Tuesday, February 28, 2012

फेसबुक एडिक्सन डिसोर्डर।

अति भए खति हुन्छ भन्ने उखान बूढापाकाहरुले त्यसै बनाएका हैनन्। अति सर्वत्र वर्जयेत। तपाइँले दिनदिनै चलाउने फेसबुक मात्र त्यसको अपवाद हुन सक्दैन। यसको लत लागू पदार्थको लत जस्तो हानिकारक हुन सक्छ। लागू पदार्थको कुलतबाट जोगाउन पुनर्स्थापन केन्द्रहरु नेपालमा पनि धेरै ठाउँमा खोलिएका छन्। अब त्यस्तै पुनर्स्थापन केन्द्र फेसबुकको लतबाट जोगिनलाई पनि खुलेको छ।

अनौठो कुरा, यो कार्यक्रमका संस्थापकद्वय स्वयं आफूहरुकै फेसबुक प्रयोग घटाउन लागिपरेका छन्। साउन ९ गतेदेखि मात्रै उनीहरुले यो कार्यक्रम सुरु गरेका हुन्।
कसरी थाहा पाउने?

माथिका प्रश्नहरु मध्ये कम्तिमा एउटा प्रश्नको उत्तर छ वा होमा दिनुभएको भए तपाईँ पक्कै पनि फेसबुक एडिक्सन डिसोर्डरबाट पीडित हुनुहुन्छ। स्वागत छ फेसबुक लत लागेकाहरुको क्लबमा।
यदि तपाइँ हामी जस्तै फेसबुकको लग लागेका हुनुहुन्छ भने चिन्ता गर्नुपर्दैन। तपाइँको औँलालाई छिनछिनमा आराम दिने गरी चुप राखेसम्म र वास्तविक विश्वमा के भइरहेका छ भनी पनि जानकारी बेलाबेलामा लिइराख्ने गर्नुभएसम्म खासै चिन्ता गरिरहनु पर्दैन। फेसबुकको लत लागेकाहरुको सयौँ ग्रुप फेसबुकमा छन्। त्यहाँ उनीहरु आफ्ना अनुभव सुनाउँछन्। तपाइँ करोडौँमा एक हुनुभएको त हो नि।

डान पेगुइन र सियाभोस अरासटेहको पुनस्थार्पन सल्लाह केन्द्रमा तपाईँलाई स्वागत छ। उनीहरुको अनलाइन पुनर्स्थापन कार्यक्रम फेसबुकको लग लागेकाहरु प्रति लक्षित छ। हाम्रो सल्लाह मान्नुभयो भने तपाईँहरुले दुई हप्ता मै फेसबुकको प्रयोग घटाउन सक्नुहुनेछ, उनीहरु भन्छन्। यसको उद्देश्य हो तपाइँको स्वास्थ्य, काम गर्ने क्षमता वा अरु क्षमता पहिले जस्तै बनाउनू।
सोसलटाइम्सलाई अन्तर्वार्ता दिँदै उनीहरुले भनेका छन्, फेसबुकको उपयोग स्वस्थ तरिकाले हुनुपर्छ भन्नेमा हामी विश्वस्त भयौँ। त्यसैले दुई हप्तासम्म हामीले मोबाइल होस् वा डेस्कटप वा ल्यापटप, दिनमा दुई पटकभन्दा बढी फेसबुक लग इन नगर्ने निर्णय गर्‍यौँ। हामीले हाम्रो लग इन रेकर्डलाई अनलाइनमा सार्वजनिक गर्ने निर्णय गर्‍यौँ र इच्छुक साथीहरुलाई पनि निम्त्यायौँ।
उनीहरुको यो अभियान यति लोकप्रिय भयो कि उनीहरुले आफ्नै छुट्टै डोमेन बनाए फेसएनोनाइमस डट कम। यसको होमपेजमा यो प्रि लन्च भएको घोषणा गरिएको छ।


