Thursday, July 19, 2012

बढि सुतियो प्रत्युत्पादक

वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ । त्यसैले स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ।
तर निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि भएन । आवश्यकता भन्दा बढि सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखापर्छन् त ?

· मधुमेह – अध्ययनले के देखाएको छ भने एक रातमा ९ घण्टा भन्दा बढि समय सुत्ने मानिसहरुमा मधुमेहको समस्या देखा पर्ने खतरा ७ घण्टा सुत्ने मानिसमा भन्दा ५० प्रतिशत बढि हुन्छ ।

· मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि १० घण्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घण्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढि हुन्छ ।

· मुटुरोग – बढि सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्दछ । अध्ययन अनुसार हरेक रात ९ घण्टाभन्दा बढि सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।

· डिप्रेसन – बढि सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।

· टाउको दुखाइ – बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।

· ढाड दुख्ने – बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढि समयसम्म सुत्दा ढाडको भागमा बढि चाँप पर्ने भएकाले रक्तनली तथा मांशपेशीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ ।



यसका साथै आवश्यकता भन्दा बढि सुत्ने बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरु बताउँछन् ।



कति समय सुत्नु उपयुक्त ?

· नवजात शिशु दिनमा १८ घण्टासम्म

· स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म

· किशोरकिशोरी १० घण्टा

· वयस्क ७ देखि ८ घण्टा

Tuesday, July 10, 2012

विवाह समारोह चलिरहेका बेला बेहुलीले बच्चा जन्माइन

विवाहपछि सन्तान जन्मनु स्वभाविक हो । तर, विवाह समारोह चलिरहेका बेला बेहुलीले बच्चा जन्माइन भने के भन्ने ।

फ्रान्समा एक महिलाले आफ्नो विवाह समारोहमा नै बच्चा जन्माएकी छिन् । स्थानीय मेयरका अनुसार ती महिलाले आइतबार विवाह गरेको केही मिनेटमा नै बच्चा जन्माएकी हुन् ।

चिकित्सकहरुले भने उनको डेभिभरी डेट १४ तारिखको दिएका थिए । तर, विवाहको दिन नै उनलाई सुत्केरी व्यथाले च्यापेको थियो ।

वेहुलीलाई नै सुत्केरी व्यथाले च्यापेपछि विवाह स्थगित गर्नेबारे छलफल समेत नभएइको हैन । तर, विवाह प्रक्रिया अघि बढाउन निर्णय गरिएको थियो । वेहीली विवाहको तयारीका कारण निकै थोकेकी थिइन ।

विवाहपछि उक्त दम्पत्ति तस्वीर खिचाउन बाहिर निस्कदै थिए, वेहुलीलाई सुत्केरी व्यथाले च्याप्यो । उनलाई हतार हतार हलमा लगियो र आपत्तकालिन सेवामा खबर गरियो । त्यसको केहीबेरमा नै उनले बच्चालाई जन्म दिइन् । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य ठिक रहेको बताइएको छ ।