
आफ्नै विज्ञापन उखानै छ- बिख नभएको सर्प र इख नभएको मान्छे के काम? नेपाली फिल्ममा भर्खरै पाइला टेकेकी विनिता बरालको इखको पारो निकै माथि चढेको छ। पहिलो फिल्मबाट निकालिएपछि फिल्म क्षेत्रमा जम्नका लागि उनी कुनै कसर बाँकी नराख्ने पक्षमा छिन्। त्यसैले उनी आफूले अभिनय गरेको पहिलो फिल्म 'चपली हाइट 'को सफलताका लागि जे गर्न पनि तयार छिन्। निर्वस्त्र हुन पनि! केही समयअघि सुटिङ
सकिएको उक्त फिल्मको पोस्टरका लागि उनले निवस्त्र फोटो सेसन गराएकी छिन्। कम्मरमाथि उनी नग्न छिन्। फिल्मका हिरोले अँगालो हालेर उनका संवेदनशील अंग छोपिदिएका छन्। कथा तत्काल सार्वजनिक नगर्ने भनिएको फिल्म 'चपली हाइट'मा यो फोटोको आधारमा सेक्स र रोमान्सलाई प्रशस्त ठाउँ दिएको अनुमान लगाउन गाह्रो छैन। 'चपली हाइट' ले विनिताको हाइट बढाउने हो कि घटाउने, फिल्म रिलिज भएपछि थाहा पाइएला नै।
निर्वस्त्र विनिता
०००
नेपाली समाजमा 'एक नारी ब्रह्मचारी 'र' परपुरुषलाई हेर्नु पनि पाप'को दाम्पत्य भावना र वफादारीको परंपरा खण्डित भै रहेकोछ। नेपाली समाजसँगै सम्बन्ध बदलिएका छन्, संस्कृति बदलिएको छ। अझ यौन व्यवहार त झनै बदलिएको छ। यौनका मामलामा नेपाली समाज वास्तवमै पाखण्डी छ। एकातिर, सेक्सका बारेमा कुनै पनि प्रकारका बहस वर्जित छन् भने अर्कातिर, सबै सेक्सका यति भोका छन् कि यो क्षुधा शान्त गर्न सबैखाले हद पार गर्न तयार छन्। सेक्स आकुल महिला र पुरुष 'मोर, मोर, एन्ड मोर' भनिरहेका छन्।
कुनै जमाना थियो, विवाह इतर सम्बन्ध पुरुषको मात्रै पेवा थियो। अहिले नेपाली महिलाहरूले एक्स् ट्रा म्यारिटल अफेयर्समा पुरुषलाई जित्न थालेका छन।
एक्स्ट्रा म्यारिटल अफयेरका कथाव्यथा बुझ्न कालिमाटीस्थित प्रहरीको महिला सेल पुग्दा कुर्सीमा बसिरहेकी इन्सपेक्टर हर्षमाया महर्जन तनावमा देखिन्थिन्। उनले भनिन्, 'मैले बताएको सेकेन्डरी कथा के सुन्नुहुन्छ? एकछिन यहीँ बस्नुस्। प्रत्यक्ष सुनेर जानुस्।' त्यसपछि हामी यस् ता अफयेरका कारण घरबार भत्केकाहरूको प्रतीक्षामा बस्यौँ। करिब आधा घण्टापछि एकजना इन्जिनियरकी श्रीमती गुनासो लिएर आइपुगिन्। उनी भन्दै थिइन्, 'म श्रीमान् सँग बस्दै बस्दिनँ। उसको अफिसकी एकजना केटीसँग लभ परेको छ।
उनीहरू विवाह गरेर बस् ने सुरसारमा छन्। त्यसैले म उसँग सम्बन्ध विच्छेद गर्न चाहन्छु।' त्यसपछि अर्की महिला आइपुगिन्। उनी पनि श्रीमानसँग बस्न नसक्ने भएकाले छुट्टिन आएको बताउँदै थिइन्। उनको गुनासो पनि उस्तै थियो, 'ऊ बाहिर केटी लिएर बस्छ। म एक्लै घरमा के गरेर बस् नु? त्यसैले उसलाई छोड्न चाहन्छु।' 'यी सुनिहाल्नु भयो, यस्तै गुनासो लिएर दैनिक १५ वटाभन्दा बढी केस आउँछन्, ' हर्षमाया भन्दै थिइन्, 'हामी सकेसम्म मिलाउने प्रयास गर्छौँ। तर, मिल्न नसक्नेहरूलाई सम्बन्ध विच्छेदका लागि अदालत जाने सल्लाह दिन्छौँ।' हर्षमायाको अनुभवमा पनि धेरै घरझगडा श्रीमान्ले बाहिर केटी राखेकै निहुँमा हुने गरेको छ। सामान्य ज्याला मजदुरी गरेर पेट पाल्ने मजदुरका श्रीमती समेत 'श्रीमानले केही काम नगर्ने, आफ्नो कमाइ उसले जाँडरक्सीमा सिध्याउने र उल्टै खाएर कुटपिट गर्ने ' कारणले श्रीमान्सँग छुट्कारा पाउन प्रहरीको महिला सेलमा पुग्ने गरेका छन्।