फेसबुक अति चलाउनेहरुका लागि प्रयोग हुने शब्द हो फेसबुक एडिक्सन डिसोर्डर। चिकित्सा विज्ञानका मोटा मोटा ठेली पल्टाउनु भयो भने यो शब्द र यसका लक्षणहरु तपाइँ देख्न पाउनु हुन्न। तर पनि धेरैलाई यो लतले छोइसकेको छ। केही विज्ञहरुले विश्वका ३५ करोड मान्छे फेसबुक एडिक्सन डिसोर्डरबाट पीडित भएको हुनसक्ने बताएका छन्। यो फेसबुकको कूल सदस्य सख्याको आधा हो। तपाइँ पनि त्यसमा पर्नुहुन्छ त? तलका केही लक्षणहरु हेर्नुस्, कुनै पनि तपाइँसँग मिल्छ भने तपाईँलाई यो रोग लागेको छ।
• बिहान बिहानै उठ्ने बित्तिकै चिया वा कफी खानुभनद्या अघि तपाईँको दिन आफ्नो ल्यापटप वा मोबाइलमा फेसबुक लग इन गरेर सुरु हुन्छ?
• बिहानै, दिउँसै वा राति, शौचालयमा होस् वा बसटेम्पोका यात्रामा, कलेजमा होस् वा क्यान्टिनमा हँदा यस्तो स्टायट्स लेख्छु फेसबुकमा भनी सोच्नुहुन्छ?
• फेसबुक चलाउँदा चलाउँदै ढिला भएर गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्डलाई दिएको डेटमा ढिलो पुगेर गाली खानुभएको छ? कलेजमा ढिला पो पुग्नुभएको छ कि?
• तपाइँका फेसबुके साथीहरुलाई तपाइँ कहिले बाथरुम पस्नुभयो देखि कहिले खानुभयो, कहिले सुत्नुभयो, सब थाहा हुन्छ?
• ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड वा दाजुभाइ दिदीबहिनीसित फेसबुकबाट मात्र कुरा हुन्छ कि?
• स्टुडियो सेभेन, डिजिटल प्लस, फोटो हलिउड, फोटो कर्न्सन जस्ता महँगा फोटो स्टुडियोहरुमा फोटो खिचाएर फेसबुकको प्रोफाइल पिक्चरमा राखेर सबलाई दङ पारौँला भनेर सोच्नुभएको छ? लौ न एउटा दामी फेसबुकको प्रोफाइल पिक्चर राख्ने गरी फोटा खिचिदिनुस् भनेर क्यामेरा बोक्ने साथीभाइलाई भन्ने गर्नुभएको छ?
• फेसबुक फ्रेन्डको लिस्ट धेरै बनाउने नाममा नचिनेकाहरुलाई पनि आयड गर्नुभएको छ?
• फेसबुकमा भेटिएर अचानक हराएका साथीलाई बेपत्तासँग खोज्नुभएको छ?
• साथीसँग झगडा पर्‍यो भनेर फेसबुकको रिलेसनसिप स्टायटस चेन्ज गर्नुभएको छ?
• अफिसमा फेसबुकमा प्रतिबन्ध लगाइयो भनेर जागिर छाड्नुभएको छ? फेसबुकमा प्रतिबन्ध लगाउने कुरा अफिसमा भयो भनेर चर्को विरोध गर्नुभएको छ?
• फेसबुकबाटै कुराकानी हुने हुनाले धेरै कम बोल्न थाल्नुभएको पो छ कि?
• आँखा पो टट्टाउँछ कि धेरै फेसबुक चलाइरहेको कारण?

