Saturday, December 3, 2011

किशोरावस्थामा ....................

किशोरावस्था लेटेस्ट फेसनसँग पनि जोडिएर आउँछ । किशोरावस्थामा बजारमा आएका हरेक प्रकारका पहिरन लगाएर फेसनेबल हुन कसलाईर् मन नलाग्ला ? तर यसो भन्दैमा आफूलाईर् नसुहाउने पहिरन लगाउनु राम्रो होइन । सुजिना भन्छिन्-'फेसनेबल हुन अरूको फेसनको कपी गर्नुभन्दा पनि आफ्नै सिर्जनामा प्रस्तुत हुनु राम्रो हो । यसका लागि आफूले लगाएको पहिरनमा सजिलो महसुस गर्न आवश्यक हुन्छ ।'न कुनै ठूलो जिम्मेवारीको बोझ, न त घर चलाउन तथा गर्जो टार्ने कुनै चिन्ता । खायो, पियो, रमाइलो गर्‍यो, साथी बनायो, सिनेमा हेर्न तथा घुम्न गयो, युवावस्थाका प्रायः क्रियाकलाप यस्तै-यस्तै हुन्छन् । उनीहरूमा पढाइको चिन्ता भने हुन्छ नै र पनि त्यो चिन्ता हटाउन भरसक रमाइलो गर्न खोज्छन् । रमाइला गतिविधिको अभावमा जो कसैको पनि जीवन निरस हुन्छ तर रमाइलो गर्ने सिद्धान्त सबैको एउटै हुँदैन । कसैलाईर् एक्लै बसेर कल्पना गर्दा रमाइलो लाग्न सक्छ भने कोही ठूलो भीडमा आफू उपस्थित हुन पाउँदा हर्ष महसुस गर्छन् । कसैलाईर् घुम्दा, पढ्दा वा साथीभाइसँग जमघट गर्दा रमाइलो लाग्छ भने कसैलाईर् पृथक् र नयाँ फेसनमा आफूलाईर् प्रस्तुत गर्दा रमाइलो अनुभूति हुन्छ । यसपटकको टिनएज छलफलमा विभिन्न युवाका रमाइला पक्षहरूलाईर् समेट्ने प्रयास गरिएको छ ।

छलफलमा सहभागी आकर्षक तथा बौद्धिक व्यक्तित्वले भरिएका ५ जना किशोरीमध्ये पिरामिड इन्टरनेसनल कलेज कक्षा ११ मा अध्ययनरत १७ वषर्ीया एलिना क्षेत्री भन्छिन्-'म कलेजकै होस्टलमा बस्छु । साथीहरूबीच आपसमा अन्य साथीको कुरा गर्ने, शिक्षकको कुरा काट्ने, होस्टलको छतमा गएर बाटो हिँड्नेहरूलाईर् ताली पड्काउने, जिस्क्याउने गर्छौं । त्यसैमा बढी रमाइलो अनुभूति हुन्छ ।' एलिनाका अनुसार कलेजले साइन्सका विद्यार्थीलाईर् कक्षा कोठाभित्र मोबाइल लान नदिने भएकाले उनी ब्लफकलको मामिलामा टाढै छिन् ।

अनामनगरकी १७ वषर्ीया सिभिरा लामा उट्पट्याङ काम गर्न सिपालु छिन् । उनलाईर् त्यसो गर्दा आनन्द आउँछ र खुसी पनि लाग्छ । लामा भन्छिन्-'कलेजमा परिस्थितिअनुसार गीत गाएर अरूलाईर् जिस्क्याउने, पढ्न मन लागेन भने पछिल्लो बेन्चको साथीलाईर् अगाडि पठाएर आफू अन्तिम बेन्चमा गएर निदाउने, साथीको पुस्तक लुकाउने, मोबाइलबाट ब्लफकल गर्ने काम असाध्यै रमाइलो हुन्छ । कसैले कलब्याक गरिहाल्यो भने ब्लफ नम्बर-१, ब्लफ नम्बर-२ भनेर मोबाइलमा सेभ गरेर राख्छु । त्यसो गर्दा म अत्यन्तै खुसी हुन्छु ।'

विजय मेमोरियल स्कुलमा १० कक्षामा अध्ययनरत १६ वषर्ीर्या अञ्जनी खड्का आफूले त्यसो नगरे पनि आफ्ना समकक्षीहरूले शिक्षक-शिक्षिकाको छुट्टै नाम राखिदिने र सोहीअनुरूप उनीहरूलाईर् सम्बोधन गर्ने बताउँछिन् । त्यसैगरी आफ्नो समूहका कुनै साथीलाईर् कसैले केही भने सबै जना गएर त्यसलाईर् गाली गर्नुको मज्जा पनि बेग्लै हुने बताउँछिन् । खड्का भन्छिन्-'रमाइलोका लागि राम्रोसँग नपढाउने म्यामको साडीले बेन्च पुछ्ने कम्पिटिसन पनि हुन्छ । जसले म्यामको साडीको आँचलले बेन्च पुछ्न सक्छ ऊ सबैका अगाडि हिरो हुन्छ । उसले भनेको सबैले मान्नुपर्ने हुन्छ । उसले दिएका विभिन्न काम गर्नुपर्छ ।'

मिस नेवा २०१० सुजिना शाक्य ह्वाइट हाउस कलेजकी छात्रा हुन् । शाक्य भन्छिन्-

'कलेज जानु नै मेरा लागि रमाइलो कुरा हो । अर्को कुरा युवावस्थामा पाइने स्वतन्त्रता र जिम्मेवारीको बोझबाट मुक्त हुन पाइने अवस्था यतिबेलाको रमाइलो पक्ष हो ।'