जिल्ला अदालत काठमाडौँको तथ्यांकअनुसार आ.व. ०६५/०६६ मा एक हजार ३०, ०६६/०६७ मा एक हजार तीन र ०६७/०६८ मा एक हजार ३१७ जोडीले सम्बन्ध विच्छेद गरेका छन्। यो वर्ष साउन महिनामा सम्बन्ध विच्छेदका लागि १४०, भदौमा ९९, असोजमा ७५ र कात्तिकमा ११२ वटा मुद्दा परेको जानकारी अदालतले दिएको छ।
०००
अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाका डिएसपी हृदय थापा नेपाली समाजमा एक्स्ट्रा म्यारिटल अफेयर भुसको आगो सल्केझैँ सल्किरहेको बताउँछन्। 'हामी अनुसन्धानका क्रममा कहिले त छक्कै पर्छौं, ' उनी भन्छन्, 'जघन्य अपराधको अनुसन्धान गर्दै गयो, अन्तिममा कारण खुल्छ- केटाको बाहिर चक्कर भएकाले श्रीमतीको हत्या गर्यो या केटीको अर्को केटासँग सम्बन्ध भएकाले श्रीमान्को हत्या भयो।' हत्या अनुसन्धानमा प्रहरीले एक्स्ट्रा म्यारिटल अफेयरलाई अनुसन्धान प्रक्रियामा गम्भीरताका साथ लिने गरेको छैन। 'हामी विभिन्न एंगलबाट घटनाको अनुसन्धान गर्छौं, 'डिएसपी थापा भन्छन्, 'तर, अन्तिममा बाहिर चक्कर भएका कारण श्रीमान्-श्रीमतीको हत्या भएको निष्कर्ष आउँछ। अब हामी एक्स्ट्रा म्यारिटल अफयेरलाई पनि सुरुमै इन्डोर्स गर्ने योजनामा छौं।'
अपराध महाशाखाकै इन्सपेक्टर दीप्ति कार्की एक्स् ट्रा म्यारिटल अफेयरले भयावह रूप लिँदै गएको बताउँछिन्। 'हामीकहाँमात्रै दैनिक चार पाँचवटा केस आउन थालेका छन्, ' उनी भन्छिन्, 'घरेलु हिंसा, अंशबन्डा, सम्बन्ध विच्छेद गर्ने भन्दै अन्य निकाय जाने महिलाको संख्या दिन प्रतिदिन बढिरहेको छ। नेपाली समाजको परम्परागत मान्यता भत्किँदै गएको संकेत हो यो। 'विवाहपछि पतिभक्त पत्नी र पत्नीभक्त पति पाउन अब गाह्रो भइसकेको उनको निष्कर्ष छ। भन्छिन्, 'श्रीमान् पीडित र श्रीमती पीडित दुवै बराबर छन्। एक्स्ट्रा म्यारिटल अफेयर अब अपराध बढाउने कारणका रूपमा देखापर्न थालेको छ।'
०००
अवैध यौन सम्बन्धका कारण सम्बन्ध विच्छेद गर्न अदालत, प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय जानेहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। जिल्ला अदालतमा दर्ता हुने उजुरीका लगभग आधा संख्या सम्बन्ध विच्छेदका आउने गरेका छन्। यसैगरी प्रहरी कार्यालयमा पनि अवैध सम्बन्धका केसहरू आउने क्रम बढ्दो छ। महानगरीय प्रहरी प्रभाग, हनुमानढोकाको अपराध अनुसन्धान महाशाखाकी प्रहरी निरीक्षक दीप्ति कार्की 'विवाहेतर सम्बन्ध मौलाउनुको प्रमुख कारण वैदेशिक रोजगारी देखिएको ' बताउँछिन्। रोजगारीका लागि पति लामो समय टाढिएपछि यौन आवश्यकता पूरा गर्न महिला परपुरुषसँग अवैध सम्बन्ध राख्न लहसिने गरेका छन्। यसमाथि पति कमाउन विदेशमा भएका महिला फँसाएर मोज पनि गर्ने र पैसा पनि धुत्नेहरू उत्तिकै सक्रिय छन्। यस्ता युवासँग सम्बन्ध राख्ने महिला पति घर फर्केका बेला पतिव्रता बन्छन।
पति विदेसिनासाथ फेरि उनीहरूको यौन लीला सुरु हुन्छ। यस् ता कतिपय महिला अबैध सम्बन्ध पतिको जानकारीमा आएपछि सबै सम्पत्ति कुम्ल्याएर प्रेमीसँगै भाग्ने गरेका पनि छन्। आधुनिक सञ्चार सुविधाका कारण पनि यस्ता यौन सम्बन्ध बढेका छन्। हिजोआज घरघरमा कम्प्युटर र इन्टरनेट हुनु सामान्य भइसकेको छ। कार्यालय जाने कतिपयले दिनभरि पत्नी एक्लै बस्दा दिक्क नहुन् भनेर पनि घरमा नेट जोड्ने
गरेका छन्। तर, दिनभरि कार्यालयको काममा व्यस्त पतिले नेटमा पत्नी विभिन्न रिलेशनशीप साइटमार्फत् अन्य पुरुषसँग सल्किएको पत्तो नै पाउँदैनन् ।