यौनकर्मीहरुका लागि छुट्टै विश्वविद्यालय

यौनपेशा नेपालमा गैरकानुनी त्यसैले हामीकहाँ यौनकर्मीहरुले पेशाको आधारमा आफ्नो अस्तित्व कायम गर्न पाएका छैनन् जे जति काम हुन्छन् ती पर्दापछाडि हुन्छन्
तर विश्वका केही देशमा यौनपेशाले कानुनी मान्यता पाएको यौनकर्मीहरु पनि अरु जागिरे जस्तै आफ्नो पेशाको बारेमा ससम्मान भन्न सक्छन् यतिमात्र कहाँ हो , बेलायतमा यौनकर्मीहरुका लागि छुट्टै विश्वविद्यालय नै खोलिएको
यौनकर्मीहरु मिलेर खोलेको यो खुल्ला विश्वविद्यालयको मुख्य उद्धेश्य नै यौनकर्मीहरुलाई संगठित गर्नु रहेको
यो खुला विश्वविद्यालयमा केवल यौनकर्मीहरुले मात्र भर्ना गर्न पाउँछन् वेश्यालयका मालिक तथा व्यवस्थापक अरु कर्मचारीले समेत भर्ना पाउँदैनन्
यो विश्वविद्यालयले यौनकर्मीको विश्व संजालले तयार गरेका आचारसंहिता पालना गर्नेछ ती आचारसंहितामा यौनकर्मलाई एक पेशा सम्झनुपर्ने, यौनकर्मलाई गैरकानुनी मान्नेको विरोध गर्नुपर्ने तथा यौनकर्मीलाई संगठित गर्नुपर्ने लगायतका छन्
यो खुल्ला विश्वविद्यालय एउटा वृहत संगठनको रुपमा रहनेछ जहाँ विभिन्न प्रकारका छलफल, अन्तरक्रिया तथा अन्य कार्यक्रमको आयोजना गरिनेछ
यसले यौनकर्मीहरुबीच अनुभव आदान प्रदान गर्ने हिंसा तथा अन्य समस्याको विरुद्धमा संघर्ष गर्ने ऐक्यवद्धता व्यक्त गर्ने फोरम उपलब्ध गराउनेछ

मरिसकेपछि पनि दुइजना सँग बिहे

आखिर मान्छे जिउँदो रहँदा सम्म नै हो मोजमस्ती गर्ने र कीर्तिमान राख्ने । चाहना भयो भने १ सय वर्षको उमेर काटेपछि पनि मान्छेले बिहे गर्छ । तर यो दुनियाँमा यस्तो पनि हुँदोरहेछ जहाँ मरिसकेको मान्छेले पनि बिहे गर्छ, त्यो पनि दुइ-दुइ पटक ।
यस्तै भएको छ चीनमा । जहाँ एक महिलाले मरिसकेपछि पनि दुइजना सँग बिहे गरेकी छिन् । वास्तवमा चीनमा वर्षेनी हुने वसन्त पर्वको बेला मृतकहरुबीच परम्परागत बिहे गरिदिने चलन छ जसलाई यिन विवाह भनिन्छ । यो पालाको यिन विवाहमा एक युवतीको शवले दुइ जना पुरुषको शवसँग बिहे गर्ने अवसर पायो ।
आफ्नो परिचय बताउन नचाहने उ थरको एक परिवारले आफ्नी छोरीको शव परम्परागत बिहेको निम्ति लिउ थरको परिवारलाई ३५ हजार युआनमा बेचेको थियो । लिउ थरको परिवारले उक्त युवतीको शव किनेर आफ्नो मृतक छोराको शवसँग बिहे गरिदियो र परम्परा अनुसार एकै चिहानमा गाडियो । ग्लोबल टाइम्समा छापिएको खबर अनुसार यसरी चिहानमा सँगै गाडिएको अर्को दिन नै कोही व्यक्ति आएर चिहान खोसि्रएर युवतीको शव चोरेर लगेछ । चिहान खोसि्रएको र त्यहाँबाट युवतीको शव निकालिएको देखेपछि मृतक केटाका परिवारले प्रहरीमा उजुरी गरेछ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले युवतीको लास चोर्ने ५ जनालाई पक्राउ गर्यो । पछि थाहा भयो की ति मानिसहरुले युवतीको शवलाई चोरेर ३० हजार युआनमा बेचिसकेका रहेछन् । आफ्नो मृतक छोराको बिहे गरिदिन युवतीको शव खोजिरहेको ली थरको एक परिवारले उक्त युवतीको शव किनेको रहेछ र बिहे सम्पन्न गरिसकेछ । प्रहरीले शव चोरी गर्नेमाथि कारवाहीको प्रक्रिया चलाएको छ । एकचोटी बिहे भैसकेको शव आफुलाई बेचेको भन्दै ली थरको परिवार चोरहरुप्रति आक्रोसित भएको खबर छ । परम्परा धान्न शवको पनि किनबेच हुने कस्तो अचम्म ।

