Saturday, June 22, 2013

५ हाइप्रोफाइल कलगर्ललाई पक्राउ


भारतको व्यापारिक सहर मुम्बईको लोखण्डवालास्थित एक आईएएस अधिकारीको अपार्टमेन्टमा सञ्चालित सेक्स र्‍याकेटको खुलासा भएको छ । प्रहरीले त्यहाँबाट ५ हाइप्रोफाइल कलगर्ललाई पनि पक्राउ गरेको छ । उनीहरू सबै चर्चित टीभी कलाकार भएको प्रहरीले पुष्टि गरेको छ  ।

उनीहरूले सासू-बुहारी शैलीको धारावाहिक, भोजपुरी र सी ग्रेडका फिल्ममा काम गरिसकेका छन् । यो कारबाहीमा एक प्रसिद्ध टीभी अभिनेत्री एवं मोडेल कोर्डिनेटरको रूपमा काम गर्ने परिचित अनुहार इम्तियाज खान पनि परेकी छन् । खानले दलाली गर्थिन् ।

भारतमा निकै सम्मानित पद मानिने एक आईएएस अधिकारीले प्रचलित दरभन्दा दुईगुणा बढी भाडामा ती अभिनेत्रीहरूलाई फ्ल्याट भाडामा दिएका थिए । दलालहरू जानीबुझीकन सुरक्षित ढंगले यौन व्यवसाय गर्न आईएएस अधिकारीको घर छानेका थिए ।

वरिपरिकाले पनि फेसबुक र टि्वटरमा हजारौं फ्यान भएका ती अभिनेत्रीले यौन व्यवसाय सञ्चालन गर्लान् भन्ने कल्पनासम्म गरेका थिएनन् । चौबिसै घन्टा महँगा गाडीको ओहोर-दोहोर हुने उक्त घरलाई सबैले सम्मानको दृष्टिले हेर्थे । उनीहरूले त्यहाँ आउनेहरू ठुल्ठूला कलाकार होलान् भन्ने धारणा बनाएका थिए ।

प्रहरी आफै ग्राहक बनेर सबै सूचना संकलन गरेपछि छापा मारेको थियो । उनीहरूले एउटा ग्राहकबाट दिनभरि वा रातभरिका लागि २५ हजार भारतीय रुपैयाँ लिने गरेको प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका प्रहरीसँग कुरो मिल्नेबित्तिकै दलालले एक हिरोइनलाई बाहिर लिएर आएका थिए । त्यसपछि प्रहरीले उक्त घरलाई घेरा हालेर सबैलाई पक्राउ गरेको थियो ।
भारतीय महानगरहरूमा अभिनेत्री एवं मोडेल यौन व्यवसायमा संलग्न भएर पक्राउ भएको यो पहिलो घटना भने होइन । उच्च स्तरीय यौनकर्मी गिरोहविरुद्ध हुने शृंखलाबद्ध कारबाहीमा सबभन्दा बढी उनीहरू नै पक्राउ पर्छन् ।मुम्बई (एजेन्सीहरू)

कुमारी आमाले बच्चा जन्माउदा ....................

चीनमा विवाह नभएका कुमारी आमाहरूका लागि कडा कानुन लागू गरिएको छ। बिना विवाह कसैले बच्चा जन्माएमा तिनीहरूले भारी मूल्य चुकाउनुपर्ने भएको छ। अहिले चीनमा यस्तो नियमप्रति विशेषज्ञ तथा नागरिकहरूकाबीच ठूलो बहसको विषय बनेको छ। हालै भएको घटनाहरूलाई मध्येनजर गर्दै मध्यवर्ती शहर वुहानमा एक नयाँ नियमको खाका तयार गरिएको हो, जसमा आम नागरिकहरूको सल्लाह पनि माग गरिएको छ। हाल चीनमा एक बच्चा नीति जारी छ। सरकारी समाचार एजेन्सी र चाइना डेलीमा प्रकाशित एक
रिपोर्टका अनुसार, वुहानको जनसंख्या तथा परिवार नियोजनद्वारा जारी गरिएको नियम अनुसार, बिना विवाह बच्चा जन्माउने युवतीहरूले जरिवाना बुझाउनु पर्नेछ। यी मध्ये ती कुमारीहरूले पनि मूल्य चुकाउनु पर्नेछ, जसले जानीबुझेर पनि विवाहित पुरुषसंग विवाह गरेका छन्। यस्तो रकम अघिल्लो वर्षमा भएको औसत आय भन्दा दुई गुणा बराबर हुने अनुमान छ। यस कानुनको उद्देश्य परिवार नियोजनको प्रबन्ध बढाउन र जन्मदर घटाउने रहेको बताइएको छ। यस विषयमा सुझाव माग गर्न ७ जुनलाई अन्तिम दिन मानिएको छ। वुहान विश्वविद्यालयका प्रोफेसर वाग क्वींगले यदि कुनै महिलाले विवाह नगरिकन टेस्ट ट्यूब बेबी हासिल गर्न चाहेमा के तिनीहरूले पनि जरिवाना तिर्नु पर्दछ भन्ने प्रश्न समेत खडा गरेका छन्?

यौन व्यवसायमा संलग्न युवतीलाई लक्जरी कार, होलिडे प्याकेज, चार वर्क्षसम्म बेतलबी विदा...............

केही समयअघि ग्राहक खोज्दै सडक किनारामा उभिने एक युवतीको कमाइ यतिबेला चर्चाको विक्षेय बनेको छ। कुरा अमेरिकी राज्य पेन्सिलभियाको हो। पेन्सिलभिया राज्यमा सञ्चालनमा आएको एक सेक्स र्‍याकेटले यौन व्यवसायमा संलग्न युवतीलाई लक्जरी कार, होलिडे प्याकेज, चार वर्क्षसम्म बेतलबी विदा दिने गरेको छ। बस्नका लागि उनीहरूलाई आलिसान बंगला र अनेकौं सुविधा उपलब्ध गराइएको छ। विसेन्ट जार्ज र उनका छोरा जर्ज जुनियरले सञ्चालन गरेको यो सेक्स र्‍याकेट हाइप्रोफाइलको हो। यो सेक्स र्‍याकेटमा सुरुका दिनमा युवतीसाग पशुकै व्यवहार गरिन्छ। विस्तारै पुरानो हुादै गएपछि अपनत्वको व्यवहार हुने र्‍याकेटमा संलग्न युवतीहरू बताउाछन्।