Tuesday, February 28, 2012

च्याटिङले जोड्छ धेरैलाई

इन्टरनेटका कारण आपसमा गफिन धेरैलाई धेरै सहज भएको छ । च्याटिङ भनिने यो कर्मको परिणाम भने आश्चर्यलाग्दो छ ।
बेलायती किशोरहरू इन्टरनेटको दुनियाँमा भएका आफ्नो सम्पर्कलाई वास्तविक जीवनमा शारीरिक सम्बन्धमा परिणत गर्दा रहेछन् । प्लेमाउथ विश्वविद्यालयका प्रा. एन्डिफिप्पनेन नेतृत्वको टोलीले निकालेको निष्कर्ष छ- बेलायतमा धेरै ठूलो संख्यामा किशोर समुदायको च्याटिङ सम्बन्ध शारीरिक सम्बन्धको रूपमा पटाक्षेप हुने गरेको छ ।
यो अध्ययन १६ वर्षदेखि २४ वर्ष उमेर समूहमा गरिएको सर्वेक्षणमा आधारित छ । अध्ययनअनुसार प्रति १० सहभागीमध्ये एकजनाले इन्टरनेटका माध्यमले कसैसँग सम्पर्क बढाए र त्यसपछि तिनैसँग शारीरिक सम्बन्ध कायम गरेका रहेछन् । अध्ययनकर्ताहरूले के पनि पत्तो पाए भने उक्त अध्ययनमा संलग्नमध्ये ८० प्रतिशतले यौन सम्बन्ध प्रस्तावका लागि मोबाइल फोन र इन्टरनेटको उपयोग गर्दा रहेछन् ।

उक्त अध्ययनमा सहभागीहरू प्रविधिले आफ्नो सम्बन्ध विस्तारमा सकारात्मक प्रभाव पारेकामा सहमत देखिए । ६० प्रतिशत सहभागीहरूले अनलाइन गतिविधि आफूहरूबीचको कुराकानीको नियमित प्रक्रिया भएको बताए ।

No comments:

Post a Comment