च्याटिङले जोड्छ धेरैलाई

इन्टरनेटका कारण आपसमा गफिन धेरैलाई धेरै सहज भएको छ । च्याटिङ भनिने यो कर्मको परिणाम भने आश्चर्यलाग्दो छ ।
बेलायती किशोरहरू इन्टरनेटको दुनियाँमा भएका आफ्नो सम्पर्कलाई वास्तविक जीवनमा शारीरिक सम्बन्धमा परिणत गर्दा रहेछन् । प्लेमाउथ विश्वविद्यालयका प्रा. एन्डिफिप्पनेन नेतृत्वको टोलीले निकालेको निष्कर्ष छ- बेलायतमा धेरै ठूलो संख्यामा किशोर समुदायको च्याटिङ सम्बन्ध शारीरिक सम्बन्धको रूपमा पटाक्षेप हुने गरेको छ ।
यो अध्ययन १६ वर्षदेखि २४ वर्ष उमेर समूहमा गरिएको सर्वेक्षणमा आधारित छ । अध्ययनअनुसार प्रति १० सहभागीमध्ये एकजनाले इन्टरनेटका माध्यमले कसैसँग सम्पर्क बढाए र त्यसपछि तिनैसँग शारीरिक सम्बन्ध कायम गरेका रहेछन् । अध्ययनकर्ताहरूले के पनि पत्तो पाए भने उक्त अध्ययनमा संलग्नमध्ये ८० प्रतिशतले यौन सम्बन्ध प्रस्तावका लागि मोबाइल फोन र इन्टरनेटको उपयोग गर्दा रहेछन् ।

उक्त अध्ययनमा सहभागीहरू प्रविधिले आफ्नो सम्बन्ध विस्तारमा सकारात्मक प्रभाव पारेकामा सहमत देखिए । ६० प्रतिशत सहभागीहरूले अनलाइन गतिविधि आफूहरूबीचको कुराकानीको नियमित प्रक्रिया भएको बताए ।

फेसबुक लत दिमागमा असर

झण्डै एक वर्ष अघिको कुरा, कोरियामा अनलाइन गेम धेरै खेल्ने एक परिवारको बच्चाको मृत्यु भयो। प्रहरीले सोधखोज गर्दा थाहा भयो, ती दम्पती अनलाइन गेममा भर्चुअल बेबीलाई यति स्याहार सुसार गर्दारैछन् कि साँच्चैकी छोरीको स्याहारसुसार नै बिर्सेछन्। अनि त भोकले उसको मृत्यु भएको रहेछ। इन्टरनेटको बढी प्रयोग पनि लागूपदार्थको दुर्व्यसन जस्तै हानिकारक हुनसक्ने तथ्यको प्रमाण थियो यो।
तर प्रयोग, उपयोग र दुरुपयोग कसरी छुट्याउने? नेपाल जस्तो इन्टरनेट प्रयोग गर्नेहरुको संख्या नै एकदम कम भएको ठाउँमायस्तो हुनसक्छ? एकपटक यो पनि हेरौँ।

• केही अघिसम्म लोडसेडिङको बेला परिवारका सदस्यहरु एकै साथ बसेर रमाइला गफ गर्थे, अन्ताक्षरी खेल्थे। अहिले दृश्य फरक छ। मोबाइल टिपेर उनीहरु एउटा कुनातर्फ लाग्छन्। कोही मिगमा च्याट गर्दे मस्त, कोही फेसबुकमा व्यस्त।
• माघको दोस्रो साता दिदीको इन्गेजमेन्ट थियो। सजिसजाउ भएर रवीना पनि उपस्थित थिइन्। तर त्यहाँको रमाइलो वातावरणमा भौतिक रुपमा उपस्थित भए पनि उनी खासमा त्यहाँ थिइनन्। सामसुङ मोबाइलका किप्याड थिच्दैमा उनलाई फूर्सद थिएन। ह्यापी, सिस गट इन्गेज्ड उनले लेखेकी थिइन् फेसबुकको स्टायटसमा। यसैमा उनका साथीहरु कमेन्ट गर्दै थिए। उनी प्रत्येक कमेन्टको जवाफ फर्काउँदै थिइन्। यो भर्चुअल वर्ल्डमा व्यस्त हुँदा उनले इन्गेजमेन्टमा दिदी र हुनेवाला भिनाजुले औँठी लगाएको पनि हेर्न छुटाइन्।
अमेरिकामा पहिलो पटक खुलेको इन्टरनेटको लत छुटाउने क्लिनिक रिस्टार्टका कार्यकारी निर्देशक हिलारी क्यास भन्छिन्, इन्टरनेटले ध्यान अर्केतिर मोडिदिने हुनाले मानिसहरुबीच अन्तर्क्रियाको गुणस्तर घट्दै गइरहेको छ।

