार अस्टेलियालीले हरेक दिन पाँच घण्टा पोर्न चलचित्र हेरेर बिताउँछन्।
यस्तै दशौं तथ्य हो – पुरुष भारत्तोलक खेलाडीले यदि प्रतियोगितामा भाग लिनु अगाडि ब्लू चलचित्र हेर्ने हो भने उसले केही बढि तौल उचाल्न सक्छ। पोर्न चलचित्र हेर्दा उत्सर्जन भएको टेस्टेस्टेरोन हर्माेनले गर्दा यस्तो भएको शोधकर्ताहरुको भनाइ छ।