मिस नेवा २०१० की फस्ट रनरअप लसता श्रेष्ठ सिए -चार्टड एकाउन्टेन्ट) की छात्रा हुन् । उनको कक्षा इन्टिच्युसनजस्तै भएकाले पढे पनि नपढे पनि मतलब हुँदैन । कक्षामा पढ्ने र नपढ्ने दुई समूहका विद्यार्थी हुँदा पढ्ने पढाइमा मात्र सीमित हुन्छन् भने नपढ्ने कक्षामै नआउने उनको अनुभव छ । यद्यपि साथीहरूसँग बसेर रमाइलो गर्नुको आनन्द बेग्लै हुने उनी बताउँछिन् । स-साना कुरामा पनि रमाइलो गर्न सक्नु तथा रमाइलो हुनु नै किशोरावस्थाको विशेषता हो ।

किशोरावस्थामा धेरै युवा-युवतीबीच प्रेमी-पे्रमिका बनाउने होड चलेका बेला उपस्थित सहभागीलाईर् उनीहरूको पनि साथी छ कि छैन भन्ने जिज्ञासा राखिएको थियो । सबैले यो उमेर भनेको राम्रोसँग पढ्ने र आफ्नो करियर बनाउने भएको बताए । आफ्ना साथीहरूका प्रेमी-प्रेमिका भए पनि आफ्नो नभएको र त्यसको आवश्यकता महसुस नगरेको उनीहरूले बताए । सिभिरा भन्छिन्-'भ्यालेन्टाइन डे तथा वर्थ डेमा साथीहरूलाईर् उनीहरूका प्रेमीले दिएको उपहार देख्दा कहिलेकाहीँ आफूलाईर् पनि रमाइलो लाग्छ । उनीहरूले दिएको हर्ट सेपको नेक्लेस, वालेट आदि सामानले आफूलाईर् पनि लोभ्याउँछ । पे्रमी भएपछि के होला वा कस्तो होला भन्ने जिज्ञासा जागेर आउँछ । साथीहरूका अनुसार प्रेमी भयो भने सपोर्ट हुन्छ रे तर पछि लाग्छ-यो उमेर भनेको त आफ्नो करियर बनाउने हो । यो उमेरमा यस्तो कुरामा फस्नु हुँदैन । सपोर्ट दिनका लागि त घरपरिवार तथा साथीभाइ छँदैछन् ।' त्यसैगरी एसएलसी दिएर बसेकी अञ्जनी आफ्नो साथीको कुरा सुनाउँदै भन्छिन्-'मेरो साथीलाईर् एउटा केटा मन पथ्र्यो । साथी भएको नाताले उसलाईर् मैले सहयोग गरेकी थिएँ । हामी सधै एस्ट्रा क्लासको बहानामा छिटो विद्यालय जान्थ्यौं र त्यो केटा बस्ने ठाउँमा गएर हरेक दिन बिहान कार्ड राख्थ्यौं । यो सिलसिला करिब एक हप्तासम्म चल्यो जुन कुरा त्यो केटालाईर् पनि थाहा रहेछ र उसले पनि मञ्जुरी दिइसकेको रहेछ । मञ्जुरीस्वरूप उसले ब्याल्क बोर्डमा एस लेखेको थियो तर हामीले त्यो कुरा बुझेनांै र हरेक दिन कार्ड राख्यौं । त्यो सम्झँदा अहिले पनि रमाइलो लाग्छ । किशोरावस्थामा के गरिन्छ आफैलाईर् थाहा हुँदैन ।

किशोरावस्था लेटेस्ट फेसनसँग पनि जोडिएर आउँछ । किशोरावस्थामा बजारमा आएका हरेक प्रकारका पहिरन लगाएर फेसनेबल हुन कसलाईर् मन नलाग्ला ? तर यसो भन्दैमा आफूलाईर् नसुहाउने पहिरन लगाउनु राम्रो होइन । सुजिना भन्छिन्-'फेसनेबल हुन अरूको फेसनको कपी गर्नुभन्दा पनि आफ्नै सिर्जनामा प्रस्तुत हुनु राम्रो हो । यसका लागि आफूले लगाएको पहिरनमा सजिलो महसुस गर्न आवश्यक हुन्छ ।' त्यसैगरी लसताका अनुसार फेसनेबल हुनु भनेको लेटेस्ट स्टाइललाईर् क्यारी गर्नु मात्र होेइन आफूलाईर् कस्तो खालको पहिरन सुहाउँछ त्यो पनि विचार गर्नु हो । यसमा सही थप्दै एलिना फेसनेबल हुनुको नाममा भद्दा देखिने पहिरन लगाउन नहुने बताउँछिन् ।

किशोरावस्था भनेको हरेक चिन्ताबाट टाढा आफ्नो स्वतन्त्रतामा आफ्नो करियर बनाउने उमेर हो । जीवनलाईर् कतातिर मोड्ने भन्ने पनि यही उमेरले जनाउने हुँदा यो बेला सबैले आफ्नो परिधि चिनेर अघि बढ्नुपर्ने सहभागीहरूको धारणा थियो । के गर्दैछांै, कहाँ कुन बाटोमा जाँदैछांै, कस्ता साथीको संगत छ ? आदि कुरामा अरूभन्दा पनि किशोर-किशोरी आफै सचेत हुनुपर्नेमा सहभागी सबैको एकमत थियो । ि

No comments:

Post a Comment