क्यासको भनाई हाम्रो समाजमा ठ्याक्कै लागू हुन नसक्ला तर दिदीको इन्गेजमेन्टमा पनि ध्यान फेसबुक मै अल्झाउने रवीना जस्ता पात्रहरु सहरमा धेरै देखिन थालेका छन्। फेसबुकको उपयोग, धेरै प्रयोगबाट यो लतको स्तरमा पुगिसकेको अनुमान लगाउन गार्‍हो छैन।

दिमागमा पनि पार्छ असर
इन्टरनेटको अत्यधिक प्रयोगका कारण दिमागमा पर्ने असरबारे अनुसन्धानहरु भइरहेका छन्। युनिभर्सिटी अफ मेरिल्यान्डमा गरिएको एउटा अध्ययनले फेसबुकको अत्यधिक प्रयोगले दिमागमा असर पार्ने देखिएको छ। फेसबुक हाम्रो दिमागलाई पुरस्कार दिने किसिमले बनाइएको उनीहरुले पाएका छन्।

मेरो स्टायटसलाई कसैले लाइक गर्‍यो कि? मलाई कसैले मेसेज पठाएको छ कि? कतिवटा नोटिफिकेसन आएको छ मेरो? मेरो भर्चुअल फार्ममा के भइरहेको होला? यस्तै यस्तै सूची लामा हुन्छन्। यही नै हो दिमागलाई दिइने पुरस्कार। यो पुरस्कार दिने प्रणालीका कारण हामीले केही आशा गरिरहेका हुन्छौँ, त्यही आशालाई पुरस्कार दिँदा शरीरमा डोपामाइन रसायन बन्ने गर्छ। यही आशा र पुरस्कारको चक्रले नै मानिसलाई लत लाग्ने बनाइदिन्छ।
लत लागेकाको दिमाग रक्सीले मातेकाको जस्तै
स्टानफोर्ड युनिभर्सिटीका डाक्टर एलियास आबाउजाडेले त अनुसन्धानमा इन्टरनेट, त्यसमा पनि फेसबुकको लत लागेकाको दिमागले गर्ने क्रियाकलापलाई रक्सीले मातेका मान्छेहरुको दिमागले गर्ने क्रियाकलापसित तुलना गरेका छन्।

दक्षिण कोरिया र जापानले त इन्टरनेटको लत लागेकाहरुलाई सहयोग गर्न क्लिनिकहरुमा लगानी नै गरेको छ। यस्तो व्यवस्था गर्ने विश्वकै पहिला देश हुन् यी।

नहुँदा के हुने रहेछ

युनिभर्सिटी अफ मेरिल्यान्डका केही विद्यार्थीहरुलाई अनुसन्धानका लागि २४ घण्टा इन्टरनेट, सोसल मिडिया, फोन र म्युजिकबाट वञ्चित गरियो। धेरैलाई मोबाइल फोन नहुँदा धेरै गाह्रो पर्‍यो। लत भन्दा मानिसले लागू औषध वा रक्सीको मात्र बुझ्थे, त्यसरी बस्दा भने उनीहरुले बुझे कुरा। धेरैलाई डिप्रेसनको महसूस भो, एक्लै भाको जस्तो भो, कतिलाई टाउको दुख्यो अनि कतिलाई त फोनको घण्टी बजेको जस्तो लाग्यो।

फेसबुक लत पुनस्थार्पना केन्द्र
लागू पदार्थको लत लागेकाहरुलाई त्यसबाट छुटाउन पुनर्स्थापना केन्द्रहरु खुले जस्तै फेसबुक (इन्टरनेट)को लतबाट छुटाउन पनि पुनर्स्थापना केन्द्र खुलेका छन्। अमेरिकाको राजधानी वासिङटनमा यस्तै एउटा पुनर्स्थापना केन्द्र खुलेको छ रिस्टार्ट। कस्तो उपचार हुन्छ त त्यहाँ? त्यहाँका मनोवैज्ञानिकहरुले ध्यान, हाइकिङ जाने र शारीरिक रुपमा सक्रिय हुने सिकाउँछन्। त्यसैगरी बिरामीहरुको जीवनमा नदेखिएका जीवन जिउने कला पनि सिकाइन्छ।

यो त भयो अमेरिकाको कुरा। तपाइँलाई पनि कहिलेकाहीँ फेसबुकको ज्यादै लत लागेको जस्तो महसूस भएको छ कि? त्यसो भए एक दुई दिन आफै यसबाट अलग हुने प्रयास गरी हेरे उचित। किनभने यहाँ त्यस्तो पुनर्स्थापना केन्द्र छैन। यदि साँच्चिकै इन्टरनेट, मोबाइल र सबै किसिमका सञ्चारका साधनबाट टाढा रहन चाहनु हुन्छ भने १० दिने विपश्यना ध्यान केन्द्रमा जान सक्नुहुन्छ। तर होसियार, नियम सबै बुझेर मात्र जानुस्। नत्र तपाइँलाई गाह्रो पर्न सक्छ।

Monday, February 27, 2012

आफैं जोडी छान्ने बढे

युवामा बुवाआमाले सट्टा आफैंले रोजेको विवाह गर्ने चलन बढेको आफैंले रोजेर विवाह गर्ने युवाहरूको प्रतिशत ५३ पुगेको सरकारी तथ्यांक यस्तै ३८ प्रतिशत युवतीहरू आफैंले रोजेर विवाह गर्ने गरेका छन् स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको सर्वेक्षणले केटा केटीको पहिलो प्रेमको औसत उमेर १६ वर्ष देखाएको यस्तै प्रेम सम्बन्धको औसत समयावधि १४ महिनासमेत देखाएको सर्वेक्षणअनुसार चारमध्ये तीन जनाले आपmनै प्रेमी/प्रेमिकासँग विवाह गर्ने इच्छा राख्छन्
मन्त्रालयद्वारा गरिएको नेपाल किशोर, किशोरी तथा युवा केन्दि्रत भई सर्वेक्षण गरेको हो   '१० देखि २४ वर्ष उमेर समूहमा गरिएको यो बृहत् एवं पहिलो सर्वेक्षण हो,' स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले भने, 'यो यस्तो बहुआयामिक सर्वेक्षण हो जसले युवाको हरेक समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको '
मुलुकको कुल जनसंख्याको ३३ प्रतिशत भाग १० देखि २४ वर्ष उमेर समूहले ओगटने गरेको 'सर्वेक्षणअनुसार युवामा पहिलो यौनसम्पर्कको औसत उमेर साढे १७ वर्ष ,' मन्त्रालयका जनसंख्या महाशाखा प्रमुख पदमराज भट्टका अनुसार '१५ वर्षभन्दा कम उमेरमा करिब प्रतिशत केटाहरूले मात्र पहिलो यौनसम्पर्क राख्ने गरेको देखिएको ' यस्तै साथीहरूबीच पहिलो यौनसम्पर्कको औसत उमेर २० वर्ष देखिएको
मन्त्रालयका अनुसार सन् २०१० को डिसेम्बरसम्म गरी चार महिनामा मुलुकको हजार घर परिवारमा यो सर्वेक्षण तथ्यांक संकलन गरिएको हो भट्ट भन्छन्, 'यसअन्तर्गत १० देखि २४ वर्ष उमेर समूहका १४ हजार सय ७५ जनासँग प्रत्यक्ष भेटेर प्रश्नावली संकलन गरिएको थियो '
केटाहरूमा कम उमेरमा बिहे गर्ने प्रचलनमा उल्लेख्य कमी आएको यसअन्तर्गत १० देखि २४ वर्ष उमेर समूहको २३ प्रतिशत केटी प्रतिशत केटाले विवाह गर्छन् विवाहको औसत उमेर केटाहरूको १९ केटीहरूको १७ वर्ष